काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको छ ।
उपप्रधान श्रेष्ठ तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुगेको थिए । भ्रमणकै क्रममा मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो ।
बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो ।
अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए ।
हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।