बैंक मिटरब्याजी बने, सञ्चालक साहुजी बने : ओली

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंक मिटरब्याजी बनेको धारणा राखेका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै पछिल्लो समय बैंक तथा वित्तीय संस्था मिटरब्याजी बनेको धारणा राखेका हुन् । ‘तीन महिनामा सावामा व्याज गाभ्ने अनि त्यही त हो नि मिटरव्याजी भनेको, [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंक मिटरब्याजी बनेको धारणा राखेका छन् ।  पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै पछिल्लो समय बैंक तथा वित्तीय संस्था मिटरब्याजी बनेको धारणा राखेका हुन् ।

‘तीन महिनामा सावामा व्याज गाभ्ने अनि त्यही त हो नि मिटरव्याजी भनेको, बैंकहरूले धितोका कारण दिएको ऋण सदुपयोग भएको छ कि छैन हेरेको छैन, ब्याज मात्रै बढाएका छन्, धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम होइन,’ उनले भने ।

उनले बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिन नहुने धारणा राखे । उनले दुई पक्षीय सहमति बिना ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताए । उनले बैंकका सञ्चालक साहुजी बनेको तर्क पनि कार्यक्रममा राखेका छन् ।

अध्यक्ष ओलीले कार्यक्रममा बीमा पोलिसी सरेन्डरप्रति पनि चिन्ता व्यक्त गरेका छन् । ‘बीमितले २/४ वर्ष प्रिमियम तिर्ने तर बीचमा बिचमै छोड्ने अभ्यास बढ्दो छ, छोडेकाहरूले पनि समयमै रकम फिर्ता पाउँदैनन्, यो ठूलाे समस्या हो,’ उनले भने ।

Share News