सरकारले तय गरेको लक्ष्य अनुसार लिन सकेन वैदेशिक ऋण

<p>काठमााडौं । सरकारले चालु आर्थिक वर्ष (आव)मा लक्षित गरेको वैदेशिक ऋण लिन नसकेको देखिएको छ । चालु आवको बजेटमा २ खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋण लिने भनेको सरकारले आवको ८ महिना समय बित्दा मात्रै ५५ अर्ब ५५ करोड ६५ लाख वैदेशिक ऋण प्राप्त गरेको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा वैदेशिक [&hellip;]</p>

काठमााडौं । सरकारले चालु आर्थिक वर्ष (आव)मा लक्षित गरेको वैदेशिक ऋण लिन नसकेको देखिएको छ । चालु आवको बजेटमा २ खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋण लिने भनेको सरकारले आवको ८ महिना समय बित्दा मात्रै ५५ अर्ब ५५ करोड ६५ लाख वैदेशिक ऋण प्राप्त गरेको छ ।

अर्थमन्त्रालयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा वैदेशिक ऋण १ खर्ब ८० अर्ब ६७ लाखमा सीमित हुने बताइसकेको छ । तरपनि आठमहिना अवधिसम्मको वैदेशिक ऋण प्राप्तिको अवस्थालाई हेर्दा सरकारले आगामी ४ महिनाभित्रमा आधा भन्दा धेरै वैदेशिक ऋण प्राप्त गर्नसक्ने सम्भावना पनि कम देखिएको छ ।

सरकारले चालु आवमा २ खर्ब ४० अर्ब आन्तरिक ऋण लिने लक्ष्य तय गरेको थियो । जसमध्ये चालु आवको ८ महिना अवधिमा १ खर्ब ६३ अर्ब ३१ करोड लिएको छ ।

८ महिनामा थपियो २ खर्ब बढी ऋण

गत आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्तसम्म २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको नेपालको सार्वजनिक ऋण चालु आवको फागुन मसान्तसम्म आउँदा २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । चालु आवको ८ महिना अवधिमा सरकारले २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ सार्वजनिक ऋण थपेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादनको झण्डै ४४ प्रतिशत हाराहारीमा सार्वजनिक ऋणको हिस्सा पुगेको छ । जसमध्ये ११ खर्ब ८५ अर्ब आन्तरिक र १२ खर्ब २ अर्ब वाह्य ऋण रहेको छ । जुन ऋण २०७८ सालको जनगणनाअनुसारको नेपालको कुल जनसंख्यामा भाग लगाउँदा प्रतिव्यक्ति ८१ हजार ८ सय ८९ रुपैयाँ पुगेको छ ।

Share News