खराब कर्जा ११.३६ % पुगेपछि स्वाबलम्बन लघुवित्तको नाफा ८२.६९ प्रतिशत घट्यो
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ८२.६९ प्रतिशत घटेर ४ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २४ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तको खराब कर्जा बढेका कारण नाफामा असर परेको हो । गत वर्ष ७.१ प्रतिशत खराब कर्जा रहेकोमा ४.२६ प्रतिशत बढेर ११.३६ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६.२३ प्रतिशत घटेर ६६ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ७१ करोड ८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ६.६३ प्रतिशत घटेर ८५ करोड ७१ लाख रुपैयाँ, सञ्चालन नाफा ८२.७० प्रतिशत घटेर ५ करोड ९३ लाख रुपैयाँ र वितरण योग्य नाफा ७ करोड ६१ लख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १२.३६ प्रतिशत बढेर १ अर्ब ४५ करोड रुपैयाँ, जगेडा कोष १७ प्रतिशत घटेर १ अर्ब ६३ करोड रुपैयाँ, निक्षेप तथा सापटि ४.२७ प्रतिशत बढेर १३ अर्ब ३५ करोड २६ लाख रुपैयाँ र कर्जा प्रवाह १ प्रतिशत बढेर १८ अर्ब ३५ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
सहकारीले बचतकर्ताको विश्वास जित्नुपर्छ : मुख्यमन्त्री शर्मा
काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा आयोजित ‘सहकारी संस्था समस्या समाधान र सुशासन प्रवद्र्धन’ विषयक प्रदेशस्तरीय कार्यशालामा उनले सहकारीमार्फत जनपरिचालन गरेर विकासमा योगदान दिन सकिने बताए । उनले भने, “सहकारीलाई जनपरिचालनको माध्यम बनाएर अघि बढाउन सके आयआर्जनका क्रियाकलाप अगाडि बढ्न सक्छन् । संविधानले नै समाजवादको कल्पना गरेकाले सहकारीलाई विकासमा योगदान पुर्याउने संस्थाका रूपमा विस्तार गर्न सकिन्छ ।” आर्थिक सम्पन्नताले सुख र समाजिक न्यायले खुसी प्राप्त गर्न सकिने भएकाले आफूले त्यसलाई ध्यान दिएर काम गरिरहेको जनाउँदै मुख्यमन्त्री शर्माले सहकारीका क्षेत्रमा देखिएका समस्या तीन तहका सरकारले आवश्यक नीतिमार्फत समाधान गर्न सकिने बताए । “यसमा देखिएका समस्या, कमजोर व्यवस्थापन आदिमा निर्मम भएर समाधान गरेर अघि बढ्नुपर्दछ”, उनले भने “कर्णालीमा सहकारीमा सुशासन कायम गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा सहकार्य गरेर मात्र सम्भव छ ।” सहकारी, निजी र सरकारी निकायको सहकार्यबाट आर्थिक क्रियाकलापलाई चलायमान गर्न राज्यले तीनखम्बे नीति अवलम्बन गरेको मुख्यमन्त्री शर्माले बताए । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले अहिलेको अवस्थामा सहकारीमा आबद्ध सदस्यहरूको विश्वास जित्नु सहकारीका लागि चुनौतीपूर्ण भएको बताए । सहकारीका सिद्धान्तविपरीतका कार्यले सहकारीप्रति बचतकर्ताको विश्वास घट्दै गएको उनको भनाइ छ । पुँजी, प्रविधि र प्रतिभाको केन्द्रीकरण सहकारीलाई बनाउँदै लगेर नीति र व्यवहारिक समस्या समाधान गर्नुपर्ने उनले बताए ।
नेशनल लाईफको फड्को, नाफा १७ % बढ्दा जीवन बीमा कोष ७१.४४ अर्ब पुग्यो
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १७ प्रतिशत बढेर २५ करोड ५१ लख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ११.३२ प्रतिशत बढेर ८ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७३ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको दावी भुक्तानी १४ प्रतिशत बढेर ९ अर्ब ४४ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ४० करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अभिकर्ता कमिसनवापत कम्पनीले ७६ करोड ७४ लाख रुपैयाँ, सेवा शुल्क वापत ६ करोड २९ लाख रुपैयाँ, कर्मचारीको तलबवापत २३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ, सेयर प्रिमियम २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोष ४९ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ६० करोड १८ लाख रुपैयाँ, अन्य इक्विटी ४८ करोड ८३ लाख रुपैयाँ र जीवन बीमा कोष ७१ अर्ब ४४ करोड २५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ९.९० रुपैयाँबाट बढेर १०.१८ रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १३२.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.२२ गुणा छ । कम्पनीले १५ लाख ९२ हजार ७७६ बीमा लेख जारी गरेको छ । यस अवधिसम्म कम्पनीले ५८ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ दीर्घकालिन लगानी गरेको छ भने ५ अर्ब १० करोड रुपैयाँ छोटो अवधिका लागि लगानी गरेको छ ।
बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीसहित उनका परिवारमाथि पनि अनुसन्धान गर्न अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी छालाजुत्ता जग्गा प्रकरणमा अनुसन्धानका लागि तत्कालीन च्याम्यिन फुटवेयरका सेयरधनीलाई पनि अनुसन्धान गर्न आदेश दिएको छ । सोमबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले तत्कालीन च्याम्पियन फुटवेयरका सेयरधनीहरूमाथि अनुसन्धान गर्न आदेश दिएको हो । सुरुमा च्याम्पियन फुटवेर कम्पनीको सेयरधनीमा विनोद कुमार चौधरी, अरूण चौधरी, लुनकरणदास चौधरी, बसन्त कुमार चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए । तर, अहिले भने सो कम्पनी अरुण चौधरी र उनकी श्रीमती शिला चौधरीको स्वामित्वमा छ । उनीहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउन अदालतले आदेश दिएको हो । अरुण चौधरीले पनि आफू सेयरधनी भएपनि यसमा विनोद चौधरीको भूमिका रहेको बयान सरकारी वकिल कार्यालयसमक्ष दिएका छन् । यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो । अदालतले पक्राउ परेका चौधरी, थापा र ठाकुरलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न पनि आदेश दिएको हो । पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यस अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराई हाजिर जमानीमा छाड्न आदेश दिइएको छ । महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सिजी चाँदबाग रेसिडेन्सी नामक निजी कम्पनीमा सारेको विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चौधरीसहित तीनै जनालाई १८ माघमा पक्राउ गरेको थियो । अदालतले यो जग्गा प्रकरणमा जोडिएका मालपोत कार्यालयकाक कर्मचारीको विवरण पनि अनुसन्धान गर्न आदेश दिएको हो । सम्बन्धित सामग्री : अरुण चौधरी पक्राउ, मुछिएका छन् विनोद चौधरी पनि
बालेनलाई शहरी विकासमन्त्रीको चेतावनी : धरहराको पार्किङ नरोके परिणाम राम्रो हुँदैन
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं महानगरपालिकाले निर्माणाधिन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छिन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री गुरुङले महानगरपालिकालाई यस्तो चेतावनी दिएकी हुन् । ‘निर्माण सम्पन्न नभइ महानगरले जबरजस्त रुपमा पार्किङ गर्नु विधिको शासन उल्लंघन हो । निर्माण व्यवसायीहरुले काम नगरिरहेको अवस्थामा मजदुरको भुक्तानी लगायतका विषयमा जवाफ सरकारले दिन नसक्ने भएको कारण रोक्न भनेको हो । त्यसको लागि पत्र पठाएका छौं । समन्वय र छलफल नगरी एकलौटी रुपमा पार्किङ गर्न सान्दर्भिक हुँदैन । महानगरले पत्रलाई प्राथमिकता दिनुभएको छैन । यसरी नै जाने हो भने राम्रो परिणाम दिँदैन ।’ उनले भनिन् । उनले काठमाडौं महानगरपालिकाले निर्माणाधिन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफल बिना जबरजस्ती रुपमा पार्किङ गराउनु विधि विपरित रहेको बताइन् । निर्माणाधिन धरहरा निर्माण सम्पन्न भएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर जानुपर्ने अवस्था रहेको भन्दै उनले महानगरपालिकाले निर्माण कार्य अवरुद्ध हुनेगरी गरेको निर्णय तत्काल रोक्नुपर्ने बताइन् । ‘महानगरपालिकाले आयोजना र निर्माण व्यवसायीहरुलाई पनि जानकारी नदिई पार्किङको व्यवस्था गरिएको छ भनेपछि त्यहाँ अफ्ठ्यारो छ । २५० चारपाङग्रे र ६ सय दुईपाङग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । तीन तलाको बेसमेन्ट मुनी अक्सिजनको अभाव हुन्छ त्यहाँ अक्सिजन अवस्था मिलाउनु पर्ने ,बत्ती जडान लगायतका काम गर्न भनेका थियौं । यी काम पूरा नहुँदै निर्माण कार्य पनि पूरा नहुँदै महानगरले जबरजस्त ढङ्गले पार्किङ गर्ने व्यवस्था गर्नुभएको छ । त्यो विधिको शासन भित्र पर्दैन । काम गर्नेलाई समय दिनुपर्छ । काम गर्ने वातावरण हुनुपर्छ । पार्किङ गर्न जाँदा अक्सिजन नपुगेर क्षति भयो भने कसले व्यहोर्ने ? निर्माण व्यवसायीहरुले हामीलाई हस्तानान्तरण गरेको अवस्था छैन । निर्माण सम्पन्न भएपछि हामीले महानगरपालिकासँग छलफल गरेर वा कार्यविधि बनाएर सञ्चालन गर्ने कुरा छ ।’ थप बोल्दै उनले भनिन् । मन्त्री गुरुङले धरहरा तीन महिनाभित्र सक्नेगरी निर्माण व्यवसायी र आयोजनासँग सहमति भएर काम भइरहेको अवस्थामा महानगरपालिकाले जबरजस्ती समस्या खडा गरेको बताइन् । उनले आफू मन्त्री भएर आउनुभन्दा पहिला टुँडिखेलमा धरहरा निर्माणमा खटिएका मजदुर र सामान राख्ने सहमति भएको भएपनि महानगरपालिको सुरक्षा निकायले जबजस्ती हटाउने काम गरेको निवदेन समेत परेको जानकारी गराइन् ।
प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा ६ जना निर्विरोध
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । माघ २२ गते सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय सञ्चालक समितिको निर्विरोध चयन गरेको हो । जसमा लक्ष्मी प्रसाद महर्जन, शंभु लाल डंगोल, सविना महर्जन, प्रज्वल कुमार दाहाल, राजभाई डंगोल र अनिश महर्जन रहेका छन् । संस्थाका अध्यक्ष किशोर कुमार महर्जनको अध्यक्षतामा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८/७९को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का निम्ति बाह्य लेखापरीक्षकका रुपमा रञ्जीव एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव सभाले पारित गरेको छ । वित्तीय संस्थाले हाल २२ वटा शाखा कार्यालय तथा चारवटा एक्सटेन्सन काउन्टरहरु मार्फत आफ्ना सेवाहरु प्रवाह गरिरहेको छ । साथै, संस्थाले चालू आर्थिक वर्षमा पनि व्यवसाय तथा कार्यक्षेत्र विस्तार गर्ने क्रममा थप शाखा तथा एक्सटेन्सन काउन्टरहरु स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको छ ।
गायिका सोना अमात्यको ‘आइ एम द सुपरस्टार’ सार्वजनिक
काठमाडौं । गायिका सोना अमात्यले चर्चित र्यापर गिरिश खतिवडा र तीव्र र्यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आइ एम द सुपरस्टार सार्वजनिक गरेकी छन् । गीतमा सुरज विक्रम थापा (बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द र संगीत दिँदा गिरिश र ओ२एमएल (पीग इ प्रोड)ले प्रतिध्वनी दिने ताल निकालेका छन् । मुम्बईमा कहलिएका निर्देशक विशाल खरातको निर्देशन रहेको भिडियोमा उनले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । छायाँकार आलोक शुक्लाले दृश्यलाई उत्कृष्ट रुपले खिच्दा त्यसको काँटछाटमा विशालले आफ्नो कला देखाएका छन् । भिसी स्टुडियो, मुम्बईले अनलाइन मेनेज गरेको भिडियोको ग्रेडिङ सीएएच४ स्टुडियोले गरेको छ । गीतमा निर्माण डिजाइन, प्रकाश र मेकअपमा क्रमशः इश्वर बल्लभ उप्रेती, इन्द्रलाल श्रेष्ठ, विना पाण्डे तथा कोरियोग्राफर प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीलगायतको सहकार्य छ । सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् । गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतले श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन् ।
प्रिमियममा आईपीओ ल्याएका ३ कम्पनी : सन नेपाल, सिटिजन र आइएमई लाइफलाई तुलना गर्दा
काठमाडौं । बीमा कम्पनीहरू चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेका कम्पनीहरूमध्ये आइएमई लाइफ, सन नेपाल लाइफ र सिटिजन लाइफले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी तीन वटा बीमा कम्पनीहरूले प्रिमियमा आईपीओ सार्वजनिक गरेकोले पनि यी कम्पनीको वित्तीय स्वास्थ्यको विषयमा धेरैको चासो छ । प्रिमियममा आईपीओ ल्याएका यी कम्पनीप्रति बीमित तथा लगानीकर्ताको चासो पनि उत्तिकै छ । यी कम्पनीहरूको वित्तीय विवरण केलाउँदा पुँजीका हिसाबले आइएमई लाइफको ४ अर्ब रुपैयाँ पुगे पनि नाफामा भने सन नेपाल लाइफ अगाडि छ । ६ महिनामा सबैभन्दा धेरै नाफा सन नेपाल लाइफले ३२ करोड ८४ लाख रुपैयाँ गरेको छ । आइएमई लाइफले २३ करोड ४७ लाख रुपैयाँ र सिटिजन लाइफले १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको तथ्याङ्क छ । जबकी आइएमई लाइफको पुँजी ४ अर्ब रुपैयाँ, सिटिजन लाइफको ३ अर्ब ७५ करोड रुपैयाँ र सन नेपाल लाइफको ३ अर्ब २० करोड रुपैयाँ पुँजी छ । समीक्षा अवधिमा सबैभन्दा धेरै खुद बीमा शुल्क सिटिजन लाइफले आर्जन गरेको छ । सिटिजन लाइफले २ अर्ब ५७ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९९ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ५८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका हुन् । ६ महिनाको अवधिमा सबैभन्दा धेरै दाबी भुक्तानी सिटिजन लाइफले गरेको देखिन्छ । सिटिजन लाइफले २ अर्ब ६० करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८७ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब २९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको तथ्याङ्क छ । याे अवधिमा अभिकर्ता कमिसनमा सबैभन्दा धेरै खर्च सिटिजन लाइफले गरेको छ । सिटिजन लाइफले अभिकर्तालाई २७ करोड ५५ लाख रुपैयाँ, आइएमई लाइफले २० करोड ४४ लाख रुपैयाँ र सन नेपाल लाइफले १४ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ । जीवन बीमा कोषको आकारमा हिसाबले सिटिजन लाइफ बलियो देखिन्छ । पुस मसान्तसम्म सिटिजनले १२ अर्ब ७ करोड रुपैयाँ, आइएमई लाइफले ७ अर्ब ९९ करोड रुपैयाँ र सन नेपाल लाइफले ६ अर्ब ५१ करोड रुपैयाँ जीवन बीमा कोषमा सञ्चिति छ । महाविपत्ति कोषमा आइएमईको १५ करोड ३५ लाख रुपैयाँ, सिटिजन लाइफको १४ करोड ९६ लाख रुपैयाँ र सन नेपालको १२ करोड ३५ लाख रुपैयाँ छ । रिटेन्ड अर्निङमा सन नेपाल लाइफले १ अर्ब ७ करोड रुपैयाँ, आइएमई लाइफले ८५ करोड २ लाख रुपैयाँ र सिटिजन लाइफको ६८ करोड ९५ लाख रुपैयाँ छ । यस्तै, अन्य इक्विटीमा सिटिजनको ६५ करोड १२ लाख रुपैयाँ, आइएमईको ५५ करोड ३६ लाख रुपैयाँ र सन नेपालको ३४ करोड ९० लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी सन नेपाल लाइफको २०.५३ रुपैयाँ, आइएमई लाइफको ११.७४ रुपैयाँ र सिटिजन लाइफको ६.६ रुपैयाँ छ । यस्तै, नेटवर्थ प्रतिसेयरमा सन नेपालको १८७.०४ रुपैयाँ, सिटिजनको १८१.१३ रुपैयाँ र आइएमईको १७७.२७ रुपैयाँ छ । तथ्याङ्क अनुसार कर्मचारीका लागि आइएमई लाइफले १४ करोड १६ लाख रुपैयाँ, सिटिजनले १५ करोड ८० लाख रुपैयाँ र सन नेपालले १५ करोड १५ लाख रुपैयाँ खर्च गरेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार सन नेपालको सेयरमूल्य ५८२ रुपैयाँ छ भने सिटिजनको ४४९ रुपैयाँ र आइएमई लाइफको ५३८ रुपैयाँ रहेको छ । सिटिजन लाइफ समीक्षा अवधिमा सिटिजन लाइफले १२ लाख ३५ हजार ९०१ कुल बीमालेख जारी गरेको छ । कम्पनीले बोनस दर न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार दीर्घकाल लगानी १६ अर्ब १० करोड रुपैयाँ र सर्टटम लगानी ६५ करोड ३२ लाख गरेको कम्पनीले जनाएको छ । कम्पनीले बीतिलाई दिएको कर्जाबाट ४ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी र कर्जा तथा लगानीबाट ७४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ । आइएमई लाइफ समीक्षा अवधिमा आइएमई लाइफले ४ लाख १५ हजार ४९४ कुल बीमालेख जारी गरेको छ । कम्पनीले बोनस दर न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार दीर्घकाल लगानी १० अर्ब ६१ करोड रुपैयाँ र सर्टटम लगानी २ अर्ब ८६ करोड गरेको कम्पनीले जनाएको छ । कम्पनीले बीतिलाई दिएको कर्जाबाट १ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानी र कर्जा तथा लगानीबाट ६३ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । सन नेपाल लाइफ समीक्षा अवधिमा सन नेपाल लाइफले ८ लाख ९३ हजार ९३० वटा कुल बीमालेख जारी गरेको छ । कम्पनीले बोनस दर न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार दीर्घकाल लगानी ७ अर्ब ३१ करोड २१ लाख रुपैयाँ र सर्टटम लगानी २ अर्ब ९८ करोड ५० लाख गरेको कम्पनीले जनाएको छ । कम्पनीले बीतिलाई दिएको कर्जाबाट १ करोड ८ लाख रुपैयाँ ब्याज आम्दानी र कर्जा तथा लगानीबाट ४३ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेका छन् ।