राष्ट्र बैंकबाट अनुमति नलिई मोबाइल एप चलाउने श्रेष्ठ पक्राउ, १ करोड रुपैयाँ बरामद
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १ करोड रुपैयाँसहित हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सीआईबीले काठमाण्डौंका विभिन्न स्थानमा अनुमति नलिई अवैध रुपमा हुण्डी कारोबार गरेको आरोपमा काठमाडौंका रुपेश श्रेष्ठलाई पक्राउ गरेको हो । ‘केहि व्यक्तीहरूले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमती नलिई अवैध रुपमा हुण्डी कारोबार गरी राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर गरेको भन्ने सूचनाको आधारमा सीआईबीबाट खटिएको टोलीले मंसिर ६ गते बागबजार स्थित रुपेश श्रेष्ठलाई पक्राउ गरेको हो,’ सीआईबीका प्रवक्ता नबराज अधिकारीले भने । उनका अनुसार श्रेष्ठले प्रयोग गरिरहेका मोबाईलहरु चेक जाँच गर्दा राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतिय माध्यम क्यास एप जस्ता मोबाइल एप प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण फेला परेको छ । साथै, घर समेत खानतलासी गर्दा नेपाली ८९ लाख ६९ हजार रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर (९ लाख ३३ हजार ८२५ रुपैयाँ) गरी कूल ९९ लाख २ हजार ८२५ रुपैयाँ समेत बरामद गरेको उनको भनाइ छ । थप अनुसन्धान कार्य जारि रहेको उनले बताए ।
मुक्तिनाथ कृषि कम्पनीको शेयर बाँडफाँड
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको वैदेशिक रोजगरमा रहेका नेपालीलाई निष्काशन गरिएको शेयर बाँडफाँड सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको जारी पुँजी सत्तरी करोड रुपैयाँ मध्ये २० प्रतिशत अर्थात् चौध करोड रकम बराबरको चौध लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टयाएको थियो । उक्त शेयर मध्येको १० प्रतिशत अर्थात एक लाख ४० हजार कित्ता शेयर प्रति शेयर एक सयका दरले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि कात्तिक १० गते देखि २४ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी निष्काशित शेयरहरुको आज बिहीबार बिहान १० बजे बजे बाँडफाँड सम्पन्न भयो । एक लाख ४० हजार कित्ता शेयर खरिदका लागि ३१ हजार एक सय ९६ जना आवेदकबाट आवेदन भएको थियो । कूल ३१ हजार एक सय ९४ जना आवेदकहरुबाट सात लाख २३ हजार ४० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो । निष्काशन गरिएको धितोपत्र भन्दा अधिक धितोपत्रको लागि माग भएको र प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथाको माध्यमबाट १४ हजार आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले कूल एक लाख ४० हजार कित्ता धितोपत्र बाँडफाँड गरिएको हो ।
नवीन विशेषताहरु र आकर्षक डिजाइनमा निपूर्ण भिभो भी२९ फाइभजी सिरिज
काठमाडौं । भिभो भी सिरिजले स्मार्टफोन उद्योगमा आफ्नो अत्याधुनिक टेक्नोलोजीको साथै नवीन दृष्टिकोणसहित प्रभावशाली छाप छोडेको छ । भी सिरिजको नयाँ स्मार्टफोन भी२९ फाइभजी र भी२९ई यसको ज्वलन्त प्रमाण हो । उत्कृष्ट प्राविधिक र आकर्षक डिजाइन भएको भी२९ फाइभजी सिरिज स्मार्टफोन मात्र नभएर यो यस्तो उपकरण हो जसले स्मार्टफोन फोटोग्राफी र डिजाइनको पुनः परिभाषित गर्दछ । भिभोले नवीनता साथ साथै डिजाइनमा केन्द्रित उपकरणहरु निर्माण गरेर एउटा अलग स्थान बनाउन सफल भएको छ । भी२९ फाइभजी सिरिजले स्मार्टफोन फोटोग्राफीको सीमालाई वृद्धि गर्ने भिभोको विरासतलाई निरन्तरता दिएको छ । स्मार्ट औरा लाइट पोट्र्रेट, स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, सुपर ग्रुप भिडियो, सुपर मुन मोड र एस्ट्रो मोड जस्ता विशेषताहरूसँग यसले सुक्ष्म विवरणहरू, जीवन्त रङहरू खिच्न र आश्चर्यजनक पोट्र्रेटहरू सिर्जना गर्न मद्दत गर्दछ । यो एक फोटोग्राफी पावरहाउस हो जुन हरेक क्षणलाई जादूमय ढंगबाट कैद गर्न डिजाइन गरिएको हो । दुवै भी२९ फाइभजी र भी२९ई फाइभजी ले फोटोग्राफीलाई अगाडि ल्याउने क्यामेरा सेटअप प्रदर्शन गर्दछ । भी२९ फाइभजी मा, ५० एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा र २ एमपी मोनोक्रोम क्यामेरा रहेको छ जसले गुणस्तरीय फोटो प्रदान गर्दछ । भी२९ई फाइभजी मा ६४ एमपी अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २एक्स प्रोफेशनल पोट्र्रेट मोडहरू छन् । यी सुविधाहरूले प्रयोगकर्ताहरूले प्यानोरामिक शटहरूदेखि लिएर उत्कृष्ट पोट्र्रेटहरू सम्म सजिलै खिच्न सक्छन् । भिभो भी२९ फाइभजी सिरिज भिभोको सुरुचिपूर्ण डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण हो । यो स्मार्टफोनमा स्लिम प्रोफाइल बडी र हल्का तौल रहेको छ । भी२९ फाइभजीमा उद्योगकै पहिलो ‘इनोभेटिभ थ्रीडी म्याग्नेटिक पार्टिकल’ प्रविधि प्रयोग गरिएको छ जसले फोनको पछाडिको प्यानलमा आकर्षक पिक ब्लू रङ प्रदान गर्दछ । साथै नोबेल ब्ल्याक कलरमा फ्लोराइट एजी ग्लास रहेको छ जसमा भएको न्यानो–स्केल फोटो इचिंग टेक्निकले स्थायित्व प्रदान गदै स्टेन रेसिस्टेन्ट बनाउँछ । त्यस्तै भी२९ई फाइभजीमा रोज गोल्डको लागि नानो–स्केल फोटोइचिङ प्रविधि र फरेस्ट ब्ल्याकको लागि फ्लोराइट एजी ग्लास रहेको छ । यी डिजाइनले सौन्दर्यता बढाउनुका साथै स्थायित्व प्रदान गर्दछ । भी२९ई को स्लिम फ्ल्याट फ्रेमले यसको सौन्दर्यता थप्नुका साथै समग्र प्रयोगकर्ता अनुभव वृद्धि गर्दछ । दुवै भी२९ फाइभजी र भी२९ई फाइभजीमा १२० हर्ट्जको रिफ्रेस रेट रहेको छ जसले प्रयोगकर्ताहरूको भियूङ्ग अनुभवलाई पुनः परिभाषित गर्दछ । हरेक पटक स्वाइप वा स्क्रोल गर्दा प्राकृतिक र सहज अन्तरक्रिया महसुस गर्न सकिन्छ । भी२९ फाइभजी मा क्वालकम स्न्यापड्रेगन ७७८ प्रोसेसर रहेको छ जसले सिमलेस मल्टिटास्किङ र सहज गेमिङ अनुभवहरू सुनिश्चित गर्दछ । यो १२जीवी र्याम र २५६जीवी स्टोरेज भरियन्टका साथ आउँछ । यसैबीच, भरपर्दो कार्यसम्पादनका लागि भी२९ई फाइभजी क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र प्राइभजी कनेक्टिभिटीको साथ आउँछ । यसमा ८जीवी र्याम र २५६जीवी स्टोरेज रहेको छ जसले गर्दा दक्षता र पर्याप्त ठाउँको सन्तुलन कायम भएको छ । तपाईं चाहे अनौपचारिक प्रयोगकर्ता वा पावर प्रयोगकर्ता हुनुहुन्छ भने यी उपकरणहरुले तपाईंको आवश्यकताहरू पूरा गर्छन् । ब्याट्रीको बारेमा कुरा गर्दा, भी२९ फाइभजीमा ४६०० एमएएच ब्याट्री र ८० वाट्टको फ्ल्यासचार्ज रहेको छ जसले तपाईंलाई सधैं कनेक्टेड राख्दछ । त्यस्तै भी२९ई फाइभजीमा ४८०० एमएएच ब्याट्री रहेको छ जसले तपाईंलाई निर्बाध रुपमा काम गर्न, गेमिङ वा स्ट्रिमिङ गर्न मद्दत गर्दछ । भिभो भी२९ फाइभजी सिरिज स्मार्टफोन बजारमा उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको प्रतीकको रूपमा प्रस्तुत भएको छ । यसको आकर्षक सौन्द्रयशास्त्र, शक्तिशाली क्यामेरा क्षमताहरू, सिमलेस कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्री लाइफका साथ भिभो नेपाली बजारमा निकै सफल भएको छ । यी उपकरणहरूले आधुनिक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्दछ, हरेक पक्षमा उत्कृष्ट अनुभव प्रदान गर्दछ । नेपाली बजारमा भी२९ फाइभजी ५९,९९९ र भी२९ई फाइभजी ४२,९९९ मा उपलब्ध रहेको छ ।
मध्यपश्चिम विश्वविद्यालयद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुर्खेत । मंसिर ६ गते मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित २१औं शताब्दीमा विश्वविद्यालयको स्वायत्तता तथा भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्द बहादुर सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कर्णाली प्रदेश तथा जिल्ला स्थित विभिन्न राजनैतिक पार्टीका मूल नेतृत्व एवं प्रतिनिधिहरु वीरेन्द्रनगर नगरपालिकाका पुर्व मेयर, सुर्खेत शिक्षा क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा पुर्व जिसस सभापति अतिथिको रुपमा उपस्थित भएका थिए । अन्तरक्रिया कार्यक्रम पुर्व विश्वविद्यालयका पदाधिकारी तथा अतिथि सम्मिलित संयुक्त टोलीले मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर, ग्र्याजुएट स्कुल अफ इञ्जिनियरिङ्ग (सानो सुर्खेत), ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी, मुसोम, ग्र्याजुएट स्कुल अफ एजुकेशन, ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एण्ड सोसल साइन्सेस र ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टको भ्रमण तथा पछिल्लो समय भएको विकास र परिवर्तनको अवलोकन गरेका थिए । भ्रमण पश्चात औपचारिक रुपमा संचालित अन्तरक्रिया कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्य पश्चात विश्वविद्यालयका उपकुलपतिद्वारा मध्यपश्चिम विश्वविद्यालयको एकिकृत दुरदृष्टि तथा प्रगति विवरण प्रस्तुत गरेको थियो भने कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको विगत र वर्तमान दर्शाउने ‘मध्यपश्चिम विश्वविद्यालय रूपान्तरण वृतचित्र प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुतीकरण पश्चात विभिन्न राजनैतिक पार्टीका मूल नेतृत्व, नागरिक समाजका अगुवा एवं विशिष्ट व्यक्तित्वहरुले मन्तव्य राखेका थिए भने उनीहरुले विश्वविद्यालयले गरेका विकासका कार्य तथा पछिल्ला सकारात्मक प्रयासहरुको प्रशंसा गरेका थिए । विश्वविद्यालयको स्वायत्तता कायम रहनुपर्ने, सकारात्मक कार्यको सबैले साथ् दिनुपर्ने तथा विश्वविद्यालयमा भईरहेको राजनीतिक हस्तक्षेप र बन्द हड्ताल जस्ता गतिबिधि बन्द हुनुपर्ने कुरामा सम्पूर्ण राजनैतिक पार्टीका मूल नेतृत्व, नागरिक समाजका अगुवा एवं विशिष्ट व्यक्तित्वहरुले मन्तव्यका क्रममा एक स्वरका साथ बोलेका थिए । अन्तरक्रिया कार्यक्रमको समापन सत्रमा बोल्दै कार्यक्रमका अध्यक्ष एवं मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्द बहादुर सिंहले अतिथि एवं विशिष्ट व्यक्तित्वहरुलाई कार्यक्रममा सहभागिताका लागि तथा विश्वविद्यालयको स्वायत्तता प्रति एकमतले साथ् समर्थन गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।
विजयको विजययात्रा, लाखबाट अर्बपति
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को आय विवरणअनुसार व्यक्तितर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति विजयबहादुर शाह बनेका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीजका अध्यक्ष तथा मदिरा उद्यमी हुन् । उनी केही वर्षदेखि निरन्तर सबैभन्दा बढी कर बुझाउने व्यक्तितर्फको सूचीमा पर्दै आएका छन् । बिहीबार आयोजित कार्यक्रमामा अर्थमन्त्री डा. प्रकाशशरण महतले शाहलाई सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरे । व्यक्तिगततर्फ सर्वाधिक कर तिरेर पहिलो पटक बैंकर्स पृथ्वीबहादुर पाँडे सरकारबाट सम्मानित भएका थिए । त्यसपछि धेरै वर्षसम्म व्यवसायी सिद्धार्थ समशेर जवरा सम्मानित भए । सर्वाधिक आयकर तिरेर शाहले तेस्रोपटक सरकारबाट सम्मानित हुने अवसर पाएका छन् । यसअघि एकपटक उनकै छोरी जया शाह पनि व्यक्तिगततर्फ उत्कृष्ट करदाताको रूपमा सम्मानित भएकी थिइन् । लाखबाट अर्बपति शाह सन् १९४८ मा नेपालगन्जमा जन्मिएका थिए । नेपालगन्जमा जन्मिए पनि ललितपुर जावलाखेल शाहको पुर्ख्यौली घर हो । उनको परिवारले सन् १९५० को दशकमै परम्परागत तरिकाले स्थानीय मदिरा उत्पादन गरी बिक्री गर्दै आएको थियो । जब १९६९ मा शाह अमेरिकाबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेर नेपाल फर्किए, उनले मदिरा उत्पादनमा आधुनिक प्रविधि प्रयोग गरेर व्यापार गर्नुपर्छ भन्ने सोचलाई मूर्तरूप दिए । उनले आधुनिक प्रविधियुक्त नयाँ डिष्टिलरी खोल्न आफ्ना बुबा रामनारायण शाहसँग ३० लाख रुपैयाँ जुटाइदिन आग्रह गरे । उनका बुबाले छोराको आग्रह स्वीकार्दै रकम जोहो गरिदिए । त्यही बीउ पुँजी र २० जना कामदारबाट सन् १९७० मा सुरु भएको जावलाखेल डिष्टिलरी आज अर्बौं मूल्यको भएको छ भने हजारौंले काम पाएका छन् । साथै, २२ वर्षको उमेरमा सुरु गरेको उनको कम्पनीले ५ दशक व्यावसायिक जगतमा पृथक पदचाप सिर्जना गरेको छ । जावलाखेल डिष्टिलरी नेपाली निजी लगानीमा सुरु भएको पहिलो डिष्टिलरी हो । त्यसबेला उनको कम्पनीले ह्विस्की र रम उत्पादन गथ्र्यो । सन् १९७३ मा जावलाखेल डिष्टिलरीले नेपालमै पहिलोपटक भोड्का उत्पादन सुरु गरेको थियो, जसको नाम हो- रुस्लान भोड्का । जुन आज पनि मदिरा पारखीको रोजाइमा पर्ने गर्छ । शाह यो क्षेत्र प्रवेश गर्नुअघि भैरहवामा बेलायतको चर्चित कम्पनी स्नोल्याण्डको लगानीमा भैरहवा डिष्टिलरी सञ्चालनमा थियो । त्यसले जिन, ह्विस्की र रम उत्पादन गरिरहेको थियो । त्यसबेला काठमाडौंमा तीन वटा डिष्टिलरी थिए । मदिरा बजारको आकार पनि सानो थियो । अहिले दर्जनौ ठूलो मदिरा उद्योग छन् । त्यसमा पनि जावलाखेल डिष्टिलरीका उत्पादनले कुल बजारको सबैभन्दा ठूलो हिस्सा लिएको छ । ‘जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज’ बढी कर तिर्ने संस्थाका रूपमा मात्रै नभई नेपालको व्यावसायिक क्षेत्रमा आफ्नो छुट्टै नाम र पहिचान बनाउन सफल संस्था हो । र, यस संस्थाका संस्थापक ७५ वर्षीय शाह अहिले पनि मदिराको क्षेत्रमा थप राम्रो कसरी गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धानमा जुटिरहेका हुन्छन् । उनलाई छोरा राजबहादुर शाहले साथ दिएका छन् । प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको व्यवस्थापकीय नेतृत्व लिएपछि कम्पनीको नाफा उच्च त भएको छ नै कम्पनीका संस्थापक विजय शाहलाई उच्च करदाता अवार्डको विजयी यात्राले पनि निरन्तरता पाएको छ । मदिरा आधुनिकरणको जग सन् १९५० को दशकअघि देशमा डिस्टिल गरी उत्पादित मदिरा सिलप्याक गरेर बेच्ने उद्योग थिएनन् । त्यसबेला नेपालमा मदिरा कारोबार ठेक्का प्रणालीमार्फत हुन्थ्यो । सरकारले तराई र सहरी क्षेत्रमा पाँच वर्षका लागि बोलकबोल गरी मदिराको ठेक्का लगाउँथ्यो । पहाडमा मदिराको ठेक्का सकार्ने कोही हुन्थेन । क्षेत्र तोकेर मदिराको ठेक्का आह्वान गरिन्थ्यो । बडाहाकिमसमक्ष डाक बडाबड हुन्थ्यो । बोलकबोलका क्रममा बडाहाकिमले जसको बोलीपछि टेबुल ठटाउँथे, ठेक्का उसैले पाउँथ्यो । नगदै धरौटी राखेर ठेक्का पाएको क्षेत्रमा ठेकेदारले मदिरा उत्पादन गरी बिक्री वितरण गर्थे । पुर्ख्यौली पेसा, भट्टीलाई डिष्टिलरीमा रूपान्तरण गर्न तथा राजामहाराजाले चलाएको देशमा निजी लगानीमा त्यसरी संस्था चलाउने साहस आफूले गरेको शाहले बताएका छन् । हाल जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गत हिमालयन डिष्टिलरी, एसियन डिष्टिलरी, विजय डिष्टिलरी, रोलिङ रिभर डिष्टिलरीलगायत करिब दर्जन कम्पनी सञ्चालनमा छन् । ती कम्पनीमार्फत रुस्लान भोड्का, रोयल स्ट्याग ह्विस्की, ब्लु डाइमण्ड जिन, गोल्डेन ओक ह्विस्कीलगायत १८ किसिमका मदिरा उत्पादन भइरहेका छन् । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले प्रवद्र्धन गरेको हिमालयन डिष्टिलरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत पनि छ ।
सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार प्रवेशका लागि विशेष पास
काठमाडौं । सरकारले सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार प्रवेशका लागि विशेष पास (परिचय पत्र)को व्यवस्था गर्ने भएको छ । कर सप्ताह तथा करदाता सम्मान कार्यक्रममा बोल्दै अर्थसचिव डा.कृष्णहरि पुस्करले उत्कृष्ट करदातालाई सिंहदरबार प्रवेशमा विशेष पास उपलब्ध गराउने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै सुर्य नेपालका उपाध्यक्ष रवि केसीले प्रत्येक वर्ष उत्कृष्ट करदाताको रुपमा सम्मानित भएपछि सिंहदरबार सहज रुपमा प्रवेश पाउनु पर्ने माग राखेका थिए । उत्कृष्ट करदातालाई एक वर्षको लागि भएपनि सिंहदरबार प्रवेशमा सरकारले सहजीकरण गर्नु पर्ने उनको भनाइ थियो । उनले सो माग राखेपछि अर्थसचिव डा. पुस्करले उत्कृष्ट करदातालाई परिचयपत्र दिने प्रक्रिया आजैदेखि सुरु भएको जानकारी दिए । सरकारले राष्ट्रिय कर दिवस, २०८० का अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको थियो । आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ । निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् । यस्तै बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, ५० करोडदेखि १ अर्ब रुपैयाँ कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्स्चेन्ज र ऊर्जा मुलुक उद्योगतर्फ भोटेकोसी जलविद्युत् कम्पनी सम्मानित भएका छन् । विप्रेषण व्यवसायतर्फ आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार साह तथा संस्थागततर्फ सबैभन्दान बढी आयकर, मूल्यअभिवृद्धि, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्यअभिवृद्धि कर समयम दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालिलाई सरकारले सम्मान गरेको छ ।
ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो । आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरेका छन् । ग्लोबल आइएमई बैंक विभिन्न सूचकहरुमा नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित छ । हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ । आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्यसम्पादन गर्दै आईरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
कामना सेवा विकास बैंक र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज बीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल रुपन्देही स्थित लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजबीच सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त लुम्विनी हस्पिटल एण्ड टेक्निकल कलेजमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो सेवा प्रदान गरि रहेको छ ।