गरिमा क्यापिटलको पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

<p>काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत आइतबार नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली नपा वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरूलाई पूँजी बजार बारे सूचित गराउने उद्देश्यले श्री सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ [&hellip;]</p>

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रम अन्तर्गत आइतबार नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली नपा वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरूलाई पूँजी बजार बारे सूचित गराउने उद्देश्यले श्री सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव ठाकुर प्रसाद शर्माले सञ्चालन गरेका थिए भने कार्यक्रमको प्रमुख वक्ताका रुपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख दिपक न्यौपाने रहेका थिए ।

सोही कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।

Share News