काठमाडौं । सरकारले उर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई सूचना प्रविधि विकासको हवका रुपमा विकास गरिने बताए ।
सूचना प्रविधि क्षेत्रमा १० वर्षमा रु ३० खर्बको निर्यात गर्ने तथा पाँच लाख प्रत्यक्ष तथा पाँच लाख अप्रत्यक्ष प्रत्यक्ष रुपमा रोजगारी सिर्जना गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षलाईं सूचनाप्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने उल्लेख छ ।