विकासन्युज

२९० रुपैयाँको जागिरदेखि गभर्नरको यात्रासम्म

काठमाडौं । खोटाङको गाउँबेसीमा उकाली गर्दै गर्दा महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्छु भन्ने विषय ‘आकाशको फल’ थियो । जसलाई सजिलो हेर्न सकिन्थ्यो तर टिप्न असम्भव । त्यो असम्भवतालाई उनले कसरी सम्भव तुल्याए ? यही प्रश्न हामीले उनै महाप्रसाद अधिकारीलाई सोध्यौं । उनले जवाफमा भने, ‘नेपालमा गभर्नरको एउटा मात्रै पद हुन्छ, म त्यही बन्छु भन्ने लागेको थिएन, तर सबै कुरा समयले बनायो, मैले मेहनत मात्रै गरेको हुँ ।’ उनले थप्दै भने, ‘जसले म यो बन्छु भनेर सपना बुन्छ, उसले त्यही अनुसार मेहनत पनि गरेको हुन्छ, उसले मेहनत अनुसार नपाइरहेको पनि हुन्छ । आफ्नो तर्फबाट गर्नुपर्ने मेहनत निरन्तर जारी राख्नुपर्छ तर, अलिकति महत्वकांक्षी राखियो त्यो भोलि गएर हुन सकेन भने व्यक्तिगत रुपमा पनि त्यसले राम्रो गर्दैन ।’ वि.सं २०२१ सालमा खोटाङमा जन्मेका महाप्रसाद अधिकारीको स्कुले जीवन गाउँमै बित्यो । बिहान साँझ घरमा आमाबुवालाई सहयोग गर्ने उनी दिउँसो विद्यालय जान्थे । वि.स २०३९ सालमा उनले गाउँबाटै एसएलसी (हालको एसईई) पास गरे । गाउँमा हुँदा उनले शिक्षण पेशा शुरु गरे । उनले बुझेको पहिलो तलब २ सय ९० रुपैयाँ थियो । त्यसपछि उनी वि.सं २०४० सालमा बाँकी अध्यनको लागि काठमाडौँ छिरे । यसपछि सुरु भयो उनको पढाइसँगैको जागिरे जीवन । महाप्रसादले काठमाडौंमा आइकमको पढाइसँगै खाद्य संस्थानमा काम थाले । ‘मलाई म काम गर्दे जाँदा संस्थाको लागि इमान्दारी पूर्वक गरें, धेरै पछिसम्म पनि म राष्ट्र बैंकको चिफ नै हुन्छु भन्ने सोचेको थिइनँ । निरन्तर काम गर्दै गएँ इडी बनें, डेपुटी गभर्नर भएँ, डेपुटी भइसकेपछि चाहिँ स्वभाविकै रुपमा गभर्नर हुनुपर्छ भन्ने लाग्यो,’ उनले आफ्नो सुरुवाती दिनदेखि हालसम्मको जीवन यात्रा सुनाउँदै भने । अधिकारीले वि.सं २०४२ सालमा प्रतिस्पर्धात्मक परीक्षामा नाम निकालेर सरकारी जागिरको यात्रा तय गरेका हुन् । वि.सं २०४२ सालमा राष्ट्र बैंकको साहयक स्तरको पदमा जागिर सुरु गरेपछि उनलाई अब यही क्षेत्रमा मैले अझैं प्रतिसपर्धा गर्नु पर्छ भन्ने लाग्यो । उनी वि.सं. ०५१ सालमा राष्ट्र बैंकको उप निर्देशक पदमा स्तरोन्नती भए । वि.सं २०५६ मा निर्देशक पदमा बढुवा भए । त्यसपछि २०६७ सालमा उनी राष्ट्र बैंकको डेपुटी गभर्नर बने । राष्ट्र बैंकमा विभिन्न पदमा गरी तीन दशक बढी समय बिताएका उनी वि.स २०७६ चैत २४ गते गभर्नरका रुपमा नियुक्त भए । महाप्रसाद जुन संस्थाबाट सामान्य कर्मचारीको रुपमा प्रवेश गरेका थिए त्यही संस्थाको सर्वोच्च पदमा पुग्दा अचम्म मान्दैनन् । बरु उनलाई काम गर्दैजाँदा अझै मेहनत गर्न जाँगर चल्छ । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेट (सीए) पनि गरेका छन् । गभर्नर महाप्रसाद अधिकारी मिहिनेत र सपनाले मान्छेलाई कल्पना नगरेको ठाउँमा पु¥याउने बताउँछन् । उनी अहिलेका विद्यार्थी अथवा केटाकेटीलाई पनि ठूलो महत्वकांक्षा नराखी मेहनत गर्न सल्लाह दिन्छन् । ‘म यही बन्छु, तिमी भोलि गएर यही बन भन्नुभन्दा पनि म मिहेनत गर्छु र केही गर्छु भन्ने सोच्दा राम्रो हुन्छ, उनले भने, ‘यसो गरे भोलि तनाव पनि लिनु पर्दैन ।’ गभर्नरको सपना लेखपढ गरी भोलि के बन्ने ? सामान्यतया सबैलाई सोधिने एउटा सामान्य प्रश्न हो । छोराछोरीलाई अभिभावक, विद्यार्थीलाइ शिक्षक यस्तै प्रश्न सोध्छन् । तपाईं हामीले पनि एसएलसी दिइसकेपछि वा अहिलेको एसईई दिसकेपछि भविष्यलाई निर्धारण गरेर आफ्नो अध्ययन यात्रा सुरु गरेका थियौँ र अहिले गर्छौँ पनि । कहिलेकाँही हामीले बनाएको योजना सफल नहुन पनि सक्छ अर्थात् जुन उद्देश्य बोकेर हामी हिँडिरहेका हुन्छौँ त्यो लक्ष्यमा नपुग्न पनि सकिन्छ । र, नदेखेको सपना नबोकेको उदेश्यमा पनि हामी भोलि पुग्न सक्छौं । गभर्नर महाप्रसाद अधिकारीलाई पनि म नेपालको गभर्नर हुन्छु भन्ने कल्पना समेत थिएन । तर, अहिले तपाईं हामीले चलाउने पैसामा उनको हस्ताक्षर चल्छ । देशको आर्थिक नीति कस्तो हुनुपर्छ ? देशको आर्थिक विकासका लागि कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा उनको महत्वपूर्ण भूमिका हुन्छ । यसो भनिरहँदा लक्ष्य र उद्देश्य नबोकेर हिँडनुपर्छ भनेको हैन, मिहिनेत र कडा परिश्रमले समयसँगै जिम्मेवारीमा पुगिन्छ । ‘मनोरञ्जन पनि गर्छु’ हरेक काम र पदका पछाडि चुनौति आउनु स्वभाविक हो । यस्तो चुनौति आयो भन्दैमा तनाव लिएर बस्ने चलन छैन गभर्नर अधिकारीको । उनी भन्छन्, ‘सकेजति काम गर्नु पर्छ । तर, चुनौतीको सामना गर्न पनि डराउनु हुँदैन ।’ अधिकारीलाई लगातारका कामबाट थकित हुँदा गीत सुन्न, गेम हेर्न मन पर्छ । उनलाई भलिबल र व्याडमेन्टन खेल्न मन पर्छ भने फुटबल हेर्न पनि उनी रचाउँछन् । उनी बेलाबखत क्रिकेट हेर्ने गरेका छन् । घरमा भान्छाको काम गर्न पनि अधिकारलाई रमाइलो लाग्छ । ‘हामी घरमा आफै पकाएरै खाने हो । मलाई भान्छामा काम गर्न पनि उत्तिकै मनपर्छ, खानामा दालभात तरकारी लगायत सामान्य खानेकुराहरु मनपर्छ, गीत सुन्छु, कहिले आफै गुनगुनाउँछु पनि यती गरे तनावबाट मुक्त भइन्छ,’ अधिकारीले आफ्नो रुची सुनाउँदै भने । अधिकारीको परिवार अहिले ललितपुरमा बस्छ । वि.सं २०५९ सालमा ललितपुरमा घर बनेपछि सबैजना घरमै बस्न थालेका हुन् । अधिकारीका एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । छोरा अष्ट्रेलियामा व्याचलर पढ्दैछन् भने छोरी भने नेपालमै एमडी गर्दैछिन् । उनकी श्रीमती गृहणीको रुपमा घरमै काम गर्छिन् । ‘मलाई कुनै चिन्ता छैन, छोराछोरी आफै पढ्दै, कमाउँदै गरिरहेका छन्, श्रीमतीले घरव्यवहार धानिरहनु भएको छ, जीवन रमाइलो छ,’ गभर्नर अधिकारीले भने । विवाहपछि प्रेम गभर्नर अधिकारीको प्रेम अनुभव अनौठो छ । उनी भन्छन्, ‘गाउँमा घरको काम र विद्यालय जाँदै ठिक्क भयो, त्यसपछि सिधै बिहेको प्रस्ताव आइहाल्यो माया–प्रेमको अनुभव नै गर्न पाइनँ ।’ ‘बिहे अगाडि विद्यालय वा कलेज जाँदा यो मान्छे मलाई मन पर्यो भन्ने कुरा कहिल्यै भएन, बिहेपछि मात्र मायाप्रेमको अनुभव लिएँ,’ उनले मुस्कुराउँदै थपे । अधिकारी घुम्न पनि धेरै मन पराउँछन् । उनी नेपालका धेरैजसो जिल्ला घुमिसकेको सुनाउँछन् । पश्चिम दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म पुग्दा सबै ठाउँ उत्तिकै रमाइलो लागेको उनी सुनाउँछन् । उनले विश्वका धेरै विकसित, अविकसित देशहरु पनि उत्तिकै घुमेका छन् । विभिन्न देश पुग्दा नेपाल जस्तो सम्भावना भएको देश उनलाई कुनै लाग्दैन । सम्झिनै नचाहेको त्यो घटना मान्छेको जीवनमा धेरै घटनाहरु आइलाग्छन् । कतिपय जीवनभर अविस्मरणीय बनिदिन्छन् भने कतिपय चाहेर पनि बिर्सिन सकिँदैन । गभर्नर अधिकारीको जीवनमा पनि यस्तो घटना छ , जुन उनी सम्झिन पनि चाहन्नन् । त्यो विषय हो उनको निलक्बन । उनी २०७८ चैतमा सरकारको निलम्बनमा परे । निलम्बन गर्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने अर्थमन्त्री थिऐ जनार्दश शर्मा । सोही बेला उनी निलम्बन परेका थिए । पनि गभर्नर अधिकारी अदालत गए । अदालतको आदेशमा गभर्नरको जिम्मेबारीमा उनी पुनः काममा फर्के । ‘काम गर्दै गर्दा कहिले कहीँ कानुनी झन्झटको सामाना गर्नु पर्ने हुँदो रहेछ, मैले यसलाई स्वभाविक रुपमा लिएको छु,’ उनले भने । निलम्बलमा परेको घट्नाबारे भने उनी धेरै बोल्न चाहेनन् । विकास मिडियाको प्रस्तुती विएन पोडकाष्टसँगको लामो अन्तरवार्तामा उनले भने, ‘यो घट्नालाई म बिसर्न चाहन्छु, धेरै नबोलौ ।’ स्वदेशमै बस्ने वातावरण बनाउनु पर्छ गभर्नर अधिकारी पछिल्लो समय विदेशिरहेका युवाहरुको संख्याप्रति चिन्तित छन् । युवाहरु दिनहुँ बिदेश पलायन भइरहेको बेला गभर्नर अधिकारी भने आफ्ना छोराछोरी स्वदेशमै काम गर्ने बताउँछन् । ‘नेपालमा पनि विस्तारै सेवा सुविधा राम्रो भइरहेको छ, छोरी नेपालमै छिन्, छोरा पनि बाहिर गएको भर्खरै हो, बाहिरबाट केही कुरा सिकेर नेपालमै आएर गर्छ,’ उनले भने । ‘नेपालमा सरकारी सेवा लिन झन्जटिलो हुने, रोजगार अभाव लगायतले युवाहरुमा निराशा छ, बिदेशीने क्रम बढ्दो छ, यो सुधार गर्न सकिने विषय हो,’ उनले थपे । नेपाल ठूलो सम्भावना र अवसर भएको देश भएको पनि उनी बताउँछन् । ‘नेपाल धेरै अवसर भएको देश हो । कतिपय देशमा समुन्द्र पुरेर घर बनेको हुन्छ, उनले भने, तर, हाम्रो देशमा योजनाबद्ध हिसावले देशमै भएका स्रोतसाधनको सदुपयोग गर्न सक्यो भने नेपालको अर्थतन्त्र छिट्टै विकसित देशको जत्तिकै मजबुत हुने थियो ।’ देश विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उनी बताउँछन् । योजना कार्यान्वयन, कार्यक्रमको कार्यान्वन गर्न केही न केही स्थायित्व चाहिन्छ । नेपालमा बारम्बार सरकार फेरिनु, मन्त्री फेरिने प्रवृतिबाट विकास नभएको अधिकारीको ठम्याइ छ ।

भारतमा अर्ध–उच्च गतिको रेल सेवा सुरु

तस्बिर : इन्डिया टाइम्स एजेन्सी । भारतले शुक्रबार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् । आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गरेका छन् । रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ । प्रधानमन्त्री मोदीले जारी गरेको तस्बिरमा उनलाई रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरुसँग कुराकानी गरिरहेको देखाइएको छ । ‘भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास १ दिल्ली–मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ’, र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने। अधिकारीहरुका अनुसार दिल्ली–गाजियाबाद–मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिने छ ।

दुर्गा पूजालाई विशेष बनाउन सावित्री कंचनजंगा अगरबत्तीको सहकार्य, साथमा दसैं अफर पनि

काठमाडौं । सावित्री कंचनजंगा अगरबत्तीले बिजया दशमीको अवसरमा दुर्गा पूजालाई भव्य बनाउनका लागि विभिन्न धार्मिक तथा व्यवसायिक स्थलमा सहकार्य गरेको छ। सावित्री कंचनजंगा अगरबत्तीले पशुपतिको दुर्गा पूजा, कालीमाटी तरकारी बजार, कुपन्डोलको राममन्दिर, अग्रवाल भवनलगायतका स्थानमा दुर्गा पूजालाई विशेष बनाउन सहकार्य गरेको हो। साथै सावित्री कंचनजंगा अगरबत्तीले विगतका वर्षहरुमा झैँ यसवर्ष पनि दसैँलक्षित अफर ल्याएको छ। दसैँलाई लक्षित गर्दै ‘स्क्यान दनादन उपहार टनाटन’ अफर ल्याएको कम्पनीका बजार प्रबन्धक पुस्कर केसीले जानकारी दिए। विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको आइएसओ सर्टीफाईड सावित्री कंचनजंगा अगरबत्तीले समय(समयमा आफ्नो होलसेलर, रिटेलर र उपभोक्ताको लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’हरू ल्याउँदै आएको छ। डिजिटल वालेट पे सिस्टम खल्ती एपसँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले सो आकर्षक अफर सार्वजनिक गरेको हो। यस अफरअन्तर्गत हरेक सावित्री कंचनजंगा अगरबत्ती ब्राण्डहरुमा रहेको क्यूआर कोड खल्ती एपबाट स्क्यान गरेर हरेक दिन १० जनालाई खल्ती एपमा रु १००, योजना अवधिभर २० जनालाई स्मार्ट वाच वा एयरपड्स साथै ५ जनालाई ३२ इन्चको टेलिभिजन, स्मार्टफोन वा लुम्बिनी र पोखराको भ्रमण प्याकेज जित्ने मौका पाउनेछन्। अहिले यस उद्योगमा सावित्री कंचनजंगा अगरबत्ती लगायत ५० भन्दा बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन्। पूर्वदेखि पश्चिम नेपालसम्म, हिमाल देखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रिणी अगरबत्ती ब्राण्डको रुपमा स्थापित बनेको छ। सावित्री कंचनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरु गुणस्तरीय भएकै कारणले यसका विभिन्न ब्राण्डका अगरबत्तीहरू नेपाल बाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनाममा पनि निर्यात हुँदै आएका छन्।

ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास अगाडि बढेको छ : उर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताएका छन् । एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताए । हाल प्रणालीमा दुई हजार आठ सय मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपालमा नदी प्रवाह, अर्धजलाशय र जलाशयमा आधारित विद्युत् आयोजनाको अधिक सम्भाव्यता रहेको तथा सौर्य ऊर्जाको पनि उत्तिकै सम्भाव्यता रहेको जानकारी दिएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ । नेपालको भौगोलिक विविधताका कारण अफ ग्रिड प्रणालीको आवश्यक भएको उल्लेख गर्दै उनले साना र मझौला प्रकृतिका प्रसारण प्रणालीमार्फत नवीकरणीय ऊर्जाको वितरण भइरहेको बताए। ऊर्जा सुरक्षालाई नेपालले प्राथमिकतामा राखेको तथा खपत गरेर बचत भएकोे बिजुलीको व्यापारका लागि सीमापार व्यापारका प्रयासबारे जानकारी दिए । सरकारले आन्तरिक खपत बढाउनका लागि प्रसारण तथा वितरण लाइनको सुधार, प्रणालीको क्षमता वृद्धि, स्वच्छ ऊर्जा प्रवद्र्धन, स्वदेशी तथा विदेशी सार्वजनिक–निजी लगानी परिचालन गरी उत्पादन, प्रसारण, वितरण तथा व्यापार विस्तार चाहेको बताए । साथै उनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरे । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको जानकारी दिँदै वातावरणीय सुरक्षाका लागि पनि नवीकरणीय ऊर्जालाई नै प्राथमिकता दिएको बताउनुभयो । नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए । उनले जलवायु परिवर्तनका असर घटाउन अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको नेपालले अपेक्षा गरेको बताए ।

‘बाडौं खुशी चढौं सुजुकी’ योजनामा भक्तपुरका राजिप नागाले जिते सुनको सिक्का

काठमाडौं । ‘बाडौं खुशी चढौं सुजुकी’ योजनामा भक्तपुरका राजिप नागाले जिते सुनको सिक्का जितेका छन् । भि.जि. अटोमोबाईल्सले बिहीबार टेकु सोरुममा गरिएको फेसबुक लाईभ मार्फत दास्रो बम्पर बिजेता घोषणा गरिएको छ । भक्तपुर निवासी राजिप नागाले दोस्रो बम्पर बिजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका छन् । यो योजना लागु भए देखि १५ दिनमा नेपाल अधिराज्य भरिका खरिदकर्ताहरुलाई समाबेश गरी गरेको लक्की ड्र मार्फत नागा दोस्रो बिजेता बन्न सफल भएका छन् । उनले टेकु स्थित भि.जि. अटोमोबाईल्सको आफ्नै सोरुमबाट एभिनिस १२५ सिसि बि एस ६ खरिद गरेका थिए । यो योजना अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार प्राप्त गर्न सक्नेछन् । अन्य कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मुल्याङ्घन प्राप्त गर्न सक्नेछन् वा शुन्य प्रतिशत ब्याजदरमा फाईनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुनेसमेत कम्पनीले जनाएको छ । भि.जि. अटोमोबाईल्स सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता हो ।

नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सकिने

काठमाडौं । नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सकिने भएको छ । नेपालीहरुको महान पर्व दसैँ तथा तिहारका अवसरमा बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले कात्तिक १ गतेदेखि ३० गतेसम्म लागि नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सक्नेछन् । नेपालपे इन्स्ट्यान्टमार्फत ग्राहकले बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वा कनेक्टआईपीएसमा लाभग्राहीको रजिस्टर्ड मोबाइल नम्बरका आधारमा फन्ड ट्रान्सफर गर्न सक्दछन् । हाल नेपालपे इन्स्ट्यान्टको सुविधा कनेक्टआईपीओ, बैंकका मोबाइल बैंकिङ एपहरु तथा सेलपे, हाम्रोपे र मोरुलगायतका वालेटहरुमा उपलब्ध रहेको छ । नेपालपे इन्स्ट्यान्टमा लाभग्राहीको भर्चुअल प्राइफेट एड्रेस (भीपीएस)का आधारमा फन्ड ट्रान्सफर वा भुक्तानी गर्न सकिन्छ । ग्राहकले लाभग्राहीको मोबाइल नम्बर प्रयोग गरेर फन्ड ट्रान्सफर गर्न सकिन्छ र यसका लागि बैंक खाताको विवरण आवश्यक पर्दैन । नेपालपे इन्स्ट्यान्टमार्फत फन्ड ट्रान्सफर गर्दा ग्राहकले नेटवर्क छनोट गरी लाभग्राहीको मोबाइल नम्बर प्रविष्ट गरेर मोबाइल बैंकिङ एप वा वालेट वा कनेक्टआईपीएसबाट ट्रान्सफर गर्न सक्ने कम्पनीले जनाएको छ ।

दशैंमा पनि आयल निगमका डिपोहरु खुला रहने, हेर्नुहोस तालिका

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंमा पनि नेपाल आयल निगमका डिपोहरु सञ्चालनमा रहने भएका छन् । आयल निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको समयमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सहज बनाउन सातै प्रदेशका प्रादेशिक कार्यालय, केही शाखा र डिपो खुला रहने जनाएको छ । निगमले विदाको समयमा पेट्रेलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा केन्द्रीय कार्यालयमा खबर गर्न समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

रियलमीको दशैं फोटो कन्टेस्ट सुरु

काठमाडौं । रियलमीको दशैं फोटो कन्टेस्ट सुरु  गरेको छ ।  रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैं फोटो कन्टेस्टको सुरूवात गरेको हाे । यस फोटो कन्टेस्टमा सहभागी भइ विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस दशैं फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैं मनाउँदै गरेको तस्विर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ । सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ । कार्तिक २ गतेबाट सुरू भएको यस दशैं कन्टेस्टमा कार्तिक १३ सम्म सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।