
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य राखेको छ ।
आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्ष ९ सय मेगावाट थप गरिने बताएका हुन् । उनले आगामी वर्ष बंगलादेशमा बिजुली निर्यात सुरु हुने जानकारी दिए ।