राष्ट्र बैंकबाट अनुमति नलिई मोबाइल एप चलाउने श्रेष्ठ पक्राउ, १ करोड रुपैयाँ बरामद

<p>काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १ करोड रुपैयाँसहित हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सीआईबीले काठमाण्डौंका विभिन्न स्थानमा अनुमति नलिई अवैध रुपमा हुण्डी कारोबार गरेको आरोपमा काठमाडौंका रुपेश श्रेष्ठलाई पक्राउ गरेको हो । ‘केहि व्यक्तीहरूले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमती नलिई अवैध रुपमा हुण्डी कारोबार [&hellip;]</p>

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १ करोड रुपैयाँसहित हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सीआईबीले काठमाण्डौंका विभिन्न स्थानमा अनुमति नलिई अवैध रुपमा हुण्डी कारोबार गरेको आरोपमा काठमाडौंका रुपेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

‘केहि व्यक्तीहरूले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमती नलिई अवैध रुपमा हुण्डी कारोबार गरी राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर गरेको भन्ने सूचनाको आधारमा सीआईबीबाट खटिएको टोलीले मंसिर ६ गते बागबजार स्थित रुपेश श्रेष्ठलाई पक्राउ गरेको हो,’ सीआईबीका प्रवक्ता नबराज अधिकारीले भने ।

उनका अनुसार श्रेष्ठले प्रयोग गरिरहेका मोबाईलहरु चेक जाँच गर्दा राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतिय माध्यम क्यास एप जस्ता मोबाइल एप प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण फेला परेको छ ।

साथै, घर समेत खानतलासी गर्दा नेपाली ८९ लाख ६९ हजार रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर (९ लाख ३३ हजार ८२५ रुपैयाँ) गरी कूल ९९ लाख २ हजार ८२५ रुपैयाँ समेत बरामद गरेको उनको भनाइ छ । थप अनुसन्धान कार्य जारि रहेको उनले बताए ।

Share News