सिद्धार्थसहित यी ४ बैंकको आरओईमा छलाङ, आरओएमा लक्ष्मी सनराइजले मार्‍यो फड्को

<p>काठमाडौं । वाणिज्य बैंकहरूको रिटर्न अन इक्विटी (आरओई) घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा बैंकहरूको आरओई औसत ७.८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको आरओई ७.९१ प्रतिशत थियो । गत वर्षको तुलनामा बैंकहरूको आरओई औसत १.४४ प्रतिशत घटेको देखिन्छ । समग्रमा बैंकहरूको आरओई घटेको भएपनि अधिकांश बैंकको [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरूको रिटर्न अन इक्विटी (आरओई) घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासमा बैंकहरूको आरओई औसत ७.८ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको सोही अवधिमा बैंकहरूको आरओई ७.९१ प्रतिशत थियो । गत वर्षको तुलनामा बैंकहरूको आरओई औसत १.४४ प्रतिशत घटेको देखिन्छ ।

समग्रमा बैंकहरूको आरओई घटेको भएपनि अधिकांश बैंकको बढेको देखिन्छ । गत वर्ष १२.५५ प्रतिशत आरओई ऋणात्मक रहेको कृषि विकास बैंकको भने यसपटक १.३७ प्रतिशत धनात्मक बिन्दुमा छ । समीक्षा अवधिमा सबैभन्दा धेरै आरओई सिद्धार्थ बैंकको बढेको छ । सिद्धार्थ बैंकको ६९८.५० प्रतिशत बढेर ५.३५ प्रतिशत बिन्दुमा पुगेको छ । 

यस्तै, लक्ष्मी सनराइज बैंकको ३७१.८१ प्रतिशत बढेर ५.१९ प्रतिशत बिन्दु, नेपाल बैंकको ३०२.५६ प्रतिशत बढेर ६.२८ प्रतिशत बिन्दु, कुमारी बैंकको २९३.३५ प्रतिशत बढेर ११.२५ प्रतिशत बिन्दु आरओई रहेको छ ।

यस्तै, नेपाल एसबीआई बैंकको ५२.४७ प्रतिशत बढेर १.५४ प्रतिशत बिन्दु, नबिल बैंकको ३९.९६ प्रतिशत बढेर ७.६ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको ३३.३६ प्रतिशत बढेर १६.०७ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको १८.३० प्रतिशत बढेर ९.७६ प्रतिशत बिन्दुमा आरओई रहेको छ ।

यस्तै, एनएमबी बैंकको १५.७४ प्रतिशत बढेर १५.४४ प्रतिशत बिन्दु, प्राइम बैंकको २.३० प्रतिशत बढेर १५.९७ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.९२ प्रतिशत बढेर १६.४३ प्रतिशत बिन्दुमा आरओआई रहेको छ । यस अवधिमा सबैभन्दा धेरै आरओई हुने बैंकमा स्ट्याण्डर्ड चार्टर्ड रहेको छ ।

तर, समीक्षा अवधिमा विभिन्न ८ बैंकको आरओई भने घटेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ८९.२६ प्रतिशत घटेर १.४३ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ८१.८१ प्रतिशत घटेर १.१४ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५३.०८ प्रतिशत घटेर ३.६५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३५.११ प्रतिशत घटेर ७.५४ प्रतिशत बिन्दुमा आरओई झरेको छ ।

यस्तै, सानिमा बैंकको १७.१८ प्रतिशत घटेर २.९४ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको १३.४३ प्रतिशत घटेर ११.४७ प्रतिशत बिन्दु, प्रभु बैंकको ४.०३ प्रतिशत घटेर ११.२४ प्रतिशत बिन्दु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.०३ प्रतिशत घटेर ४.२८ प्रतिशत बिन्दुमा आरओई झरेको तथ्याङ्क छ ।

कुन बैंकको आरओए कति ?

असोजसम्म रिटन अन एसेट (आरओए) सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको बढेको छ । यस बैंकको आरओए २८१.८१ प्रतिशत बढेर ०.५३ प्रतिशत बिन्दुमा पुगेको छ । यस्तै, नेपाल बैंकको २६८.४२ प्रतिशत बढेर ०.७ प्रतिशत बिन्दु, कुमारी बैंकको २५९.२५ प्रतिशत बढेर ०.९७ प्रतिशत बिन्दु, नेपाल एसबीआई बैंकको ५८.१ट प्रतिशत बढेर १६.३७ प्रतिशत बिन्दु आरओए रहेको छ ।

यस्तै, नबिल बैंकको ३४.६१ प्रतिशत बढेर ०.३५ प्रतिशत बिन्दु, एभरेष्ट बैंकको १६.६६ प्रतिशत बढेर १.५४ प्रतिशत बिन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.४६ प्रतिशत बढेर २.४३ प्रतिशत बिन्दु, एनएमबी बैंकको ९.५५ प्रतिशत बढेर १.४९ प्रतिशत बिन्दु, ग्लोबल आइएमई बैंकको ७.६९ प्रतिशत बढेर ०.९८ प्रतिशत बिन्दु र प्राइम बैंकको १.०८ प्रतिशत बढेर १.८६ प्रतिशत बिन्दु रहेको छ ।

तर, समीक्षा अवधिमा विभिन्न ९ बैंकको आरओए भने घटेको देखिन्छ । यसअवधिमा सबैभन्दा धेरै एनआईसी एशिया बैकको सबैभन्दा धेरै घटेको छ । एनआईसी एशियाको ८९ प्रतिशत घटेर ०.११ प्रतिशत बिन्दु, राष्ट्रिय वाणिज्य बैंकको ८६ प्रतिशत घटेर ०.१२ प्रतिशत बिन्दु, सिटिजन्स बैंकको ५६.२श्५ प्रतिशत घटेर ०.३५ प्रतिशत बिन्दु, हिमालयन बैंकको ३८.४ प्रतिशत घटेर ०.७७ प्रतिशत बिन्दुमा आरओए झरेको छ ।

यस्तै, सानिमा बैंकको २० प्रतिशत घटेर ०.१६ प्रतिशत बिन्दु, सिद्धार्थ बैंकको १६.६६ प्रतिशत घटेर ०.५ प्रतिशत बिन्दु, माछापुच्छ्रे बैंकको १०.३४ प्रतिशत घटेर १.०४ प्रतिशत बिन्दु, नेपाल इन्भेष्टमेन्ट मेगाको १० प्रतिशत घटेर ०.२७ प्रतिशत बिन्दु र प्रभु बैंकको ५.८३ प्रतिशत घटेर १.१३ प्रतिशत बिन्दुमा झरेको छ ।

तर, यसअवधिमा कृषि विकास बैंकको आरओए भने धनात्मक रहेको छ । गत वर्ष १.३१ प्रतिशत ऋणात्मक रहेको आरओए यस वर्ष घटेर ०.२४ प्रतिशत पुगेको हो ।

Share News