विकासन्युज

भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा प्रष्ट रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेक प्रस्तुत गरिएको धारणा राखे । ‘प्रस्तुत विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुङ्गो लगाएर आगामी अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ’, गृहमन्त्री लेखकले भने–’यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।’ विधेयकलाई आउँदो अधिवेशबाट पुर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुङ्गोमा पुर्याएर संघीय संसद्को अधिवेशनमा प्रस्तुत गर्न उनले आग्रह गरे । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसामयिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन्’, उनले भने, ‘जुन सम्मानित समितिमा विचाराधीन छ ।’ गृहमन्त्री लेखकले भ्रष्टाचारलाई न्यूनीकरण गरेर यसमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर मुलुकमा सुशासनको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘यी विधयेकहरु पूर्ववर्ती सरकारबाट प्रस्तुत भएका भए पनि सरकार भनेको अविछिन्न उत्तराधिकारी हो, सरकार अलग/अलग हुँदैन’, उनले भने ।

वीरगञ्जमा सोमबारदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै

वीरगञ्ज । दिपावलीका अवसरमा वीरगञ्जको पुरानो बसपार्क आर्दशनगरमा सोमबारदेखि रात्रिबजार लाग्ने भएको छ । वीरगञ्ज महानगरपालिका र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीबारसम्म बजार लाग्नेछ । प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले रात्रिबजारमा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु तथा सामानलाई प्रोत्साहन गर्ने खालका ३० भन्दा धेरै स्टल राखिने जानकारी र्दि । ‘घरेलु तथा साना उद्यम गर्दै आएका उद्यमीलाई प्रोत्साहन गर्नका लागि रात्रिबजार आयोजना गर्न लागेका हौँ’, उनले भने,’रात्रिबजारमा परम्परागत खानाका परिकार, साना तथा घरेलु उद्यमीले उत्पादन गरेका वस्तु तथा सामानसमेत प्रदर्शनीमा राखिनेछ । रात्रिबजारमार्फत स्थानीय रूपमा वस्तु तथा सामानको बजारीकरणमा पनि टेवा पुग्ने विश्वास लिएका छौँ ।’ रात्रिबजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायतका सरसामानका स्टल पनि राखिने आयोजकले जनाएको छ । अध्यक्ष खेतानले कात्तिक १५ गते लक्ष्मीपूजाको दिनमा भने विशेष सांस्कृतिक कार्यक्रम पनि हुने जानकारी दिए ।

व्यावसायिक क्षमताको १५ प्रतिशतमा सीमित स्काई टावर, घाटामा गएपछि ६० करोड ऋणका लागि रेटिङ

काठमाडौं । काठमाडौंको व्यस्त ठाउँ कमलादीमा स्काई टावर सञ्चालनमा आएको एक वर्ष बढी समय भइसकेको छ । पृथक किसिमको पर्यटकीय रोमाञ्चकता प्रदान गर्दै आएको स्काई टावरको सञ्चालन वन्डर्स नेपालले गर्दै आएको छ । अग्लो ठाउँबाट काठमाडौं उपत्यकाको दृश्य नियाल्न मिल्ने स्काई टावरमा आम सर्वसाधारणको आकर्षण कस्तो छ ? दैनिक कति जनाले यो टावरमा चढ्छन् ? १३ रोपनी जग्गा फैलिएको स्काई टावरको कमाइ कस्तो छ ? नेपालमा पृथक किसिमको पर्यटकीय अनुभव दिइरहेको वन्डर्स नेपाल स्काई टावरको आम्दानीप्रति सन्तुष्ट छ वा छैन ? यसमा धेरैको चासो रहेको छ । हालै सार्वजनिक भएका तथ्यांकका आधारमा यो कम्पनीले व्यवसायिक क्षमताको १५ प्रतिशत मात्र सेवा बिक्री गरेको छ । एसियाकै पहिलो स्काई वाक टावर भनेर दाबी गरिएको टावरले वार्षिक ७ लाख २० हजार भिजिरलाई टावरमा चटाउने क्षमता राख्छ । मासिक ६० हजार र दैनिक २ हजार भिजिटरलाई चढाउने क्षमता राख्छ । तर कम्पनीले सन् २०२४ मा १ लाख १० हजार भन्दा कम मानिसलाई स्काइ वाक टावर चढाएको छ । यो कम्पनीको कुल सामथ्र्यको करिव १५ प्रतिशत मात्र हो । सार्वजनिक भएको एक तथ्याङ्क अनुसार कम्पनीले २०२४ मा १२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले प्रतिव्यक्ति १ हजार रुपैयाँ टिकट बेच्दै आएको छ । टिकट बाहेक कफिसप, सैलुन, रेष्टुरेन्ट चलाएर भाडा आम्दानी पनि गरेको छ । सीमित सञ्चालन खर्चका कारण ह्रासकट्टी,ब्याज र करअघिको नाफा ९ करोड ७० लाख रूपैयाँ कमाएको देखिएको छ । तर कम्पनीको उच्च ह्रासकट्टी र ब्याज खर्चका कारण गत आवमा वन्डर्स नेपालले ४ लाख ७० हजार रूपैयाँ घाटा बेहोरेको रेटिङ एजेन्सी केयर नेपालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गत वर्ष कम्पनीले ब्याज खर्च मात्रै ६ करोड ६० लाख रूपैयाँ तिरेको विज्ञप्तिमा उल्लेख छ । यस कम्पनीले ६० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो । कम्पनीले डबल बी माइनसको रेटिङ पाएको छ । कम्पनीले बैंक तथा वित्तीय संस्थामा देखिएको ब्याजदरको उतारचढावले आम्दानीमा प्रभाव पारिरहेको उल्लेख गरेको छ । पछिल्लो समय ब्याजदर घट्दा केही सहज भएको पनि विज्ञप्तिमा उल्लेख छ । पाँचजना सदस्यीय रहको वन्डर्स नोपलको सञ्चालक समितिको नेतृत्व पविन्द्र न्यौपानेले गरिरहेका छन् भने प्रबन्ध सञ्चालकको रूपमा पदमप्रसाद न्यौपानले काम गरिरहेका छन् । टावरमा लिफ्ट अथवा हिँडेर पनि चढेर सिधै माथि पुगिन्छ । टपको सिसामा हिँड्दा ७८ मिटर तलको बगैंचा, पार्किङ, बजार देखिन्छ । वण्डर्स नेपालले धरानको भेडेटार र इलामको कन्याममा पनि टावर निर्माण गरिरहेको छ । वोन्डर्स नेपालले छिट्टै आईपीओ जारी गर्ने निणर्य पनि गरिसकेको छ । त्यसका लागि प्रक्रिया अगाडि बढिरहेको बुझिएको छ ।  

गरिमा क्यापिटलको पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत आइतबार नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली नपा वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरूलाई पूँजी बजार बारे सूचित गराउने उद्देश्यले श्री सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव ठाकुर प्रसाद शर्माले सञ्चालन गरेका थिए भने कार्यक्रमको प्रमुख वक्ताका रुपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख दिपक न्यौपाने रहेका थिए । सोही कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।

ड्राइभ गर्दा कारको झ्याल खुल्ला राख्नुहुन्छ ? यस्ता छन् बेफाइदा, स्वास्थ्यमा पनि जोखिम

काठमाडौं । के तपाईं  गाडी चलाउँदा झ्यालको सिसा खोल्नुहुन्छ ? कार चलाउँदा मानिसहरू रहरले सिसा वा सनरुफ खोल्छन् तर के तपाईंलाई थाहा छ- त्यसो गर्नु घातक हुन सक्छ ? यदि तपाईंलाई थाहा छैन भने आज हामी तपाईंहरूलाई यसबारेमा संक्षिप्तरूपमा बताउन गइरहेका छाैं । यस्ताे बानीले तपाईंकाे कारको साथसाथै तपाईंको स्वास्थ्यका लागि पनि हानिकारक हुन सक्छ । कारकाे इन्धन खपतमा वृद्धि गाडी चलाउने क्रममा कारको झ्याल खोल्दा हावा कारभित्र आउँछ र एयर ड्र्याग बनाउँछ । यो एयर ड्र्याग कम गर्न कारले कडा मेहनत गर्नुपर्छ र यसले इन्धन खपत बढाउँछ । झ्याल खोलेर चलाउँदा एसीको तुलनामा १० प्रतिशतसम्म इन्धन खपत बढ्न सक्छ । झ्यालहरू खुला राख्नाले गाडीभित्र धुलो र फोहोर पनि जम्मा हुन्छ । प्रदूषणको खतरा जब तपाईं झ्याल तल राखेर कार चलाउनुहुन्छ तब तपाईं सिधै वायु प्रदूषणको सामना गर्नुहुन्छ । बाहिरी हावामा रहेको धुलोधुवाँ र हानिकारक ग्यासहरू तपाईंको शरीरमा प्रवेश गर्न सक्छन् । लामो समयसम्म प्रदूषित हावामा सास फेर्दा सास फेर्न समस्या, आँखा जलन र अन्य स्वास्थ्य समस्याहरू हुन सक्छन् । कारका झ्यालहरू खुला राख्नाले बाहिरी आवाज सिधै तपाईंको कानमा पुग्छ, जसले तपाईंको कानमा पनि क्षति पुर्‍याउन सक्छ । सुरक्षासँग सम्बन्धित खतराहरू पनि झ्यालहरू खुला राख्दा चोरहरू सजिलै कारभित्र घुस्न सक्छन् । साथै झ्यालको सिसा खुलै राख्दा कारभित्र लामखुट्टे र अन्य कीरा पस्न सक्छन्, जसले समस्या निम्त्याउन सक्छ । तपाईं कारको झ्याल कुनबेला खुला राख्न सक्नुहुन्छ ? छोटो दूरीमा यात्रा गर्दै हुनुहुन्छ भने झ्याल खोल्नु राम्रो हुन्छ । तर, काठमाडाैंदेखि भरतपुर अथवा पाेखरा जाँदै हुनुहुन्छ भने यस्तो गल्ती नगर्नूहोस्, किनकि प्रदूषण अत्यधिक छ । यदि तपाईं सफा हावा भएको क्षेत्रमा जाँदै हुनुहुन्छ भने तपाईं झ्याल खोलेर हिँड्न सक्नुहुन्छ । यदि तपाईंको कारको एसी बिग्रिएको छ भने पनि तपाईं झ्याल खोलेर हिँड्न सक्नुहुन्छ ।

खोकनाका किसानलाई धान भित्र्याउने चटारो : उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाएको गुनासो

काठमाडौं । तिहार सुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका किसानलाई धानबाली भित्र्याउने चटारो छन् । मंसिर लाग्न नपाउँदै धानबाली पाकेपछि काठमाडौं, ललितपुर र भक्तपुरका किसान यतिबेला व्यस्त छन् । तिहारअघि नै धान बाली भित्र्याउने चटारो उपत्यकाका किसानलाई छ । मौसममा सुधार आएसँगै ललितपुर खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन् । गत असार–साउनमा रोपेको धान समयअगावै पाकेकाले खोकनाका किसानहरू तिहारअघि धान भित्र्याउन व्यस्त भएका हुन् । खोकनाका किसानले खेतमा पोखरेली, ताइचिन र मसिनो धानको खेती गरेका छन् । ललितपुर महानगरपालिका भित्र पर्ने खोकनाका अधिकांश मानिसहरु कृषिमा आश्रित छन् । तर काठमाडौं–निजगढ द्रुतमार्ग लगायत सरकारले आवास क्षेत्र घोषणा गरेसँगै धानखेती कमी हुँदै आएको खोकनाका किसान बताउँछन् । सरकारले आवास क्षेत्र घोषणा गरेकाले धान खेती गरेपनि समय बीउ सरकारले दिन छाडेको गुनासो गरे । किसानहरूले विकास निर्माणका नाममा उर्वर भूमि मास्न खोजिएकाले भविष्यमा आफ्नै उब्जनीको खान नपाउने अवस्था आएको बताए । विगतका वर्षहरूमा तिहारपछि धानबाली भित्र्याउने गर्दथे । यो वर्ष समयअगावै धान पाकेकाले धान भित्र्याउने चटारो रहेको किसान बताउँछन् । ललितपुर खोकनामा किसान सद्धिचरण डंगोलले विगतको भन्दा उत्पादनमा कमी आएको बताए । विगतमा प्राङ्गरिक मल हुँदा धान बाली राम्रो हुने गरेको तर अहिले रासायनिक मल प्रयोग गर्दा विगतको जस्तो धान फल्न नसकेको जानकारी दिए । खेती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेतीगर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन नसकेको गुनासो गरे । ‘पहिला खेतीपती गर्ने जग्गामा अहिले सरकारले आवास क्षेत्र बनाएकाले खेतीगर्दा पनि खोकनाका लागि सरकारले रासायनिक मल पनि दिन गाह्रो मान्ने गरेको छ । विगतको भन्दा मानिसहरुको बस्ती भएकाले धेरै खेतीयोग्य जमिन छैन’, उनले भने । ललितपुर बुङमतिका किसान रामचन्द्र महर्जनले अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्नु गलत भएको बताए । उनले अहिले भारतले नाकाबन्दी गरेर दुःख दिइरहेको अवस्थामा उत्पादन हुने क्षेत्रलाई आवास क्षेत्र बनाउन नहुने बताए । अहिले विगतको तुलनामा पछिल्लो समय धान उत्पादनमा कमी रहेको जानकारी दिए । ‘अन्न उत्पादन गर्ने क्षेत्रलाई सरकारले आवास क्षेत्र घोषणा गर्न थाल्यो भने के खाएर बस्ने हो । सरकारले समयमा मलको उपलब्ध नगराउँदा उत्पादन बढ्नेको छैन’, उनले भने । ललितपुर बुङमतिका अर्का किसान रामकृष्ण महर्जनले पनि विगतको तुलनामा धान उत्पादन कमी आएको बताए । रासायनिक मल नपाउँदा धान उत्पादन कमी भएको भनाई थियो । ललितपुर खोकनामा सानु डंगोलले पनि विगतको तुलनामा अहिले रासायनिक मलको मात्रै भर पर्दा धान उत्पादन कमी आएको जानकारी दिए । समय अगावै धान पाकेकोले अहिले भक्तपुर, ललितपुर र काठमाडौंका किसानले धानबाली काटिसकेका छन् । दशैँ मनाएसँगै धान भित्र्याउने चटारोले अहिले किसानको दैनिकी खेतमै बित्ने गरेको छ ।

स्पेनी प्रधानमन्त्री सान्चेज व्यापारिक सम्बन्ध बिस्तारका लागि भारतमा

काठमाडाैं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज व्यापारिक सम्बन्ध बिस्तारका लागि भारत पुगेका छन् । उनलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरे । प्रधानमन्त्री साञ्चेजले १८ वर्षपछि स्पेनी प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गरेका हुन् । यसअघि स्पेनी प्रधानमन्त्रीका रूपमा होजे लुइस रोद्रिगेज झपातेरोले भारत भ्रमण गरेका थिए । भारतको रक्षा मन्त्रालयले सन् २०२१ मा एयरबस डिफेन्स एन्ड स्पेसबाट ५६ कार्गो र सेनाको लागि सी २९५ विमानका लागि २.५ अर्ब डलरको सम्झौता गरेको थियो । गुजरात राज्यको वडोदरामा टाटा एडभान्स सिस्टम्स र एयरबसको सहकार्यमा निर्माण गरिएको सैन्य विमान कारखानाको उद्घाटन गर्न जाँदै गर्दा सुन्तला रङ्गको सयपत्री फूलको मालाले सजिएको गाडीबाट स्वागतका लागि सडक किनारामा उभिएका भारतीयको आथित्यतालाई दुवै देशका नेताले हात हल्लाएर स्वीकारेका थिए । स्पेनको सेभिलमा १६ वटा विमानको निर्माण (एसेम्बल) गरिने बताइएकामा पहिलो विमानको डेलिभरी गत वर्ष गरिएको थियो भने बाँकी ४० वटा विमान भारतमा निर्माण हुनेछन् । वडोदरामा रहेको भारतीय विमान निर्माण प्लान्टले सन् २०२६ मा पहिलो ‘मेड इन इन्डिया’ सी२९५ विमान निर्माण सम्पन्न गर्नेछ । ‘यो कारखानाले भारत–स्पेन सम्बन्धलाई मात्र बलियो बनाउने छैन, ‘मेक इन इन्डिया एन्ड मेड फर द वर्ल्ड’ मिसनलाई पनि मजबुत बनाउनेछ,’ मोदीले भने । यसले विश्वव्यापी एयरोस्पेस उत्पादनमा एक विश्वसनीय साझेदारको रूपमा भारतको स्थितिलाई पनि बलियो बनाउने उहाको दावी रहेको छ । सान्चेजले एयरबसले भारतको रक्षा र अन्तरिक्ष उद्योगमा नयाँ अध्याय कोरेको बताए । ‘यो परियोजनाले हाम्रो औद्योगिक सम्बन्धलाई मजबुत बनाउँछ र भरपर्दो र रणनीतिक साझेदारको रूपमा हाम्रो देशको गहिरो प्रतिबद्धतालाई अन्तर्निहित गर्दछ,’ साञ्चेजले भने । यसले स्पेनी रक्षा उद्योगको क्षमता पनि देखाउँछ। भारतले सन् २०२३ मा ९.९ अर्ब अमेरिकी डलर को व्यापार गरेकोमा ७.१७ अर्ब डलरको निर्यात गरेको छ भने २.७४ अर्ब डलरको आयात गरेको छ । स्पेन, भारतमा २८० भन्दा बढी स्पेनी कम्पनीसहित १६ औं ठूलो विदेशी लगानीकर्ता हो र स्पेनले निर्माण, फार्मेसी, ऊर्जा, साथै रेलवे उद्योगमा पनि भारतमा लगानी बढाउन उत्सुक रहेको छ । स्पेनको जहाज निर्माण कम्पनी नाभान्टियाका अधिकारीहरू पनडुब्बीसहित सम्भावित सम्झौताहरूको लागि भारत भ्रमणमा साञ्चेजको भ्रमण दलमा सहभागी रहेका छन् । मोदीले सन् २०१७ मा स्पेनको भ्रमण गरेका थिए सन् २०१८ र २०२१ मा जी–२० शिखर सम्मेलनमा सान्चेजसँग वार्ता गरेका थिए । गत महिना चीनको भ्रमण गरेका सान्चेज एसियामा बेइजिङ र नयाँदिल्ली दुवैसँगको सम्बन्धलाई मजबुत बनाउन चाहन्छन् । स्पेनी प्रधानमन्त्री साञ्चेजले मङ्गलबार भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बईको भ्रमण गर्ने कार्यक्रम रहेको छ । मुम्बईमा रहँदा उनले स्थानीय औद्योगिक प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रासस

सार्वजनिक भयो टाटाको जीवनी ‘रतन टाटा : अ लाइफ’, के-के छन् किस्सा ?

काठमाडौं । यो घटना सन् २००८ को हो । टाटाको नानो कारखानालाई लिएर पश्चिम बंगालमा विरोध प्रदर्शन भइरहेको थियो । अन्ततः कारखानालाई सिंगुरबाट गुजरातको साणन्दमा सार्नुपर्‍यो। टाटा समूहका अध्यक्ष रतन टाटाका लागि यो चुनौतीपूर्ण अवस्था थियो । तर, रतन टाटाको धैर्य, बल, साहस र दूरदर्शिताको अन्तिम परीक्षा सन् १९८८ मा भएकाे थियाे । त्यतिबेला मजदुरहरूले हिंसात्मक हड्ताल गरेका थिए । टाटा मोटर्सका अध्यक्ष रतन टाटाका लागि यो उनको जीवनको सबैभन्दा एक्लो समयमध्येकाे एक थियाे । रतन टाटाको जीवनी ‘रतन टाटा: अ लाइफ’ हालै सार्वजनिक भएको छ, जसमा लेखक तथा पूर्वआईएएस अधिकारी थोमस म्याथ्यूले एनडीटीभीलाई दिएको अन्तर्वार्तामा यी कुराहरू उल्लेख गरेका छन् । यो पुस्तक हार्परकोलिन्स इन्डियाले प्रकाशित गरेको हो । सबैभन्दा राम्रो देखिने उद्योगपतिमध्ये एक थिए टाटा म्याथ्युले पुस्तकमा टाटालाई पहिलो पटक १९९४-१९९५ मा भेटेकाे उल्लेख गरेका छन् । टाटाले १९९१ मा टाटा सन्सको अध्यक्षको पदभार ग्रहण गरेका थिए । उनी सायद सबैभन्दा राम्रो देखिने उद्योगपतिहरूमध्ये एक थिए… छ फिट अग्लो, खैरो आँखा । ‘मलाई याद छ, १९९५ को एक सोमबार उहाँ मेरो अफिसमा आउनुभयो– म त्यतिबेला उद्योगमन्त्रीको निजी सचिव थिएँ… उहाँ भित्र आउँदा ग्रीक भगवान् कोठाभित्र पस्नुभएको जस्तो लाग्यो । तर उनको नम्रताले मलाई प्रभावित बनायो । त्यसयता हामी सम्पर्कमा रह्याैं । म्याथ्यु भन्छन्- टाटाको बाल्यकाल खासै राम्रो थिएन म्याथ्यूका अनुसार जीवनी ‘सामान्य व्यक्तिको जटिलताहरू हाइलाइट गर्ने’ प्रयास हो । पूर्व आईएएस अधिकारीले टाटाको ‘बालापन राम्रो नभएकाे बताएका छन् तर उनको प्रारम्भिक जीवनमा सबैभन्दा बलियो शक्ति उनको हजुरआमा लेडी नवाजबाई टाटा थिइन् । आमाबाबु अलग हुँदा स्कूलमा निन्दा बाल्यकालमा रतन टाटाका आमाबाबु अलग भए, जसले गर्दा उनलाई धेरै पीडा सहनुपर्‍याे । उनीमाथि विद्यालयमा निन्दामात्र नभइ सामाजिक बहिष्कारमा समेत परे । तर, दृढ साेच भएका उनी हजुरआमाको संरक्षणमा चुनौतीलाई राम्राेगरी सामना गरे । टाटाले आकाशमा इन्जिन बन्द गरेर काे-पेसेन्जरलाई डराउने गर्थे टाटाले न्यूयोर्कको रिभरडेल नामक विद्यालयमा पढेका थिए । स्कुल पढेपछि उनले मेकानिकल इन्जिनियरिङ पढे । म्याथ्युका अनुसार उनको उडानसँग सम्बन्धित धेरै कथाहरू प्रसिद्ध छन् । टाटाले आकाशमा इन्जिन बन्द गरेर सहयात्रुहरूलाई डराउने गर्थे । कुकुरलाई असाध्यै माया गर्थे रतन टाटा १२ वर्षकाे हुँदा उनले फक्स टेरियर पाएका थिए र उनले त्यो कुकुरलाई धेरै नै मन पराउँथे तर उनकी हजुरआमाले त्यो कुकुरलाई कहिल्यै मन पराइनन् । तर जब टाटा आफ्नो स्कुलिङको क्रममा अमेरिका गए, तब उनकी हजुरआमाले कुकुरप्रति रुचि विकसित भएकाे थियाे । रतन टाटाको निधन ९ अक्टोबर २०२४ मा भारतको सबैभन्दा पुरानो व्यापार समूहका प्रमुख रतन टाटाको ९ अक्टोबर २०२४ मा निधन भएकाे थियाे । उनले ८६ वर्षको उमेरमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिए । उनी सन् १९६२ मा पारिवारिक व्यवसायमा सामेल भएका थिए। याे पनि : १० हजार करोड बराबर भारूको वसियत चार जना, बम्बई उच्च अदालतबाट प्रमाणित हुने को थिए उद्योगपति टाटासँग १५ करोड घुस माग्ने मन्त्री ? सौतेनी भाइ बने रतन टाटाको उत्तराधिकारी, नोएलले सम्हाले १ खर्ब ६५ अर्ब डलरको सम्पत्ति