१० वर्षमा हरेक क्षेत्रबाट कर्णालीलाई हेर्न लायक बनाउँछु : मुख्यमन्त्री शर्मा
काठमाडौं । डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरू भएको छ । कर्णाली प्रदेश सरकार र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको दुई दिने कन्कलेभको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले डिजिटल प्रविधिबाट पानसमा दिप प्रज्वलन गरी कन्क्लेभ शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री शर्माले प्रविधिको विकास गरेर मात्र कर्णालीलाई माथि उठाउन सकिने बताए । ‘कर्णालीको भूवनोट, विकासको ढाँचालाई मध्येनजर गरेर प्रवीधिको विकास आवश्यक छ, प्रवीधिको भरपुर उपयोग गर्नु पर्छ,’ उनले भने, ‘कर्णाली प्रदेशले प्रदेशस्तरमा पहिलोपटक कन्क्लेभ आयोजना गरेको छ । अब प्रविधिको प्रयोग नगरेर कर्णालीलाई माथि उठाउन सक्दैनौं, डिजिटल कर्णाली बनाउनु पर्छ भन्ने कुरामा म कत्ति पनि बिचलित छैन् । आउँदो १० वर्षमा हरेक क्षेत्रबाट कर्णालीलाई हेर्न लायक बनाउँछु । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जीसीले २ दिने कन्क्लेभले नीतिगत मार्गदर्शन र सुदृढमा सघाउने बताए । कर्णाली प्रदेश सरकारले दोश्रो पञ्चवर्षिय योजना निर्माण गर्ने संघारमा डिजिटल कन्कलेभ आयोजना गर्दा नीति निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ ।
शुक्रबारदेखि ‘कनेक्ट आईपीएस’ लगायतका सेवा अवरुद्ध हुने
काठमाडौं । शुक्रबारदेखि ‘कनेक्ट आईपीएस’को सेवा अवरुद्ध हुने भएको छ । भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस प्रालि (एनसीएचएल)अन्तर्गतको कनेक्ट आईपीएससहितका केही भुक्तानी प्रदायकको सेवा आज रातिदेखि अवरुद्ध हुने भएको छ । कम्पनीले दिएको जानकारी अनुसार आज शुक्रबार राति १० बजेपछि कनेक्ट आईपीएसस, रिटेल पेमेन्ट स्वीच, करर्पोरेट–पे र एनपीआई लगायतका प्रणाली/च्यानलहरू अस्थायी रुपमा बन्द हुने जानकारी दिएको हो । एनसीएचएलद्वारा सञ्चालित प्रणालीहरुको सिस्टम मेन्टिनेन्सका लागि शनिबार बिहान ३ बजेसम्म सेवा अवरुद्ध रहने बताइएको छ ।
पहिले थुन्ने अनि सुन्ने मनसायले बैंकर्सले दुःख पाए : निजी क्षेत्र
काठमाडौं । धितो मूल्याङ्कनलाई आधार बनाई बैंकका कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेपछि निजी क्षेत्रका छाता संगठनहरूले दुख दिने मनासय रहेको बताएका छन् । निजी क्षेत्रका व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै पहिले थुन्ने अनि सुन्ने मनसायले बैंकका कर्मचारीलाई दुःख दिएको बताएका हुन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संयुक्त रूपमा भने, ‘नीति तथा निर्देशनमा रही काम गर्दै आएका बैंकका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेका कारण निजहरूले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको हो की भन्ने देखिएको छ, यस्ता कार्यले बैंकरहरूको कार्य दक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवं मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने र त्यसको असर समग्र अर्थतन्त्रको वृद्धि विकास असर गर्न सक्छ ।’ बैंक वित्तीय संस्थाहरू नीति नियम अनुसार तोकिएको अधिकारभित्र रही निक्षेप संकलन तथा कर्जा लगानी गर्दै आएका छन् । साथै, बैंकका कर्मचारीले कुनै निर्णय गर्दा कर्मचारी तथा संचालक समितिले तोकेका सिद्धान्त, विधी एवं नियमकै पालना गरी असल नियतवाट कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । कारोबारको प्रकृति अनुसार विभिन्न प्रकारका कर्जा प्रवाहित हुंदै आएका छन् । स्थीर पुँजी कर्जातर्फ जग्गा, भवन, मेशिनरी आदीको सोही सम्पति धितो राखी कर्जा उपलब्ध हुने र चालु पुँजीतर्फ व्यवसायले उत्पादन, कारोबारको सामानको स्टक, बिक्रीवापत उठाउन बाँकी सम्पतिलाई आधारमानि कर्जा उपलब्ध हुँदै आएको छ । बैंक वित्तीय संस्थाहरूले लगानीको निर्णय गर्दा जोखिम व्यवस्थापनको अध्ययन गरी कर्जा प्रवाह गर्ने गरेका तीनवटै संगठनको दाबी छ । ‘कर्जा प्रवाह गर्दा धितो मूल्याङ्कन गर्नु पर्ने हुन्छ । राष्ट्र् बैंकले समय समयमा देशमा कार्यरत बैंक वित्तीय संस्थाहरूको स्थलगत तथा गैरस्थलगत निरिक्षण गर्दै आएको छ । नियामकले आफ्नो जिम्मेवारी उचित तरिकाले निर्वाह गरी बैंक वित्तीय संस्थाहरुलाई उचित मार्गदर्शन समेत दिई आएका छन् । कर्जा प्रवाह गर्दा कर्जाको मूल्याङ्कन हुनु पर्ने देखिन्छ । तथापी मानवीय त्रुटी वा कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सो कार्यमा संलग्न पदाधिकारीहरुलाई प्रचलित कानून बमोजिम कारवाई हुनु पर्छ भन्नेमा हामी स्पष्ट छौ,’ विज्ञप्तिमा भनिएको छ ।
क्यामरा च्याम्पियन रियलमी सि ५३, कति पर्छ मूल्य ?
काठमाडौं । अहिले मानिसहरुमा उत्कृष्ट क्यामरा र अत्याधुनिक प्रविधियुक्त स्मार्टफोनहरुप्रतिको आकर्षण विश्वव्यापी रुपमा बढ्दो छ । चाहे आफ्नो जीवनका अमूल्य पलहरू कैद गर्न होस् वा लेटेस्ट प्रविधिको प्रयोगका लागि होस्, सबैले अत्याधुनिक प्रविधियुक्त र जोडदार क्यामेरा भएको उत्कृष्ट स्मार्टफोन खोज्छन् । राम्रो फोटो खिच्न, आफ्ना साथीभाई आफन्तसँग राम्रोसँग भिडियो कल गर्न या अहिलेको व्यस्त जीवनशैली सुहाउँदो ग्याजेट चलाउन चाहनकै लागि भए पनि मानिसहरुले नयाँ किन्ने स्मार्टफोनमा क्यामेरा चाँहि उत्कृष्ट नै खोज्छन् । ग्राहकहरुको यहि माग र चाहनालाई सम्बोधन गर्न अहिले बजारमा रियलमीको रियलमी सि ५३ उपलब्ध छ । रियलमी सि ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामेरा रहेको छ जुन यो मूल्यमा पाउने फोनहरुमध्य सबैभन्दा धेरै हो । यदि तपाई कम मूल्यमा राम्रो क्यामेरा भएको फोन खोज्दै हुनुहुन्छ भने रियलमी सि ५३ सहि रोजाइ हो । बेजोड फोटोग्राफी : यसमा भएको सबैभन्दा ठूलो क्यामेरा सेन्सरले फोटोमा हरेक रंगहरू प्रष्ट देखाउनुका साथै कम उज्यालोमा पनि सानो–सानो डिटेलसहित फोटो खिच्दछ । साथै यसको ३ टाईम्स इन् सेन्सर जूमले कुनै तस्बिरहरु जूम गर्नुपर्यो भने पनि १०० प्रतिशत रिजोलुुसनमा फोटो खिच्न सक्छ । रियलमीको सी सिरिजमा यो फिचर भएको रियलमी सि ५३ पहिलो मोडल हो । १०८ एमपिको क्यामरा भए पनि यसको फोटो प्रोसेसिङ टाईम कम भएकोले फुल रेजोलुसनमा खिच्दा पनि समय लाग्दैन । साथै यसमा भएको ०.३ एमपिको क्यामराले सुन्दर पोट्रेट सटहरु लिन्छ भने सेल्फीको लागि ८ एम पिको क्यामरा राखिएको छ जसले तपाईको सेल्फी गेम खतरा बनाउँछ । उत्कृष्ट डिजाइन: रियलमी सि ५३ को क्यामरा मात्र हैन , डिजाइन पनि उत्कृष्ट छ । अल्ट्रा–स्लिम र प्रिमियम डिजाइन रहेको यस रियलमी सि ५३ कम्प्याक्ट र हलुका तौलको छ । जसले गर्दा यो स्मार्टफोन ग्राहकहरूका लागि उत्कृष्ट विकल्प बन्न पुगेको छ । शक्तिसाली ब्याट्री र दमदार पर्फर्मेन्स ५००० एमएएचको शक्तिशाली ब्याट्री र १८ वाटको फास्ट चार्जरसहित आउने यस रियलमी सि ५३ मा दिनभरी आरामसँग भिडियो हेर्न अथवा गेम खेल्न मिल्छ । रियलमी सि ५३ मा बलियो युनिसक टाइगर टि ६१२ अक्टाकोर प्रोसेसर राखिएको छ भने स्टोरेज अप्सन चाँही ६+१२८ जिबिको रहेको छ । ६.७४ इन्चको फुल एचडी डिस्प्ले, ९० हर्ट्जको रिफ्रेस रेट र ५६० निट्स ब्राइटनेस भएको यो रियलमी सि ५३ गेम खेल्न पनि उपयुक्त छ । च्याम्पियन गोल्ड र च्याम्पियन ब्ल्याक जस्ता आकर्षक रङहरुमा उपलब्ध रहेको छ यस रियलमी सि ५३ को मूल्य भने मात्र रु. १६,४९९ रहेको छ ।
कामना सेवा विकास बैंकका ग्राहकलाई ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा छुट
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा छुट हुने भएकाे छ । बैंकले तिलोत्तमा, रुपन्देहीस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १० प्रतिशत साथै बेड शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
सार्वजनिक बिदाका कारण चीनको उत्पादन खरिद प्रबन्ध सुचकाङ्क घट्यो
चीन । चीनको उत्पादन क्षेत्रको लागि खरीद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको छ । जसमा ५० भन्दा माथिको तथ्याङ्कले विस्तारलाई जनाउँछ भने ५० भन्दा तलको तथ्याङ्कले सङ्कुचनलाई जनाउँछ । एनबीएसका वरिष्ठ तथ्याङ्कविद् झाओ किङ्घेले फेब्रअरी १०-१७ चलेको ‘स्प्रिङ फेस्टिभल’को लामो बिदाले गिरावट ल्याएको बताए । उनका अनुसार यस अवधिमा कर्मचारीहरू घर फर्किने भएकोले परम्परागत उत्पादनमा कमी आउँछ । ठूला उद्यमहरूमा अघिल्लो महिनाको तुलनामा विस्तारको दायरामा रहेको उप-सूचकाङ्क ५०.४ पुगेको थियो । यसैबीच, उत्पादनका लागि उप-सूचकाङ्कमा अघिल्लो महिनाको तुलनामा १.५ अङ्कले कमी आई ४९.८ कायम भएको छ । यसले कम सक्रिय उत्पादनलाई सङ्केत गर्दछ । नयाँ मागको उप-सूचकाङ्क अघिल्लो महिनाको समान ४९ कायम भएको छ । यसले अघिल्लो महिनाको तुलनामा फेब्रुअरीमा उत्पादन बजारमा माग घटेको सङ्केत गरेको छ । उत्पादन कम्पनीलगातार बजार विस्तारको सन्दर्भमा भने आशावादी रहेको उत्पादन र व्यापार पूर्वानुमानको लागि उप-सूचकाङ्क ५४.२ कायम भएको छ । अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले बढी हो । चीनको गैर–विनिर्माण क्षेत्रको पीएमआई फेब्रुअरीमा ५१.४ मा आएको छ, जुन जनवरीमा ५०.७ थियो । रासस
ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय समुदायलाई विद्युत प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, वेलायत, अमेरिका, युरोपेली संघ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत्, उत्पादन, प्रसारण र वितरणको विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन आग्रह गरेको छ । स्वीज राजदूत डानियल मिउली, विश्व बैंकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोस, एसियाली विकास बैंक (एडिबी), नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा, युरोपेली सङ्घ, अमेरिकी सहायता नियोगलगायतका विकास साझेदारका प्रतिनिधिहरु सम्मिलित टोलीले बिहीबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यवस्तीस्थित २२० केभी नयाँ बुटवल सबस्टेसनको शुक्रबार अनुगमन भ्रमण गरेको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको सहुलितपूर्ण ऋणमा कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको हो । ऊक्त सबस्टेसनको अनुगमन भ्रमणमा पुगेको टोलीलाई प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन आग्रह गरेको हो । नेपालको ऊर्जा क्षेत्रमा हासिल भएका उपलब्धीहरुको प्रशंसा गर्दै टोलीले थप लगानी बढाउने प्रतिबद्धता जनाएको थियो । नेपालमा जलविद्युत उत्पादन, प्रसारण वितरणको अवस्था र भारत तथा बंगलादेशसँगको विद्युत्का विषयमा जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी ५/६ वर्षमा १२/१३ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको बताए । ‘विद्युत उत्पादन बढाउन र प्रणालीको विस्तार तथा सुदृढीकरणका लागि आगामी आगामी ५/६ वर्षमा विद्युत् उत्पादनतर्फ ६ अर्ब डलर, प्रसारणतर्फ ५ अर्ब र वितरणतर्फ २ अर्ब डलरभन्दा बढी चाहिन्छ,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘देशभित्र विद्युत्का् खपत बढाउने हाम्रो प्राथमिकता हो, यहाँ खपत गरी बढी भएको विद्युत् मात्र छिमेकी देशहरुलाई बिक्री गर्ने हो, यसका लागि पूर्वाधार संरचना विस्तारका लागि ठूलो लगानी आवश्यक छ, लगानी बढाउन विकास साझेदाहरुलाई आग्रह गर्दछु ।’ विश्व बैकका नेपाल, माल्दिभ्स तथा श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्वोसले बैंको नेतृत्वमा १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत अयोजनामा लगानी गर्ने विषय अन्तिम चरणमा पुगेको बताए । उनले आयोजना कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक सुरक्षणका व्यवस्था कार्यान्वयनमा विशेष ध्यान दिइनु पर्नेमा जोड दिए । एडिबीका नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले नेपालको ऊर्जा क्षेत्रमा विगत ५० वर्षबाट साझेदारी गरिरहेको उल्लेख गर्दै बैंकको नेतृत्वमा ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा सन् २०२४ भित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए । टोलीले सबस्टेसनको नियन्त्रण कक्षलगायतको अवलोकन भ्रमण गरी विद्युत प्रसारण र वितरणको अवस्थाका बारेमा जानकारी लिएको थियो । कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन र तीन वटा सबस्टेसनहरुको निर्माण गरिएको हो । कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्मको करिब १३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले करिब २ हजार मेगावाट विद्युत् भार बोक्न सक्ने छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एडिबीको एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न गरिंदैछ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिने छ ।
प्रभु महालक्ष्मी लाइफको सीईओमा प्रसाई नियुक्त
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् । फागुन १८ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले प्रसाईलाई सीईओमा नियुक्त गरेको हो । नेपाल बीमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाई अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् । प्रसाईसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र साविक प्रभु लाइफ इन्स्योरेन्सको सीईओको रुपमा नेतृत्व गरेको अनुभव छ । साविकको प्रभु लाइफमा सीईओका रुपमा कार्य गर्दै गर्दा साविकको महालक्ष्मी लाईफसँग मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ती प्रदान गरेको छ । प्रसाई चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।