
काठमाडौं । सञ्चार मन्त्री रेखा शर्माको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
सार्वजनिक सम्पत्ति विवरणमा सञ्चारमन्त्री शर्माको कृष्णध्वज खड्काका नाममा कीर्तिपुर नगरपालिका–७ मा ६ आना जग्गा र साढे २ तलाको घर रहेको उल्लेख गरिएको छ । यस्तै प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति रहेको उल्लेख छ ।
मन्त्री शर्माले सुन ६ तोला र चाँदी २ तोला रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उल्लेख गरेकी छन् । यसका साथै, मन्त्री शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ ।
सार्वजनिक सम्पत्ति विवरणमा उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता सेयर रहेको उल्लेख गरेकी छन् ।
६५ लाख ऋण, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि विवरणमा उल्लेख छ ।