विकासन्युज

सेबोनमा अध्यक्ष हमालको २२ महिना : पुँजी बजार र लगानीकर्ताका लागि के-के गरे ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २२ महिनाको कार्यकाल सकिएपछि अध्यक्ष रमेशकुमार हमाल बाहिरिएका छन् । बोर्डबाट बाहिरिएसँगै २२ महिनाको अवधिमा आफूले गरेका कामको सूची पनि सार्वजनिक गरेका छन् । उनले २२ महिनाको अवधिमा विभिन्न २३ वटा काम गरेका छन् भने ७ काम कार्ययोजना अनुसार हुन नसकेको बताएका छन् । सरकारी निकायमा नीति बनाउने तथा कार्य गर्ने सोच तथा शैलीमा परिर्वतन गर्दै प्रणालीगत विकासमा विशेष जोड दिएको उनले बताएका छन् । साथै बोर्डबाट विकास तथा सुधार कार्यहरू सम्पादन गरिने परिपाटीको शुरुवात गरिएको उनको भनाइ छ । अध्यक्ष हमालले दीर्घकालीन आर्थिक प्रभाव पार्ने ६ वटा काम गरेको दावी गरेका छन् । विशिष्टीकृत लगानी कोषको शुरुवात गरेको उनले बताएका छन् । यस्तै, एसएमईज प्ल्याटफर्मका लागि नियमावली तयार गरी पेश, वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण व्यवस्था, वस्तु विनिमय बजार अनुमितका लागि प्रकृया अगाडि बढेको, नयाँ स्टक एक्सचेञ्जका लागि प्रकृया र सूचीकृत कम्पनीमा क्षेत्रगत विविधीकरण भएको अध्यक्ष हमालले दावी गरेका छन् । समयसीमा तोकी विभिन्न ४ वटा सुधारका कार्यहरू भएको उनको भनाइ छ । ओपन इन्ट्रि एण्ड एक्जिट, बुक बिल्डिंग प्रणाली मार्फत अनुमति प्रदान, मर्जर तथा एक्विजिशनमा छरितो, धतोपत्र दलाल व्यवसायीको शाखा विस्तारमा चुस्तता दिएको उनले बताए । लगानीकर्ता हित संरक्षणमा विभिन्न ५ वटा कार्य गरेको अध्यक्ष हमालले बताए । लगानीकर्ताको हकहितलाई ध्यान दिदैँ बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बढीमा ५ रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ । जसबाट आईपीओमा लगानी गर्ने लगानीकर्ताहरूको लागत कमी हुन भई बजारमा लगानी गर्न प्रोत्साहन हुने अवस्था भएको हमालको दावी छ । बोर्डको ईतिहासमा पहिलोपटक धितोपत्र दर्ता गरी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार भईरहेका कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम बुझाउनुपर्ने त्रैमासिक विवरण नबुझाउने र ढिला गरी विवरण बुझाउने ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधी कारवाही प्रकृया अगाडि बढेको हमालले बताए । बोर्डबाट लगानीकर्ताहरुको हक हित संरक्षणका लािग कानुन प्रबलीकरणलाई सुदृढ गर्ने क्रममा छोटो समयमा नै २० भन्दा बढी कारवाही गरिएको छ । उक्त क्रममा धितोपत्र सम्बन्धी कसूरहरुमा कारबाही, धितोपत्रको भित्री कारोबारको अनुसन्धान, धितोपत्र व्यवसायीहरुलाई कारवाही गरिएको छ । सामूहिक लगानी कोषले संगठित सार्वजनिक निष्काशनमा छुट्याएको खरिद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँट गरेको छ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्त्ररण गर्न नपाउने व्यवस्था गरिएको छ । नेप्सेमा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयरको लक इन सम्बन्धी व्यवस्थित गर्ने क्रममा तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तिमा ३० दिन अगाडि सरोकारवाला पक्षहरुलाई जानकारी गराउन सेयरको वर्ग तथा लक इनमा रहेको सेयर संख्या र अवधि जस्ता विषय समेटी सार्वजनिक सूचना प्रकाशन गर्न र उक्त सूचना नेप्से र सिडिएससिको वेबसाईटमा राख्ने व्यवस्था गरिएको छ । डेडिकेडेट टिएमएसका लागि व्यवस्था, धितोपत्र बजारमा गैर आवासीय नेपाली भित्र्याउन आवश्यक व्यवस्था, जलविद्युत समूहको कम्पनीहरुका लागि विशेष व्यवस्था, एप्लिकेशन प्रोग्रामिङ्ग इन्टरफेस (एपिआई) सम्बन्धी व्यवस्थाले बजार विकास तथा सुधारमा टेवा पुगेको उनको भनाइ छ । [pdf id=456540]

पशुपति आरतीको भिडियो खिच्न नपाइने सूचनाप्रति पशुपति विकास कोषको आपत्ति

काठमाडौं । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । विकास कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशित गर्नु भई बुढासुब्बा डिजिटल प्रालीद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं भन्ने सूचनामा विकास कोषको गम्भीर ध्यानाकर्षण भएको र उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकामा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउदछौं’, कोषद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ । रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र विस्तार

फाइल फाेटाे काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार जाँच क्षेत्र विस्तार गरिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विगतमा साँघुरो भई भीडभाड हुने उक्त क्षेत्र विस्तारसँगै यात्रुलाई सहज हुने भएको छ । ‘अन्तर्राष्ट्रिय टर्मिनलको आगमन भन्सार क्षेत्र साँघुरो भई यात्रुलाई असहज भइरहेकामा सो क्षेत्रको विस्तार भएको छ, प्रस्थानको ‘चेक इन’ क्षेत्रसमेत विस्तार गर्न लागिएको छ’, महाप्रबन्धक तिवारीले भने । आन्तरिक आगमनतर्फ एक मात्र ‘ब्यागेज बेल्ट’ रहेकामा छुट्टै दुई बेल्टसहित फराकिलो आगमन टर्मिनल निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको विमानस्थल कार्यालयले जनाएको छ । योसँगै अन्तर्राष्ट्रिय टर्मिनल भवनको चेक इन क्षेत्र विस्तारको कार्य अघि बढाइने महाप्रबन्धक तिवारीले जानकारी दिए । विमानस्थलको धावनमार्गबाट जहाज बाहिर गई जहाजको ल्याण्डिङ गियर÷चक्का धसिएर वा क्षति भई जहाज चल्न नसक्ने ‘डिसेबल’ भएको अवस्थामा जहाजलाई यथासक्य छिटो कम क्षति हुने गरी तानेर धावमार्गको अवरोध हटाई अपरेसन सञ्चालन गर्न आवश्यक कम्तीमा पनि न्यूनतम उपकरणको व्यवस्था गर्न लागिएको छ । कार्यालयसँग हुनुपर्ने आवश्यकता विगतको घटना (टर्किसलगायत आन्तरिक जहाजको घटना) ले दिलाएकाले अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डिसेबल एयरक्रफ्त रिकोभरी किट्स’ को व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । त्यस्तै आन्तरिक सवारी पाकिङ क्षेत्र र एक्सेस रोडको विस्तार सम्पन्न भएको छ । यसले पार्किङ क्षमता बढ्ने र यात्रु छाड्नमात्र आउनेका लागि पार्किङमा जान नपर्ने गरी निःशुल्क ‘ड्रप्प’ मात्रको पनि सुविधा प्राप्त हुनेछ ।

टेलिकम र एनआईटीभी नेपालबीच डिजिटल मार्केटिङ सेवा उपलब्ध गराउने सम्झौता

काठमाडौं । नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपालबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र प्रसाद पौडेलले पुस १९ गते हस्ताक्षर गरेका हुन् । टेलिकमका सेवालाई सेवाग्राही समक्ष प्रभावकारी रुपमा पुर्याउन आवश्यक डिजिटल मार्केटिङ कार्यमा सघाउ पुर्याउनका लागि एनआईटीभी नेपालले आवश्यक भूमिका निर्वाह गर्नेछ । दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका समाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरी सेवाग्राही समक्ष अन्तर्क्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य हुनेछ । आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवाबारेमा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्वपूर्ण नतिजा हासिल गर्न सक्षम हुने अपेक्षा गरिएको छ । यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीसँग अन्तरक्रिया गर्ने कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने छ ।

पाराग्लाइडिङको नयाँ गन्तव्य धुलिखेल र फुल्चोकी

काभ्रेपलाञ्चोक । साहसिक खेल-पर्यटनका रुपमा रहेको पाराग्लाइडिङमा उडेर मज्जा लिने युवायुवती बढ्दैछन् । कास्कीको पोखरामा सुरुआत गरिएको पाराग्लाइडिङ उडान नेपालका विभिन्न क्षेत्रमा विस्तार हुँदैछ । सङ्घीय राजधानी काडमाडौँबाट जम्मा ३० किलोमिटर नजिकको जिल्ला काभ्रेपलाञ्चोक अहिले पाराग्लाइडिङको गन्तव्यका रुपमा विकसित भएको छ । काभ्रेपलाञ्चोकको दुई पर्यटकीय स्थान फुल्चोकी र धुलिखेलमा यसको व्यावसायिक उडान थालिएको छ । तत्कालीन अवस्थामा सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि त्यहाँ सञ्चालित पाराग्लाइडिङ व्यवसाय अन्यौलमा परिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पहिलोपटक पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएको थियो । कुशादेवी क्षेत्रमा तीन वर्षअघि ‘विहावर क्षेत्र पर्यटन महोत्सव’ का क्रममा फुल्चोकीस्थित गुर्दुम डाँडाबाट पाराग्लाइडिङको सफल परीक्षण उडान गरिएको क्षेत्र रहेकाले मन्त्रालयको अनुमतिमा व्यावसायिक उडान थालिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गत कात्तिक १८ गते फुल्चोकी पाराग्लाइडिङको व्यावसायिक उडानको उद्घाटन गरेपछि फुल्चोकीको काभ्रेपलाञ्चोकको पनौती नगरतर्फ कुशादेवी-विहावर क्षेत्रमा केही पाराग्लाइडिङ उडान भइरहेका छन् । मन्त्रालयले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत वर्षको साउनमा काभ्रेपलाञ्चोकको पनौती नगरस्थित फुल्चोकी क्षेत्रमै व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति दिएपछि उसले पाराग्लाइडिङ उडानको तयारी थालेको थियो । फुल्चोकीमा मन्त्री किरातीले सहासिक खेल–पर्यटनमा यस क्षेत्र निकै सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रको भरपुर उपयोग गर्न स्थानीय तहलाई सुझाव पनि दिएका थिए । यस स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ अनुमति पाएपछि नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको कामसँगै यस अवधिमा अन्य तयारी गरिएको प्रालिले जनायो । प्रालिका अध्यक्ष छविलाल हुमागाईंका अनुसार अनुमति पाएपछि पनि विभिन्न तयारी गर्न करिब एक वर्ष लागेको थियो । ‘प्राधिकरणले अनुमति दिए पनि करिब एक वर्षको प्राविधिक प्रक्रियालगायतको काम सकेर व्यावसायिक रुपमा सञ्चालन थालिएको हो’, उनले भने ।मन्त्रालयले पनौती नगरको कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडानको अनुमित दिएपछि फुल्चोकी क्षेत्र साहसिक खेल-पर्यटन ‘हब’उन्मुख भएको हो । कुशादेवी क्षेत्रमा चार वर्षअघि नै विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछिका अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो । पटक-पटकका उडान भर्ने स्थान, ल्यान्डिङ, हावाको चाप, तथा अन्य वातावरण अनुकूल भएकाले प्रालिले त्यस क्षेत्रमा पाराग्लाइडिङ उडानको अनुमति पाएको जनाइएको छ । विविध कारण प्याराग्लाइडिङ सञ्चालनमा केही ढिलाइ भएको बताउँदै हुमागार्इंले दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपरान्ह ४ बजेसम्म उडान अनुमति पाएको जानकारी दिए । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबिलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ सञ्चालनपछि कुशादेवी-विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । प्याराग्लाइडिङ गुर्दुम डाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दुम डाँडाबाट बन्चरेटार सडकको दूरीको हिसाबले चार किलोमिटर हो । तर, प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुन्द्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने ल्यान्डिङ हुने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ । कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा गुर्दुम डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ पाराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने अन्य दुई समयमा पनि परीक्षण भइसकेको थियो । पाराग्लाइडिङ उडानका लागि स्थानीय तीन युवालाई यस विषयमा अध्ययन गराइएको छ । “पाराग्लाइडिङले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नाका साथै यस क्षेत्र पर्यटनले प्रचारात्मक हुनेछ’, पनौती-२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले भने । उनका अनुसार पाराग्लाइडिङ उडान सुरु भएपछि कुशादेवी विहावर क्षेत्रको आर्थिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । फुल्चोकी क्षेत्रलाई सहासिक खेल–पर्यटनका रुपमा विकास गर्न आफूहरु नगरको योजनामा समावेदश गरी लागिपरेको वडाध्यक्ष अधिकारीले बताए । उनका अनुसार साइक्लिङ ट्रेल रुटमा खेलहरु आयोजना भइरहने छन् भने थप साहसिक खेल पाराग्लाइडिङले अनुमति पाउँदा स्थानीय हर्षित भएका छन् । यसअघि पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाएका थिए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालक समेतको सहभागिता रहेको थियो । पनौती नगरको आर्थिक सहयोगमा गत वर्ष यस क्षेत्रमा साइकल रुट निर्माण गरिएको थियो । यस क्षेत्रमा २०७८ चैतबाट त्यस रुटमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङ आयोजना थालिएको हो । यस साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइक्लिङ ट्रेलरुट तय गरिएको छ । यस ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानाडा र भारतका करिब दुई सय राइडरले साइक्लिङ गरेका थिए । त्यसयता आन्तरिक तथा बाह्य पर्यटकहरु साहासिक साइकल यात्राका लागिसमेत यो रुट रोज्ने गरेका छन् । नेपाल पर्यटन बोर्डले पनि पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधिलाई मान्यता दिँदै प्रचारमा ल्याएको छ । यस्तै, साहसिक खेल पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक-क्लाइम्बिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ । बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय स्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको हो । बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्यान्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउन्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न आग्रह गर्दै आएको छ । यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ स्थित पर्यटकीयस्थल देवीस्थान डाँडाबाट गत असार अन्तिम साता व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरियो ।विश्व बजार पाराग्लाइडिङ प्रालिले देवीस्थानबाट धुलिखेल नगरपालिका-८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा ५५ सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । यस व्यावसायिक रुपमा पाराग्लाइडिङ उडानको पूर्वमन्त्री एवं काभ्रेपलाञ्चोकका सांसद गोकुलप्रसाद बाँस्कोटाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । उनले साहसिक खेल एवं पर्यटकीय मनोरञ्जनसमेत प्राप्त हुने पाराग्लाइडिङको शुभारम्भले सङ्घीय राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने अपेक्षा गरिएको बताएका थिए । ‘देशको समृद्धिको लक्ष्यलाई धुलिखेलमा सुरु गरिएको पाराग्लाइडिङले धुलिखेलको थप चिनारीसँगै आयआर्जनमा समेत वृद्धि हुनेछ’, उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले आवश्यक मापदण्ड पूरा भएपछि सो प्रालिलाई औपचारिक रुपमा मनोरञ्जनात्मक उड्डयन सञ्चालनको अनुमति दिएको हो । प्रालिका अध्यक्ष किरण कार्कीले निकै पटकको परीक्षणपछि औपचारिक उडान सुरु गरिएको बताउँदै आवश्यकता र मौसमका आधारमा पाराग्लाइडिङ उडान गरिने जानकारी दिए । उनका अनुसार पोखरामा सञ्चालन भएका पाराग्लाइडिङ कम्पनीहरुको सहकार्यमा धुलिखेलमा पनि व्यावसायिक उडान सुरु गरिएको हो । धुलिखेलमा एकै पटकमा छवटा उडान भर्न सकिनेछ । तोकिएको दूरीमा ३० मिनेट अवधिको उडान हुने जनाइएको छ । एक पटकको उडानबापत तिरिएको रु सात हजारमा रु ३७ लाखको दुर्घटना बीमाको व्यवस्था गरिएको कार्कीले बताए । साहसिक पर्यटकीय मनोरञ्जन प्राप्त हुने पाराग्लाइडिङको व्यावसायिक उडानले उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोकको विकास र समृद्धिमा थप योगदान पुग्ने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू बताउँछन् । उनका अनुसार पर्यटकीय स्थान धुलिखेललाई पालाग्लाइडिङले विश्वमा बजारमा थप परिचित बनाएको छ । देवीस्थानबाट गरिएको पाराग्लाइडिङको उडानबाट नेपालका ३३ वटा हिमाल प्रत्यक्ष रुपमा देख्न सकिन्छ । सगरमाथादेखि कञ्चनजङ्गा, माछापुछ्रे हिमाल सहजै देख्न सकिने पाइलट महेन्द्रबहादुर भट्टराईले बताए । उनका अनुसार टेक अफ, फ्लाइङ र ल्यान्डिङसहित सुरक्षित उडानका लागि धुलिखेल सहज र सरल पाइन्छ । करिब आधा घण्टामा विभिन्न दृश्यसहित काभ्रेपलाञ्चोक जिल्लाका धार्मिक स्थल नमोबुद्धदेखि पलाञ्चोक भगवतीस्थानसम्म, पाँचखाल, नमोबुद्ध, धुलिखेल, बनेपालगायत क्षेत्रको सहज अवलोकन गर्न सकिन्छ । धुलिखेलमा पाराग्लाइडिङका लागि हाल दैनिक पाइलटहरु रामकृष्ण अधिकारी, विकास अधिकारी, सुमन थापा, विष्णु तिमल्सिनाले उडान भर्ने गरेका छन् । पोखरामा नियमित व्यावसायिक उडान गरिरहेका थिए । अहिले भट्टराईसहित पाँचजना पाइलटले धुलिखेलमै नियमित उडान गरिरहेका हुन् । सञ्चालक किरण कार्कीलगायत युवाले पोखरामा सञ्चालित पाराग्लाइडिङ कम्पनीको सहकार्यमा रु एक करोडभन्दा बढी लगानी गरी धुलिखेलमा व्यावसायिक उडान सुरु गरेका हुन् । धुलिखेल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै गएको छ । धुलिखेलमा निर्माण भएका देवीस्थान पार्क, बलभद्र कुँवर स्मारक, हजार सिँढी तथा अन्य पार्कहरुले धुलिखेलमा घुम्न आउने र वनभोजका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । धुलिखेलमा आउने पर्यटकहरुको बसाइ लम्ब्याउन पाराग्लाइडिङ निकै महत्वपूर्ण क्षेत्र भएको क्षेत्रीय होटल सङ्घ (हान) का महासचिव ज्योत्सना सैँजुको भनाइ छ ।’यहाँ आएका पर्यटकहरुलाई फरक प्रकारको मनोरञ्जन दिन र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न पाराग्लाइडिङको व्यावसायिक उडानले सहयोग पुग्ने अपेक्षा गर्दैछौँ’, उनले भने । काभ्रेपलाञ्चाककै पूर्वीक्षेत्र कोशीपूर्वस्थित भम्लु गाउँपालिकामा पनि केही महिनाअघि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो । यस क्षेत्रमा प्याराग्लाइडिङ उडानको तयारीस्वरुप अध्ययन भइरहेको जनाइएको छ । विशेषगरी काभ्रेपलाञ्चोकमा अधिकांश पहाडी भू-भाग रहेकाले साहसिक खल प्याराग्लाइडिङ प्रवद्र्धनका लागि प्रचुर सम्भावना देखिन्छ । रासस

एनआईसी एशियाको सञ्चालकमा खड्का नियुक्त, ग्रहण गरे सपथ

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । यस संस्थाको संस्थापक एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कमल खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएकोमा पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरेको हो । उक्त पदमा यस अघि सञ्चालक दिनेश भारी संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए । साथै, नव नियुक्त सञ्चालक कमल खड्काले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ्ग क्षेत्रमा करीब १० वर्ष देखि कार्यरत रहेका कमल खड्का एनआईसी एशिया बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत थिए । साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

त्रिवि उपकुलपतिका लागि अनुभवको मापदण्ड हटाएर विज्ञापन प्रकाशन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई कार्यकक्षमा बोलाएर प्रधानमन्त्री दाहालले सो विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभर रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेको स्मरण गराए । विश्वविद्यालयले आज प्रकाशित गरेको विज्ञापनले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै प्रधानमन्त्री दाहालले त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को विज्ञापन निकाल्न निर्देशन दिएका हुन् । शुक्रबार छनोट तथा सिफारिस समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने उल्लेख थियो । सोही सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र अन्य योग्यलाई अयोग्य बनाउनेप्रति आफ्नो चासो रहेको भन्दै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्णरूपले खुला गरी अर्को विज्ञापन प्रकाशित गर्न मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्नसक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

आँखुखोला जलविद्युतको सञ्चालक समितिमा ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको १६ औं वार्षिक साधारणसभा शुक्रबार बैभव पार्टी प्यालेस मैतीदेवीमा भव्य र सभ्यरुपले सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र विशेष प्रस्ताव पारित गरेको छ । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखा परिक्षक नियुक्त र पारिश्रमिक निधारण समेत गरेको छ ।