भायानेटको २४औं वार्षिक उत्सव अफर : पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड
काठमाडौं । इन्टरनेट र आइपिटिभी सेवा प्रदायक भायानेट कम्युनिकेसनले ग्राहकहरुलाई डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ । सन् १९९९ मा आफ्नो स्थापना भएको भायानेटले २४औँ वार्षिक उत्सवको अवसरमा विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३- महिना सदस्यता मात्र दुई हजार चार सय २४ रुपैयाँ (भ्याट बाहेक) पर्नेछ । यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन् । यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन् । साथै, भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गरेको छ । जसमध्ये भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एमबीपीएस इन्टरनेट छ उनीको २५० एम्बिपिएस अपग्रेड भएको छ । त्यस्तै, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहकले निःशुल्क ४०० एमबीपीएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निःशुल्क अपग्रेड गरिएको छ । २०११ मा भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स (एफ टि टि एच) को सुरुवात गर्यो । जसले देशलाई उच्च–गतिको डिजिटल युगमा अघी बढ्न सहयोग गर्यो । त्यस्तै, २०१६ मा भायानेटले आइपिटिभी सेवाहरू ल्याएर नेपालमा टिभी हेर्ने अनुभवमा नयाँपन थपेको कम्पनीको दावी छ । ग्राहकहरूलाई गुणस्तरीय सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता सहित भायानेटले कम मूल्यमा १७५ प्लस टिभी च्यानलहरू प्रदान गरेको हो । त्यस्तै, कम्पनीले आगामी दिनमा व्यक्तिगत र व्यावसायिक दुवै आवश्यकताहरूका लागि इन्टरनेट, टिभी र डिजिटल सेवाहरूको विकासशील मागहरू पूरा गर्ने प्रतिवद्धता गरेको छ ।
समाजवादका सटरहरु
नेपालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । आधुनिक युगमा प्रवेश गर्दै गर्दा पनि नेपालको इतिहास, संस्कृति र भेषभुषा, पौराणिक पुराण, साहित्य र शास्त्रका बारेमा पढ्न पाइन्छ । विश्वमा एउटा मात्र यस्तो देश हो, जसको न कसैले नामकरण गर्याे न कसैले यसको उत्पत्ति नै गरायो । यो देशको बैदिक उत्पत्ति र बैदिक नामकरण भएको देश हो । समयअनुसार बदलिँदै सत्ययुगदेखि कलियुगसम्म एकनास रहेको देश हो ‘नेपाल’ । महान ऋषि तथा भगवानले यही भगवान्त्व प्राप्त गरे । महान राजाहरूले यही देशमा जन्म लिए । नेपालले विभिन्न समयमा थुप्रै शासकहरू र शासकीय समय बितायो । गोपालवंश, मर्षिपालवंश, लिच्छिविकाल, मल्लकाल र शाहवंशीय हुँदै यो देशले अनगिन्ती कला संस्कृति, कानुन नीति नियमको जन्म दियो । देशलाई नविनत्म प्राप्त गर्दै गरेको थियो । विश्वमा आफ्नो अस्तित्वलाई सधंै सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता रहित राष्ट्रका रूपमा विश्वमा आफ्नो अस्तित्वलाई कायम गर्दै आइरहेको छ । नेपाल वैदिक समयदेखि आजसम्म आफूलाई विकास र बौद्धिकता जननि रह्यो । शास्त्रीय अध्ययन गर्दै विश्वका वैज्ञानिकले शास्त्र अध्ययनका लागि लगानी गर्दै संस्कृति कला र पौराणिकतालाई संम्वद्र्धन गर्दै गरेको विषय सामाजिक सञ्जालमा हेर्दै आइरहेका हुन्छौं । नेपालले थुप्रै विषयमा परिवर्तन ल्याउँदै आफूलाई विश्वसँग जोड्दै अगाडि बढ्यो । गोपालवंशदेखि शाहवंशीयसम्म आउँदा समाजमा थुप्रै विषय परिवर्तन भइरहेको थियो । समाजले विकास खोजिरहेको थियो । अर्को तिर शाहवंशीय राजाहरू र राणा प्रधानमन्त्रीले समाजलाई बन्धक बनाएर शासन चलाइरहेका थिए । जनताहरू समाज परिवर्तनसँग शिक्षा स्वास्थ्य, खानेपानी, बिजुली र सडक जस्ता विषयको उपयोगबाट आफ्नो जीवनस्तरलाई उकास्न चाहन्थे । त्यसै अवरोधमा नेपालले आन्तरिक द्वन्द्वमा फस्नु पर्यो । द्वन्द्वका सानातिना झिल्काहरू देखिँदै आए पनि सन् २००७ सालदेखि नेपाल जनता र शाहवंशीय बिचको हक र अधिकारको लडाइमा देश पर्यो । द्वन्द्वले नेपालमा शाहवंशीय शासन व्यवस्थाबाट जनताको मातहतमा शासन व्यवस्था रहने गरी गणतन्त्र नेपालको स्थापना गर्यो । गणतन्त्र पछिको नेपाल शाहवंशीय शासनबाट थकित नेपाली जनताले लामो द्वन्द्वबाट र हजारौं जनताले आफ्नो बलिदान दिएर गणतन्त्र ल्याए । गणतन्त्रमा आफ्ना सन्ततिले देशमा आफूले सोचेको जस्तो काम गर्न पाउन तथा आफ्नो जस्तो बौद्धिकता लुकाउन नपरोस् । आफ्नो बोलिलाई राज्यका अगाडि स्पष्ट रूपमा राख्न सकी आफ्ना अधिकार र हक माग्न सकोस् भनेर लडेका थिए । तर, जनताले सोचेका जस्तो गणतन्त्र हुन सकेन । गणतन्त्रका अग्र मुर्चामा बसेर जसले मिठा भाषामा भाषणमा आफू तिर आकर्षण गरेका थिए । प्रजातन्त्रका हिमायतीहरू र समाजवादका हिमायतीका विषयले जनतालाई आकर्षण गर्यो । तर, सोझा जनता के थाहा तिनीहरू पनि छोटे महाराजहरू हुन् भनेर । गणतन्त्रले जनताको सम्वृद्धि बोल्छ राज्यसँग स्वतन्त्रता पूर्ण तरिका हक अधिकारको प्रत्याभूत रहन्छ भनेर । जनता आवस्त भएर बोल्न पाउनका लागि लडेको लडाइँमा गणतन्त्रपछि बोलेको आधारमा घाँटी रेटिन्छ भन्ने जनता महसुस नै भएन । गणतन्त्रले धर्मका नाम र भौगोलिक आधारमा जनतालाई लडाउँछ । वर्णका आधारमा जनतालाई वर्गीकरण गर्छ । हिजो हक र अधिकार माग्दा मर्नु पर्थ्यो तर गणतन्त्रमा आफ्नो समस्या राखेको भएर मारिनु पर्ने भएको छ । राजनीतिक पार्टीका आधार मान्छे मारिने र सत्ताका आडमा राजनीतिक आम माफी पाउने ब्याप्त प्रचलनले गणतन्त्रको नयाँ परिभाषा निर्माण गरेको छ । जनताले जुन समस्याका लागि लडेका थिए, त्यो समस्या आज समाजमा ब्याप्त छ । गणतन्त्रका गोली र छर्रा बोकेर आजसम्म धेरै नेपाली जनताहरू गरिबी र एकछाक लागि माग्नु पर्ने अवस्थामा छन् । निधारमा रातो कफन बाधेका कमरेडहरूलाई लाग्दो हो, ‘हामीले ल्याएको पो गणतन्त्र हो । जनताको शासन व्यवस्था हो ।’ यहाँ जनताका लागि कानुन बन्छ । अवसोच, यहाँ छोटे महाराजा तथा उनीहरूका भाईदारहरुको लागि मात्र कानुन बन्छ निति नियम निर्माण हुन्छ । गरिबीका बोलिको मञ्चन त चुनावी मञ्चमा मात्र हुन्छ । समाजवाद सटरहरू चुनावी बेला खोलिन्छ । त्यसपछि बन्द हुन्छ । त्यसैले गणतन्त्रको नयाँ अध्यायको सुरुवातका लागि पुराना अध्यायलाई सक्यौं । गणतन्त्रको साँचो अनुभूति गरौं । (लेखक जैशी रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत छन् । )
आधा दर्जन सीईओको जागिर गयो, ६ जनाको घट्यो पद
काठमाडौं । गत बैशाख २७ गते आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्ज भई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी गरे । मर्जरपश्चात् कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पायो । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल बने भने सीईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त भए । साविक प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) बने । तर, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भएको एक महिना नबित्दै रावल कम्पनीबाट बाहिरिए । कम्पनीको वरिष्ठ डीसीईओबाट राजीनामा दिएर हाल उनी युनाईटेड अजोड इन्स्योरेन्सको सीईओमा नियुक्त भएर काम गरिरहेका छन् । गत फागुन २९ गते सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एकआपसमा मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को नामबाट एकीकृत कारोबार गरे । मर्जरपश्चात् कम्पनीको सीईओमा साविक सगरमाथा इन्स्योरेन्स कम्पनीबाट सीईओ चंकी क्षेत्री नियुक्त भए । तर, मर्जरपछि साविक लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ रहेका नूर प्रकाश प्रधान भने बाहिरिए । यस्तै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स पनि गत फागुन १७ गते एक आपसमा मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भयाे । मर्जरपश्चात् कम्पनीको सीईओमा साविक सिद्धार्थ इन्स्योरेन्सबाट बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भए । दुई कम्पनीको मर्जर प्रक्रिया चलिरहँदा नै साविक प्रिमियर इन्स्योरेन्सका सीईओ विश्वराम तिमिलाले राजीनामा दिएर बाहिरिएका थिए । गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स गत बैशाख २६ गते मर्ज भए । जीवन बीमा क्षेत्रकै बिग मर्जरका रुपमा लिइएको तीन कम्पनीको मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स बन्यो । नयाँ कम्पनीको रुपमा जन्मिएको हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए मनोज कुमार लाल कर्ण । उनी साविक यूनियन लाइफ इन्स्योरेन्सको सीईओ थिए । तर, मर्जरपश्चात् भने साविक गुराँस लाइफका सीईओ विपिन कुमार लाल कर्ण र प्राइम लाइफका सीईओ निर्मल कुमार दाहालले राजीनामा दिएर बाहिरिए । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भई गत चैत ९ गते सानिमा रिलायन्स लाइफको नामबाट एकीकृत कारोबार सुरुवात भयाे । मर्जरपश्चात् कम्पनीको सीईओ बाहिरिबाट ल्याइयो । मर्जरपछि कम्पनीको सीईओमा शिवनाथ पाण्डे नियुक्त भए भने साविक रिलायन्सका सीईओ राकेश पोखरेल डीसीईओ बने । तर, साविक सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाले भने काम छाड्ने निर्णय गरेका छन् । स्रोतका अनुसार मुखियाले दिएको राजीनामा स्वीकृत हुन बाँकी रहेको र हाल वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन् । सीईओ भइसकेकाे व्यक्ति डीसीईओमा घटुवा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्ज भई हिमालयन एभरेष्ट इन्स्योरेन्स बन्यो । मर्जरपश्चात् साविक हिमालयन इन्स्योरेन्सबाट विजय बहादुर शाह सीईओ र साविक एभरेष्ट इन्स्योरेन्सका कमल गौतम वरिष्ठ डीसीईओ बने । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भई सानिमा जिआईसी इन्स्योरेन्स बन्यो । मर्जर पश्चात कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय नियुक्त भए भने साविक जनरल इन्स्योरेन्स कम्पनीको सीईओ रामचन्द्र श्रेष्ठ वरिष्ठ डीसीईओ बने । यस्तै, युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्स मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरिरहेका छन् । मर्जपछि युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा श्रवण रावल बने । तर, साविक अजोड इन्स्योरेन्सको सीईओ रहेका कुमार बहादुर खत्री सिनियर डीसीईओ भएर काम गरिरहेका छन् । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई सूर्यज्योति लाइफ इन्स्योरेन्स बन्यो । साविक ज्योति लाइफ इन्स्योरेन्सबाट प्रकाश बिक्रम खत्री मर्जरपछि कम्पनीको सीईओ नियुक्त भए । तर, साविक सूर्या लाइफको नेतृत्व हाँकिरहेका सीईओ पवन कुमार खड्का मर्जरपछि वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन् । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भई प्रभु महालक्ष्मी लाइफको नामबाट गत असार २९ गतेदेखि एकीकृत कारोबार गरे । मर्जपछि कम्पनीको सीईओमा साविक महालक्ष्मी लाइफका रमेश कुमार भट्टराई नियुक्त भए भने वरिष्ठ डीसीईओमा सन्तोष प्रसाईं नियुक्त भए । वरिष्ठ डीसीईओ प्रसाईं साविक प्रभु लाइफको सीईओ भएर काम गर्दै आएका थिए । यस्तै, साविक रिलायन्स लाइफका सीईओ राकेश पोखरेल मर्जरपछि सानिमा रिलायन्स लाइफमा वरिष्ठ डीसीईओ भएर काम गरिरहेका छन्। नेपाल बीमा प्राधिकरणको पूँजी वृद्धिको निर्देशनपश्चात् २१ वटा बीमा कम्पनी मर्जरमा सामेल भए । जसमध्ये ९ वटा जीवन बीमा कम्पनी र १२ वटा निर्जीवन बीमा कम्पनी थिए । मर्जरमा सामेलपछि १० वटा कम्पनीमा सीमित बने । तर, मर्जरमा सामेल भएका यी कम्पनीको नेतृत्व सम्हालिरहेका आधा दर्जन सीईओ राजीनामा दिएर बाहिरिए भने आधा दर्जन सीईओ पद घटुवामै चित्त बुझाएर काम गरिरहेका छन् । मर्जरले भविश्यमा कम्पनीको समग्र बिजनेसमा टेवा पुगे पनि यो इन्डष्ट्रीबाट केही अनुभव, सीप र ज्ञान भएका व्यक्तिहरु पलायन भएका छन् ।
सलिकोले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई दियो ५ लाख रुपैयाँ
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विन्ध्यवासिनी धार्मिक क्षेत्र समिति पोखराद्वारा सञ्चालित उक्त चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि सो रकम बराबरको सहयोग गरेको हो । सलिकोले सामाजिक कार्यको लागि गरेको यो सहयोगबाट कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पुग्ने कम्पनीको विश्वास छ । व्यवसायिक समाजिक उत्तरदायित्वमा सचेत सलिकोले यसअघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको कम्पनीले जानकारी गराएको छ ।
अब सबै बैंकको मोबाइल बैंकिङ्गबाट नेपालपेको क्यूआर स्क्यान गर्न सकिने
काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्ने भएका हुन् । त्यसैगरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ । नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्न अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । नेपालक्यूआरमा अन्तरआबद्धता कायम गर्न यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट क्यूआर भुक्तानीमा वृद्धि हुने पनि अपेक्षा गरिएको छ । नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्डको पूर्वधार हो, क्यूआर स्कीमको रुपमा समेत पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्यूआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपालपे क्यूआर र स्मार्ट क्यूआरबीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरमा करिब ४ लाख मर्चेन्टहरु आवद्ध गरिसकेका छन् । मर्चेन्ट र व्यवसायीहरुले नेपालपे क्यूआरमा आबद्ध भई ग्राहकहरुबाट क्यूआर मार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ-कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । हालै भ्वाइसमा आधारित क्यूआर नोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरुले थालनी गरिसकेका छन् ।
सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरलाई गर्यो स्वागत
काठमाडौं । सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरहरुको स्वागत गरेको छ । बैंकले असोज २३ गतेदेखि ‘स्टप सेक्सुअल भायोलेन्स’ भन्ने नारालाई आत्मसाथ गर्दै अक्टोबर १ मा भारतबाट मोटरसाइकलमा नेपाल आएका दुई महिला राइडरलाई केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको हो । सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्त कुमार प्रसादहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडरद्वय स्वाती आर र अनिता एमको एक कार्यक्रमका बीच स्वागत गर्दै आफ्नो मन्तव्य व्यक्त गरेका हुन् । यस प्रकारको स्वागत कार्यक्रमले स्टप सेक्सुअल भायोलेन्स भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएको छ ।
नेपालको दूरसञ्चार सेवा शुल्क भारतपछिकै सस्तो हो : पहाडी
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) की निमित्त प्रवन्ध निर्देशक संगीता पहाडी अर्यालले दूरसञ्चार सेवा शुल्क महँगो भयो भन्ने विषय सान्र्दभिक नभएको बताएकी छिन् । सार्वजनिक लेखा समितिको बिहीवार बसेको बैठकमा नेपाल टेलिकमको विषयमा समितिलाई जानकारी दिँदै निमित प्रवन्ध निर्देशक अर्यालले यस्तो बताएकी हुन् । उनले नेपालमा दूरसञ्चार सेवा नेपाल टेलिकमले एशियाको दोस्रो सस्तोमा सेवा दिने संस्था पर्ने बताइन् । सबैभन्दा सस्तो भारतमा ०.१७ डलर पति जिबी छ भने नेपालमा ०.२ डलरप्रति जिबी रहेको दाबी गर्दै उनले भारतपछिको सस्तो दूरसञ्चार सेवालाई महँगो भन्ने कुरा सान्दर्भिक नभएको जिकिर गरिन् । उनले विश्वमा हेर्दा पनि नेपाल टेलिकमले नेपालीहरुलाई दुरसञ्चार सेवा भारतपछि सस्तोमा सेवा दिइरहेको बताइन् । २०७३ सालमा प्रति क्षमता ३७.२५ नेपाली रुपैयाँ थियो भने २०७८/८९मा आउँदा १९.६९ पैसा रहेको बताउँदै उनले चार वर्षमा ३७.२५ पैसाबाट घटेर १९.६९ रुपैयाँमा झरेको उल्लेख गरिन् । उनले २०७३ सालमा ७४ पैसा थियो भने अहिले प्रति एमबी डाटा ५ पैसामा झरेको भन्दै टेलिकमले दूरसञ्चार सेवाको लागतलाई निरन्तर रुपमा कम गर्दै आइरहेका बताइन् । अर्यालले नेपाल टेलिकमले सरकारलाई अहिलेसम्म कुनै पनि वक्यौता रकम तिर्न बाँकी नरहेको जानकारी गराउँदै जिएसएम मोबाइल लाइसेन्सको २०८१ बैशाखमा समाप्त हुने भन्दै यो विषयमा अहिलेसम्म कुनैपनि निर्णय नभइसकेकाले निर्णय भएपछि त्यही अनुसार वक्यौता रकम बुझाउने बताइन् । उनले दूरसञ्चार सेवा शुल्क बढाउनेभन्दा पनि निरन्तर रुपमा कम गर्दै लगेकाले पनि टेलिकमको राजश्व कम भएको बताइन् । टेलिकमको एडिएसएल प्रविधिमा ल्यानलाइन फोनहरु अहिले धेरै ग्राहकहरुले प्रयोग गर्ने भएकाले त्यसबाट पनि राजश्व कमी भएको उनको भनाई छ । उनले इन्टरनेट सेवा २०७३ साल अघिसम्म नेपाल टेलिकम मात्रै थियो अहिले बढेर ४० बढी पुगेको भन्दै टेलिकमलाई आउने पैसा सबैमा बाँडिदा टेलिकमको राजश्व कम भएको बताइन् ।
घर घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । बिहीबार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए । मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनुभन्दा घर घरमै स्वास्थ्य सेवा पुर्याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने उनको भनाई थियो । उनले ६०/७० लाखलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए । ‘बाथरोगको बारेमा हामी सुन्यौँ, ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान छ, त्यसको बारेमा जानकारी समयमा नै थाहा पाउनुपर्छ, समयमै बाथ रोगको बारेमा थाहा पाउनुपर्छ र सूचना लिन पाउनुपर्छ,’ उनले भने । महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए ।