महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ति वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकले जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था तत्कालिन मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठका छोरा तथा मनकामना दर्शनका निर्देशक राजेश बाबु क्षेष्ठले विद्यालयका पदाधिकारीहरु र बैंक व्यवस्थापनको रोहबरमा छात्र सन्तोष कुमार मण्डललाई हस्तान्तरण गरेका हो । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै राजेश बाबु श्रेष्ठले नेपालमै अवसरहरु रहेको र देशमा उत्पादित जनशक्तिले आफ्नै देशमा रहेर देशको लागि योगदान पुर्याउनुपर्ने विचार व्यक्त गरे । साथै बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आगामी दिनहरुमा छात्रवृत्तिका कार्यक्रमहरुलाई परिमार्जित गर्दै शिक्षा क्षेत्रमा थप टेवा पुर्याउने कुरा बताए । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
अधिकांश मन्त्रीको घरजग्गा र सुनमा मोह, यी हुन् सबैभन्दा धनाड्य मन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको छ । सार्वजनिक सम्पत्ति अनुसार। अधिकांश मन्त्रीहरूको घरजग्गा र सुनमा लगानी भएको देखिन्छ । कतिपयले सेयर बजारमा पनि लगानी गरेका छन् भने केही मन्त्रीहरूले विभिन्न व्यवसायमा पनि व्यावसायिक साझेदारको रूपमा काम गरेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव र राज्यमन्त्री हसिना खानको सम्पत्ति सार्वजनिक भएको छैन । कुनको सम्पत्ति कति ? १. पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको विवरण अनुसार प्रधानमन्त्रीसँग सो सम्पत्ति देखिएको हो । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ । यस्तै, उनको भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ । प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैंक लिमिटेडसँग २५ लाख नगद मौज्दात रहेको उल्लेख छ । २. रघुबीर महासेठ, भौतिक पूर्वाधार मन्त्री उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठको २ करोड २५ लाख रुपैयाँ नगद रुपैयाँ रहेको छ । मन्त्री महासेठको सम्पत्ति विवरण अनुसार उनीसँग ४३ तोला सुन, १.५ केजी चाँदी रहेको छ । काठमाडौं र ललितपुरको जग्गा बिक्री पैतृक सम्पत्ति बिक्री गरेर सो बराबरको रकम आर्जन गरेका हुन् । साथै उनीसँग ७ थान औँठी, ३ थान सिक्री, ३ जोडा कानमा लगाउने र २ जोडा चुरा (बाला) रहेका छन् । उनकी श्रीमति जुली कुमारी महत्तोको नाममा धुनषा र ललितपुरमा २ वटा घर र विभिन्न ५ ठाउँमा जग्गा रहेको छ । मन्त्री महासेठको नाममा विभिन्न ७ बैंक र श्रीमति महत्ताको विभिन्न नाममा विभिन्न ७ वटा बैंकमा बैंक खाता छन् । यस्तै, महत्ताको स्वामित्वमा गुडविल फाइनान्समा ५ लाख रुपैयाँ, महिला लघुवित्तमा १ करोड रुपैयाँ, कर्पाेरेट बैंकमा २ करोड ५० लाख रुपैयाँ गरी ३ करोड ५५ लाख बराबरको सेयर स्वामित्व रहेको छ । ३. नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् । मंगलबार सम्पत्ति विवरणमा उनले गोरखाको सिरानचोकमा रहेको पैतृक सम्पत्ति २०५८ सालमा नै पार्टीलाई हस्तान्तरण गरिसकेको र त्यो प्रक्रियामै रहेको उल्लेख गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ । एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना छ । त्यसलाई उनले पैत्रिक भनेका छन् र २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताएका छन् । उनीसँग कुनै पनि कम्पनीको सेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ । श्रेष्ठले सम्पत्ति विवरणमा बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख गरेका छन् । ४. रवी लामिछाने, गृहमन्त्री गृहमन्त्री रवी लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गहृमन्त्री लामिछानेसँग भक्तपुरमा १ रोपनी १ आना र काठमाडौंको गोपीकृष्ण प्रालिमा १० रोपनी जग्गा सम्पत्ति रहेको सार्वजनिक भएको छ । सो सम्पत्ति श्रीमतिको माइतीतर्फबाट पारिवारिक संगोल भएको उल्लेख छ । यस्तै, उनीसँग करिब ८० तोला सुन र २० केजी चाँदीका भाँडाकुडा रहेको उल्लेख छ । यो सम्पत्ति श्रीमती निकिता पौेडलेको आमाबुबाले खरिद गरेको बताइएको छ । यो श्रीमतीको सम्पत्ति भएको विवरणमा उल्लेख छ । यस्तै, रविको ग्लोबल आइएमई र नेपाल बैंकमा खाता छ । ती दुई बैंकमा १ लाख ५५ हजार बचत छ भने श्रीमती पौडेलको नाममा पाँच बैंकमा बचत छ । ती बैंकमा ५ लाख ५८ हजार बढी बचत देखिन्छ । उनीसँग घर निर्माण गर्दाको डेढ करोड रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख छ । उनको श्रीमती पौडेलसँग एक विद्युतीय गाडी रहेको छ भने उनकै नाममा ८ करोड ७५ लाखको गोपीकेष्णमा सेयर स्वामित्व रहेको छ । ५. वर्षमान पुन, अर्थमन्त्री अर्थमन्त्री पुनसँग ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग एनएमबी बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ बचत छ । उक्त रकम प्राप्तिको स्रोत तलब भत्ता रहेको उल्लेख गरिएको छ । अर्थमन्त्री पुनको रोल्पा नगरपालिका ७ मा ८२० वर्ग मिटरमा फेलिएको घर रहेको र उक्त घर पैतृक रुपमा प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै मन्त्री पुनसँग बा ००१ अ ०००९ नम्बरको सावरी साधन रहेको छ त्यो पार्टीको सम्पत्ति भएको उल्लेख गरिएको छ । ६. बिराजभक्त श्रेष्ठ, खेलकुद मन्त्री युवा तथा खेलकुल मन्त्री विराजभक्त श्रेष्ठसँग १ करोडको सयर रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको नाममा एउटा घर, करोड बढीको विभिन्न बैंकको सेयर, र १५ तोला सुन सम्पत्ति देखिएको छ । उनले सो घर पैतृक जग्गा बिक्री गरेर निर्माण गरेको बताएका छन् । उनीसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको आठ वटा बैंकमा ९० लाख बढी बचत रहेको उल्लेख गरेका छन् । उनले सो रकम स्वआर्जन भएको घोषणा गरेका छन् । नेपाल स्टक एक्सजेञ्जमा विभिन्न कम्पनीको १ करोड बराबरको सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग २० लाख रुपैयाँ ऋण रहेको पनि सार्वजनिक गरेका छन् । ७. डोल प्रसाद अर्याल, श्रममन्त्री श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग १५० तोला सुन रहेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनीसँग १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । मन्त्री अर्यालले उल्लेख गरे अनुसार सुनचाँदी र हिराको खरिद मूल्य ८८ लाख ३४ हजार ५ सय रहेको रहेको छ । मन्त्री अर्यालको सम्पत्ति विवरणअनुसार काठमाडौं महानगर १६ मा २८७.१४ वर्ग मिटरमा ३ करोडको घर रहेको छ । यस्तै, मन्त्री अर्याल र श्रीमती अम्बिका केसीको नाममा १२ स्थानमा जग्गा रहेको छ । अर्यालकी श्रीमती केसीको नाममा काठमाडौं र धादिङमा गरेर ६ स्थानमा र अर्यालको नाममा लमजुङ र भक्तपुरमा गरि ६ स्थानमा सम्पत्ति रहेको छ । यी सबै जग्गा ५ करोड २८ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । सम्पत्ति प्राप्तिको स्रोत निजी कमाइ र व्यापार भएको विवरणमा उल्लेख गरिएको छ । श्रममन्त्री अर्यालको र श्रीमतीको नाममा गरेर विभिन्न बैंकमा २ करोड १८ लाख नगद मौजदात भएको उल्लेख छ । मन्त्री अर्यालसँग विभिन्न ६ वटा संस्थाको सेयर रहेको छ । साविक मेगा बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा) मा १० हजार कित्ता, विग इन्भेस्टमेन्टमा ३५ हजार कित्ता, पिपुल इन्भेस्टमेन्टमा ९ हजार कित्ता, जनसागर सहकारीमा १० हजार कित्ता, सुवर्णभूमि सहकारीमा १ हजार कित्ता र संयम सहकारीमा २ हजार गरि कुल ६७ हजार कित्ता सेयर स्वामित्व रहेको छ । जनसागर सहकारीबाट २ करोड रुपैयाँ, रेशम केसी र सुशिल प्रधानाङ्गबाट ५० लाख रुपैयाँ गरी २ करोड ५० लाख ऋण लिएकोमा १ लाख ५० तिरेको उल्लेख छ । अर्यालको नाममा १ करोड २५ लाखमा खरिद गरेको टोयोटा प्राडो कार र उनकी श्रीमतीका नाममा ४३ लाखमा खरिद गरेको टाटा नेक्सन इभी रहेको छ । ८. सुमना श्रेष्ठ, शिक्षा मन्त्री शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार शिक्षामन्त्री श्रेष्ठको ११ तोला सुन, १०० तोला चाँदी, एक सेट हिराको गहना र १ सेट हिरा रहेको छ । यस्तै, मन्त्री श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा विभिन्न बैंकमा ६ करोड रुपैयाँ नगद बचत रहेको पनि सार्वजनिक गरिएको छ । एनआईसी एसिया बैंकको चाबहिल शाखामा १ लाख १५ लाख र चाबहिलमा नै रहेको एभरेष्ट बैंकमा ३७ लाख रुपैयाँ सम्पत्ति रहेको विवरणमा उल्लेख छ । उनका पति पाबल स्वाकिन्स्किले पारिश्रमिकबाट १ लाख ८९ हजार ७ सय डलर र १ लाख ८० हजार डलर उपहारबापत प्राप्त गरेको उनले उल्लेख गरेकी छिन् । यस्तै काभ्रेमा ८ वर्ग क्षेत्रेफल रहेको ९ लाख ९५ हजार बराबरको जग्गा पनि श्रेष्ठको नाममा रहेको विवरणमा खुलाइएको छ । शिक्षामन्त्री श्रेष्ठलाई उनका बाबुले उपहार दिएको नबिल बैंकमा ७४९ कित्ता सेयरसहित अन्य ३ कम्पनीमा २५ प्रतिशतदेखि ७० प्रतिशतसम्म सेयर रहेको सम्पत्ति विवतरणमा उल्लेख छ । उनले आफ्नो नाममा १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटर र कोसी कोल्याबोको २० लाख मूल्य पर्ने ईभी रहेको पनि उल्लेख गरेकी छिन् । ९. भानुभक्त जोशी, सामान्य प्रशासन मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँग डेढ लाख रुपैयाँ नगद रहेको छ । मन्त्री जोशीको सार्वजनिक सम्पत्ति विवरण अनुसार विभिन्न बैंक खातामा १ लाख ६९ हजार रुपैयाँ नगद रहेको छ । काठमाडौंको किर्तीपुर, बझाङको छविसपाथिभेरा ४ र जयपृथ्वी नगरपालिका ७ मा गरी ३ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, जयराज जोशीको नाममा बझाङका विभिन्न ठाउँमा जग्गा र काठमाडौंमा निर्मला कुमारी कोइरालाको नाममा जग्गा छ । मन्त्री जोशीसँग ३१ तोला सुन र ६० तोला चाँदी रहेको छ । उक्त सुनचाँदी पैतृक सम्पत्ति र विवाहबाट दाइजो प्राप्त भएको जोशीले बताएका छन् । जयलक्ष्मी देवी जोशीको नाममा रंगुन खोलाको ८ लाखको सेयर रहेको छ भने ४३ लाख रुपैयाँ ऋण छ । उक्त ऋणवापत ३ लाख १० हजार रुपैयाँ ब्याज तिरेको विवरणमा उल्लेख छ । १०. शक्तिबहादुर बस्नेत, उर्जा मन्त्री ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग ४५ लाख रुपैयाँ नगद रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको उनको सम्पति विवरणमा उल्लेख भए अनुसार जाजरकोटमा ४ रोपनी १३ आना जग्गा रहेको छ । छोरी संगम बस्नेत र श्रीमती सत्या पहाडीको नाममा उक्त जग्गा रहेको उल्लेख छ । उनीसँग सुन ५ तोला रहेको छ । एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकमा १० लाख तथा बैंक उल्लेख नगरिएको ३५ लाख रुपैयाँ रहेको उल्लेख छ । उनको श्रीमतीको नाममा ६ लाख रुपैयाँको सेयर रहेको छ । ११. बलराम अधिकारी, सहकारी मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३० लाख रुपैयाँ बैंकमा बचत रहेको सम्पत्ति सार्वजनिक गरेका छन् । जसमध्ये १५ लाख छोराको नाममा छ । उनको कपिलवस्तुका विभिन्न स्थानमा २ बिघा जमिन रहेको र ५ कठ्ठा जमिनमा घर रहेको पनि सम्पत्ति विवरणमा देखाएका छन् । यसवाहेक गरिबी निवारमन्त्री अधिकारीले दुई व्यक्तिलाई २५ लाख र २० लाख गरी ४५ लाख ऋण दिएको पनि आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन रहेको सार्वजनिक गरेका छन् । १२. नवलकिशोर साह, वनमन्त्री वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको करिब ४० लाख रुपैयाँ बचत रहेको सम्पत्ति सार्वजनिक गरेका छन् । उनले विभिन्न १२ वटा बैंकको खातामा ४५ लाख ९९ हजार ३६२ रुपैयाँ रहेको उल्लेख गरेको छन् । उनीसँग ५६ तोल सुन रहेको छ भने करिब डेढ केजी चाँदी रहेको उल्लेख छ उनले सम्पत्तिमा बन्दुक (१२ बोर) राइफल रहेको पनि बताएका छन् । उनको १५ स्थानमा ५ बिगाहा बढी जग्गा बताएका छन् भने सप्तरीको विभिन्न ठाउँम घर रहेको बताएका छन् । १३. हितबहादुर तामाङ, पर्यटनमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री तामाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात रहेको छ । उनले तलब भत्ताबापत चल सम्पत्तिमा १३ लाख नगद पनि उल्लेख गरेका छन् । यस्तै उनीसँग ६ तोला सुन र ७/८ तोला चाँदी रहेको र ती तलब भत्ताबाट किनेको विवरणमा खुलाइएको छ । त्यसैगरी उनको जन्मस्थान नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको पनि उल्लेख छ । १४. भगबती चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्री भगबती चौधरीसँग सुनसरीको दुहबी र काठमाडौंमा गरी २ वटा घर रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार काठमाडौंको घर २ करोड ६७ लाख रुपैयाँमा खरिद गरिएको हो । साथै, मन्त्री चौधरीसँग सुनसरी र दाङ्गका विभिन्न ६ ठाउँमा जग्गा रहेको छ भने २५ केजी चाँदी र ७५ तोला सुन रहेको छ । मन्त्री चौधरीको विभिन्न बैंकमा १८ लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ । मन्त्री चौधरी फरवार्ड माइक्रोफाइनान्सकी संस्थापक सेयरधनी हुन् । उक्त लघुवित्तमा चौधरीको २ लाख ४२ हजार १०५ कित्ता सेयर छ भने अन्य कम्पनीहरूमा १ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ । उनले नेपाल बैंकबाट ६० लाख रुपैयाँ, इन्भेष्टमेन्ट बैंकबाट ५० लाख र अन्यबाट १ करोड रुपैयाँ ऋण लिएको छ । साथै उक्त ऋण विभिन्न समयमा चुक्ता गरिसकेको बताइएको छ । ४ लाख ६५ हजारको मोटरसाइकल रहेको छ । १५. दामोदर भण्डारी, उद्योग मन्त्री उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । भण्डारीले आफ्नो सम्पत्ति विवरणमा बैतडीको पाटनमा घर र जग्गा रहेको उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा उनले सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनले पाटनमा उदय सिंह भण्डारीको नाममा ६ कोठे पुर्ख्यौली घर र २ रोपनी जग्गा रहेको उल्लेख गरेका हुन् । त्यसै गरी कविता भण्डारीको नाममा कञ्चनपुरमा २ कट्ठा जग्गा रहेको रहेको बताएका छन् । त्यस्तै, भण्डारीले श्रीमतीको नोकरी र कृषि व्यवसायबाट खरिद गरिएको ६ तोला सुन रहेको उल्लेख गरेका छन् । त्यस्तै, आफ्नो नाममा एभरेस्ट बैंकमा ८ लाख ६४ हजार ४४६ रुपैयाँ, कविता भण्डारीको नाममा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल बैंकमा क्रमशः १ हजार र ३ लाख ६३ हजार रुपैयाँ रहेको उनले खुलाएका छन् । प्रसिद्ध भण्डारीको नाममा संगम हस्पिटलमा प्रालिमा ८ लाख बराबरको ८ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख गरेका छन् । उनले २०७९/०३/०५ मा १० लाख रुपैयाँ ऋण लिएको पनि रहेको बताएका छन् । १६. रेखा शर्मा, सञ्चारमन्त्री सञ्चार मन्त्री रेखा शर्माको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरणमा सञ्चारमन्त्री शर्माको कृष्णध्वज खड्काका नाममा कीर्तिपुर नगरपालिका–७ मा ६ आना जग्गा र साढे २ तलाको घर रहेको उल्लेख गरिएको छ । यस्तै प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति रहेको उल्लेख छ । मन्त्री शर्माले सुन ६ तोला र चाँदी २ तोला रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उल्लेख गरेकी छन् । यसका साथै, मन्त्री शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ । सार्वजनिक सम्पत्ति विवरणमा उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता सेयर रहेको उल्लेख गरेकी छन् । ६५ लाख ऋण, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि विवरणमा उल्लेख छ । १७. धनबहादुर बुढा, सहकारी विकास मन्त्री सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौँमा दुई वटा घर रहेको सम्पत्ति सार्वजनिक भएको छ । उनीसँग विभिन्न ठाउँमा जग्गा र प्रशस्त सुनचाँदी र नगद मौज्दात रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार उनको डोल्पामा पैतृक सम्पत्ति रहेको छ भने यसबाहेक श्रीमती हिमालीको नाममा १७ र २० आना क्षेत्रफलको जग्गामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा दुई वटा घर रहेको छ । यस्तै श्रीमती हिमालीकै नाममा काठमाडौं महानगरपालिका ६ मै अर्को ६ आना जग्गा पनि रहेको छ । यस्तै, उनको १५० तोला सुन र ३०० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै मन्त्री बुढाको नाममा १५ लाख बैंक मौज्दात रहेको छ भने श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको छ । १८. हरी प्रसाद उप्रेती, रक्षामन्त्री रक्षामन्त्री हरीप्राद उप्रेतीसँग घरपरिवारका सदस्यको नाममा तीन ठाउँमा घर र दुई ठाउँमा जग्गा रहेको सम्पत्ति सार्वजनिक भएको छ । उनीसँग सर्लाहीमा दुई ठाउँमा ३५ कठ्ठा जग्गा रहेको उल्लेख छ । यस्तै, उनीसँग २५ तोला सुन र एउटा गाडी रहेको छ । १९. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री खानेपानी मन्त्रीको धनकुटामा एउटा घर र दुई ठाउँमा जग्गा रहेको खुलेको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार उनीसँग १० तोला सुन र १०० तोला चाँदी रहेको छ । उनको बैंकमा ५५ लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख गरेका छन् । २०. ज्वाला कुमारी साह, कृषि मन्त्री कृषि मन्त्री ज्वालाकुमारी साहको बारामा तीन ठाउँमा घर रहेको विवरण सार्वजनिक भएको छ । उनको सो पुख्र्यौली घर रहेको विवरणमा उल्लेख छ । त्यस्तै, ५० लाखमा खरिद गरेको जग्गा, १० तोला सुन र २५ तोला चाँदी रहेको सम्पत्ति सार्वजनिक गरेकी हुन् । बैंकमा ४० हजार रुपैयाँ बचत रहेको सार्वजनिक गरेकी छन् । २१. पदम गिरी, कानुन मन्त्री कानुन मन्त्री पदम गिरीसँग पर्वतको कुस्मामा एउटा घर रहेको छ भने पर्वतमै दुई ठाउँमा पैतृक सम्पत्तिको रुपमा ११ आना जग्गा रहेको छ । उनीसँग २३ तोला सुन रहेको छ भने बैंकमा एक लाख रुपैयाँ बचत रहेको सार्वजनिक गरेका छन् । उनीसँग ५० लाख बराबरको पोखरामा पार्टी प्यालेस रहेको छ । उनको बैंकमा ४० लाख ऋण रहेको पनि सार्वजनिक भएको छ ।
हिरोको ब्राण्ड एम्बेस्डर बने सुशान्त, सुरक्षा र दयाहाङ
काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली कला क्षेत्रका तीन व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ । नक्साल स्थित स्टेट अफ दी आर्ट शोरुममा एक समारोहकाबीच ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । गायक सुशान्त केसी हिरो एक्सपल्स, अभिनेत्री सुरक्षा पन्त हिरो जुम र अभिनेता दयाहाङ राईलाई हिरो स्प्लेन्डरका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
नेपाल एसबिआई नयाँ लक्ष्य र संकल्प पूरा गर्न नेतृत्व समूहको खोजीमा
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङले प्रदान गर्दै आइरहेका विभिन्न सेवाहरू थप नयाँ स्वरूपबाट प्रवाह गर्न लागेको छ । नयाँ स्वरूप अन्तर्गत कम्पनीको नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्यतालाई अगाडि सारेर थप उत्कृष्ट सेवा प्रदान गर्न लागेको बैंकले जनाएको छ । एसबिआईले विश्वसनीय, व्यावसायिक र ग्राहक केन्द्रित विश्वस्तरीय मर्चेण्ट बैंकिङ र लगानी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । गुणस्तरीय सेवा, पारदर्शिता, नैतिकता, शिष्टता र सभ्यता तथा धैर्यतालाई आत्मसाथ गरी ग्राहकमैत्री सेवालाई थप विशिष्ट बनाइएको बैंकले जनाएको छ । भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबीच साझेदारी भएसँगै प्रमुख लक्ष्य परियोजनामा लगानी, नेपालका व्यापारिक संघ संस्थासँग सहकार्य गरी विशिष्ट वित्तीय परामर्श सेवा प्रवाह गर्ने बैंकको लक्ष्य छ ।
टीकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँ : आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले टीकापुरको जग्गा आफूले ५० हजार रुपैयाँमा किनेको बताएकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद राणाले टीकापुरको जग्गा आफूले २०५३ सालमा ५० हजार रुपैयाँमा किनेको बताएकी हुन् । आफूले ०५३ सालमा जग्गा किनेको भएपनि २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताइन् । उनले पत्रकारहरुलाई टीकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गरिन् । सांसद राणाले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताइन् । प्रजातन्त्रमा गृहमन्त्रीमाथि छानविन गर्न समिति बन्ने भन्दै अहिलेको शासन व्यवस्था हुकुमी शासन नभएको जानकारी दिइन् । ‘टीकापुरको जमिन तपाईहरु आफै गएर हेर्न जानुस् । ५० हजार रुपैयाँमा किनेको हो । त्यो सबै रिपोर्ट पनि गरिसकेको छ । गृहमन्त्रीको अभिव्यक्तिलाई मैले कसरी हेर्नु ? जनताले कसरी हेरेका छन् त्यो सोध्नुहोस् न । समिति नै नबन्नु चाहीँ कहाँको कुरा हो ? यो प्रजातन्त्र हो नि । यो हुकुमी शासन हो र ? नेपाली कांग्रेसले जनताको बचाउ जहिल्यै पनि गरेर आएको छ । अहिले पनि हामी गर्ने नै छौँ । सहकारी पीडितहरु रोइरहेका छन्’, उनले भनिन् । उनले नेपाली कांग्रेसले जहिल्यैपनि जनताको बचाउ गर्दै आएको भन्दै आगामी दिनमा पनि जनताको बचाउ गर्ने बताइन् ।
सञ्चारमन्त्री रेखासँग सहकारीमा २० लाख बचत, कीर्तिपुरमा घर
काठमाडौं । सञ्चार मन्त्री रेखा शर्माको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरणमा सञ्चारमन्त्री शर्माको कृष्णध्वज खड्काका नाममा कीर्तिपुर नगरपालिका–७ मा ६ आना जग्गा र साढे २ तलाको घर रहेको उल्लेख गरिएको छ । यस्तै प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति रहेको उल्लेख छ । मन्त्री शर्माले सुन ६ तोला र चाँदी २ तोला रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उल्लेख गरेकी छन् । यसका साथै, मन्त्री शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ । सार्वजनिक सम्पत्ति विवरणमा उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता सेयर रहेको उल्लेख गरेकी छन् । ६५ लाख ऋण, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि विवरणमा उल्लेख छ ।
उद्योगमन्त्री भण्डारीसँग ६ तोला सुन र १० लाख ऋण
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । भण्डारीले आफ्नो सम्पत्ति विवरणमा बैतडीको पाटनमा घर र जग्गा रहेको उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा उनले सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनले पाटनमा उदय सिंह भण्डारीको नाममा ६ कोठे पुर्ख्यौली घर र २ रोपनी जग्गा रहेको उल्लेख गरेका हुन् । त्यसै गरी कविता भण्डारीको नाममा कञ्चनपुरमा २ कट्ठा जग्गा रहेको रहेको बताएका छन् । त्यस्तै, भण्डारीले श्रीमतीको नोकरी र कृषि व्यवसायबाट खरिद गरिएको ६ तोला सुन रहेको उल्लेख गरेका छन् । त्यस्तै, आफ्नो नाममा एभरेस्ट बैंकमा ८ लाख ६४ हजार ४४६ रुपैयाँ, कविता भण्डारीको नाममा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल बैंकमा क्रमशः १ हजार र ३ लाख ६३ हजार रुपैयाँ रहेको उनले खुलाएका छन् । साथै, प्रसिद्ध भण्डारीको नाममा संगम हस्पिटलमा प्रालिमा ८ लाख बराबरको ८ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख गरेका छन् । उनले २०७९/०३/०५ मा १० लाख रुपैयाँ ऋण लिएको पनि रहेको बताएका छन् ।
राइफल राखेका मन्त्री : विभिन्न ठाउँमा घर, ५ बिगाहा जग्गा र ४० लाख बढी बचत
काठमाडाैं । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको करिब ४० लाख बढी बचत रहेको सम्पत्ति सार्वजनिक गरेका छन् । उनले विभिन्न १२ वटा बैंकको खातामा ४५ लाख ९९ हजार ३६२ रुपैयाँ रहेको उल्लेख गरेको छन् । उनीसँग ५६ तोल सुन रहेको छ भने करिब डेढ केजी चाँदी रहेको उल्लेख छ उनले सम्पत्तिमा बन्दुक (१२ बोर) राइफल रहेको पनि बताएका छन् । उनको १५ स्थानमा ५ बिगाहा बढी जग्गा बताएका छन् भने सप्तरीको विभिन्न स्थानमा विभिन्न ठाउँमा घर रहेको बताएका छन् ।