तराईमा सुक्खा मौसमले दूध उत्पादनमा कमी
मकवानपुर । सुक्खा मौसमले तराईमा दूध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दूध संकलन प्रभावित भएको छ । सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दूध संकलन गर्दै आएको थियो । सोही अवधिमा विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर दूध पठाउँदै आएको थियो । हाल दैनिक ६ हजार लिटर दूध संकलन गर्ने गरेको छ । संकलित दूध वीरगञ्ज, हेटौँडा र भरतपुरका उपभोक्ताले दैनिक ४ हजार लिटर खपत गर्ने गरेको आयोजनाले जनाएको छ । मधेस प्रदेशको सर्लाही, बारा, रौतहट, पर्सा र बागमतीको मकवानपुरसमेत गरी करिब दुई सय दूध उत्पादक सहकारी संस्थाबाट आयोजनाले दैनिक दूध खरिद गर्दै आएको छ । आयोजनाले तराईका चार जिल्ला र बागमतीको मकवानपुर गरी करिब १२ हजार कृषकबाट दैनिक छ हजार लिटर दुध खरिद गरी मासिक १ करोड ५० लाख रकम भुक्तानी दिने गरेको हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजिव खनालले जानकारी दिए । आयोजनाले दैनिक एक हजार लिटर दही, एक हजार किलो घ्यू, एक हजार पाँच सय किलो मखन उत्पादन गर्छ । लालमोहन, पेडा र रसवरी छ सय किलो उत्पादन गर्दै आएको छ । उत्पादित दही, घ्यू, मखन र मिठाइहरु आयोजनाले हेटौँडा, वीरगञ्ज र भरतपुरका उपभोक्तालाई बिक्री गर्ने गरेको आयोजनाले जनाएको छ । हेटौँडा दुग्ध वितरण आयोजनाले बागमती प्रदेशको दूध विकास बोर्ड हेटौँडालाई धुलो दूध उत्पादन गर्न दुई देखि तीन दिनको अन्तरमा दुई हजार लिटर दूध पठाउने गरेको छ । बोर्डलाई दूध नपठाइएको दिनमा दुई हजार लिटर दूध आयोजनाले दही, मखन, घ्यू उत्पादनका लागी खपत गर्दै आएको आयोजना प्रमुख खनालले जानकारी दिए । तराईमा बर्सात भएसँगै केही दिन पछिबाट दूध उत्पादन वृद्धि हुने आयोजनाको भनाइ छ ।
नेपाल आइडल विजेता करण परियारलाई केपी ओलीले दिए सारंगी उपहार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडलका विजेता करण परियारलाई सारंगी उपहार दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले करणलाई बधाई दिँदै सारंगी उपहार दिएका हुन् । एमालेले नेपाल आइडल सिजन-५ का विजेता परियार र उप-विजेताहरूलाई बधाई तथा शुभकामना दिन आइतबार च्यासलमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विजेता परियारसहित उपविजेताहरू फस्ट रनरअप सलोमी गुरूङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा र थर्ड रनरअप मोहित भुजेल पनि सहभागी थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराइएका झालाई अदालतले अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको हो । झालाई शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएपछि झा फरार भएका थिए ।
सूर्य नेपालले दियो तनहुँको शुक्लागण्डकी नगरपालिकालाई दमकल
काठमाडौं । सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका तनहुँलाई दमकल हस्तान्तरण गरेको छ । आइतबार शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले उक्त दमकल हस्तान्तरण गरेको हो । शुक्लागण्डकी नगरपालिको अनुरोधमा कम्पनीको सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत दमकल हस्तान्तरण गरिएको हाे । शुक्लागण्डकी नगरपालिकाका मयेर कृष्णराज पडिंतले दमकलबाट शुक्लागण्डकी नगरपालिका र यस वरपरका पालिका तथा, सिंगो तनहुँ जिल्ला र आसपासको क्षेत्रहरु समेत लाभान्वित हुने धारणा व्यक्त गरे । सूर्य नेपालका फ्याक्ट्री प्रमुख बाबुराम कार्कीले दमकलबाट शुक्लागण्डकी नगरपालिका लगायत यस आसपासका क्षेत्रले उचित लाभ लिनसक्ने बताए । उनले भविष्यमा समेत शुक्लागण्डकी नगरपालिकासँगको सहकार्यमा विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न सूर्य नेपाल सकारात्मक रहेको जानकारी गराए । कार्यक्रमा शुक्लागण्डकी नगरपालिकाकाे टिम, सूर्य नेपाल तनुहँका प्रतिनिधि, विशेष प्रहरी बलका प्रमुख एसपी केदार खनाल लगायतको उपस्थिति थियो ।
स्टार्टअप व्यवसाय प्रर्वद्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक विधेयक संशोधनमार्फत आयकर ऐन २०५८ को दफा ५७ मा हेरफेर गर्न गरिएको प्रस्तावमा कुनै खोट नरहेको बताएका छन् । प्रतिनिधिसभामा दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरुले उठाएका प्रश्नको आइतबार जवाफ दिँदै सरकारले साना र स्टार्टअफ व्यवसाय प्रवद्र्धनका लागि नयाँ व्यवस्था गरिएको बताएका हुन् । त्यसबारे यसअघि सैद्धान्तिक छलफलमा समेत पर्याप्त जवाफ दिइसकेको उनको भनाइ थियो । गत साता संसद बैठकमा मन्त्री पुनले लगानी प्रर्वद्धनका लागि केही लचिलो नीति प्रस्ताव गरिएकाले लगानीकर्ताको मनोबल गिराउने अभिव्यक्ति नदिन सांसदहरुलाई आग्रह गरेका थिए । कम्पनीको स्वामित्व ५० प्रतिशत वा सोभन्दा बढीले परिवर्तन भएको अवस्थामा सम्बन्धित कम्पनीले आफ्नो सम्पत्ति तथा दायित्व निःसर्ग वा बिक्री गरेको मानिने प्रष्ट गरे । कम्पनीको स्वामित्व ५० प्रतिशतभन्दा बढी परिवर्तन भएको र पुराना सेयरधनी कायमै रहेको अवस्थामा नयाँ लगानीकर्तामार्फत थप पुँजी लगानी गरी ५० प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तन भए पनि दफा ५७ आकर्षित नहुने व्यवस्था जानकारी दिए । उनले साविक आयकर ऐन २०५८ को दफा ५७ को व्यवस्थाले लगानी संकुचन गरेकाले संशोधन गर्न निजी क्षेत्रका छातान संस्थाले पटकपटक माग गर्दै आएको र यसपटकसमेत सोही माग गरेको जानकारी संसदलाई गराए । विद्यमान ऐनको अवस्थाले लगानी आप्रवाह निरुत्साहित गरेकाले संशोधन गर्नुपर्ने निजी क्षेत्रको माग सम्बोध नगरिएको उल्लेख गरे । ‘भेन्चर क्यापिटल’ र ‘प्राइभेट इक्विटी’ फण्डमार्फत आउने पुँजीलाई विद्यमान व्यवस्थाल निरुत्साहित गरेको गुनासो निजी क्षेत्रले राख्दै आएकामा सबै जानकार रहेको पनि बताए । ‘आयकर ऐन २०५८ को दफा ५७ मा गरिएको संशोधनबारेमा कम्पनी ऐनको व्यवस्थामा कम्पनीको ५० प्रतिशतभन्दा बढी नियन्त्रण र परिवर्तन हुँदा कम्पनीलाई निःसर्ग अथवा बिक्री सरह मान्नुपर्ने र सोहीअनुसानर कम्पनीको दायित्व र सम्पत्तिको मूल्याङ्कन गरी आय भएमा कर तिर्नुपर्ने र नोक्सानी भएमा सार्न नपाउने व्यवसथा साविकको आयकर ऐन २०५८ को दफा ५७ मा रहेको थियो’, उनले भने, ‘लामो समयदेखि निजी क्षेत्रले यो दफाले लगानी आप्रवाहलाई निरुत्साहित गरेकोले संशोधन गर्नुपर्ने आवाज उठाउँदै आएको अवस्था थियो । चालु आर्थिक वर्षमा समेत निजी क्षेत्रका छाता संगठनबाट यो व्यवस्थामा संशोधन हुनुपर्ने सुझावहरु प्राप्त भए । खास गरी साना स्टार्टअप कम्पनीमा लगानी गर्ने ‘भेन्चर क्यापिटल’ र ‘प्राइभेट इक्विटी फण्ड’ मार्फत आउने पुँजीलाई यसले निरुत्साहित गरेको छ भन्ने गुनासोहरु थिए ।’ साना कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न नसकी नयाँ साझेदार वा लगानीकर्ता खोज्ने तर लगानी गर्दा साविकको कम्पनीको बिक्री सरहको व्यवहार गर्नुपर्ने व्यवस्थाले लगानीकर्ता आकर्षित नभएको भनाइ निजी क्षेत्रको रही आएको उनले स्मरण गरे । नयाँ आर्थिक ऐनमा उक्त दफामा केही खुकुलो गरी साविकको सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रहने व्यवस्था मात्र गरिएको जवाफ मन्त्री पुनले दिए । ‘सेयरवाला पनि यथावत र साझेदारको संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन । यति मात्रै गरिएको हो’, उनले भने, ‘पहिला जुन कमपनीको जे अवस्था थियो त्यसलाई कायमै राखी यदि नयाँ पुँजी वृद्धि गरिएको छ, साझेदार थपिएको छ भने त्यस्तो अवस्थामा मात्रै हो । उनले नयाँ व्यवस्थाबाट विचलन वा अनुचित काम हुन्छ कि भन्ने चिन्तालाई सरकारले ध्यान दिने प्रतिबद्धता जनाए । सेयरको खरिद बिक्रीलाई नभई कम्पनीको सेयर वृद्धिलाई मात्र सहुलियत दिने उद्देश्यले ल्याइएको व्यवस्थाबारे शंका नगर्न आग्रह गरे । ‘नयाँ साझेदार मात्र थपिन्छ र पुँजी वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा यो व्यवस्था गरिएको हो’, उनले भने, ‘यसरी सेयर खरिद–बिक्री हुँदैन र नयाँ साझेदार थप्ने पुँजी वृद्धि गर्ने मात्र कुरा हो । यसले खास गरी स्टार्टअपहरुलाई राम्रो गर्छ भन्ने सरकारको धारणा हो र यही स्पिरिटबाटै यो व्यवस्था विधेयकमा प्रस्तुत गरिएको छ ।’ मन्त्री पुनले कम्पनीको पुँजी वृद्धि गर्दा विभिन्न निकायहरुको अनुमति लिनैपर्ने व्यवस्था गरिएको जानकारी दिए । ‘खासर गरी सेयर संरचना गर्दा नियामक निकायहरको स्वीकृति लिनुपर्ने व्यवस्था छ । स्वीकृतिका लागि आन्तरिक राजश्व कार्यालयको राय मागिएको हुन्छ । यो सबै सन्दर्भमा संशोधित व्यवस्था कुनै दुरुपयोग हुने सम्भवना रहँदैन’, मन्त्री पुनले भने, ‘सम्बन्धित नियामक निकायँग समेत समन्वय गरी आन्तरिक राजश्व कार्यालयको सहमति लिनुपर्ने हुन्छ, मैले यो कुरा सैद्धान्तिक छलफलका क्रममा पनि राखेको छु ।’ उनले विनियोजन सँग सम्बन्धित कानूनहरुलाई वैज्ञानिक, पारदर्शी र लगानीमैत्री बनाउन आर्थिक विधेयकमा केही व्यवस्था थप एवं सामान्य वपरिवर्तन गर्न प्रस्ताव गरएको बताए । फरक प्रसंगमा मन्त्री पुनले सरकारको पेट्रोलियम पदार्थको खपत कम गरी जलविद्युतसहित नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गरे । पेट्रोलियम पदार्थको प्रयोग निरुत्साहित गर्न यसै वर्षदेखि हरित करको सुरुअत गर्ने व्यवस्था गरिएको जानकारी उनले दिए ।
‘ऐला’ ब्रान्डिङका लागि सम्भाव्यता अध्ययन गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थ (मदिरा) को ब्रान्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधीका रूपमा समेत प्रयोग हुने गरेको छ । जन्म मृत्युबीचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) लाई गुणस्तरीय मानिन्छ । यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्रान्डिङ गरेर विश्व समक्ष पुर्याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो । यो कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यसरी अगाडि सारिएको कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुठी तथा संघ संस्थाका प्रतिनिधिहरूको प्रतिक्रिया बुझ्न र यससम्बन्धी सूचना संकलन गर्न आइतबार छलफल कार्यक्रम आयोजना गरिएको छ । ‘मदिरा ऐनले यस्ता वस्तुको प्रवर्द्धन रोकेको छ । यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन,’ छलफलमा महानगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रूपान्तरण गर्नुपर्छ ।’ पुस्ताले व्यवहारिक शिक्षाका रूपमा हस्तान्तरण गर्दै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले यसो नहुँदा स्तरीय उत्पादनका लागि पुर्खाले प्रयोग गरेको सीप थाहा नहुने बताए । उनले संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने बताए । छलफलमा ज्यापू महागुठी नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाजअन्तर्गतका विभिन्न गुथि खलःका प्रतिनिधिहरू सहभागी थिए ।
ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३,५००, मधेशमा २,२००, बागमतीमा १५,०००, गण्डकीमा ५,५००, लुम्बिनीमा ६,०००, कर्णालीमा ५०० र सुदूरपश्चिममा २,५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गरिरहेको बैंकले जनाएको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
दुई पटक बयान दिएको व्यक्तिलाई फरार अभियुक्त बनाइयो, गृहमन्त्रीले जवाफ दिनुपर्छ : सांसद खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले काठमाडौं जिल्ला अदालतमा पेश भएको द डार्क फाइलको मुद्दामा दुई पटक प्रहरीले बयान लिएको व्यक्तिलाई फरार अभियुक्त बनाइएको भन्दै यस सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले द डार्क फाइलको मुद्दामा राजकुमार तिमल्सिना, युवराज कँडेल र नविन ढुङ्गानालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको उल्लेख गरे । उनले २ जना मान्छे प्रहरीको सम्पर्कमा नभएको भन्दै राजकुमार तिमल्सिनालाई प्रहरीले दुईचोटी बयान लिएर पनि फरार अभियुक्तको रुपमा मुद्दा अदालतमा पेश गरिएको बताए । बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त बनाइएकोप्रति गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने जानकारी दिए । ‘१४ गते काठमाडौं जिल्ला सहकारीमार्फत काठमाडौं जिल्ला अदालतमा एउटा चर्चित द डार्क फाइल भन्ने मुद्दा प्रस्तुत भएको छ । कुनै बेला ६० केजी सुन प्रकरणमा फरार अभियुक्त भनेर बयान लिएका चलाउने भन्ने मान्छेको नाममा मुद्दा चलाउँदाखेरी तत्कालिन एआईजीलाई कारबाहीको प्रस्तावसम्म गरियो भने तर अहिले बयान लिएको अभियुक्तलाई कसको निर्देशनमा, किन बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेश गरियोस्’, उनले भने ।