विकासन्युज

एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे भरतपुरमा अन्तर्क्रिया

भरतपुर । फुटबल क्लब, ‘एफसी चितवन’ले नेपालमा फुटबल खेलका विभिन्न आयमहरुबारे सरोकारवालाहरू बिच अन्तर्क्रिया गराएको छ । एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलहरूका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो । अन्तर्क्रियामा ५ सय भन्दा बढी खेलाडीहरू, विद्यार्थीहरु र नेपाली फुटबलका सरोकारवालाहरू सहभागी थिए। छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्थाहरू र खेलाडीहरूको भूमिकाबारे विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए । साथै विभिन्न सरोकारवालाहरू बिच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका थिए । अन्तरक्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम जस्ता आवश्यक विषयहरूमा समेत विज्ञद्वारा प्रस्तुति गरिएको थियो । आधुनिक उपकरणहरू तथा प्रस्तुतिबाट विद्यार्थी खेलाडीहरू उत्साहित भएका थिए । यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नु पर्न खेलाडीहरूको भनाइ थियो । अन्तर्क्रियामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाको सहभागिता रहेको थियो । यो अन्तर्क्रिया सँगै एफसी चितवनले आफ्ना साझेदारहरूसँग मिलेर स्थानीय तहबाटै फुटबलको रूपान्तरणको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च 

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला  एक लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य आज एक हजार आठ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँ रहेको थियो ।

चौधरी ग्रुपको ग्रामीण दूरसञ्चार सेवा अनुमति खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडलाई ग्रामीण दूरसञ्चार सेवाका लागि दिएको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै सीजीलाई दिएको ग्रामिण दूरसञ्चार सेवाको अनुमतिपत्र नियमअनुसार नवीकरण नभएकाले स्वतः रद्द गरिएको जानकारी दिएको छ । सीजी कम्युनिकेसनले नवीकरण दस्तुरसहित निवेदन पेस नगरेका कारण अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम २०८०/८/१६ देखि स्वतः रद्द भएको प्राधिकरणको भनाइ छ ।

पाँच हजार पर्ने विद्युतिय चुलो निःशुल्क, एलपीजी ग्यासबाट सिफ्ट हुँदै विद्यार्थी

काठमाडौं । मकवानपुरको मनहरीका सागर परियार अहिले स्नातकमा अध्ययन गरिरहेका छन् । एसईईपछि काठमाडौं आएर पढिरहेका उनी अहिले एससीटीआई कलेजमा अध्ययनरत छन् । उनले करिब २ वर्ष अघि सामाजिक सञ्जालमा एउटा सूचना देखे । सूचना थियो उपत्यकामा बाहिर जिल्लाबाट अध्ययन गर्न आएका भाडामा बसेका दलित, जनजाती र दुर्गम क्षेत्रका विद्यार्थीलाई विद्युतिय चुलो वितरण गरिने । उनलाई रुचि लाग्यो । आफु पनि दलित त्यसमाथि काठमाडौं उपत्यका बाहिरको हुँदा सूचनाबारे चाँसो दिए । उनले वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्र जैविक शाखामा फोन गरे । त्यहाँबाट जिज्ञासाको जवाफ पाएपछि सूचनामा भनिए अनुसार अनलाइनबाट आवेदन दिए । उनले आवेदन दिएको करिव १ वर्षपछि विद्युतिय चुलो प्राप्त गरे । अहिले उनी विद्युतिय चुलोको प्रयोग गरिरहेका छन् । यो भन्दा पहिले ग्यासको प्रयोग गर्दै आएका उनी अहिले विद्युतिय चुलो प्रयोग गरिरहेका छन् । विकासन्युजसँग कुरा गर्दे सागरले भने, ‘अनलाइनबाट आवेदन भरेको थिएँ । तर, कुनै जानकारी नआएपछि देखावटीमात्र रहेछ भन्ने ठानेको थिएँ, एक वर्षपछि उतैबाट फोन आयो, अहिले चुलो ल्याएर पनि प्रयोग गरिरहेको छु । ’ सागर ग्यास भन्दा चुलो सहज हुने प्रतिक्रिया दिन्छन् । साँझ बिहान विद्युतिय चुलोमा खाना पकाउँदा बिल बढी उठ्दैन भन्ने हाम्रो जिज्ञासामा उनले भने, ‘घरको जस्तो छिनछिनमा धेरै खाने कुरा हामीलाई पकाउन पर्दैन, कहिले कलेजमै खाइन्छ कहिले कोठामा पकाइन्छ धेरै बिल आउँदैन ।’ सागर खाना पकाउँदा पनि ग्यासभन्दा सजिलो हुने बताउँछन् । ग्यासको जस्तो हेरेर बस्न पर्दैन,’ उनी थप्छन्,‘ यो चुलोमा कति समयमा खाना पाक्छ भन्ने आफुलाई थाहा हनुप¥यो त्यही अनुसार टाईम सेट गरिदियो भने आफैं खाना पाकेपछि अफ हुन्छ, यसो हुँदा ग्यासको जस्तो खाना बसाएर आफु अर्को काम पनि गर्न मिल्छ ।’ उनी विद्यार्थी त्यसैमाथि अरुको घरमा भाडामा बस्नेहरूका लागि धेरै सहज हुने बताउँछन् । काभ्रेकी मनिसा बिक दृष्टिविहीन हुन् । उनी अहिले आरआर कलेजमा स्नातकमा अध्ययन गरिरहेकी छन् । उनले पनि आवदेन दिएर वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रबाट विद्युतिय चुलो पाएकी छन् । एक वर्षदेखि विद्युतिय चुलो प्रयोग गरिरहेकी उनले ग्यासभन्दा चुलोमा खान पकाउन सहज हुने बताउँछिन् । वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रले विद्युतिय चुलोको प्रवर्द्दन गर्न यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । नेपालमा विद्युतको उत्पादन बढी हुँदा खपत कम हुने समस्या र अर्को एलपीजी ग्यासको प्रयोग बढ्दा राष्ट्रिय व्यापारमै असर परिरहेकाले यस्तो अवधारणा ल्याइएको वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रका उपनिर्देशक रण बहादुर थापाले बताए । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि यो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रले यो भन्दा पहिले पटक-पटक सूचना निकालेर उपत्यका बाहिर घरभइ उपत्यकामा बसेर अध्ययन गर्ने विद्यार्थीलाई चुलो वितरण गरिरहेको बताएकाे छ । केन्द्रले अहिले फेरि चुलो वितरण गर्ने योजना रहेको बनाएको छ । एक तथ्यांक अनुसार नेपालमा ४४ प्रतिशतको घरमा एलपीजी ग्यास पुगेको छ । विद्यार्थीले मात्र विद्युतिय चुलो प्रयोग गर्ने हो भने उनीहरूका परिवार साथिभाइको पनि आकर्षण बढ्छ र प्रयोगकर्ताको संख्या पनि बढ्छ भन्ने उद्देश्यले नै कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विद्युती चुलो उपत्यकामा विद्यार्थी र तराइका २२ जिल्लाका दलित, गरिब, विपन्न वर्गाका समूदायलाई वितरण गरिँदै आएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकामा अध्ययन गर्दै आएका दुर्गम, अतिदुर्गमका ७ हजार ५ सय ६४ विद्यार्थीलाई विद्युतिय चुलो वितरण गरिएको छ । पहिलो वर्ष २०७८ साल पुस ९ गते सूचना जारी गर्दा ७ हजार ३ सय ८५ विद्यार्थीको आवेदन परेको थियो । तर, यसमा अनुदान नीतिले क, ख र ग अर्थात दुर्गम, अति दुर्गम र सुगम वर्गका विद्यार्थीलाई भनिएको थियो । सुगमका विद्यार्थीको पनि भन्दा धेरै आवेदन परेकाले दुर्गम र अति दुर्गम विद्यार्थीलाई प्राथकिमतामा राखेर वितरण गरिएको जनाइएको छ । यसरी छनोट गर्दा २ हजार ८ सय ६५ विद्यार्थी छनोट भएका थिए । उनीहरूलाई विद्युतिय चुलो वितरण गरिएको थियो । यस्तै, दोस्रो सूचना २०७९ साल पुस १७ गते सार्वजनिक गरियो । त्यो बेला २ हजार ३ सय ७८ जनालाई छनोट गरेर वितरण गरियो । त्यसपछि दलितलाई लक्षित गरेर २०७९ साल जेठ २५ गते फेरि सूचना निकालियो त्यसमा काठमाडौंमा बस्ने बाहिरका विद्यार्थी सबैलाई दिनुपर्छ भन्ने कुरा भयो र दोस्रो चरण अन्तर्गत वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रबाट २०७९ जेठ २५ गते निकालिएको सूचनामा ७ हजार ३ सय २० जना विद्यार्थीले आवेदन दिए । तिनिहरू मध्ये १ हजार ९ सय ९५ विद्यार्थीलाई छनोटमा परे उनीहरू मध्ये २ हजार ३ सय २१ जनाले चुलो लिए भने बाँकी विद्यार्थी चुलो समेत लिन आएनन् । यसरी पटक पटक विद्यार्थीका लागि वितरण गरिदै आएको विद्युतिय चुलो अझै मौज्दात रहेकाले फेरि सूचना निकालेको केन्द्रले जनाएको छ । २०८१ साल जेठ २२ गते सूचना प्रकाशित गरेकाले विद्यार्थीलाई आवेदन पनि केन्द्रले आग्रह गरेको छ । कस्तो छ प्रक्रिया ? वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रका अनुसार विद्युतिय चुलो पाउने योग्य व्यक्ति काठमाडौं उपत्यका बाहिर घरभइ उपत्यका भित्र भाडा तिरेर बसेका र स्नातक र स्नातोकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरू हुन् । यसमा पनि दलित, आदिवासी जनजाती, पिछडिएको क्षेत्रका विद्यार्थीलाई प्राथमितमा राखिन्छ । यसको लागि वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रको कार्यालय मध्यबानेश्वर वा अनलाईनबाट पनि फर्म भर्न सकिन्छ । फर्म भर्दा नेपाली पहिचान खुल्ने प्रमाणपत्र, शिक्षण संस्थाको सिफारिस विद्यार्थीको परिचयपत्र र पेश गर्नुपर्ने प्रावधान छ । उपत्यका बाहिरका विद्यार्थीले फर्म भरेपनि प्राथमिकता भने अति दुर्गम र दुर्गमका विद्यार्थी दिइने केन्द्रले जनाएको छ । कतिपयको गुनासो ग्यासभन्दा महँगो कतिपय विद्यार्थीले ग्यासभन्दा सहज भएको भनिरहँदा कतिपय विद्यार्थी भने ग्यास भन्दा महँगो भएको बताउँछन् । बझाङका केदार भण्डारी विद्युतिय चुलो सहज भएपनि बिजुलीको बिल बढी आउने गरेको गुनासो गर्छन् । ग्यास एक पटक भर्दा करिब २ हजार रूपैयाँपर्छ,  साे ग्यास तीन/चार महिना टिक्छ, विद्युतिय चुलाेले धेरै बिजुलीको बिल धेरै आउने रहेछ,’ उनले भने । उसो त काठमाडौंमा घरधनीहरुले मनोमानी रुपमा बिलुजीको बिल लिने गरेको गुनासो पनि आइरहेको छ । उनीहरू बिजुलीको युनिट बराबर फरक-फरक मूल्य लिन्छन् । वैकल्पिक उर्जा प्रवर्द्दन केन्द्रका उपनिर्देशक थापा भने ग्यास भन्दा इन्डक्सन चुलो ४० प्रतिशत सस्तो हुने दाबी गर्छन् । अहिले बजारमा थरिथरिका विद्युतिय चुलोहरू पाइन्छन् । थरिथरिका चुलो जस्तै मूल्य पनि फरक-फरक छ । ३५ सय देखि ७ हजार मूल्यमा विद्युतिय चुलो पाइन्छ । केन्द्रले विद्यार्थीलाई वितरण गरेको चुलोको बजार मूल्य भने ५ हजार रहेको थापाले बताए । विद्युतिय चुलो १८ सय वाटदेखि २२ सय वाटसम्मको पाइन्छ । यसमा प्रयोग गरिने अथवा यो चुलोमा पकाउने भाँडाकुँडा पनि फरक हुन्छन् ।

तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा

काठमाडौं । शुभम पावर लिमिटेडले निर्माण एवम् सञ्चालन गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको छ । २०८० असार २ गते आएको बाढीले क्षती पुर्याएपछि आयोजना पूर्ण रूपले बन्द भएको थियो । बाढीले बन्द भएको आयोजनाको मर्मतपछि जेठ २२ गतेदेखि पुनः पूर्ण रूपले सञ्चालनमा आएको कम्पनीले जनाएको छ । नेप्सेमा जारी सूचनामा भनिएको छ ‘अहिले आयोजनाको पुनः निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरूको आवश्यक परीक्षण र मर्मत कार्य समेत सम्पन्न भएको हुँदा यसबाट विद्युत उत्पादन हुन सक्ने अवस्था निर्माण भएकोले २०८१ जेठ २२ गतेदेखि आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।’

पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गर्छु : कुमारमणि थपलिया

काठमाडौं । नाट्टाको अध्यक्ष पदका उम्मेद्वार कुमारमणि थपलियाले पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गर्ने बताएका छन् । नाट्टा निर्वाचनको पूर्व सन्धामा उम्मेदवारी घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारले सरोकारवाला निकायहरूसँग छलफल गरी राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधि सभामा बिचाराधिन रहेको पर्यटन ऐन यथाशिघ्र पारित गराउन नेपाल सरकारको ध्यानकर्षण गराउने बताएका छन् । थपलियाले विदेशी मुद्रा आर्जन गर्ने अन्य क्षेत्रका निजी व्यवसायीहरूलाई राज्यले केही प्रतिशत रिबेट उपलब्ध गराइरहेको सन्दर्भमा विदेशी पर्यटकलाई दुर प्याकेज बिक्री गरी राज्यलाई विदेशी मुद्रा बुझाइरहेको पर्यटन क्षेत्रका व्यवसायी कम्पनीहरू लाई पनि प्रोत्साहन स्वरूप केही प्रतिशत रिबेट उपलब्ध गराउन पहल गरिने उनले बताएका छन् । हवाई तथा सडक यातायत सेवा लगायत पर्यटन क्षेत्रबाट बिक्री हुने प्याकेजमा हाल लगाएको भ्याट हटाउनु पर्ने सम्बन्धमा यस एशोशियसनले बिगतदेखि अघि सारेको माग पुरा गराउनको लागि प्रभावकारी पहल गरिने उनले बताएका छन् । साथै हाल नाट्टाले भ्याट विरूद्ध शुरू गरेको कानूनी लडाईलाई निरन्तरता दिइने उनको भनाइ छ । पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गरिने थपलियाले बताएका छन् । उनले गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल तथा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट क्षेत्रिय तथा अन्तराष्ट्रिय उडानलाई जोड दिने बताएका छन् । यी दुई विमानस्थललाई प्रयोगमा ल्याउने हो भने अहिले आइरहेका पर्यटनहरू संख्या वृद्धि गर्न सहयोग हुने उनले बताएका छन् । ‘पर्यटकको संख्या बढाउने हो भने गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनपर्छ त्रिभुवन विमानस्थलले मात्रै थाम्दैन,’ उनले भने । राजधानी लगायत अन्य मूख्य पर्यटकिय नगरीहरूमा पर्यटन बसपार्कको व्यवस्था गर्न पहल गरिने उनको टिमको प्रतिबद्धता रहेको छ । त्यस्तै विदेशी हवाई कम्पनीहरू आकस्मिक रूपमा बन्द हुँदा इस्यू भईसकेका तर यात्रा नभएको हवाई टिकटको रिफण्ड प्रक्रिया अवरूद्ध भई यात्रु तथा व्यवसायीहरूलाई आईपर्ने समस्या समाधानका लागि आवश्यक पहल समेत गर्ने उनले बताएका छन् । थपलिया यही जेठ २५ गते हुन लागेको नाट्टाको अध्यक्ष पदका प्रत्यासी हुन् । नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुँदै आएका छन् । थपलिया प्रिसियस ट्राभल एण्ड टुर्सका सञ्चालक समेत हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन् । महासचिवमा भने युविका भण्डारी र अमृतकुमार ढकालको उम्मेदवारी परेको छ । यसैगरी सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भइसकेका छन् । सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल, रमाकुमारी प्याकुरेल, दिनेश मैनाली र सुदर्शन गजुरेलको उम्मेदवारी परेको छ ।

जलवायु परिवर्तनले बालबालिकामा दमको रोग बढ्दै

पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपाल सहित विश्वभर वायुप्रदुषण बढ्दै गएको छ । वायुप्रदुषण र जलवायु परिवर्तनका कारण मौसम समेत राम्रो हुन सकेको छैन । धुवाँ, धुलो, वायुप्रदुषण, वंशाणुगत गुण, घरमा धूम्रपान, मोटोपना, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा दमको समस्या अत्याधिक बढेको पाईन्छ । ग्राण्डी अस्पतालमा आउने १०० जना विरामी मध्ये ५ देखि १० जना विरामी दमका हुने गरेको छ । बालबालिकामा मौसम परिवर्तन, चिसोका कारण, रूघाखोकि, भाईरल ज्वरो हुँदा, श्वासप्रश्वास नली साँघुरिंदा दमको समस्या हुने गरेको छ । श्वासप्रश्वास नली साँघुरिंदा खोकी बढी मात्रामा लाग्ने समेत गर्दछ । रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा बोल्दापनि बढी खोकी लाग्ने, एन्टिवायोटिक खादाँ एक दुई हप्ता ठिक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने यस्तो भएमा दम भएको हुनसक्छ । यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककोमा लैजानुपर्छ । दमलाई औैषधीले ठिक गर्ने होइन, ठिक समयमा दम भएको पत्ता लागेमा दमको उपचार गर्न सकिन्छ । अन्यथा, दम दिर्घरोग भएर जान सक्छ । दमबाट हुने समस्यालाई कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ । इन्हेलर विभिन्न खालका हुन्छन् । जसलाई डाक्टरको सल्लाह बमोजिम प्रयोग गर्नु पर्ने हुन्छ । बच्चाहरूमा मुख्यत दम एलर्जीबाट हुने हुंदा ठीक संग औषधी लिएमा पछी गएर आफै हराउँन सक्छ र लामो समय इन्हेलर लिइ रहनु पर्ने आवश्यकता रहँदैन । दमका विरामीबाहेक अस्पताल आउने अन्य विरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका विरामी बढी आउने गरेका छन् । रुघाखोकीका विरामी अत्याधिक रुपमा बढेको छ । बिरामी बच्चाहरु स्कुलमा पठाउँदा अन्य बच्चा समेत विरामी हुने गरेको पाइन्छ । मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका विरामी अत्यधिक बढेका छन् । (बाल, एलर्जी तथा दमरोग विशेषज्ञ डा. सञ्जयराज थापा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल कार्यरत छन् )

अस्ट्रेलियाको न्यूनतम पारिश्रमिक ३.७५ प्रतिशतले बढ्ने

काठमाडौं । अस्ट्रेलियाको न्यूनतम पारिश्रमिक जुलाईको सुरुदेखि ३.७५ प्रतिशतले बढ्ने औद्योगिक सम्बन्ध न्यायाधिकरण फेयर वर्क कमिसनले फैसला गरेको छ । जुलाई १ देखि, न्युनतम ज्याला २३.२३ अस्ट्रेलियन डलर (१५.४७ अमेरिकी डलर) प्रति घण्टा बाट बढेर २४.१० अस्ट्रेलियन डलर (१६.०५ अमेरिकी डलर) प्रति घण्टा, वा ९१५.९० अस्ट्रेलियन डलर (६०९.९९ अमेरिकी डलर) प्रति हप्ता ३ घण्टाको आधारमा बढ्नेछ । आयोगका अनुसार अस्ट्रेलियाली श्रमशक्तिको २०.७ प्रतिशत वा करिव २६ लाख मानिसलाई न्युनतम ज्याला दर दिइन्छ । प्रवाह–अन प्रभावहरूको लेखांकनपछि न्यूनतम पारिश्रमिकमा वृद्धिले सबै अस्ट्रेलियाका कर्मचारीहरूको एक चौथाईलाई असर गर्ने अनुमान गरेको छ । आयोगले न्यूनतम पारिश्रमिकलाई मुद्रास्फीति दरभन्दा धेरैले बढाउनु उपयुक्त नभएको बताएको छ । अप्रिलसम्मको १२ महिनामा मुद्रास्फीति ३.६ प्रतिशतले बढेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले मेमा जनाएको छ । ट्रेजरी प्रक्षेपणका अनुसार सन् २०२४ को अन्त्यसम्ममा मुद्रास्फीति ३ प्रतिशतभन्दा तल झर्ने लक्ष्य छ ।