विकासन्युज

नेपालको शिक्षा विश्वमा फैलाउँदै, ‘काठमाडौं विश्वविद्यालयलाई अब्बल शिक्षालय बनाउँछु’

  काठमाडाैं । ५६ वर्षअघि उनी राजधानीमा जन्मिए । राम्रो स्कूलमा पढ्ने अवसर पाए । पढाइमा उनी औसत विद्यार्थी थिए । तर, अकण्टक मिहिनेत, अथक परिश्रम र निरन्तर लगावका कारण आज उनी यस्तो ठाउँमा छन्, जहाँ पुग्ने सपना थोरै मान्छेसँग होला, सफलता चुम्ने त विरलै । उनी हुन् मुलुकको दोस्रो ठूलो विश्वविद्यालय काठमाडौं विश्वविद्यालय (केयू) का उपकुलपति प्रा. डा. भोला थापा । र, उनी विश्वविद्यालयको शिक्षालाई सहज र सीपमूलक बनाउन लागि परेका छन् । नेपाली विश्वविद्यालयको शिक्षालाई विदेशमा विस्तार गर्न लागि परेका छन् । पञ्जाव विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजिबाट विद्यावारिधी गरेका छन् । सन् १९९४ देखि काठमाडौं विश्वविद्यालयमा लेक्चरको रुपमा प्रवेश गरेका डा. थापा २००८ मा प्रोफेसर भए । सन् २०१३ देखि १८ सम्म रजिष्ट्रार बने । सन् २०२१ जनावरीमा उपकूलपति नियुक्त भएपछि डा.थापाले विश्वविद्यालयलाई नेपालको अब्बल विश्वविद्यालय बनाउने, अन्तराष्ट्रिय बजारमा विस्तार गर्ने र स्रोत साधान सम्पन्न बनाउने लक्ष्यका साथ काम गरिसकेका छन् । गौरवपूर्ण संस्था तत्कालिन समयमा शैक्षिक अभियन्ताहरूले पहिलो पवित्र उद्देश्यका साथ उज्यालो सपना बोकेर स्थापना गरेको संस्था हो काठमाडौं विश्वविद्यालय । ३३ वर्षअघि स्थापना भएको यो संस्था अहिले देशको दोस्रो ठूलो विश्वविद्यालय मात्र बनेको छैन, गौरवपूर्ण संस्था बनेको छ, जोस जागर भएका जो कोहीलाई प्रेरणादायी संस्था बनेको छ । काठमाडौं विश्वविद्यालय न सरकारको लगानीमा बनेको हो, न ठूला व्यावसायिक घरानाको लगानीमा बनेको हो । शिक्षाप्रेमीहरुको निःस्वार्थभावले अर्थात आर्थिक प्रतिफलको अपेक्षा नगरी स्थापना भएको र प्रभावकारी रुपमा सञ्चालन भईरहेको संस्था हो । यस विश्वविद्यालयले २०० भन्दा बढी प्रोग्रामहरु सञ्चालन गरिरहेको छ । २२ वटा कलेजले सबन्धन लिएका छन् । हाल १८ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । १८०० भन्दा बढीले काम गर्दछन् । अनुदान स्रोत परिचालन गरेर यो संस्थाले धुलिखेल, काठमाडौं, ललितपुर, झापामा गरी ९१० रोपनी जग्गामा वृहत पूर्वाधार निर्माण गरेको छ । विश्वविद्यायलको अक्षय कोषमा मात्र ४३ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षसम्म ५५ देशका १३ प्रतिशत विद्यार्थी केयुबाट ग्रेजुएट भएका छन् । त्यो भनेको साढे ५ हजार हो । काठमाडौं विश्वविद्यालयले अहिले नेपाल बाहिर पनि पढाउन शुरु गरेको छ । उपकुलपति डा. थापा भन्छन्, ‘तिरुपतिमा क्याम्पस खोलेका छौं, अस्ट्रेलियाको सिड्नीमा नेपालीले चलाएका क्याम्पससँग सहकार्य गर्ने योजना छ । चीनमा पनि क्याम्पस सञ्चालन गर्ने विषयमा सहकार्य शुरु भएको छ ।’ उपकुलपति डा. थापाका अनुसार काठमाडौं विश्वविद्यालयको वार्षिक बजेट मेडिकलबाहेक २ अर्ब रुपैयाँ बराबर छ । मेडिकल भने धुलिखेल अस्पतालसँग सहकार्य गरेर चलिरहेको छ । अन्य स्रोतहरू पनि छन् । मेडिकलबाहेक टुक्राउने हो भने बजेटको ६० प्रतिशत आम्दानी विद्यार्थी शुल्कबाट संकलन हुन्छ । जति खर्च हुन्छ, त्यसको ६० प्रतिशतमात्रै विद्यार्थीबाट र ४० प्रतिशत अन्य स्रोतबाट जुटाउनुपर्छ । त्यसमध्ये १० प्रतिशतसम्म सरकारबाट आउँछ । अर्को ३० प्रतिशत जुटाउनु विश्वविद्यालय नेतृत्वको चुनौती हो । ‘हामी विदेशी र स्वदेशीदाताका ढोका ढकढकाउन पुग्छौं, अब ६० प्रतिशत रकम पनि विद्यार्थीबाट उठाउन असम्भव हुन सक्छ,’ थापा भन्छन्, ‘संसारका राम्रा विश्वविद्यालय अक्षय कोषबाट चलेका हुन्छन्, त्यसको ब्याजले धानिएका हुन्छन् । उपकुलपति भएपछि ५० करोडको अक्षयकोष स्थापना गर्ने मेरो प्रतिवद्धता थियो । अहिलेसम्म करिब ४३ करोड रुपैयाँ संकलन भइसकेको छ । यो सबै नेपालीको हिस्सा हो ।’ जसले जग बसाए डा. सुरेशराज शर्मासहित शिक्षा क्षेत्रको अग्रजहरूले विश्वविद्यालय खोल्ने सपना देखे । तत्कालिन राजनैतिक नेतृत्वले बैधताको बाटो खोलिदिए । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले विश्वविद्यालयका लागि स्वीकृति दियो । त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारका पालामा काठमाडौं विश्वविद्यालयको ऐन संसद्ले पास गरिदियो र काठमाडौं विश्वविद्यालय स्थापना भयो । उपकुलपति थापा भन्छन्- 'त्यतिबेला पनि राजनीतिक नेतृत्वले पनि ‘सरकारसँग प्रशस्त स्रोत छैन, तपाईंहरूको आर्थिक जिम्मेवारी हामी लिँदैनौं, काम गर्नुस्, विश्व विद्यालयलाई बढाउनुस् । तर, सरकारको भर नपर्नुस्’ भनेका रहेछन् । सरकार र राजनीतिक नेतृत्वले त्यसो भन्दाभन्दै विश्वविद्यालय स्थापना हुनु संस्थापकहरुमा दअम्य सहास हो ।'  गाउँगाउँमा क्याम्पस किन्ने लहर चलिरहेका बेला विश्वविद्यालय खुलेको थापा बताउँछन् । सबै सहयोगीदाताहरू, तत्कालीन अवस्थामा धुलिखेल नगरपालिकाले काठमाडौं विश्वविद्यालयलाई आमन्त्रण गरेर, केही दाताले अलिअलि भरथेग गरेर अनि केही विदेशी दाताबाट सहयोग प्राप्त भएपछि स्थापना भएको काठमाडौं विश्वविद्यालय यतिबेला नेपाल मात्रै होइन, विश्वमा पनि परिचित भएको छ । ५५ देशका विद्यार्थी, विदेशमा पनि पढाई गत वर्षसम्म ५५ देशका १३ प्रतिशत विद्यार्थी केयुबाट ग्रेजुएट भएका छन् । त्यो भनेको साढे ५ हजार हो । त्यसमा सबै महादेश समेटिएको थियो । मूलतः धेरै विद्यार्थी मेडिकलका र फाइन आर्ट, बुद्धिस्ट स्टडिज र साइन्समा थिए । गाम्बियाजस्तो देशले केयुमा ५० जना मान्छेलाई इलेक्ट्रिक इन्जिनियरिङमा स्नातकोत्तर गर्न पठाएको थियो । विदेशमा भएका विश्वविद्यालयमा जति शुल्क तिरेका छन् त्यसैको हाराहारीमा शुल्क तिरेर उनीहरुले नेपालमा पढेको पनि उपकुलपति थापाले बताए । नेपालका विश्व विद्यालयहरूले राम्रो पढाएकै कारण विदेशीहरू पनि नेपालमा पढ्न आउने धारणा उनी राख्छन् । उनी थप्छन्, ‘मेरो जिम्मेवारी संसारभरका विद्यार्थी यहाँ ल्याएर पढाउँछु, मेरा छोराछोरी पनि काठमाडौं विश्वविद्यालयमै पढ्छन्, छोरी ऋतिका अहिले एमबिबिएस फाइनल इयरमा मेडिकलमा इन्टर्न गर्दैछिन् । छोरा ऋषभ काठमाडौं विश्वविद्यालयबाटै मेकानिकल इन्जिनियरिङ गरेर अहिले दराजमा काम गर्दैछन्,’ उनी भन्छन्- ‘सबै नेपालीको छोराछोरी स्वदेशमै पढाउने वातावरण सिर्जना गर्नुपर्छ ।’ ‘कुनै-कुनै विषय त नेपाल सान्दर्भिक पनि छ, हाइड्रोपावर पढ्न नर्वेजियन पनि काठमाडौं विश्वविद्यालय आउँछन्, हिमाल पढ्न आउनु पर्यो भने नेपाल नै आउने हुन्, मलेसिया गएको कामदारले चाइनिज युनिभर्सिटी किन पढ्ने ? त्यहाँको पढाइ राम्रो छ भने त हामीले पढ्नलाई रोक्न सक्दैनौं, काठमाडौं विश्वविद्यालयको डिग्रीलाई पनि नराम्रो भनेर गएको त होइन नि,’ उनी भन्छन्, ‘मैले अस्ट्रेलियाको जुन विश्वविद्यालयसँग सहकार्य गर्दैछु त्यो कार्यक्रममा त्यो कलेजको सीईओ पनि काठमाडौं विश्वविद्यालयको ग्रेजुएट हो, त्यो कलेजमा पढाउने ६ जना शिक्षक पनि केयुकै हुनुहुन्छ रे ।’ टपरहरूलाई जागिर उच्च शिक्षामा चुनौतीहरू सरकारदेखि राजनीतिक नेतृत्व सबैले भन्ने कुरा नेपालका विश्वविद्यालयमा युवा कम भए, सबै विदेश गए भन्ने हो । यस विषयमा डा. थापा पनि चिन्तित छन् । उपकुलपति (भीसी) भएर आए पनि उनी कुनै दिन आफू पनि विदेश गएर पढेर आएको पनि सम्झिन्छन् । ‘मैले पनि पञ्जाबमा समस्या भएका बेला पढेको हुँ, एक वर्ष बंकरमा बसेर पढेको हुँ, मेरो होस्टेल बाहिर बन्दुक लिएर बसेका थिए, विदेश बसेर पढ्नुको पीडा म राम्रोसँग बुझ्छु,’ थापा भन्छन् । तर, विद्यार्थीहरू विदेशमा गएर पढ्छन र पुनः नेपालमै फर्किने भन्नेमा उनी आशावादी देखिन्छन् । उनका अनुसार अहिले विश्वविद्यालयले टपर विद्यार्थीहरूलाई आफैं राख्ने अभ्यास गरेको छ । यसले विद्यार्थीहरूमा एक किसिमको उत्प्रेरणा मिल्नेमा उनी विश्वस्त छन् । काठमाडौं विश्वविद्यालयले अहिले नेपाल बाहिर पनि पढाउन शुरु गरेको छ । उपकुलपति डा. थापा भन्छन्, ‘ तिरुपतिमा पनि हामीले क्याम्पस खोलेका छौं, त्यहाँ ६ जना विद्यार्थी भर्ना गरिएको छ, अस्ट्रेलियाको सिड्नीमा त्यहाँको नेपाली क्याम्पससँग सहकार्य गर्ने योजना छ, त्यसमा हामी सहकार्य पनि गर्नेछौं, त्यहाँ अस्ट्रेलियन एम्बेसेडर बसेर हामीले एग्रिमेन्ट गरेका छौं । हामीले त्यहाँ फेब्रुअरीदेखि पढाइ सुरु गर्छौं । हाम्रो चीनसँग पनि क्याम्पस सञ्चालन गर्ने विषयमा सहकार्य भएको छ ।’ शिक्षाप्रेमीहरुले नाफा नखाने उदेश्यसहित ३३ वर्षअघि स्थापना भएको काठमाडौं विश्वविद्यालयले २०० भन्दा बढी प्रोग्रामहरु सञ्चालन गरिरहेको छ । २२ वटा कलेजले सबन्धन लिएका छन् । हाल १८ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । १८६० जनाले काम गर्दछन् । अनुदान नै उठाएर संस्थाले धुलिखेल, काठमाडौं, ललितपुर, झापामा गरी ९१० रोपनी जग्गामा वृहत पूर्वाधार निर्माण गरेको छ । विश्वविद्यायलको अक्षय कोषमा मात्र ४३ करोड रुपैयाँ जम्मा भएको छ । उनले आफ्नो नेतृत्वमा विश्वविद्यालयमा धेरै परिवर्तन भएको धारणा राखे । थापाका अनुसार यसपालि नयाँ सुरु गरेको कार्यक्रम ‘बैंकिङ इन्जिनियरिङ’ हो । विश्वविद्यालयबीचको शुल्कले पनि प्रतिस्पर्धामा समस्या भइरहेको उनको बुझाइ छ । केयुको शुल्क ८ लाख ५० हजार रुपैयाँ छ । अर्को विश्वविद्यालयको १ लाख छ । कुनै पैसा तिर्न नपर्ने प्रोग्राम पनि छन् । सबै इन्जिनियरिङ कार्यक्रममा सबै विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने गरिएको छ । थापाका अनुसार नेपालको उच्च शिक्षामा केयुको योगदान ४.५ प्रतिशत छ । नेपालमा उत्पादित डाक्टर ५० प्रतिशत केयुका हुन् । इन्जिनियरिङ म्यानेजमेनटमा आ-आफ्नो प्रोफेसनल विधामा छन् । अर्को, आर्ट र इन्जिनियरिङलाई पनि सँगै लैजाने योजना छ । ब्याचलर एन्ड क्राफ्ट डिजाइन अघि बढाइएको छ । परम्परागत सीप र कलालाई पनि विद्यालय तहमा ल्याउन लागिएको छ । ‘हाम्रा थुप्रै अनुसन्धानहरू बिकेका छन्, हाइड्रोपावरमै मैले गरेका, गराएका र अहिले विद्यार्थीले गरिरहेका प्रोजेक्ट पनि यरी नै गर्दिनुस् न भनेर माग आएको छ, पछिल्लो समय हामीले हाइड्रोजनमा थुप्रै काम गरिरहेका छौं, हामीले सिर्जना गरेका ज्ञान इन्डस्ट्रीमा गइराखेकै छ,’ थापा भन्छन् । औषत विद्यार्थी, कडा परिश्रम भोला थापा सन् १९६७ मा काठमाडौंको थापागाउँमा जन्मिएका हुन् । उनले प्रारम्भिक शिक्षा बानेश्वरको अमर आदर्श स्कुलमा पढे । सात कक्षामा पढ्न उनी र्कीतिपुरको ल्याबोरेटोरी स्कुलमा भर्ना भए । थापाले एसएलसी (हालको एसईई) मा ७० प्रतिशत ल्याए । ‘उत्कृष्ट विद्यार्थी नभए पनि पछाडि कहिल्यै परिनँ, त्यसपछि म अमृत साइन्स कलेजमा भर्ना भएँ,’ डा. थापा थप्छन्, ‘अमृत साइन्स कलेजमा पनि त्यो बेला देशैभरिबाट भर्ना लिने बेला ७५ जनाभित्र म पनि परेँ ।’ ७५ जनाको समूहले आइएस्सी सकेपछि कोलम्बो प्लानअन्तर्गत शिक्षा मन्त्रालयमा ४९ वटा सिट आएको थियो । त्यसमध्येको एउटा सिट थापाले पनि पाए । त्यसपछि पढ्न उनी भारतको पञ्जाब युनिभर्सिटी गए । ‘मैले मेकानिकल छानेँ, किनभने मलाई मैले सिभिल इन्जिनियरिङ पढ्न पाउँदिन भन्ने थाहा थियो । र, म पञ्जाब गएर मेकानिकल इन्जिनियरिङ पढेँ,’ थापा भन्छन्, ‘त्यो बेला बच्चैदेखि म यही विषय पढ्छु भन्ने थिएन, आफ्नो आवश्यकताअनुसार विषय छनौट गरेर पढेँ ।’ थापासँग त्यसबेला करियर कसरी बनाउने, के गर्ने कुनै योजना थिएन । उनलाई जुनबेला जुन अवसर प्राप्त भयो र आवश्यकता जे थियो त्यही परिपूर्ति गरिरहे । भारतबाट इन्जिनियरिङ सकेर फर्किँदा शिक्षक बन्छु भन्ने लालसा भने उनमा थियो । फाइनल इयर सकिनुअघि उनको समूहले एउटा म्यागजिन निकाल्थ्यो । त्यसमा उनले लेखेको थिए- ‘नेपाल जान पाएँ भने शिक्षक बन्छु ।’ तर, शिक्षक बन्न कि पुल्चोक क्याम्पस जानुपथ्र्यो कि थापाथली क्याम्पस । त्यतिबेला यी दुई क्याम्पसमा ओभरसियरमात्र पढाइ हुन्थ्यो । पञ्जाव विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका थापाले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजिबाट विद्यावारिधी गरेका छन् । सन् १९९४ देखि काठमाडौं विश्वविद्यालयमा लेक्चरको रुपमा प्रवेश गरेका डा. थापा प्रोफेसर, रजिष्ट्रार हुँदै सन् २०२१ जनावरीमा उपकूलपति नियुक्त भए । डा.थापाले विश्वविद्यालयलाई नेपालको अब्बल शिक्षालय बनाउने, अन्तराष्ट्रिय बजारमा विस्तार गर्ने र स्रोत साधन सम्पन्न बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् । ‘शिक्षा मन्त्रालयमार्फत् स्कलरसिपमा छानिएर गएको हुनाले नेपाल फर्केपछि रिपोर्ट पेस गर्नुपर्ने हुन्थ्यो, मैले पेस गरेँ, शिक्षा मन्त्रालयले तपाईंको मेकानिकल रहेछ भन्दै उद्योग मन्त्रालयमा चिठ्ठी लेखिदिए,’ थापा सम्झिन्छन् । ‘उहाँ मेकानिकल इन्जिनियरिङ पढेर आउनुभएकाले उहाँका लागि उपयुक्त जागिर मिलाइदिनू’ भनेर चिठ्ठीमा लेखिएको थियो । त्यतिबेला उदयपुर सिमेन्ट कारखाना निर्माणाधीन थियो । त्यो चिठ्ठी लिएर थापा उदयपुर सिमेन्ट कारखाना गए । कारखाना बनिरहेकाले चिठ्ठीमात्रै बुझाए । त्यहाँ उनलाई ‘चाहिएपछि बोलाउँछौं’ भनियो । केही महिनापछि तत्कालीन सरकारी निकाय नेसनल कस्ट्रक्सन कम्पनी नेपाल लिमिटेड (एनसिसिएन, त्यो नेपालको एकमात्र ठेकेदार कम्पनी) स्थायी कर्मचारी माग भयो । उनले आवेदन दिए । र, छनौट भएर जागिर सुरुवात गरे । यो सन् १९९१ को कुरा हो । ‘त्यहाँ मैले ४ वर्ष काम गरेँ, त्यसबेला मैले काठमाडौंका मुख्य-मुख्य विकास निर्माण आयोजनाको नेतृत्व गरेँ,’ डा. थापा रमाइलो मान्दै भन्छन्, ‘मलेखुको बाटो बन्दादेखि लिएर चारआली इलाम र महाकाली राजमार्गदेखि धेरै आयोजनामा इन्जिनियरका रूपमा काम गरेँ, अहिले सम्झिँदा गर्व लाग्छ ।’ थापा मेकानिकल इन्जिनियर भएर एनसिसिएन जहाँ अहिले हलचोकमा सशस्त्र प्रहरीको मुख्यालय छ, त्यो ठाउँमा वर्कसप थियो । त्यहाँ उनी पुराना उपकरण बनाएर बस्थे । त्यसपछि उनको हल्चोक ढुंगाखानीमा सरुवा भयो । त्यहाँ उनी हप्ताको दुई दिन बस्नुपर्थ्यो । ढुंगागिटी निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्लाई गर्नुपर्थ्यो । त्यहाँ मर्मतको काम चलिरहेको थियो । उनको काम त्यहाँ बसेर कति गिटी बन्यो र सप्लाइ गर्न सकियो भनेर रेकर्ड राख्ने थियो । त्यहाँ काम गरिरहँदा थापाले काठमाडौं विश्वविद्यालय बनेको छ भन्ने सुनेका थिए । एक दिन पत्रिका पढ्दै गर्दा त्यहाँ एकजना मेकानिकल इन्जिनियर चाहिएको विज्ञापन देखे । उनले काठमाडौं विश्वविद्यालयमा आवदेन दिए । सन् १९९४ मा लेक्चरर भई काठमाडौं विश्वविद्यालय प्रवेश गरेका थापाले २७ वर्ष यही संस्थामा बिताइसकेका छन् । काठमाडौं विश्वविद्यालयमार्फत् नै स्नातकोत्तर गर्न भारतको राजस्थान गए । उनको विद्यावारिधी जलविद्युत उत्पादन गर्न आवश्यक टर्बाइनको खिइने प्रक्रिया तथा समस्याबारेमा थियो । सहजकर्ताको भूमिका डा. थापाका अनुसार नेतृत्व भनेको संस्थाको मुख्य सहजकर्ता हो । ‘सबैसँग एउटा भिजन र फिलोसफी हुन्छ, त्यसलाई उसले कसरी अगाडि बढाउँछ भन्ने कुरा उसमा निहित हुन्छ,’ उनी भन्छन्, एउटा नेतृत्वमा संस्थालाई सहीरूपमा अगाडि बढाउन सक्ने क्षमता हुनुपर्छ ।’ मेकानिकल इन्जिनियर सर्कलमा थापालाई विज्ञका रूपमा परिचित छन् । ‘म आज उपकुलपति हुँदा मेरो काम म मातहतकालाई सहजीकरण गर्ने हो, उहाँहरूले प्रोजेक्ट लेख्नुहुन्छ, नयाँ प्रोग्राम डिजाइन गर्नुहुन्छ, पढाउनुहुन्छ, स्रोतसाधन उहाँहरूबाट नै आउने हो, उहाँहरूलाई काम गर्ने वातावरण मैले बनाइदिनुपर्ने होे,’ डा. थापा भन्छन् । संस्थाभित्र जे हुन्छ त्यसको पूर्णजिम्मेवारी नेतृत्वले लिन सक्नु पर्ने उनको भनाइ छ । ‘नेतृत्वकर्ता भइसकेपछि मैले गरेको होइन, मेरो जिम्मेवारी थिएन भन्न मिल्दैन, शतप्रतिशत जिम्मेवारी मेरो हो भन्ने किसिमले अगाडि बढ्ने हो, त्यो जिम्मेवारी कसरी पूरा गर्न सक्छ भन्ने तर्फ लाग्नुपर्छ,’ उनी थप्छन् । जुन ठाउँमा डा. थापा अहिले छन्, यो कुरा उनले कहिल्यै सोचेका थिएनन् । तर, आज आफू यो ठाउँमा आइपुग्नुमा मिहिनेत भएको बताउँछन् । नेतृत्वले मिहिनेत गर्न छोड्न नहुने उनको भनाइ छ । उनी समकालीन साथीहरूलाई हेर्दा आफूले डिजर्भ गरेको महसुस गर्छन् । ‘म अहिले जे छु, त्यसमा पूर्ण सन्तुष्ट छु, यतिको त संसारका जुनसुकै कुनामा लगेर राखेको भए पनि गर्न सक्ने थिइनँ, म असिस्टेन्ट भएर छिरेको मान्छे, लेक्चरर, असिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र रजिस्ट्रार हुँदै यहाँसम्म आएको छु,’ उनी भन्छन्, ‘यसलाई म मेरो सफलता मान्छु, एउटा सामान्य कर्मचारीबाट यो पदसम्म आइपुग्दा पृथक किसिमको परिश्रम छ, अब यो पदमा रहेर सफल नेतृत्वको उदाहरण बन्नुछ, त्यसको प्रयासमा छु ।’ (देशविकासबाट)  बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल  कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’  शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’ अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’ पैसा गौण, काम सर्वोपरि अग्रणी चिकित्सक, अब्बल व्यवस्थापक पायोनियर कम्पनीका युवा सीईओ, ‘डिजिटल रुपान्तरण नै आइएमईको लक्ष्य’ सुदूरको छोरो, व्यवस्थापनमा हिरो

अनुसन्धानकर्मीलाई झुक्काइरहेको बाँदर !

गण्डकी । बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् रु केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छु’ अभियान नै घोषणा गर्‍यो । भलै वडाको त्यो निर्णय धेरै समय टिकेन । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सार्वजनिक सूचनामार्फत घर वरपरका रुख काट्न वडावासीलाई गरेको आह्वानको चौतर्फी विरोध भयो । महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना रद्द गर्न र रुख कटानको कार्य बन्द गर्न अनुरोध गर्‍यो । वडा रुख काट्ने अभियानबाट पछाडि हट्यो । बाँदरको अत्याचारबाट आक्रान्त भएको मानिस बाँदर नियन्त्रणमा जस्तोसुकै अप्रिय र अनौठो निर्णय लिन पनि तयार छ भन्ने यसले देखाउँछ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ ग्वाँदीका बाँदर प्रभावित किसानलाई बिहीबार गुलेली र मटेङ्ग्रा बाँडेको विषयले पनि चर्चा पायो । समुदायमा कांग्रेस अभियानअन्तर्गत नेपाली काँग्रेस, गुल्मीले किसानलाई बाँदर लखेट्न काम लाग्ने गुलेली र मटेङ्ग्रा दिएको हो । हालै पर्वतको कुश्मा नगरपालिका–९ मा बाँदर धपाउन वडाध्यक्ष राम शर्मा लामिछानेसहित १५ जना स्थानीयवासी पालो बाँडेर खटिएको खबरले पनि धेरैको ध्यान खिच्यो । यसरी नियन्त्रणका अनेक जुक्ति लगाउँदासमेत गाउँघरमा बाँदर आतङ्क किन ज्यूँका त्यूँ छ ? बाँदर धपाउन घरेलु उपाय रच्ने किसानदेखि, यन्त्र–उपकरण बनाउने वैज्ञानिक र अनुसन्धानकर्मीसम्मलाई यो प्रश्नले चिमोटिरहेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका पूर्वअध्यक्ष लेखनाथ पोखरेल यसमा भुक्तभोगी नै हुन् । उनले बाँदर नियन्त्रणका लागि आफू गाउँपालिकाको नेतृत्वमा हुँदा गरेका पहल र प्रयासको फेहरिस्त नै सुनाए । ‘फिरन्ते जाति राउटेले बाँदरको सिकार गर्ने हुँदा उनीहरुलाई सल्यानबाट गाउँपालिकामा ल्याउने तयारी र बन्दोबस्तसमेत गरिसकेका थियौँ, पछि प्रशासनले रोक्यो’, गाउँपालिका राष्ट्रिय महासङ्घका सल्लाहकार पोखरेलले भने, ‘राउटेलाई बाँदर सिकार र आहारविहार गर्न छुट भएकाले त्यसबाट बाँदरको संख्या घटाउनमा मद्दत पुग्ने हामीले सोचेका थियौँ ।’ स्याङ्जाको भिरकोट नगरपालिका–७ का युवा भविश्वर पौडेलले केही वर्षअघि आविष्कार गरेको बाँदर धपाउने बन्दुक पनि लगेर किसानलाई बाँडेको उनले बताए । ‘पछि गाउँकै किसान र युवालाई प्रविधि सिकाएर बाँदर धपाउने बन्दुक गाउँपालिकामै बनाउन र बाँदर प्रभावित किसानलाई वितरण गर्न थाल्यौँ’, पोखरेलले भने, ‘बन्दुक पड्काउँदा एक वर्षजति त बाँदर भागे, बालीनाली केही जोगियो, तर अहिले बन्दुकलाई पनि बाँदरले टेर्न छाडिसके ।’ बाँदर धपाउन बोटविरुवा र बालीनाली छेउछाउ ब्याट्रीबाट चल्ने ठूल्ठूला कृतिम बाघ, सर्पसम्म राखेर हेरिएको उनले सुनाए । ‘बाँदरलाई बस्तीतिर छिर्न नदिन घाँसहरु पनि रोप्यौँ, अण्डाको गन्धले बाँदर आउँदैन भनेर अण्डा फुटाएर रुखमा पनि दलेर हेर्‍र्यौँ’, पोखरेलले भने, ‘सुने र थाहा भएजतिका उपाय लगाउँदा पनि बाँदर नियन्त्रणमा खास उपलब्धि हुन सकेन, बाँदरको रजगज चलेकै छ ।’ बाँदरले बालीनाली खाइदिएर गाउँपालिकाका किसान हैरान परेपछि बाँदर विज्ञसहित वन विज्ञानका विद्यार्थीलाई नै गाउँमा बोलाएर बाँदरको चरित्र र आनीबानीबारे अध्ययनसमेत गरिएको उनले बताए । ‘पहिले बारी र पाखातिर मात्र चहार्ने बाँदर अहिले भान्छामै छिरेर कसौँडीको भातसमेत लगेर जान थाल्यो, घरमा महिला या बालबच्चा देख्यो भने त आक्रमण नै गर्न तम्सिन्छ’, पोखरेलले भने । गण्डकी विश्वविद्यालयको अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रका इन्जिनीयर सागरराज पौडेलले ‘ड्रोन’को प्रयोग गरेर बाँदर धपाउने प्रविधिको विकासका लागि आफूहरु अनुसन्धानमा जुटेको बताए । उक्त केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर बाँदर धपाउने बन्दुक पनि बनाइसकेको उनको भनाइ छ । ‘पिभिसी पाइप र कार्बाइडबाट बाँदर धपाउने बन्दुक बन्छ, तर अहिले बन्दुकको आवाजसँग पनि बाँदर तर्सन छोडेको किसानले बताउन थालेका छन्, यसमा पनि बाँदर अनुकूलन भइसकेको देखिन्छ’, इन्जिनियर पौडेलले भने, ‘बाँदर नियन्त्रणका लागि अपनाइएका कुनैपनि विधि र प्रविधि दीर्घकालीन हुन सकेका छैनन् ।’ बाँदर तर्सेर भागोस् भनेर केन्द्रले बाघ, कुकुरलगायत जनावरको आवाजलाई ‘ड्रोन’बाट सुनाउन मिल्ने गरी प्रविधि र यन्त्र निर्माणको काम गरिरहेको उनले बताए । वैज्ञानिक डा. महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनीयर रितेश देवसहित विश्वविद्यालयका इन्जिनीयर र प्राविधिक त्यसको अनुसन्धान तथा निर्माणका काममा तल्लिन छन् । इन्जिनियर पौडेलले केन्द्रले अहिले नै नयाँ आविष्कार गर्ने नभई भइरहेको प्रविधिमा नवीनता ल्याउन प्रयास गरिरहेको बताए । पछिल्लो समय राष्ट्रिय कृषि इन्जिनीयरिङ अनुसन्धान केन्द्रले पनि सोही प्रविधिको बाँदर धपाउने यन्त्र निर्माण गरेर बजारमा पुर्‍याएको छ । केन्द्रका इन्जिनियर प्रवेश यादवले बाँदर नियन्त्रणका लागि उक्त यन्त्र सफल देखिएपछि अहिले विभिन्न स्थानीय तहहरुबाट माग आइरहेको बताए । ‘कार्बाइड र पानीबीच रसायनिक प्रतिक्रिया भई उत्पन्न हुने एसिटिलिन ग्यासमा लाइटरको सहायताले आगो लगाएपछि मेसिनबाट ठूलो आवाज निस्कने हुनाले बाँदरलाई तर्साएर भगाउन सकिन्छ’, उनले भने । यसअघि बनेका बाँदर धपाउने बन्दुकमा ‘पिभीसी’ पाइपको प्रयोग गरिएकामा केन्द्रले निर्माण गरिरहेको यन्त्रमा भने फलामको पाइप जडान गरिएको छ । केन्द्रले उक्त यन्त्रको मूल्य एक हजार आठ सय रुपैयाँ तोकेको इन्जिनीयर यादवले बताए । अरु यन्त्रको भन्दा सस्तो मूल्य, फलामको पाइप भएकाले बढी टिकाउने हुने र जमिनमा राखेर पड्काउन सकिने हुँदा किसानलाई सो यन्त्र बढी लाभदायी हुने केन्द्रले जनाएको छ । अहिले चलिरहेको यन्त्रको आवाजसँग पनि बाँदरले आफूलाई अनुकूलन गराएर नतर्सने स्थिति आएमा नयाँ प्रविधिबारे अनुसन्धान थालिने इन्जिनियर यादवले बताए । पोखरास्थित पशु सेवा तालिम केन्द्रका प्रमुख डा. गृष्म न्यौपानेले नेपालको मध्यपहाडी भूभागमा बाँदरको समस्या बिकराल रहेको बताए । ‘बाँदरको खानेभन्दा बढी बिगार्ने स्वभाव हुन्छ, छिनभरमै बाली सखाप पारिदिन्छ’, उनले भने, ‘किसानले बाली जोगाउन सुरक्षाका विधि अपनाए भने त्यसैबाट पाठ सिकेर प्रतिकुलतालाई अनुकूलतामा बदल्ने खुबी बाँदरले राख्छ ।’ परिवर्तनलाई ग्रहण गर्ने र त्यसमा सजिलै घुलमिल हुन सक्ने क्षमता मानिसपछि सबैभन्दा बढी बाँदरमा रहेको डा। न्यौपानेको भनाइ छ । वन जङ्गलबाट मानव बस्तीतिर सरेर सामाजिकीकरण हुन खोजिरहेको बाँदरलाई फेरी जङ्गलतिर फर्काउने काम सजिलो नभएको डा. न्यौपानेले बताए । ‘बाँदरलाई पारिस्थितिक प्रणालीसँग जोडेर हेर्नुपर्छ, हामीले बाँदरको संख्या बढ्यो मात्र भनिरहेका छौँ’, उनले भने, ‘पहिले जङ्गलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि मानिसलाई त्यस्तो लागेको मात्र पनि हुन हुनसक्छ, वनजङ्गलमा उचित आहारा र वातावरण नपाएका कारण यथार्थमा बाँदरको संख्या घटेको पो छ की ? योतर्फ अहिलेसम्म कुनै खोज, अनुसन्धान भएको छैन ।’ चलाख र अरुको देखासिकी गर्ने बानीका कारण किसान मात्र नभएर विज्ञ र अनुसन्धानकर्मीलाई समेत बाँदरले झुक्काइरहेको डा. न्यौपानले बताए । ‘पहिले बाँदर लखेट्ने कुकुर अहिले उल्टै बाँदरसँग डराउनुपर्ने स्थिति छ, बाँदरको खाने बानीमा परिवर्तन आएको छ, पछिल्लो समय सुन्तला, प्याज, जसुनलगायतलाई पनि बाँदरले आहारा बनाउन थालेको छ’, उनले भने, ‘पहिले बाँदरको हातमा नरिवल भनेर अरुलाई गिज्याउने गरिन्थ्यो, अहिले बाँदरले नै नरिवल फोडेर खाएको देखिन्छ ।’ डा. न्यौपानले निर्दयी क्रियाकलापबाट नभई मानवीय उपायबाट नै बाँदरको समस्या हल गर्नुपर्ने धारणा राखे । ‘संरक्षित जनावर भएकाले बाँदरलाई मार्न वा चोरीपैठारी गर्न पाइँदैन, बाँदर प्रकृति र जैविक विविधताको पनि एक हिस्सा हो’, उनले भने, ‘बाँदर व्यवस्थापनका लागि राज्यले ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक छ ।’ बाँदर नियन्त्रणका लागि अहिलेसम्म अपनाइएका उपाय र विधि अल्पकालीन समाधान मात्र भएको डा. न्यौपानेको भनाइ छ । बन्दुक पड्काएर बाँदर लेखेट्ने तरिका पनि सँधै काम नलाग्ने उनले बताए । ‘कुनै एकमात्र विधि अपनाएर बाँदर व्यवस्थापन गर्न सकिँदैन, कानूनी परिधिभित्र रहेर विभिन्न विधिको एकीकृत प्रयोग गर्नुपर्छ’, डा. न्यौपानेले भने । खेती गरिएको जमिन र वन सँगसँगै हुँदा पनि बाँदरको समस्या थप जटिल बनेको उनको भनाइ छ । जङ्गलमै आहाराको व्यवस्थापन गर्न सके बाँदर बस्तीतिर नछिर्ने डा. न्यौपानेले बताए । ‘काफल, बयर, चुत्रो, ऐसुले, कटुस जस्ता फलफूल कन्दमुल प्रशस्त मात्रामा वनमै उपलब्ध हुन सके बाँदर आहाराकै खोजीमा बस्तीतिर आउँदैन’, उनले भने । बाँदरबाट प्रभावित किसानलाई वैकल्पिक खेती प्रणालीमा जान प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । बाँदर लाग्ने ठाउँमा पशुपालन, पक्षीपालन, माहुरीपालन, रेशम खेती, च्याउ खेती, घाँसखेतीलगायत गर्न सकिने डा. न्यौपानेको सुझाव छ । धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने उनले बताए । ‘महिला र बालबच्चालाई बाँदरले टेर्न छाडिसक्यो, कुकुरसँग पनि अचेल डराउँदैन, फेरी गाउँघरमा बाँदर लखेट्ने मानिस पाउन पनि कठिन छ, बरु राज्यले नै बाँदर लखेट्ने कृषि रक्षक राख्नेबारे किन विचार नगर्ने ?’, उनले भने । विज्ञहरुले बाँदरको संख्या वृद्धि हुन नदिन जन्मदर नियन्त्रणको कार्यक्रम चलाउनुपर्ने सुझावसमेत दिने गरेका छन् । ‘एक घर, एक बाँदर’ पाल्ने रणनीति तय गर्नुपर्ने, बाँदरको व्यवस्थित सिकारका लागि कानुनी प्रबन्ध हुनुपर्ने जस्ता आवाज पनि बेलाबेला उठ्ने गर्छन् । अनेक उपाय र विधि अपनाउँदा पनि बाँदरले बालीनालीमा नोक्सानी पु¥याउन नछाडेपछि किसान भने आजित छन् । बाँदरकै कारण आत्महत्यादेखि बसाइँसराइले गाउँ नै स्थानान्तरण भएकासम्म दुःखदायी खबर सुन्नु परिरहेको छ । स्थानीय तहले बाँदर नियन्त्रणका लागि बर्सेनि लाखौँ रुपैयाँ खर्चेका छन् । तर बाँदरले किसानको बालीनालीमा बितण्डा मच्चाउन छाडेको छैन । नेपालमा खासगरी रातो, आसामी रातो, नेपाली खैरो लङ्गुर, तराई खैरो लङ्गुर र हनुमान लङ्गुर प्रजातिका बाँदरको बाहुल्य रहेको बताइन्छ । समूहमा हिँड्ने र बालीनालीलाई छिनभरमै सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका हुन् । बाँदरबाट क्षति हुने कृषिजन्य उपजको क्षतिपूर्ति तथा बीमाबारे कानुनी प्रबन्ध गरिनुपर्ने किसानको माग सुनुवाई हुन सकेको छैन । सर्वोच्च अदालतले बाँदरबाट हुने क्षतिको क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको वर्षौँ बित्दासमेत कार्यान्वयन हुन सकेको छैन । बाँदरले हैरानी दिएपछि तनहुँको डुम्रेका किसानले बाँदर आतङ्क नियन्त्रण सङ्घर्ष समिति नै गठन गरेका छन् । उक्त समितिले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा यही माघ ११ गते ध्यानाकर्षणपत्र बुझाउँदै बाँदर बन्ध्याकरणलगायत बाँदर नियन्त्रणका उपायबारे अध्ययन/अवलोकनका लागि भारतको हिमाञ्चल प्रदेश जान लागेको समितिको टोलीमा बाँदर प्रभावित किसानलाई पनि समेट्न आग्रह गरेको थियो । समितिमा बाँदर प्रभावित किसानबाट उजुरी तथा गुनासो आउने क्रम बढेपछि भारतीय दूतावासको सहयोगमा विज्ञसहितको टोली बाँदर बन्ध्याकरणबारे तालिम लिन र अवलोकन भ्रमणका लागि छिट्टै त्यसतर्फ जाने भएको हो । बाँदरलाई ‘हानिकारक’ वन्यजन्तुको सूचीमा राखेर बात नलाग्ने गरी बाँदर मार्न पाउने अधिकार स्थानीय तहलाई दिनुपर्ने कतिपय विज्ञहरुको सुझाव छ । ठूल्ठूला उद्यान बनाएर ती उद्यानमा बाँदर राखेर बाँदर सरंक्षण र व्यवस्थापन गर्न सकिने विज्ञहरु बताउँछन् । वनजङ्गलमा बाँदरले रुचाउने खानेकुरा र घर वरपर बाँदरले नरुचाउने बोट बिरुवा लगाउँदा पनि बाँदर नियन्त्रणमा सघाउन पुग्ने उनीहरुको भनाइ छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव केदार बरालले बाँदर नियन्त्रणका लागि जिल्लास्तरमा वनजन्य फलफूल खेती कार्यक्रम सञ्चालन गरिएपनि त्यो प्रयाप्त नभएको बताए । ‘प्रदेश सरकारले बाँदरबाट क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिने नीति पनि ल्याएको छ’, उनले भने, ‘मुख्य रुपमा आहाराकै खोजीमा बाँदर मानव बस्तीतिर छिरेको पाइन्छ, यसलाई रोक्न बाँदरलाई मनपर्ने कन्दमुल, फुलफूल र बोटविरुवा वनमै रोप्नुपर्छ ।’ रासस

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीले नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए । सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए । ‘अष्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्र हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अष्ट्रेलियालीको समुदाय तीव्ररूपमा बढिरहेको छ’, सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले सामाजिक सञ्जाल एक्समामा लेखेका छन् । वाट्सले गत वर्ष नेपाल भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका नेतृत्वसँग आपसी सम्बन्ध थप गहिराइमा पुर्‍याउने अवसर र उपायबारे कुराकानी गरेको स्मरण गरे । साथै उनले परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराइ पुर्‍याउने विषयमा छलफल गरेको स्मरण गरेका उनैले दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरेका थिए । उक्त छलफलपछि दुवै देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीले औपचारिक सम्झौताका लागि पटकपटक छलफल गरेका थिए । रासस

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन मनाइने, घरघरमा दीप प्रज्वलन गरिने

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्वलन गरिनेछ । यस्तै सबै जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको निर्णय छ । दिवसका दिन नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै बिगुल ९रिभ्याली० बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने,  सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना गर्ने र उक्त समारोहमा निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षकर्मी सार्वजनिक तथा सामुदायिक सङ्घ–संस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्ध–प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारण समेतको उपस्थितिका लागि आमन्त्रण गर्ने बैठकको निर्णय छ । बैठकले रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट प्रजातन्त्र दिवसका  अवसरमा जागरण गीत प्रसारण गर्ने र अन्य रेडियो, एफएम तथा टेलिभिजनहरूलाई समेत प्रसारणका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका कार्यक्रमसमेत स्वीकृत गरेको छ । विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा आगामी फागुन ६, ७ र ८ गते कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने मूल समारोह समितिले निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट गौरवमय मौलिक पहिचान तथा विशेषता झल्कने विद्युतीय प्रचार सामग्री समूचित प्रचार–प्रसारका लागि परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पठाउने बैठकको निर्णय छ । बैठकले सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रदेशबासीलाई अनुरोध गरेको छ । दिवसको सन्दर्भ पारेर फागुन ६, ७ र ८ गते प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले काठमाडौं उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख सम्मिलित समिति गठन गर्ने र सरसफाइ, प्रभातफेरि, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी जस्ता विविध कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

चिराइतो मुल्य बढ्दो, प्रतिमन ४५ हजारमा ब्रिकी

फुङ्लिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने विगतको तुलनामा घट्दै गएको छ । फक्ताङलुङ गाउँपालिका–४ सुङसाबुका अमर लिम्बूले विगतमा ३५ मनसम्म चिराइतो उत्पादन गर्थे।  उनले चिराइतो भरियामार्फत ढुवानी गरेर बिक्रीका लागि ओलाङचुङगोलासम्म पुर्याउथे । ओलाङचुङगोला नजिकै रहेको टिप्ताला नाका हुँदै चिराइतो चीनमा निर्यात हुन्थ्यो । तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङमा उत्पादन हुने चिराइतो ओलाङचुङगोला हुँदै चीनमा निर्यात हुने गरेको थियो । तर कोभिड-१९ का कारणले टिप्ताला नाका बन्द भएसँगै अहिलेसम्म नाका खुलेको छैन । नाका बन्द हुँदा किसानले उत्पादन गरेको चिराइतो लामो समय बजार पाउन सकेन । किसानले उत्पादन गरेको चिराइतोको बजार नपाएसँगै धेरै किसानले चिराइतोखेती गर्न समेत छोडेर अन्य पेसा अँगाल्न पुगेका छन् । उनले विगत ३५ मन चिराइतो बिक्री गनुहुन्थो, तर गत वर्ष सात मन मात्र बिक्री गरे । उनले प्रति मन रु ३६ हजारमा गाउँमा नै व्यापारी आएर खरिद गरेको किसान लिम्बूले बताए। उनले भने, ‘अहिले गाउँमा चिराइतो खेती छोडी सक्यो । लामो समय बजार मूल्य बढ्न नसकेको कारणले चिराइतो खेती गर्न छोडेर केही वैदेशिक रोजगारीमा गइसकेका छन् । हामी थोरैले मात्र यसो औषधीका लागि खेती गर्दै आएका छौँ ।’ उनका अनुसार सुङसाबु गाउँमा विगतमा एक सय मनभन्दा बढी चिराइतो उत्पादन हुन्थो  ।  तर यस वर्ष भने ४५ मनको हाराहारीमा चिराइतो उत्पादान भएको छ । फुङलिङ नगरपालिका–१० टेकमान भट्टराईले यस वर्ष अहिलेसम्मकै उच्च मूल्यमा चिरोइतो बेचेर मनग्य आर्जन गरे । कोभिड महामारीका बेला ६० रोपनी जग्गामा सात किलो चिराइतो छरेका उनले प्रतिकेजी रु एक हजार एक सय २५ का दरले सात क्विन्टल चिराइतो घरबाटै बिक्री गरे। चिराइतो बिक्रीबाट किसान भट्टराईले मनग्य आम्दानी गरे । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ का चिराइतो खरिद बिक्री गर्दै आएको चिराइतो व्यापारी टाँसी शेर्पाले यस वर्ष  ५० मन चिराइतो सङ्कलन गरेर झापाको विर्तामोडमा लगेर बिक्री गरे। उनका अनुसार अहिले ताप्लेजुङमा प्रतिमन रु ४५ हजारमा खरिद बिक्री हुँदै आएको छ । गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो रु १५ राजस्व बुझाउनुपर्छ । चालु आर्थिक वर्षमा ताप्लेजुङबाट पाँच हजार आठ सय २० केजी चिराइतो निकासी भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । सो बापत रु ८७ हजार तीन सय राजस्व सङ्कलन भएको छ । गत वर्ष पाँच हजार आठ सय केजी ताप्लेजुङ चिराइतो उत्पादन भएको थियो भने चिराइतोबाट ८७ हजार राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्क छ । वन कार्यालयको तथ्याङ्कअनुसार ताप्लेजुङमा आव २०७७/०७८ मा १६ हजार तीन सय केजी चिराइतो सङ्कलन भएको र यसबाट रु दुई लाख ४४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो । विगतका तुलानामा चिराइतो उत्पादनमा क्रमिक घट्दै गएको देखिन्छ । चिराइतो सङ्कलन गरेर जिल्लाबाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको चिराइतो सङ्कलक व्यापारी बताउँछन् । झार वर्गको यो वनस्पति सङ्कलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ । तर एक पटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन । पाकेको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाई मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् । दुई वर्षमा सप्रेको बोट १।५ मिटरसम्म अग्लो हुने किसानहरूको भनाइ छ । नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने बताइएको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ । यो जडीबुटी विभिन्न प्रकारका रोग निको पार्न प्रयोग गरिन्छ । परम्परागत चिकित्सा पद्धति जस्तै आयुर्वेद, युनानी, होमियोप्याथी, सिद्धा, सोवारिग्पामा घरेलु औषधीका रुपमा चिराइतोको प्रयोग हुने गर्दछ । मुख्यगरी यसको प्रयोग बलवद्र्धक, ज्वरोनाशक र कब्जियत खुलाउनका लागि प्रयोग हुने वनस्पति विभागले जनाएको छ । तिब्बती चिकित्सा पद्धतिमा चिराइतोको प्रयोग पित्त र ज्वरोको प्रयोग हुने उल्लेख गरिएको छ । महिलामा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छाला रोग, दाद निको पार्न/गर्न प्रयोग गर्न सकिन्छ भने चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ । वनस्पति विभागका अनुसार  नेपालको पूर्वी भेग ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, भोजपुरदेखि मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरालगायत जिल्लामा प्राकृतिक रूपमै चिराइतो हुने गर्दछ । रासस

कृषि विकास बैंकले लाभांश नदिने

काठमाडौंं । कृषि विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । अघिल्लो वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।  

घरेलु मदिरा ‘ब्रान्डिङ’ गरेर बिक्री गरिने, ब्राण्डेड बजारमा धक्का लाग्ने

कृत्रिम बौद्धिकता प्रविधिद्वारा निर्मित तस्बिर काठमाडौं । लामो समयदेखि नकारात्मक रुपमा लिएको घरेलु मदिराको विषयमा सरकारले सकारात्मक सोच निर्माण गर्ने देखिएको छ । सरकारलाई वैद्यानिक मान्यता नदिएपनि अनौपचारिक बजारमा ठूलो हिस्सा बनेको घरेलु मदिरालाई ब्राण्डिङ नै गरेर बिक्री वितरण गर्ने विषयमा सरकारको उच्च तहमा बिहीबार छलफल भयो । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा घरेलु मदिरा प्रवद्र्धन विषयक औपचारिक छलफल भएको हो । जसमा विभिन्न प्रदेशका मुख्यमन्त्री, अर्थ मन्त्री, कानून मन्त्री, उद्योग मन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने धारणा व्यक्त गरेका थिए । उनले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने समेत बताए। ठूला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो । घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारण गरी बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने समेत उनले छलफलमा बताए । मन्त्री रिजालका अनुसार घरेलु मदिराको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिक्री प्रवर्द्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । मन्त्रालयले घरेलु मदिरालाई गुणस्तर मापदण्ड तयार गरेर ‘ब्रान्डिङ’ गर्ने नीति लिएको छ । सोही अनुरुप बिहीबार मन्त्रालयमा भएको छलफल कार्यक्रममा बिक्री प्रवर्द्धनसम्बन्धी मार्गदर्शन समेत प्रस्तुत गरिएको थियो । छलफलमा सहभागी अर्थमन्त्री डा प्रकाशशरण महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए । कानुनमन्त्री धनराज गुरुङले घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवर्द्धनका लागि स्पष्ट कानुनप्रति संवेदनशील हुनुपर्ने धारणा राखेका थिए । छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थिति थियो । मदिराको ब्राण्डेड बजारमा प्रभाव पर्न सक्ने लामो समयदेखि विवादित बन्दै आएको घरेलु मदिरालाई सरकारले मापदण्ड निर्माण गरेर ब्राण्डिङ गरि बिक्री वितरण गर्ने नीति अख्तियार गरेमा हालसम्म बजारमा एकाधिपत्य जमाएको ब्राण्डेड मदिराको बजारलाई चुनौति सिर्जना गर्न सक्ने देखिएको छ । औपचारिक बिक्री वितरणमा प्रतिबन्ध लगाइएपनि मदिरा पिउनेहरुको रोजाइको विषय बन्दै आएको घरेलु मदिरा मापदण्ड सहित बजारमा प्रवेश गर्यो भने त्यसले ब्राण्डिङ गरेको मदिरालाई स्वभाविक रुपमा ठूलो चुनौति दिनसक्ने देखिएको छ । अहिले घरेलु मदिरा देशैभरीे परिवारको जनशक्तिमा मात्रै सीमित रहेर अनौपचारिक रुपमा उत्पादन र बिक्री वितरण हुँदै आएको छ । जसले गर्दा घरेलु मदिरा राजस्वको दायरामा समेत आउन सकेको छैन । सरकारले घरेलु मदिरालाई मापदण्ड सहित उत्पादन गर्न दिने नीति लिएमा परिवारको जनशक्तिमा सीमित रहेको घरेलु मदिराले उद्योगको आकार ग्रहण गर्नुका साथै राज्यको राजस्व आम्दानीमा समेत ठूलो योगदान पुर्याउन सक्ने देखिन्छ । सरकारले गत आर्थिक वर्षमा ब्राण्डेड मदिरामार्फत २५६ अर्ब ९२ करोड र बियरमार्फत ३२ अर्ब ६१ करोड राजस्व संकलन गरेको थियो ।

गोँगबुस्थित नयाँबसपार्कभित्र होटल सञ्चालन

काठमाडौं । रातका समयमा काठमाडौं आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोँगबुस्थित नयाँबसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल  सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुको  खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको जानकारी दिए । उनले बसपार्कभित्र क्रमशः अन्य सेवासमेत विस्तार गर्दै लैजाने बताए । काठमाडौं महानगरपालिका-२६ गोँगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् ।  पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएका छन्भने पूर्वमा सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत जिल्लामा सवारीसाधन जाँदैनन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा २०५६ मा महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउदेश्यीय प्रालिसँग सम्झौता गरेर सञ्चालनको जिम्मेवारी दिएको हो । प्रविधिमैत्री टिकट बुकिङ काउन्टर स्थापना गरेर यात्रुलाई सेवा प्रदान गर्दै आएको लोत्सेले टिकटलाई अनलाइनमार्फत काट्न मिल्ने व्यवस्थासमेत मिलाउन लागेको छ । नयाँबसपार्कमा हाल एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन ‘पार्किङ’ गर्न मिल्छ । तर हाल जम्मा तीन सयदेखि तीन सय ५० सार्वजनिक सवारीसाधन मात्र पार्किङ भई सञ्चालन हुँदै आएका छन् अन्य सार्वजनिक सवारीसाधन भने नयाँ बसपार्कभन्दा बाहिर विभिन्न ठाउँमा पार्किङ गरेर सञ्चालन हुँदै आएका छन् । रासस