विकासन्युज

सिटिजन्स बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट हुने

काठमाडौं । ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराज बीच सम्झौता भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल र अनलाइन बजार दराज केयमुबीच बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू हुने कम्पनीले जनाएको छ । सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २,५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । माथि उल्लिेखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र लागू हुनेछ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रभु क्यापिटलले एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई पूँजी बजारको ज्ञान दिने

काठमाडौं । प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच बिहीबार एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजमा एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो । कार्यक्रममा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका संचालक अभिषेक कार्कीबाट हस्ताक्षर भएको छ । उक्त कार्यक्रममा प्रभु क्यापिटलको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजको तर्फबाट कार्यक्रम संयोजक ऋकिता श्रेष्ठेको उपस्थिती रहेको थियो । सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान तथा तालिमहरु प्रदान गर्ने उद्देश्य रहेको छ । त्यसै गरि क्यापिटलले व्यवहारिक ज्ञान प्रदान गर्न विद्यार्थीहरुलाई इन्टर्नशिपको पनि अवसर प्रदान गर्ने गरि सम्झौता भएको छ ।

तिहार नजिकिएसंगै सुनको मूल्य तोलामै १ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । तिहार नजिकिएसंगै सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो । शुक्रबार प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आधा दर्जन लघुवित्तसहित २४ कम्पनीले घोषणा गरे लाभांश

काठमाडौं । चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने कम्पनीको संख्या २४ पुगेको छ । पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये २४ वटा कम्पनीले तिहारअघि नै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा ८ वाणिज्य बैंक, ३ विकास बैंक, एउटा होटल कम्पनी, २ वटा जलविद्युत कम्पनी, २ वटा इन्भेष्टमेन्ट कम्पनी, २ वटा म्यानुफ्याक्चरिङ कम्पनी, ६ वटा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । यस्तै, एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको हो । यस्तै, सानिमा बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको हो । यस्तै, एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको हो । यस्तै, सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने कप्रस्ताव गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद गरी कूल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, ओरियन्टल होटलले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, सानिमा माइ हाइड्रोपावरले चुक्ता पूँजीँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, माण्डु हाइड्रोपावरले १० प्रतिशत र इमर्जिङ नेपालले ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीँको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, बोटलर्स नेपाल तराईले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीँको ६० प्रतिशत र युनिलिभर नेपालले १५८० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेका छन् । यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, सपोर्ट लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

काठमाडौं महानगरले माग्यो ३२ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीको माग गरेको छ । महानगरपालिकाले करारमा ३२ जना कर्मचारीको माग गरेको हो । महानगरले शुक्रबार एक सूचना जारी गर्दै फुड टेक्नोलोजिस्ट,माइक्रो बायोलोजिस्ट र मेडिकल अधिकृत पदका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत मंसिर २३ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ ।

काठमाडौंमा राति १ बजेसम्म देउसी खेल्न पाइने

काठमाडौं । काठमाडौं जिल्लामा तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यसपालिको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने जानकारी गराएका हुन् । ‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमती दिइएको थियो,’ उनले भनेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले ‘राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेदििन हार्दिक अनुरोध गर्दछौ ।’ उनले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन पनि अनुरोध गरेका छन् ।

विदेशी बैंकका सीईओहरू भन्छन् : अब बैंकको ब्याज घट्दै जान्छ

काठमाडौं । एशिया क्षेत्रका विभिन्न बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले अब बैंकको ब्याज घट्दै जाने बताएका छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि केही सकस भएपनि अब अर्थतन्त्र सुधारको गतिमा भएको र त्यसले बैंकको ब्याज पनि केही सस्तो हुने तर्क उनीहरूले गरेका छन् । एसियन बैंकर्स एसोसिएसन (एबीए)का अध्यक्ष युजेन एस एसेभेडोले केही समयअघि बजारमा माग बढेपछि बैंकको ब्याज बढे पनि अब बिस्तारै सस्तो हुँदै जाने धारणा राखेका छन् । अध्यक्ष एसेभेडोलाई विकासन्युजले राखेको ब्याजदरसम्बन्धि जिज्ञासालाई सम्बोधन गर्दै उनले भने,‘हामीले लामो समयसम्म कोरोना भाइरसको सकस भोग्यौं, त्यसलगत्तै बजारमा माग बढ्यो, बैंकको ब्याज पनि बढ्यो, त्यसले अर्थतन्त्रमा एककिसिमको स्पेश सिर्जना भयो, अब अर्थतन्त्र लयमा आउने हाम्रो विश्वास छ, त्यसले बैंकको ब्याज घट्न पनि मद्दत पुग्छ ।’ यसअघि आपूर्ति शृंखला अवरोध हुँदा महँगी बढेको र त्यसले ब्याज बढाउन पनि मद्दत पुगेको बताउँदै अब महँगी नियन्त्रण हुने अवस्था देखिएको र त्यसले आगामी दिनमा ब्याजदर घट्नै जाने अनुमान आफूहरूले गरेको उनको तर्क छ । यस्तै, उनले खराब कर्जाको विषयमा पनि आफ्नो धारणा राखेका छन् । उनले विश्वका बैंकहरूको खराब कर्जा बढेकोले यसलाई चिन्ताको विषय मान्न नहुने धारणा राखे । उनले नेपाली बैंकहरूको खराब कर्जा धेरै नभएको धारणा राखे । ‘कोरोनाकै कारण धेरै व्यवसाय प्रभावित भए, त्यसले पनि बैंकको ब्याज बढ्यो, यसलाई बैंकहरूले व्यवस्थापन गर्न सक्नु पर्छन, नेपाली बैंकको खराब कर्जा अन्य देशको तुलनामा कम नै हो,’ उनले भने । उनले हाल नेपाली बैंकहरू लगानी गर्न सक्ने अवस्थामा भएको धारणा राखे । हाल व्यवसाय समस्यामा परेको कारण ऋणीहरूलाई ऋण तिर्न समेत समस्या भइरहेको बताउँदै त्यसको प्रत्यक्ष असर बैंकमा परेको उनले बताए । उनीसँगै बिहीबार सम्मेलनमा भएको छलफलमा विभिन्न देशका बैंकरहरूले अब बैंकको ब्याज घट्दै जाने धारणा राखे । उनले आफूहरू समेत अन्य विदेशी साझेदारसँगको सहकार्यमा नेपालमा लगानी गर्न तयार रहेको धारणा राखे । ‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एन्ड सस्टेण्ड ग्रोथ’ विषयक सम्मेलनमा उनले यस्तो धारणा राखेका छन् । काठमाडौंमा एशिएन बैंकर्स संघ र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा सम्मेलन चलिरहेको छ । सम्बन्धित सामग्री :  विश्व बजारमा घट्दैछ ब्याज, नेपाली बैंकले पनि घटाउन थाले प्रिमियम

‘आइएमई पे’ नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनर

काठमाडौं । ‘आइएमई पे’ नेपाल सुपर लिग २०२३ को आधिकारिक टिकेटिङ पार्टनर रहने भएको छ । डिजिटल वालेट ‘आइएमई पे’ र नेपाल स्पोर्ट एण्ड इभेन्ट म्यानेजमेन्ट बीच भएको रणनीतिक साझेदारी सम्झौता अन्तर्गत यही नोभेम्बर २४ देखि हुने ‘नेपाल सुपर लिग २०२३ ‘को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको हो । नेपाल सुपर लिग नेपालको प्रमुख खेलहरू मध्ये एक हो जसमा बहुसंख्यक खेल प्रेमिहरुको चासो रहेको छ । जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने आइएमई पे को विश्वास रहेको छ । यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन् । नेपाल सुपर लिग २०२३ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतीय सिजन हुने प्रतिज्ञा गरिएको छ। नेपाल सुपर लिग र आइएमई पे बिचको यो साझेदारी ले लिगको बृद्धि र पहुँचमा योगदान पुर्‍याउने छ, जसले फ्यानहरूलाई आफ्नो मनपर्ने टोली र खेलाडीहरूलाई समर्थन गर्न सजिलो बनाउँछ।