नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

<p>काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराइएका झालाई अदालतले अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको हो । झालाई शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान [&hellip;]</p>

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर गराइएका झालाई अदालतले अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।

झालाई शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएपछि झा फरार भएका थिए ।

Share News