श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड बजेट
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायका लागि ८ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका विभिन्न योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न सो बराबरको रकम विनियोजन गरिएको बताए ।
सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक
काठमाडौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए ।
विदेशबाट फर्केका १ लाख युवालाई स्वरोजगार बनाउने, बिनाधितो ऋण
काठमाडौं । सरकारले विदेशबाट युवालाई नेपाल फकार्उने अभियान चलाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो अभियानको घोषणा गरेका हुन् । उनले एक लाख युवालाई नेपालमा स्वरोजगार बनाउने र बिनाधितो ऋण उपलब्ध गराउने पनि बताएका छन् ।
आगामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत थप्ने सरकारको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्ष ९ सय मेगावाट थप गरिने बताएका हुन् । उनले आगामी वर्ष बंगलादेशमा बिजुली निर्यात सुरु हुने जानकारी दिए ।
उद्योग मन्त्रालयका लागि ९ अर्ब २८ करोड विनियोजन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उद्योग मन्त्रालयका लागि ९ अर्ब २८ करोड विनियोजन गरेको बताएका छन् । पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो बजेट विनियोजन गरेको बताएका हुन् ।
सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको बताएका छन् । पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सो बजेट विनियोजन गरेको बताएका हुन् । बजेटमा सामाजिक सञ्जालमा हुने विज्ञापन नियमन गरिने उल्लेख छ । त्यस्तै, विज्ञापनमा एकद्धार प्रणाली लागू गरिने अर्थमन्त्री वर्षामान पुनले बताए । उनले लोक कल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको बताए । तर यसको बजेट वृद्धि नभएको उनले बताए । पत्रकारहरुको क्षमता विकासको लागि बजेट विनियोजन गरिएको उनले बताए ।
उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड विनियोजन
काठमाडौं । सरकारले उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई सूचना प्रविधि विकासको हवका रुपमा विकास गरिने बताए । सूचना प्रविधि क्षेत्रमा १० वर्षमा रु ३० खर्बको निर्यात गर्ने तथा पाँच लाख प्रत्यक्ष तथा पाँच लाख अप्रत्यक्ष प्रत्यक्ष रुपमा रोजगारी सिर्जना गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षलाईं सूचनाप्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड रुपैयाँ बजेट
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् ।