विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन
काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन् । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो । नवनिर्वाचित सभापति पन्तलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराए । उनले नवनिर्वाचित सभापति पन्तलाई बधाई तथा शुभकामनासमेत दिए। राष्ट्रियसभा नियमावलीअनुसार समितिको सभापति पदमा निर्वाचित सदस्यले राष्ट्रियसभाका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । नवनिर्वाचित सभापति पन्तले शपथ लगत्तै पद बहाली गरिन् । समितिको सभापतिको कार्यकाल दुई वर्षको हुन्छ । सो अवसरमा सभापति पन्तले समितिको कार्यक्षेत्रबमोजिम सुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । उनले दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक सबलीकरण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणलगायत महत्वपूर्ण विषयलाई प्रभावकारी रुपमा उठाउने बताइन् । सभापति पन्तले समितिको कार्यक्षेत्रसँग जोडिएका विषयलाई ‘टिमवर्क’ (समूहमा मिलेर गरिने काम) मार्फत प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई समितिकातर्फबाट सहजीकरण गर्ने बताइन्यो । भ्रष्टाचार न्यूनीकरण नभएसम्म सुशासन प्रवर्द्धन नहुने भन्दै उनले त्यसतर्फ समिति क्रियाशील रहने बताइन् ।
चक्रपथ सडक स्तरोन्नति छिटो गर्न माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौंको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौंको लाखौँ नागरिकको जनजीवन र स्वास्थ्यसँग जोडिएको चक्रपथ निर्माणका लागि सम्झौता भएको ६ वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेको बताए । उनले काठमाडौंमा ट्राफिक व्यवस्थापनका लागि पनि विष्णुमति करिडोरलगायत सडक तत्काल निर्माण गर्न माग गरे । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले डोटीको सेती नदी नियन्त्रणका लागि माग गरे। नेकपा (एमाले) का सांसद निर्मला कोइरालाले मधेस प्रदेशको विकासका लागि कृषिलाई प्राथमिकतामा राख्न माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले धर्मसन्तान राख्न पाउने कानुनी व्यवस्था सहज बनाउन माग गरिन् । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले दाङ, सल्यान र रुकुम राप्ती राजमार्गको स्तरोन्नतिका लागि बजेट सुनिश्चितता गर्न माग गरे । रास्वपाका सांसद विनिता कठायतले २०२६ सालदेखि पाइपलाइनमा रेहको चलचित्र विधेयक सदनमा पेस गर्न माग गरिन् । यसैगरी सांसद पुष्पबहादुर शाह, पूर्णबहादुर घर्ती मगर, प्रतिमा गौतम, प्रतिक्षा तिवारी, प्रभु हजारा, सांसद बद्रीप्रसाद पाण्डे, वासुदेव घिमिरे र विन्दवासिनी कङ्साकारले सडक निर्माण, डढेलो नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
अकामा होटलमा साढे २२ करोड लगानी गर्दै रिलायबल प्राइभेट इक्वीटी फण्ड
काठमाडौं । रिलायबल भेन्चर क्यापिटलद्वारा प्रवर्द्धित रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटलबीच लगानी सम्झौता भएको छ । हालै आयोजित एक कार्यक्रममा रिलायबल प्राइभेट इक्वीटी फण्डले पाँचतारे वर्गको अकामा होटलमा लगानी गर्ने सम्झौता भएको हो । फण्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झा र अकामा होटलको तर्फबाट होटलका अध्यक्ष विनयकुमार श्रेष्ठले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा २२ करोड ५० लाख रुपैँया लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात् कायम रहने सेयर पुँजीको १० प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ । रिलायबल प्राइभेट इक्वीटी फण्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो । जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ । यस कोषको मुख्य उद्देश्य सूचिकृत नभएका संस्थाहरुमा लगानी गरी सो सस्ंथाहरुलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ ।
टिसिएलले ल्यायो नेपालको सबैभन्दा ठूलो ९८ इन्चको एलईडी टिभी
काठमाडौं । टिसिएलले नेपालको सबैभन्दा ठूलो ९८ इन्चको क्युडि–मिनी एलईडि टिभी ल्याएको छ । उपभोक्ता इलेक्ट्रोनक्सि र स्मार्ट टेक्नोलोजीमा विश्वव्यापि अग्रणी टिसीएलले नेपालमा पहिलो पटक घरेलु मनोरञ्जनमा आफ्नो नयाँ आविष्कार ९८ इन्चको क्युडि-मिनी एलईडि टिभी नेपाली बजारमा ल्याएको हो । कम्पनीका अनुसार ठूलो ९८ इन्चको स्क्रनि साइजको साथ, ९८ इन्चको क्यु.डि-मिनी एलईडि टिभीले दृश्य उत्कृष्टताको लागि नयाँ मानक सेट गर्दछ, जसले उपभोक्ताहरूलाई असाधारण रूपमा जीवन्त र इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ । टिसिएलको स्वामत्विमा रहेको क्वान्टम डट टेक्नोलोजीद्वारा सञ्चालित, टिभीले १ अर्बभन्दा बढी जीवन्त र सटीक रंगहरू प्रदर्शन गर्दछ, डिसिआई–पि३ मानक अनुसार ९६ इन्च सम्मको फराकिलो रङ भोल्युम प्रदान गर्दछ । चलचित्र हेर्ने, खेल खेल्ने वा स्ट्रमिङि सामग्री, प्रयोगकर्ताहरूले आफूलाई बेजोड चमक र गहिराइको साथ रंगहरूको संसारमा डुबाउन सक्ने कम्पनीको भनाई छ । यसमा ५०० भन्दा बढी लोकल डिमिङ जोन, एचडीआर १३०० निट्सको ब्राइटनेस, एआईपीक्यू प्रोसेसर ३.०, एचडीआर १०+, डल्बी भिजन एट्मस, गेम मास्टर २.०, एएमडी फ्रिसिंक प्रिमियम प्रो जस्ता फिचर रहेका छन् । एआई पिक्चर क्वालिटी प्रोसेसरस् एआई (संचालति प्रोसेसरले प्राकृतकि संसार जस्तै जीवन्त रंग, उत्कृष्ट कन्ट्रास्ट र क्रिस्टल स्पष्टताका साथ दृश्यहरू पुर्न उत्पादन गर्दै छवि गुणस्तर बुझ्छ र अप्टिमाइज गर्ने छ । टिसिएल उपभोक्ता इलेक्ट्रोनक्सि उद्योगको एक अग्रणी खेलाडी हो, जुन क्युलेड प्रविधिलाई अंगाल्ने र दैनिक जीवनमा सुधार गर्ने अत्याधुनिक उत्पादनहरू प्रदान गर्नका लागि परिचित छ ।
ग्लोवल मनि विकलाई देशको कुना-कुना लैजान्छौं : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्याइने बताएका छन् । सोमबार काठमाडौंको ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्याउन जरुरी रहेको बताए । ग्लोबल मनि विकको अभियान शुरुवाती चरणबाटै सक्रिय रहेको बताउँदै उनले यो अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिवद्धता जनाए । गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना-कुना लैजाने योजना रहेको पनि उल्लेख गरे । अधिकारीले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए । उनले कुनैपनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए । उनले भने,‘ ग्लोवल मनि विकको अभियान हरेक जिल्लामा लैजान्छौं । कुनैपनि प्रोक्डट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तिय चेतना हुन जरुरी छ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता फ्रेमवर्क जारी गरेको छ । जुन फ्रेमवर्कभित्र सबै बैंक वित्तिय संस्थाहरु उत्तरदायित्वहरु पनि राखिएको छ । सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था छ । हामीले विद्यालयको पाठ्यक्रममा पनि वित्तिय साक्षरता सम्बन्धि शिक्षा राख्ने कार्ययोजना बनाएका छौं । त्यसको लागि समन्वय भइरहेको छ । वित्तीय साक्षरता पाठ्यक्रममा राख्ने काम हुने छ । पैसाको वचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिन्छ । वचत भन्ने कुरा भविष्यमा कमाएर मात्रै गर्ने भन्नेकुरा होइन । बाल्यकालदेखि बानी बसाउने हो । खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाइयो भने भविष्यलाई सुरक्षित गर्छ ।’ ग्लोवल मनी वीक २०२४ आईतबार अर्थात चैत ४ गतेदेखि शुरु भएको छ । ग्लोवल मनी विक ओईसीडि वित्तीय शिक्षाको लागि अन्तर्राष्ट्रिय सञ्जालले मार्च १८ –२४ मार्चसम्म विश्वव्यापी रूपमा रुपमा आयोजना गर्ने साप्ताहिक कार्यक्रम हो । सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी विक विश्वभर मनाउने गरिएको छ । यो बालबालिका र किशोर किशोरीहरुमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले मनाइने एउटा अभियान हो । यस वर्षको ग्लोवल मनी वीकको नारा ‘प्रोटेक्ट युअर मनी, सेक्योर योर फ्युचर’ रहेको छ ।
सरकारले तय गरेको लक्ष्य अनुसार लिन सकेन वैदेशिक ऋण
काठमााडौं । सरकारले चालु आर्थिक वर्ष (आव)मा लक्षित गरेको वैदेशिक ऋण लिन नसकेको देखिएको छ । चालु आवको बजेटमा २ खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋण लिने भनेको सरकारले आवको ८ महिना समय बित्दा मात्रै ५५ अर्ब ५५ करोड ६५ लाख वैदेशिक ऋण प्राप्त गरेको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा वैदेशिक ऋण १ खर्ब ८० अर्ब ६७ लाखमा सीमित हुने बताइसकेको छ । तरपनि आठमहिना अवधिसम्मको वैदेशिक ऋण प्राप्तिको अवस्थालाई हेर्दा सरकारले आगामी ४ महिनाभित्रमा आधा भन्दा धेरै वैदेशिक ऋण प्राप्त गर्नसक्ने सम्भावना पनि कम देखिएको छ । सरकारले चालु आवमा २ खर्ब ४० अर्ब आन्तरिक ऋण लिने लक्ष्य तय गरेको थियो । जसमध्ये चालु आवको ८ महिना अवधिमा १ खर्ब ६३ अर्ब ३१ करोड लिएको छ । ८ महिनामा थपियो २ खर्ब बढी ऋण गत आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्तसम्म २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको नेपालको सार्वजनिक ऋण चालु आवको फागुन मसान्तसम्म आउँदा २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । चालु आवको ८ महिना अवधिमा सरकारले २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको झण्डै ४४ प्रतिशत हाराहारीमा सार्वजनिक ऋणको हिस्सा पुगेको छ । जसमध्ये ११ खर्ब ८५ अर्ब आन्तरिक र १२ खर्ब २ अर्ब वाह्य ऋण रहेको छ । जुन ऋण २०७८ सालको जनगणनाअनुसारको नेपालको कुल जनसंख्यामा भाग लगाउँदा प्रतिव्यक्ति ८१ हजार ८ सय ८९ रुपैयाँ पुगेको छ ।
थापालाई सांसद चौधरीको जवाफः अरुलाई औँला देखाउनुअघि आफैँतिर फर्किएका औँलाहरू हेर्नुस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्री स्वीकार्न आँट गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले रवि लामिछाने जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको भन्दै गृहमन्त्रीको रूपमा स्वीकार्न आँट गर्न आग्रह गरेका हुन् । यसअघि बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्नुपर्ने धारणा राखेका थिए । त्यसको जवाफ दिँदै सांसद चौधरीले अरुलाई औँला देखाउनुअघि आफैँतिर फर्किएका औँलाहरू हेर्न आग्रह गरे । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई पनि छानविन गर्नुपर्छ : गगन थापा उनले भने- ‘सत्ताको लागि पानी बिनाको माछाझैँ नतड्पिन म माननीयजीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु । माननीय रवि लामिछानेमाथि भएको जनताको मत, विश्वासको, इज्जत र कदर गरौँ र सोही विश्वासलाई कायम गर्न आएको रूपमा उहाँलाई उपप्रधान तथा गृहमन्त्रीको रूपमा स्वीकार गर्न आँट गरौँ । किनकि देशमा सुशासन त कायम गर्नैपर्छ । आफू भलो त जगत भलो भनेझैँ अरुलाई औँला देखाउनुभन्दा पहिला आफैँतर्फ फर्किएका औँलाहरू हेर्न सुझाव दिन चाहन्छु ।’ उनले सांसद थापालाई सत्ताका लागि पानी बिनाको माछाझैँ नतड्पिन सुझावसमेत दिए ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई पनि छानविन गर्नुपर्छ : गगन थापा
काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानूनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने बताएका हुन् । उनले लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउने बताए । उनले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्ने बताए । गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका पनि व्यक्त गर्नुभयो । उहाँले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग गरे । ‘रिपोर्टले भन्यो सय जना मानिसहरुले नक्कली खाता खोलेर करिव १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८ औँ पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहरु मध्येको एउटा नाम हो रवि लामिछाने । माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ । मैले राम्रो सँग सुने, पढेँ पनि । स्पष्टिकरणमा भनिएको छ, कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन । सहकारीको सदस्य होइन, कसैले मेरो नाम लग्यो होला । कोही सहकारीको सदस्य होइन । एउटा सहकारीको मात्र छोडेर हुँदैन, सबै सहकारीलाई छोड्नुपर्छ । सरकार यही गर्न तयार हो ? मेरो प्रधानमन्त्रीलाई प्रश्न छ’, उनले भने । उनले नक्कली भूटानी शरणार्थी प्रकरण, सुन प्रकरण लगायतका देखापरेका सबै प्रकारका भ्रष्टाचारका घटनाहरुको छानविन गरी दोषिलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।