काठमाडौं । नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सकिने भएको छ ।
नेपालीहरुको महान पर्व दसैँ तथा तिहारका अवसरमा बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले कात्तिक १ गतेदेखि ३० गतेसम्म लागि नेपालपे इन्स्ट्यान्टमार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सक्नेछन् ।
नेपालपे इन्स्ट्यान्टमार्फत ग्राहकले बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वा कनेक्टआईपीएसमा लाभग्राहीको रजिस्टर्ड मोबाइल नम्बरका आधारमा फन्ड ट्रान्सफर गर्न सक्दछन् । हाल नेपालपे इन्स्ट्यान्टको सुविधा कनेक्टआईपीओ, बैंकका मोबाइल बैंकिङ एपहरु तथा सेलपे, हाम्रोपे र मोरुलगायतका वालेटहरुमा उपलब्ध रहेको छ ।
नेपालपे इन्स्ट्यान्टमा लाभग्राहीको भर्चुअल प्राइफेट एड्रेस (भीपीएस)का आधारमा फन्ड ट्रान्सफर वा भुक्तानी गर्न सकिन्छ । ग्राहकले लाभग्राहीको मोबाइल नम्बर प्रयोग गरेर फन्ड ट्रान्सफर गर्न सकिन्छ र यसका लागि बैंक खाताको विवरण आवश्यक पर्दैन । नेपालपे इन्स्ट्यान्टमार्फत फन्ड ट्रान्सफर गर्दा ग्राहकले नेटवर्क छनोट गरी लाभग्राहीको मोबाइल नम्बर प्रविष्ट गरेर मोबाइल बैंकिङ एप वा वालेट वा कनेक्टआईपीएसबाट ट्रान्सफर गर्न सक्ने कम्पनीले जनाएको छ ।