तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा

<p>काठमाडौं । शुभम पावर लिमिटेडले निर्माण एवम् सञ्चालन गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको छ । २०८० असार २ गते आएको बाढीले क्षती पुर्याएपछि आयोजना पूर्ण रूपले बन्द भएको थियो । बाढीले बन्द भएको आयोजनाको मर्मतपछि जेठ २२ गतेदेखि पुनः पूर्ण रूपले सञ्चालनमा आएको कम्पनीले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । शुभम पावर लिमिटेडले निर्माण एवम् सञ्चालन गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको छ ।

२०८० असार २ गते आएको बाढीले क्षती पुर्याएपछि आयोजना पूर्ण रूपले बन्द भएको थियो । बाढीले बन्द भएको आयोजनाको मर्मतपछि जेठ २२ गतेदेखि पुनः पूर्ण रूपले सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

नेप्सेमा जारी सूचनामा भनिएको छ ‘अहिले आयोजनाको पुनः निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरूको आवश्यक परीक्षण र मर्मत कार्य समेत सम्पन्न भएको हुँदा यसबाट विद्युत उत्पादन हुन सक्ने अवस्था निर्माण भएकोले २०८१ जेठ २२ गतेदेखि आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।’

Share News