क्यान महासंघका महासचिव अधिकारी नास्टको आईसीटी उपसमिति सदस्यमा मनोनित
काठमाडौं । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सञ्चार तथा सूचना प्रविधि (आईसीटी) उपसमितिमा सदस्यको रूपमा मनोनित भएका छन् । नास्टको व्यवस्थापन परिषद्को ३०७औं बैठकले गरेको निर्णयअनुसार विभिन्न उपसमितिहरूको पुनर्गठन गर्दै आईसीटी समितिमा अधिकारीलाई मनोनयन गरिएको हो उपसमितिको संयोजकको रूपमा प्राडा. सुवर्ण शाक्य रहेका छन् । सदस्यहरूमा चिरञ्जीवी अधिकारीसहित प्राडा. मनिष पोखरेल, डा. बाबुराम दवाडी, डा. भोजराज घिमिरे र गुणकेशरी प्रधान रहेका छन् । यसैगरी प्रदीप ढोडारी सदस्य सचिवको भूमिकामा रहेका छन् । नास्टले विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरू गठन गर्दै आएको छ । आईसीटी उपसमिति प्रविधि क्षेत्रमा महत्त्वपूर्ण निर्णय र सुधारका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा रहने बताइएको छ । समितिमा मनोनित भएसँगै अधिकारीले आफ्नो विज्ञता अनुसार प्रविधि क्षेत्रको उत्थानमा कार्य गर्ने प्रतिबद्धता जनाए । चिरञ्जीवी अधिकारी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन् । विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापनसमेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन् साथै इन्फर्मेसन सेक्युरिटी, आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गरेका छन् । अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । साथै सूचना प्रविधिसम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएका छन् ।
सिद्धार्थसहित यी ४ बैंकको आरओईमा छलाङ, आरओएमा लक्ष्मी सनराइजले मार्यो फड्को
काठमाडौं । वाणिज्य बैंकहरूको रिटर्न अन इक्विटी (आरओई) घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा बैंकहरूको आरओई औसत ७.८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको आरओई ७.९१ प्रतिशत थियो । गत वर्षको तुलनामा बैंकहरूको आरओई औसत १.४४ प्रतिशत घटेको देखिन्छ । समग्रमा बैंकहरूको आरओई घटेको भएपनि अधिकांश बैंकको बढेको देखिन्छ । गत वर्ष १२.५५ प्रतिशत आरओई ऋणात्मक रहेको कृषि विकास बैंकको भने यसपटक १.३७ प्रतिशत धनात्मक बिन्दुमा छ । समीक्षा अवधिमा सबैभन्दा धेरै आरओई सिद्धार्थ बैंकको बढेको छ । सिद्धार्थ बैंकको ६९८.५० प्रतिशत बढेर ५.३५ प्रतिशत बिन्दुमा पुगेको छ । यस्तै, लक्ष्मी सनराइज बैंकको ३७१.८१ प्रतिशत बढेर ५.१९ प्रतिशत बिन्दु, नेपाल बैंकको ३०२.५६ प्रतिशत बढेर ६.२८ प्रतिशत बिन्दु, कुमारी बैंकको २९३.३५ प्रतिशत बढेर ११.२५ प्रतिशत बिन्दु आरओई रहेको छ । यस्तै, नेपाल एसबीआई बैंकको ५२.४७ प्रतिशत बढेर १.५४ प्रतिशत बिन्दु, नबिल बैंकको ३९.९६ प्रतिशत बढेर ७.६ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको ३३.३६ प्रतिशत बढेर १६.०७ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको १८.३० प्रतिशत बढेर ९.७६ प्रतिशत बिन्दुमा आरओई रहेको छ । यस्तै, एनएमबी बैंकको १५.७४ प्रतिशत बढेर १५.४४ प्रतिशत बिन्दु, प्राइम बैंकको २.३० प्रतिशत बढेर १५.९७ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.९२ प्रतिशत बढेर १६.४३ प्रतिशत बिन्दुमा आरओआई रहेको छ । यस अवधिमा सबैभन्दा धेरै आरओई हुने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड रहेको छ । तर, समीक्षा अवधिमा विभिन्न ८ बैंकको आरओई भने घटेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ८९.२६ प्रतिशत घटेर १.४३ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ८१.८१ प्रतिशत घटेर १.१४ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५३.०८ प्रतिशत घटेर ३.६५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३५.११ प्रतिशत घटेर ७.५४ प्रतिशत बिन्दुमा आरओई झरेको छ । यस्तै, सानिमा बैंकको १७.१८ प्रतिशत घटेर २.९४ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको १३.४३ प्रतिशत घटेर ११.४७ प्रतिशत बिन्दु, प्रभु बैंकको ४.०३ प्रतिशत घटेर ११.२४ प्रतिशत बिन्दु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.०३ प्रतिशत घटेर ४.२८ प्रतिशत बिन्दुमा आरओई झरेको तथ्याङ्क छ । कुन बैंकको आरओए कति ? असोजसम्म रिटन अन एसेट (आरओए) सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको बढेको छ । यस बैंकको आरओए २८१.८१ प्रतिशत बढेर ०.५३ प्रतिशत बिन्दुमा पुगेको छ । यस्तै, नेपाल बैंकको २६८.४२ प्रतिशत बढेर ०.७ प्रतिशत बिन्दु, कुमारी बैंकको २५९.२५ प्रतिशत बढेर ०.९७ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको ५८.१ट प्रतिशत बढेर १६.३७ प्रतिशत बिन्दु आरओए रहेको छ । यस्तै, नबिल बैंकको ३४.६१ प्रतिशत बढेर ०.३५ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १६.६६ प्रतिशत बढेर १.५४ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.४६ प्रतिशत बढेर २.४३ प्रतिशत बिन्दु, एनएमबी बैंकको ९.५५ प्रतिशत बढेर १.४९ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ७.६९ प्रतिशत बढेर ०.९८ प्रतिशत बिन्दु र प्राइम बैंकको १.०८ प्रतिशत बढेर १.८६ प्रतिशत बिन्दु रहेको छ । तर, समीक्षा अवधिमा विभिन्न ९ बैंकको आरओए भने घटेको देखिन्छ । यसअवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैकको सबैभन्दा धेरै घटेको छ । एनआईसी एशियाको ८९ प्रतिशत घटेर ०.११ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ८६ प्रतिशत घटेर ०.१२ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५६.२श्५ प्रतिशत घटेर ०.३५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३८.४ प्रतिशत घटेर ०.७७ प्रतिशत बिन्दुमा आरओए झरेको छ । यस्तै, सानिमा बैंकको २० प्रतिशत घटेर ०.१६ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको १६.६६ प्रतिशत घटेर ०.५ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको १०.३४ प्रतिशत घटेर १.०४ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगाको १० प्रतिशत घटेर ०.२७ प्रतिशत बिन्दु र प्रभु बैंकको ५.८३ प्रतिशत घटेर १.१३ प्रतिशत बिन्दुमा झरेको छ । तर, यसअवधिमा कृषि विकास बैंकको आरओए भने धनात्मक रहेको छ । गत वर्ष १.३१ प्रतिशत ऋणात्मक रहेको आरओए यस वर्ष घटेर ०.२४ प्रतिशत पुगेको हो ।
३ महिनामा करिब ४ अर्ब रुपैयाँको बीमा सरेण्डर
काठमाडाैं । चालु आर्थिक वर्षको ३ महिनामा ३ अर्ब रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर भएको छ । २८ हजार जना बीमितकाे ३ अर्ब ८२ करोड ४६ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर भएको हो । जसमध्ये सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी) नेपालबाट भएको छ । एलआईसी नेपालबाट ९ हजार ९३१ जना बीमितले १ अर्ब २२ करोड ९६ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् । यसैगरी, नेपाल लाइफका ६ हजार ५४६ जना बीमितले १ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीबाट २ हजार ७४३ जनाले २७ करोड ४३ लाख, नेशनल लाइफबाट १ हजार ५५४ जनाले २३ करोड ६२ लाख, एशियन लाइफका २ हजार २७२ जना बीमितले २४ करोड ८४ लाख, हिमालयन लाइफका २ हजार १४ जना बीमितले १८ करोड २३ लाख र सूर्य ज्योति लाइफका १ हजार ५ सय ७४ जनाले १९ करोड ३३ लाख रुपैयाँ बढीको बीमा पोलिसी सरेण्डर गरेका छन् ।
तिहारअघिको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो सेयर बजार
काठमाडाैं तिहारअघिको अन्तिम कारोबार दिन आज (बुधबार) सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेको छ । आज १४.४३ अंकले घटेर नेप्से सूचक २ हजार ६ सय ७७.६२ बिन्दुमा झरेको छ । यस दिन १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेचबाट ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज बजार घटेपनि ४ वटा कम्पनीमा सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र कुथेली बुथेली हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । गुराँस र मिड सोलुको सेयर मूल्य समान १०.१० प्रतिशतले बढ्दा अपर स्याङ्गे र कुथेली बुथेलीको सेयर मूल्य क्रमशः ९.९९ र ९.९८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समान ९.९२ प्रतिशतले वृद्धि भएको छ । आज ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला
काठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, ‘दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।’
काठमाडौंमा कुचोको १० करोड बढीको व्यापार हुने आँकलन
काठमाडौं । तिहारमा फूलमाला र पालासँगै कुचाको माग पनि अत्याधिक हुने गर्दछ । नेपालका मुख्य सहरमा कुचोको माग यतिबेला धेरै नै हुन्छ । कुचो व्यवसायीहरूलाई आपूर्ति धान्न गाह्रो हुन्छ । तिहार नेपालीहरूको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, माटोको पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ । अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरू बताउँछन् । कुचोमा पनि झाडु र अम्रिसाेको कुचो हुन्छ । अम्रिसाेकाे कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्की बताउँछन् । यतिसम्मकि भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ । काठमाडौंमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आएका अध्यक्ष कार्कीले कुचोको व्यापार सुरु गरेकाे २०४९ सालदेखि नै हो । इलामकाे पुर्ख्याैली घरमा २०३० सालमा आफू जन्मिँदा पनि आफ्ना पिताले कुचाको व्यापार गरेकाे सम्झना उनलाई छ । त्यसैले उनले पनि पुर्ख्याैली पेशा २०४९ सालदेखि गर्दै आए । काठमाडौंमा आएर व्यापार सुरु गरेको भने उनले १४ वर्ष करिब पुग्यो । अध्यक्ष कार्कीले तिहारको समयमा काठमाडौं उपत्यकामा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुने गरेको बताए । उनले अम्रिसाेको कुचाको निर्यात विशेष गरी भारतमा बढी हुने बताए । यस वर्षमात्रै भारतमा १ अर्ब बराबरको कुचो निर्यात गरिसकेको उनको भनाइ छ । त्यसै बराबरको आन्तरिक खपत नेपालका विभिन्न सहरमा हुने गरेको कार्कीले जानकारी दिए । तिहारको बेलामा अन्य समयको तुलनामा चार गुणासम्म बढी कुचो व्यापार हुने उनकाे अनुभव छ । कार्कीकाअनुसार दशैं र तिहार चाडपर्व परेका दुई महिना (असोज र कार्तिक) मा अन्य १० महिनाको बराबरको व्यापार हुन्छ । गत साल तिहारमा मात्रै करिव २० करोडको हाराहारीमा कुचो विक्री भएको उनको संघको अनुमान छ । तर यस पटक भने अम्रिसाेकाे कुचोको मूल्य केही घटेकाले माग बढेपनि रकमका हिसाबले भने विगतका वर्षहरूकै हाराहारीमा बिक्री हुने अध्यक्ष कार्कीले बताए । काठमाडौंमा काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरूबाट कुचो आउने गरेको उनले बताए । उनले व्यवसायीहरूले पनि विपद्का कारण आवतजावतमा समस्या पर्ने भएकाले मागको आपूर्ति समयमा हुन नसक्दा कालोबजारी हुनसक्ने कुरालाई मध्यनजर गरी समयमै माग पूरा गर्न र तोकिएको मूल्य भन्दा बढीमा बिक्री नगर्न आग्रहसमेत गरे ।
कागलाई पूजा गरी मनाइयो काग तिहार
काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व बुधबार यमराजको दूतका रूपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार) सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म तिहार मनाउने गरिन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठामीठा खानेकुरा दिई खुसी पार्ने परम्परा रहेको उनले बताए । लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलन समेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित तिहार पर्वअन्तर्गत आज कागको पूजा गर्ने परम्परा गाँसिएको प्रा अधिकारीले बताए । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यमदीप दान दिने क्रम भने आज साँझदेखि सुरु हुन्छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ । मङ्गलबारदेखि कार्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमा कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको हो । यमपञ्चकको पहिलो दिन काग तिहार पर्व मनाइने गरिन्छ । यसवर्ष तिथिको घटबढका कारण मङ्गलबार यमपञ्चक सुरु भएकामा आज काग तिहार पर्व मनाइएको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमको एक करोड २ लाख ७० हजार सहयोग
काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध रुपैयाँ रकम जम्मा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन् । अविरल वर्षाका कारणले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भएको बाढी-पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरूलाई राहतस्वरूप टेलिकमले कोषमा रकम जम्मा गरेको हाे । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडि बढ्न निर्देशनसमेत दिएक थिए ।