काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ८२.६९ प्रतिशत घटेर ४ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २४ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
लघुवित्तको खराब कर्जा बढेका कारण नाफामा असर परेको हो । गत वर्ष ७.१ प्रतिशत खराब कर्जा रहेकोमा ४.२६ प्रतिशत बढेर ११.३६ प्रतिशत पुगेको छ ।
पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६.२३ प्रतिशत घटेर ६६ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ७१ करोड ८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ६.६३ प्रतिशत घटेर ८५ करोड ७१ लाख रुपैयाँ, सञ्चालन नाफा ८२.७० प्रतिशत घटेर ५ करोड ९३ लाख रुपैयाँ र वितरण योग्य नाफा ७ करोड ६१ लख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १२.३६ प्रतिशत बढेर १ अर्ब ४५ करोड रुपैयाँ, जगेडा कोष १७ प्रतिशत घटेर १ अर्ब ६३ करोड रुपैयाँ, निक्षेप तथा सापटि ४.२७ प्रतिशत बढेर १३ अर्ब ३५ करोड २६ लाख रुपैयाँ र कर्जा प्रवाह १ प्रतिशत बढेर १८ अर्ब ३५ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।