विकासन्युज

ठगी र बैंकिङ कसुरका अभियुक्त पक्राउ

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै नगद रु तीन लाख ठगी गरेको अभियोगमा काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका-२ घर भएका ४० वर्षीय मिङमार लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मिङमारले एक जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ रोमानिया पठाइदिन्छु भन्दै नगद रु एक लाख ५० हजार ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका–७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जगतले एक जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई होटलमा मासिक रु ७० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ जापान पठाइदिन्छु भन्दै रु दुई लाख ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका–१ घर भएका ३० वर्षीय भरत भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भरतले एक जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक रु एक लाख ७० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेकाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं समाखुशीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका–२ घर भएका ४० वर्षीय रेवतबहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदातल पाटनको २०७७ मङ्सिर २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २४ दिन कैद सजाय, रु ७५ लाख जरिवाना र रु ७५ लाख बिगो भराई क्षतिपूर्तिवापत पीडित राहत कोषमा रु तीन लाख जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ । अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ काठमाडौं महानगरपालिका–२६ स्थित होटल सनराइज् इनबाट अवैध लागुऔषध खैरो हेरोइन ३३ ग्राम, डिजिटल तराजु एक थान, नगद रु ८५ हजार र मोबाइल एक थानसहित भोजपुर आमचोक गाउँपालिका–९ दुम्माना ठेगाना भएका २३ वर्षीय भीमराज श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका–२६ सामाखुशी बस्ने ४४ वर्षीय निरबहादुर गुरुङलाई अवैध लागुऔषध खैरो हेरोइन छ ग्राम चार सय ५० मिलिग्राम र नगद रु १८ हजारसहित मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका–१५ चमतीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब दुई ग्राम ६९० मिलिग्राम, नियन्त्रित लागुऔषध नाइट्राभेट ८६१ ट्याब्लेट र नगद रु आठ हजारसहित सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २९ वर्षीय सरोज खड्कासमेत दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु, १५ देखि ५० प्रतिशसम्म छुट

काठमाडौं । प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । मेलाको उद्घाटन बिहिबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गरेका हुन् । मेला यहि माघ १८ बाटसुरु भई फागुन १८ अर्थात एक महिनासम्म चल्ने आयोजकले जनाएको छ । मेलामा १४ उद्योगका ३० भन्दा बढि ब्राण्डका तीन हजारभन्दा बढि डिजाइनका जुत्ता चप्पल प्रदर्शनीमा राखिएको छ । नेपाली ब्राण्डका जुत्ताको प्रचार÷प्रसार गरि आम उपभोक्ता माझ पुर्याउने मुल उद्वेश्यले विवाह तथा जाडोलाई समेत लक्षित गरि महिला, पुरुष, बालबालिका, जेष्ठ नागरिकलगायत सबै उमेर समूहका उपभोक्ता/प्रयोगकर्तालाई आकर्षक डिजाइनका जुत्ता चप्पल मेलामा राखिएको छ । करिब एक सयभन्दा बढि स्टलहरुमा नेपाली ब्राण्डका जुत्ता चप्पल सजिसजावट गरि राखिएको छ । एउटै छानामुनी सबै उमेर समूहलाई सुहाउँदो १४ उद्योगका ३० भन्दा बढि ब्राण्डका तीन हजारभन्दा बढि डिजाइनका जुत्ता चप्पल कारखानाकै मुल्यमा १५ देखि ५० प्रतिशसम्म छुटको व्यवस्था समेत गरेको मेला संयोजक दिवाकर गिरीले जानकारी दिए । यो मेलामा चावहिल, गौशाला, चुच्चेपाटी, बौद्ध, जोरपाटी, आरुबारी, साँखुलगायत वरपरका सबैक्षेत्रका आम उपभोक्तालाई जोड्ने मुख्य लक्ष्य राखि प्रथम चावहिल जुत्ता चप्पल व्यापार मेला आयोजना गरिएको उनले जानकारी दिए । विगतमा पनि देशभरका विभिन्न स्थानहरुमा नेपाली जुत्ता चप्पलको मेला महोत्सव गर्दै आएको जुत्ता चप्पल उद्योगीहरुले यस वर्ष पनि विभिन्न स्थानमा जुत्ता चप्पल मेला आयोजना गरिरहेका छन् । नेपाली जुत्ता चप्पल उप्पादन गरि स्वदेशी वस्तुको प्रयोगमा फुटवयर क्षेत्रको उल्लेखनीय योगदान रहेको छ । नेपाली बजारमा करिब ६५ प्रतिशत योगदान नेपाली जुत्ता चप्पल उत्पादनले गर्न सफल भएको उद्योगी रामकृष्ण प्रसाईले बताए । उत्पादन क्षमता वार्षिक १६ करोड जोर रहेकोमा नेपाली बजारमा १० करोड माग रहेको तर बिक्री भने जम्मा ६ करोड मात्र रहेको उनले जानकारी दिए । अझै यसलाई बजारीकरणका लागि विभिन्न स्थानहरुमा प्रदर्शनी तथा मेला गर्नु परेको उनको भनाई छ । उनले राज्यले व्यवसायीलाई संकट परेको बेला नीति बनाई विशेष प्याकेज ल्याउनु पर्नेमा उल्टो अपराधी जस्तो व्यवहार गरेको आरोप लगाए । मेलमा सुरभी पोलिमर्श कम्पनीका हाई लाइफ, पवित्र शु इण्डष्ट्रिजका शु ल्याण्ड, फुट फेशनका बेली, बोस शुज कलेक्शनका बोस शुज, वेलकम शुज कलेक्शनका आइडल, फुटमाण्डु शुजका भेनस, नमस्ते फुटवयरका सिल्स, हिमानी कलेक्सनका हिमानी, सुबोध एण्ड सुस्मिता ट्रेड्सका वन वल्र्ड, बज्र फुटवयर इण्डष्ट्रिजका कोसेली, रन शुज इण्डष्ट्रिजका रन शुज, शिखर शुज इण्डष्ट्रिजका शिखर शुज, पारागन फुटवयर इण्डष्ट्रिजका पिजी शुज, नियशा शुज इण्डष्ट्रिजका ब्याम्बो शुज लगायतको कम्पनी तथा ब्राण्डका रहेका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठले संकटग्रस्त अवस्थामा पनि राज्यले व्यवसायीहरुलाई निकृष्ठ व्यवहार गरेको बताए । आर्थिक गतिविधिलाई चलयमान बनाउन सरकारले व्याजदर केहि घटाए पनि त्यो प्रयाप्त नभएको उनले बुझाई छ । राज्यले व्यवसायीको समस्या नबुझ्दा कालो सुचिमा पर्ने, कारवाहीमा गर्ने गरेको उनले बताए । उद्योग चल्दा र व्यवसाय राम्रो हुँदा राज्यलाई कर तिरेका व्यवसायीमाथि समस्या आउँदा र संकटग्रस्त हुँदा राज्यले पनि विशेष नीति ल्याई व्यवसायीको मर्का बुझ्नु पर्ने सरकारको दायित्व भएको उनले उल्लेख गरे । एक महिने मेलामा करिब ५ करोड रुपैयाँ बराबरको ३० देखि ३५ हजार जोर भन्दा बढि जुत्ता चप्पल बिक्रि हुने अनुमान गरिएको छ ।

हट एयर बेलुनलाई तीन गुणा बढी उचाइमा उड्ने अनुमति, पोखराको दृश्य थप राम्रो देखिने

पोखरा । हट एयर बेलुनमा यात्रुलाई उडान गराउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपालका अध्यक्ष विक्रम बाडे बताउँछन् । पोखराको लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्शी निरन्तर मनिटरिङ गरी उडान गर्न नेपाल सरकार, मन्त्रीस्तरको निर्णय अनुसार अनुमति प्रदान गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटिसि अधिकृत मुकेशले डंगोलले बताए । उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययन पछि अनुमति प्राप्त गरेको बाडेले बताए । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । नेपालमा पोखरामा मात्रै सञ्चालित हट एयर बेलुन साहसिक पर्यटनका पारखीको आकर्षण बनेको छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् । सुर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छ्न भने सुर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ । उचाइको उडान हुने भएकोले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ता चप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ । क्यामेरा/मोबाइलबाट फोटो खिच्दा तल नझरोस् भनेर सावधानी अपनाउनुपर्छ । सीमित उडान हुने भएकाले पहिलेनै बुकिङ गरेर जाँदा राम्रो हुन्छ । आधा घन्टा उडानको नेपाली पर्यटकले ९५०० सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । ३ देखि ९ बर्षका बालबालिकाहरूका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क मुलुकका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क रहेको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई विनायक अस्पतालमा छुट हुने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई विनायक अस्पताल तथा प्रसुतिमा छुट हुने भएको छ । सिटिजन्स बैंक र विनायक अस्पताल तथा प्रसुति गृहबीच सटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले विनायक अस्पताल तथा प्रसुति गृहका सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुनेविश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बाँसबारी छालाजुत्ता उद्योग जग्गा प्रकरणमा संलग्न सबैलाई पक्राउ गर्छौं : सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धा ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता उद्योग जग्गा प्रकरणमा संलग्न सबैलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने बताएको छ । सीआईबीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै यो जग्गा हिनामिना प्रकरणमा जोडिएका सबैलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने बताएको हो । सीआईबीले सो उद्योगको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने विषयमा कुनै पनि सरकारी निर्णय नभएको पनि स्पष्ट पारेको छ । बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा सीजी ग्रुप अन्तर्गतको च्याम्पियन फुटवेयरकाे नाममा नामसारी भएको प्रकरणमा अनुसन्धान गर्नका लागि बिहीबार अरुण चौधरी पक्राउ परेका थिए । उनीसँगै सो उद्योगका तत्कालीन अध्यक्ष अजितनारायण थापा र सञ्जय कुमार ठाकुरलाई पनि पक्राउ गरेको थियो । सीआईबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुसार मालपोत कार्यालय डिल्लीबजारको मिति २०३७ कात्तिक २० को गतेको निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखानाको नाममा श्रेस्ता कायम भएको काठमाडौ जिल्ला साविक नगर २२ (छ) कि.नं. ५० को १८-३-२-० जग्गा तत्कालीन श्री ५ को सरकारको निर्णय बिना संचालक समितिलाई समेत कारखानाको नाममा श्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभएको अवस्था कानून बिपरित सञ्चालक समितिले आफुलाई फाईदा र तत्कालीन श्री ५ सरकारलाई हानी नोक्सानी गर्ने उदेश्यले मिति २०४३ भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट थापाले र अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवयेरको नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पुँजी ५० लाख को २५ प्रतिशत सेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाडौ साविक नगर २२ (छ) कि.न. ५० को १८-३-२-० जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको, च्याम्पियन फुटवयेर लि. को जारी पूँजी ५० लाख रहेकोमा सो पूँजीको २५ प्रतिशत सेयर लिने गरी तत्कालीन संचालक समितिले निर्णय गरेको देखिन्छ ।’ यस्तै, सम्झौता बमोजिम १२ लाख ५० हजार लगानी गर्नु पर्नेमा २६ लाख २७ हजार ८२१ रुपैयाँ लगानी गरी तत्कालीन श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्याई आफूहरुले आर्थिक लाभ लिएको सम्बन्धमा साविक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर अनुसन्धानको लागी सम्बन्धित मानिसहरुलाई पक्राउ गरी कानून बमोजिम अनुसन्धान भइरहेको सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।

‘फ्री भिसा फ्री टिकट’ नीति अझै कार्यान्वयन हुन सकेन

खोटाङ । नेपाल सरकारले लागु गरेको ‘फ्री भिसा फ्री टिकट’को नीति अझै कार्यान्वयन हुन सकेको छैन । खोटाङमा आयोजित अन्तक्रिया कार्यक्रमका सहभागीले सरकारले विसं २०७२ असारदेखि मलेसियालगायत खाडीमुलुकका लागि फ्री भिसा फ्री टिकटको नीति लिए पनि हालसम्म कार्यान्वयन हुन नसकेको बताएका छन् । सरकारले मलेसियालगायत खाडीमुलुकका लागि दश हजार रुपैयाँ लागत लाग्ने नीति कार्यान्वयनको घोषणा गरेपनि मेनपावर र एजेन्टलाई रु तीन लाख ५० हजारसम्म रकम बुझाउनुपर्ने बाध्यता अझै कायम रहेको वक्ताले बताएका हुन् । विदेश जानका लागि चालु आर्थिक वर्ष २०८०र८१ मा आप्रवासी स्रोत केन्द्रबाट सेवा लिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका दुई हजार नौ सय १६ मध्ये दुई सय ९० जनासँग प्रतिक्रिया लिँदा दुई जनाले मात्रै ‘फ्री भिसा फ्री टिकट’को सुविधा लिएको पाइएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका संयोजक सन्तोषकुमार राईले जानकारी दिए । ‘चालु आवमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मात्रै दुई हजार नौ सय १६ युवाले वैदेशिक रोजगारसम्बन्धी सेवा लिएका छन्’, उनले भने, ‘नमूनाका रुपमा दश प्रतिशतसँग प्रतिक्रिया लिँदा ३२ जनाले तालिम लिएर विदेश गएका पाइयो । तीमध्ये  दुई जना मात्र फ्री भिसा फ्री टिकटमा विदेश गएका छन् ।’ संयोजक राईले वैदेशिक रोजगारीमा अधिकांश युवा मलेसियालगायत खाडी मुलुक गएका छन् । उनीहरुले मेनपावर कम्पनी वा एजेन्टलाई रु तीन लाख ५० हजारसम्म बुझाएका पाइएको उनले बताए । प्रतिक्रिया लिएका दुई सय ९० मध्ये तालिम तथा सीप सिकेर जानेमा ३२ जना, विदेश नजाने निर्णयमा पुगेका ९०, नेपालमै स्वरोजगारको बाटो अपनाएका २०, विदेश जाने तयारीमा रहेका ८८, विदेश जान असफल भएका सात र विदेश जाने वा नजाने भन्ने निर्णय लिन नसकेका ५३ जना रहेका राईले जानकारी दिए । सरकारले लागू गरेको फ्री भिसा फ्री टिकटको सुविधाअनुसार मलेसिया, साउदी अरब, कतार, युएई, ओमान, बहराइन र कुवेत जानका लागि मेनपावरलाई दश हजार रुपैयाँ तिरे पुग्छ । अहिले पनि मेनपावर र एजेन्टले वैदेशिक रोजगारीमा जाने युवासँग लाखौँ रकम लिएर खाडीमुलुक पठाउने गरेका अन्तक्र्रिया कार्यक्रमका सहभागीले बताएका छन् । मेनपावर सञ्चालक वा एजेन्टले बढी पैसा लिने गरेका भन्दै उनीहरुले रु दश हजार लिएको रसिद मात्र दिने गरेका हेल्भेटास/सामीका कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिए । ‘मेनपावर कम्पनीले बढी पैसा लिएको पुष्टि हुने प्रमाण नजुट्ने किसिमले रकम असुल्ने गरेका पाइएको छ । विदेश जान बाध्य युवाले ऋण लिएर मेनपावरलाई बढी पैसा दिए पनि कम लागतको बिल लिने गरेका छन्’, उनले भने, ‘विदेश जाने युवाले अझै पनि एजेन्टकै विश्वास गर्ने गरेको पाइएको छ । यसमा उनीहरु आफैँ सचेत हुनुपर्छ । युवा आफैँ सचेत भए ठगीमा परिदैन ।’ विदेश पठाउने नाममा ठगी गर्ने एजेन्ट जिल्ला बाहिरका हुँदा ठगीबापतको रकम फिर्ता गराउन समस्या हुने गरेको अन्तक्र्रिया कार्यक्रममा संयोजक राईले बताए । वैदेशिक रोजगारमा उत्पादनमूलक क्षेत्रमा विप्रेषणको लगानी नहुनु, रोजगारीमा जाने युवा प्रायः जिल्ला बाहिर रहनुलगायत चुनौती देखिएको उनको भनाइ थियो । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी-२ की सानी दाहालले आफ्नो छोरा र भान्जालाई माल्टा पठाइदिने भनेर सोही वडा मुडेका निमदावा शेर्पाले रु २२ लाख ठगेको बताए । ‘दुई वर्षअघि माल्टा पठाइदिने भनेपछि शेर्पालाई पैसा दिएका थियौँ । अहिले उनी सम्पर्कविहीन छन् । छोरा अहिले कतारमा छ । भान्जा अहिले नगरपालिकामा नगर प्रहरीमा कार्यरत छन्’, उनले भने, ‘हामीले शेर्पालाई आइएमइमार्फत र नगद गरी ११/११ लाख रुपैयाँ बुझाएका थियौँ । पहिले शेर्पाका बुबाले उक्त रकम फिर्ता दिने भनेकामा अहिले उनले पनि वास्ता गर्दैन ।’ जापान पठाइदिने भन्दै निज शेर्पाले आफूसँग रु चार लाख ठगेको दिक्तेलका सरोज सुन्दासले जानकारी दिए । जापान नपठाएपछि पटकपटक दबाब दिएर सबै पैसा फिर्ता लिइएको उनले बताए । ‘ठगी गर्ने शेर्पाले बारम्बार फोन नम्बर परिवर्तन गर्ने गरेका छन् । परिवारसँग बुझ्दा कहिले फ्रान्स, कहिले क्रोएसियामा रहेको बताउने गरेका छन्’, उनले भने । वैदेशिक रोजगारका सन्दर्भमा गरिएको सुरक्षित आप्रवासनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा विदेश गएका वा जान लागेका अधिकांश युवा, आफन्त वा चिनेजानेका व्यक्तिबाट ठगिने गरेको पाइएको सामी परियोजनाले जनाएको छ । पछिल्लो तीन वर्षको अवघिमा खोटाङका ४६ जना युवा ठगिएको पाइएको संयोजक राईले जानकारी दिए । रासस

बैंक मिटरब्याजी बने, सञ्चालक साहुजी बने : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंक मिटरब्याजी बनेको धारणा राखेका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै पछिल्लो समय बैंक तथा वित्तीय संस्था मिटरब्याजी बनेको धारणा राखेका हुन् । ‘तीन महिनामा सावामा व्याज गाभ्ने अनि त्यही त हो नि मिटरव्याजी भनेको, बैंकहरूले धितोका कारण दिएको ऋण सदुपयोग भएको छ कि छैन हेरेको छैन, ब्याज मात्रै बढाएका छन्, धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम होइन,’ उनले भने । उनले बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिन नहुने धारणा राखे । उनले दुई पक्षीय सहमति बिना ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताए । उनले बैंकका सञ्चालक साहुजी बनेको तर्क पनि कार्यक्रममा राखेका छन् । अध्यक्ष ओलीले कार्यक्रममा बीमा पोलिसी सरेन्डरप्रति पनि चिन्ता व्यक्त गरेका छन् । ‘बीमितले २/४ वर्ष प्रिमियम तिर्ने तर बीचमा बिचमै छोड्ने अभ्यास बढ्दो छ, छोडेकाहरूले पनि समयमै रकम फिर्ता पाउँदैनन्, यो ठूलाे समस्या हो,’ उनले भने ।

२० घन्टादेखि अवरुद्ध लोकमार्ग सञ्चालनको प्रयास

ढोरपाटन । भारी हिमपातका कारण बिहीबार दिउँसोदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बागलुङको निसीखोला–६ पातिहाल्ने क्षेत्रमा भारी हिमपात परेको हुँदा अहिलेसम्म सडक खुलाउन नसकिएको हो । हिमपात हुन रोकिएपछि आज बिहानदेखि हिउँ पन्छाएर सडक खुलाउने प्रयास थालिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले बताए । जेसिबी प्रयोग लोकमार्ग खुलाउने प्रयास गरे पनि अहिलेसम्म खुलाउन नसकिएको उनले बताए । बिहीबार साँझ ४ बजेदेखि पूर्णरुपमा अवरुद्ध सडक सञ्चालन नहुँदा पूर्वीरुकुम र पश्चिम रुकुमदेखि काठमाडौं, पोखरा, बागलुङ जाने यातायताका साधन ठप्प भएका अध्यक्ष बुढामगरले बताए । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेका छन् । रासस