विकासन्युज

घरमै बसेर गाईभैँसी पालेर वार्षिक ३ करोड कमाउन सफल

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार रुपैयाँमा एकै गाउँका किसानले कमाउन सफल भएका छन् । विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५१७ लिटर दुध बेचेर आठ लाख १२ हजार ४५५ रुपैयाँ कमाउन सफल भएका छन् । सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दूध बेच्नेमध्ये दोस्रो नम्बरका किसान हुन् । उनले एक वर्षमा नौ हजार ८९६ लिटर दूध बिक्री गरेर छ लाख १६ हजार ३२० रुपैयाँ कमाउन सफल भएका छन् । तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्छन् । तोयानाथले एक वर्षमा आठ हजार ५४० लिटर दूध बेचेर पाँच लाख ४८ हजार ४४३ रुपैयाँ कमाएका छन् भने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर पाँच लाख १३ हजार ७०० रुपैयाँ हात पारेका छन् । एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आवमा तीन लाख ७९ हजार १६१ लिटर दूध बेचेर दुई करोड ८९ लाख ७८ हजार रुपैयाँ गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए । चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमितरुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा एक करोड २३ लाख १० हजार रुपैयाँ बचत तथा एक करोड एक लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउँछन् ।

गणपति लघुवित्तको सञ्चालकमा तुलसा खरेल नियुक्त

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा तुलसा खरेल नियुक्त भएकी छन् । कार्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । ‘यस वित्तीय संस्थाको कार्तिक १३ गते मंगलबार बिहान बसेको सञ्चालक समितिको १२२औं बैठकले यस वित्तीय संस्थामा रिक्त रहेको सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा काठमाडौं भाटभटेनीमार्ग निवासी तुलसा खरेललाई मनोनयन गर्ने निर्णय गरेको व्यहोरा जानकारीको लागी अनुरोध छ,’ नेप्सेले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एनआईसी एसियासहित तीन बैंकको अर्ब बढी प्रोभिजनिङ, यी ९ बैंक रिकभरीमा आक्रामक

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा एक दर्जन वाणिज्य बैंकले ठूलो रकमको प्रोभिजनिङ गर्नु परेको छ । बैंकहरूको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूले ठूलो रकम कर्जा नोक्सानी व्यवस्थामा राखेका छन् । तथ्यांकअनुसार तीन वटा वाणिज्य बैंकले अर्ब बढी रकम कर्जा नोक्सानी व्यवस्थामा राखेका छन् । बैंकहरूले कुल पौने ८ अर्ब रुपैयाँ प्रोभिजनिङ गरेका हुन् । पहिलो त्रैमासमा करिब एक दर्जन बैंकले ७ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ प्रोभिजनिङ गरेका हुन् । असोज मसान्तसम्म एनआईसी एशिया बैंकले सबैभन्दा धेरै प्रोभिजन गरेको छ । यस बैंकले १ अर्ब १६ करोड ४३ लाख रुपैयाँ प्रोभिजन गरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकको प्रोभिजनमा ६४ करोड ४३ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा ८०.७१ प्रतिशत पोभिजन रकम बढेको हो । ग्लोबलले आइएमई १ अर्ब ७ करोड र सिद्धार्थले १ अर्ब ५० लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थामा राखेको छ । यस्तै, कृषि विकासले ९० करोड, राष्ट्रिय वाणिज्य बैंकले ७४ करोड, नेपाल बैंकले ६८ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ । यस्तै, कुमारी बैंकको ७१.११ प्रतिशत घटेर ६३ करोड ६ लाख रुपैयाँ, सानिमा बैंकको ३.७७ प्रतिशत बढेर ५६ करोड ३१ लाख रुपैयाँ, नबिल बैंकको ५८.७२ प्रतिशत घटेर ४५ करोड ७७ लाख रुपैयाँ र एभरेष्ट बैंकको ७५.१५ प्रतिशत घटेर १० करोड ६७ लाख रुपैयाँ रहेको छ । तर, समीक्षा अवधिमा भने आधा दर्जन बढी बैंकले भने राम्रो रिकभरी गरेको देखिन्छ । असोजसम्म लक्ष्मी सनराइज बैंकले १ अर्ब १६ करोड रुपैयाँ रिकभरी गरेको हो । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९७ करोड ५१ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५ करोड ७१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४ करोड ३४ लाख रुपैयाँ, एनएमबी बैंकको ३ करोड ७० लाख रुपैयाँ, हिमालयन बैंकको ३२ करोड २५ लाख रुपैयाँ रिकभरी गरेको छ । यस्तै, सिटिजन्स बैंकको ९० करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकको ३८ करोड ४१ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकको २७ करोड ७६ लाख रुपैयाँ रिकभरी गरेका छन् ।

खरिपाटीमा बस दुर्घटना हुँदा १० जना घाइते, दुई गम्भीर

भक्तपुर । चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस मंगलबार खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको प्रदेश–३–०१–००६ ख ०३१२ नंको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी परिसरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । घाइतेहरूको भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिनुभयो । दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरूले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिए । बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युत्को खम्बासमेत भाँचिएको उनले जानकारी दिए ।

काठमाडौंंका ४६ स्थानबाट फूल बिक्री गरिँदै

काठमाडौं । काठमाडौं महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिएका हुन् । प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवद्र्धन गरिएको जनाएको छ । सम्पूर्ण उपभोक्तालाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानलाई प्रोत्साहन गर्न पनि अनुरोध गरिएको छ । ‘हामी व्यापारीहरूलाई  प्लास्टिकका फूल तथा अन्य सजावटका सामग्री बिक्री नगर्न अनुरोध गर्दछौँ । यदि कसैले लुकीछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ’, प्रमुख शाहले भनेका छन् । अघिल्लो वर्षको तिहारमा महानगरले सडकमा फूल बिक्रीमा रोक लगाएको र बिक्री स्थान नतोक्दा धेरै किसानले फूल बिक्री गर्न नपाएको गुनासो गरेका थिए । कतिपयले बिक्रीका लागि ल्याएको फूल सडकमै फालेका थिए । महानगरले गत वर्ष पनि प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । गत वर्षको सिकाइबाट यस वर्ष फूल बिक्रेतालाई सहज बनाउने प्रयास गरिने नगरप्रमुख शाहले उल्लेख गरेका छन् । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस र सेन्टरहरुमा व्यवस्था मिलाइएको छ । फूल बिक्रीका लागि तोकिएका स्थल महानगरले बालाजु माछापोखरीस्थित आरती पार्टी प्यालेस, बुद्ध मल, भाटभटेनी, भ्याली कोल्ड स्टोर बालाजु, सामुदायिक भवन, बालाजुमा फूल बिक्रीको प्रबन्ध मिलाएको छ । स्वयम्भूस्थित धर्म चक्र पार्क, स्वयम्भू मार्ट, कलङ्की क्षेत्रमा भाटभटेनी, कलङ्की ट्रेड सेन्टर, एसएनएस, एनबिटिसीबाट फूल खरिद गर्न पाइनेछ । त्यसैगरी, नेपा ब्याङ्क्वेट खुशिँवु, बिग मार्ट, कालधारा, पकनाजोल, कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन, काठमाडौँ मल, सिभिल मल, सिटिसी मल, रञ्जना मल, बिग मार्ट कम्प्लेक्स, एटी कम्प्लेक्स, अनामनगरस्थित भाटभटेनी, आइटी प्लाजा, कमलादी, सङ्कटा चोक, टेबहाल, के। एल। टावर, चाबहिल, वी एन्ड एसएम, बौद्धमा उपभोक्ताले फूल खरिद गर्नसक्नेछन् । त्यस्तै, शङ्खमूलको भर्गो जापान, बिगमार्ट, निराकल कम्प्लेक्स, बानेश्वरको आइप्लेक्स, एनबी सेन्टर, बत्तीसपुतलीस्थित फोनिक्स टावर, चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान, कोटेश्वरको भाटभटेनी, बिबिएसएम, एसी कम्प्लेक्स, सिफल चौर, केटिएम पार्टी प्यालेस, निराकल कम्प्लेक्स, शङ्खमूल, नक्सालको भाटभटेनी, बालुवाटारस्थित बिग मार्ट, महाराजगञ्जको भाटभटेनी, सेल्स बेरी, सामाखुशीस्थित बिग माट, कोइराला मार्ट, कमलपोखरीको सिटी सेन्टर, बालाजुको ल्होत्से मल र सासा ब्याक्वेट सोह्रखुट्टेमा फूल बिक्री स्थल तोकिएको महानगरले जनाएको छ । स्वदेशी फूल व्यापारीले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नेछन् । यसका लागि महानगर प्रहरीले सहजीकरण गर्ने जनाइएको छ ।

तीन ठूला दलले देशलाई बर्बाद बनाए : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् । तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरुले देशलाई बर्बाद बनाएकाले आगामी उपनिर्वाचनमा जनताले उनीहरुलाई पराजित गर्नुपर्ने अध्यक्ष लिङदेनको जिकिर थियो । पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने काममा आफैँ सहभागी हुने काम कसैले पनि गर्न नहुने बताए । अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको रास्वपालाई हावादारी पार्टीको संज्ञा दिँदै सो पार्टीसँग देशलाई अघि बढाउने कुनै योजना नभएको दाबी गरे । उनले आफ्नो पार्टी मात्रै सुशासनको पक्षधर पार्टी रहेकाले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गरे । ‘यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त ? राप्रपालाई भेट नदिएर त्यही कांग्रेसलाई दिने, त्यही एमालेलाई दिने, त्यही माओवादीलाई भोट दिने ? देश यत्रो बर्बाद भयाे,’ उनले भने । अध्यक्ष लिङदेनले आफ्नो पार्टीले जितेका स्थानीय तहले नमूनायोग्य काम गरेको भन्दै उपनिर्वाचनमा जनताले साथ दिने पनि बताए ।

कुन देशका मानिसले धेरै सेकेन्ड ह्यान्ड कपडा किन्छन् ?

काठमाडौं । संसारका धेरै देशमा मानिसहरूले आफ्ना पुराना लुगा विशेष ठाउँमा छोड्छन् ताकि खाँचोमा परेकाहरूले तिनीहरूलाई प्रयोग गर्न सकून् । मानिसहरूले छाडेका पुराना कपडा खाँचो परेकाहरूले प्रयोग गर्छन् । पुराना कपडा पनि बेचिन्छन्। धेरै विकसित देश सेकेन्ड ह्यान्ड कपडा किन्न विकासशील देशभन्दा धेरै अगाडि छन् । स्टेटिस्टा कन्सुमर इनसाइटको तथ्यांकअनुसार फिनल्याण्ड यस सूचीमा पहिलो स्थानमा छ । एक सर्वेक्षणका अनुसार यो देशका ३३ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेका थिए । त्यसैगरी, युरोपेली देश पोल्याण्डमा पछिल्लाे १२ महिनामा ३३ प्रतिशत मानिसले पुराना कपडा खरिद गरेको बताइएकाे छ । स्वीडेन विश्वका धेरै सूचकहरूमा पहिलो स्थानमा छ । तर, यो देशमा ३० प्रतिशत जनताले पछिल्लो एक वर्षमा पुरानो कपडा किनेकाे सर्भेले जनाएकाे छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा ३० प्रतिशत मानिसले सेकेन्ड ह्यान्ड कपडा किनेको स्टेटिस्टा कन्सुमर इनसाइटले जनाएकाे छ । फ्रान्स र बेलायतमा पनि याे चलन चलिरहेकाे छ । विश्वको शीर्ष अर्थतन्त्र भएका यी देशमा २९ प्रतिशत मानिसले पुरानो लुगा किन्ने गरेको जनाइएकाे छ । भारतमा गरिएकाे एक सर्वेक्षणमा सहभागी २४ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेको बताएका छन् । यसैगरी, विश्वको तेस्रो र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा २१ प्रतिशत मानिसले पछिल्लो एक वर्षमा सेकेन्ड ह्यान्ड कपडा किनेको बताएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा १२ प्रतिशत मानिसले आफूले अरूले लगाएको लुगा लगाइएको बताएका छन् । जापान र दक्षिण कोरियामा १०/१० प्रतिशतले सेकेन्ड ह्यान्ड कपडा किन्ने स्वीकार गरेका छन् । नेपालमा पनि कुनैकुनै ठाउँमा सेकेन्ड ह्यान्ड कपडाकाे बिक्री भएकाे पाइन्छ । साथै कपडा ब्यांककाे चलन पनि चलेकाे थियाे  तर काेराेनाकालपश्चात् हराएर गयाे । एजेन्सीहरूकाे सहयाेगमा

काठमाडौंमा छ्याप्छ्याप्ती छन् प्रतिबन्धित प्लाष्टिकका फूल र माला (तस्बिरहरू)

काठमाडौं । तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लै छ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ । बजारमा मखमली, सयपत्री लगायतका फूलहरू बेच्नका लागि पसल पसलमा झ्न्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरूमा सयपत्री र मखमली फूल मात्रै छैनन् । प्लाष्टिकका फूलहरूले पनि बजार ढाकेको छ । प्लाष्टिकका फूलहरू बिक्री वितरण गर्न काठमाडौं महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिबन्ध लगाएका छन् । तर प्लाष्टिकका फूलहरू उपत्यकाका विभिन्न पसलहरूमा देख्न सकिन्छ , जुन बेच्नका लागि राखिएको छ । किसानहरू फूल बिक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरूको खपत बढाउनु र बजार बिस्तार गर्नुको सट्टा व्यवसायीहरू छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवं सयपत्री फूलहरू ल्याएर बेच्ने गरेका छन् । रोक लगाइरहँदासमेत प्लास्टिकका मालाहरू छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ ।