
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । बिहीबार काठमाडौंमा अयोाजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए । मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनुभन्दा घर घरमै स्वास्थ्य सेवा पुर्याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने उनको भनाई थियो । उनले ६०/७० लाखलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए ।
‘बाथरोगको बारेमा हामी सुन्यौँ, ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान छ, त्यसको बारेमा जानकारी समयमा नै थाहा पाउनुपर्छ, समयमै बाथ रोगको बारेमा थाहा पाउनुपर्छ र सूचना लिन पाउनुपर्छ,’ उनले भने ।
महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए ।