होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट

<p>काठमाडौं । होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट हुने भएको छ । नेपालको पहिलो डिजिटल वालेट &#8216;आइएमई पेले&#8217; हालै होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिंग गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट प्राप्त [&hellip;]</p>

काठमाडौं । होटेल एन्ड होमको वेबसाइट चेकआउटमा आइएमई पे मार्फत भुक्तानी गर्दा छुट हुने भएको छ ।

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ हालै होटेल एन्ड होम सँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका बिभिन्न होटेलहरुमा बुकिंग गरी आइएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नजिकिदै गरेको राष्ट्रिय चाड दशै तिहार तथा छठलाई लक्षित गर्दै संचालनमा ल्याइएको सो छुट कार्तिकको अन्त्य सम्म लागु हुनेछ । आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने तथा होटेल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले सम्झौता हस्ताक्षर गरेका छन् ।

Share News