पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गर्छु : कुमारमणि थपलिया

<p>काठमाडौं । नाट्टाको अध्यक्ष पदका उम्मेद्वार कुमारमणि थपलियाले पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गर्ने बताएका छन् । नाट्टा निर्वाचनको पूर्व सन्धामा उम्मेदवारी घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारले सरोकारवाला निकायहरूसँग छलफल गरी राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधि सभामा बिचाराधिन रहेको पर्यटन ऐन यथाशिघ्र पारित गराउन नेपाल सरकारको ध्यानकर्षण गराउने [&hellip;]</p>

काठमाडौं । नाट्टाको अध्यक्ष पदका उम्मेद्वार कुमारमणि थपलियाले पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गर्ने बताएका छन् ।

नाट्टा निर्वाचनको पूर्व सन्धामा उम्मेदवारी घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारले सरोकारवाला निकायहरूसँग छलफल गरी राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधि सभामा बिचाराधिन रहेको पर्यटन ऐन यथाशिघ्र पारित गराउन नेपाल सरकारको ध्यानकर्षण गराउने बताएका छन् ।

थपलियाले विदेशी मुद्रा आर्जन गर्ने अन्य क्षेत्रका निजी व्यवसायीहरूलाई राज्यले केही प्रतिशत रिबेट उपलब्ध गराइरहेको सन्दर्भमा विदेशी पर्यटकलाई दुर प्याकेज बिक्री गरी राज्यलाई विदेशी मुद्रा बुझाइरहेको पर्यटन क्षेत्रका व्यवसायी कम्पनीहरू लाई पनि प्रोत्साहन स्वरूप केही प्रतिशत रिबेट उपलब्ध गराउन पहल गरिने उनले बताएका छन् । हवाई तथा सडक यातायत सेवा लगायत पर्यटन क्षेत्रबाट बिक्री हुने प्याकेजमा हाल लगाएको भ्याट हटाउनु पर्ने सम्बन्धमा यस एशोशियसनले बिगतदेखि अघि सारेको माग पुरा गराउनको लागि प्रभावकारी पहल गरिने उनले बताएका छन् । साथै हाल नाट्टाले भ्याट विरूद्ध शुरू गरेको कानूनी लडाईलाई निरन्तरता दिइने उनको भनाइ छ ।

पर्यटन उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउन पहल गरिने थपलियाले बताएका छन् । उनले गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल तथा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट क्षेत्रिय तथा अन्तराष्ट्रिय उडानलाई जोड दिने बताएका छन् । यी दुई विमानस्थललाई प्रयोगमा ल्याउने हो भने अहिले आइरहेका पर्यटनहरू संख्या वृद्धि गर्न सहयोग हुने उनले बताएका छन् । ‘पर्यटकको संख्या बढाउने हो भने गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनपर्छ त्रिभुवन विमानस्थलले मात्रै थाम्दैन,’ उनले भने ।

राजधानी लगायत अन्य मूख्य पर्यटकिय नगरीहरूमा पर्यटन बसपार्कको व्यवस्था गर्न पहल गरिने उनको टिमको प्रतिबद्धता रहेको छ । त्यस्तै विदेशी हवाई कम्पनीहरू आकस्मिक रूपमा बन्द हुँदा इस्यू भईसकेका तर यात्रा नभएको हवाई टिकटको रिफण्ड प्रक्रिया अवरूद्ध भई यात्रु तथा व्यवसायीहरूलाई आईपर्ने समस्या समाधानका लागि आवश्यक पहल समेत गर्ने उनले बताएका छन् ।

थपलिया यही जेठ २५ गते हुन लागेको नाट्टाको अध्यक्ष पदका प्रत्यासी हुन् । नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुँदै आएका छन् । थपलिया प्रिसियस ट्राभल एण्ड टुर्सका सञ्चालक समेत हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन् । महासचिवमा भने युविका भण्डारी र अमृतकुमार ढकालको उम्मेदवारी परेको छ ।

यसैगरी सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल, रमाकुमारी प्याकुरेल, दिनेश मैनाली र सुदर्शन गजुरेलको उम्मेदवारी परेको छ ।

Share News