आइएमई लाइफको नाफा ११.२२ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ११.२२ प्रतिशत बढेको हो । असोज मसान्तसम्म कम्पनीले १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.९६ प्रतिशत बढेको हो । असोजसम्म कम्पनीले ३२ करोड २ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६१ करोड १४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको थियो । कम्पनीको दाबी भुक्तानी ४८.४७ प्रतिशत घटेको हो । यसअवधिमा कम्पनीले १ अर्ब ५८ करोड १ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने १ अर्ब ४३ करोड ५१ लख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड १५ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने १ अर्ब २३ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.३५ प्रतिशत बढेको हो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ, महाविपत्ति कोष ८.०७ प्रतिशत बढेर १९ करोड ४१ लाख रुपैयाँ, सञ्चित नाफा १५.९३ प्रतिशत बढेर १ अर्ब २३ करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.४४ रुपैयाँ घटेर ११.६० रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.६६ रुपैयाँ रहेको छ ।
आईजीआई प्रुडेन्सियलको नाफा १९.३७ प्रतिशत बढ्यो, १.७४ अर्ब पुग्यो विशेष कोष
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १९.३७ प्रतिशत बढेको हो । असोज मसान्तसम्म कम्पनीले २२ करोड ४७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य घटेको छ । ं असोजसम्म कम्पनीले १९ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ४.९० प्रतिशत बढेको हो । यसअवधिमा कम्पनीले ४५ करोड ९३ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ३७ करोड २१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ६८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ३५ करोड ३८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ५६ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३.३० प्रतिशत घटेको हो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ, विशेष कोषमा १ अर्ब ७४ करोड २० लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३५ लाख रुपैयाँ, सञ्चित नाफा ३५ करोड २ लाख रुपैयाँ र अन्य इक्विटी ५६ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६.७५ रुपैयाँबाट बढेर ८.०६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९०.४९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ७७.३० गुणा रहेको छ ।
नेपाल लाइफको नाफा ३०% बढ्यो, २ खर्ब ८ अर्ब पुग्यो जीवन बीमा कोषको आकार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा २० करोड ५४ लाखरुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ३० प्रतिशत बढेको हो । असोज मसान्तसम्म कम्पनीले ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ८२ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९.१४ प्रतिशत बढेको हो । ं समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ, महाविपत्ति कोष १ अर्ब ११ करोड ८८ लाख रुपैयाँ, सञ्चित नाफा ३४.७४ प्रतिशत बढेर ७१ करोड १९ लाख रुपैयाँ, जीनव बीमा कोष १९.५४ प्रतिशत बढेर २ खर्ब ८ अर्ब ४४ करोड १६ लाख रुपैयाँ र अन्य इक्विटी ४.४२ प्रतिशत बढेर ७९ करोड ५२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीले ११ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १० अर्ब ९२ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९.५४ प्रतिशतले बढी हो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १०.०१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३१.९९ रुपैयाँ रहेको छ ।
राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्कमा १२४% छलाङ, नाफा बढ्यो १३.७३ प्रतिशत
काठमाडौं । राष्ट्रि बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १३.७३ प्रतिशत बढेको देखिन्छ । असोज मसान्तसम्म कम्पनीले १८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ३८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२४ प्रतिशत बढेको हो । ं असोजसम्म कम्पनीले १ करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ लाख ३४ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ४६१ प्रतिशत बढेको हो । यसअवधिमा कम्पनीले ४१ करोड ५१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने १६ करोड १८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ३६ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने १० करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको थियो । २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष कोषमा ३ अर्ब १ करोड ८० लाख रुपैयाँ, सञ्चित नाफा २ अर्ब ३३ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा १० अर्ब ९४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा विशेष कोषमा २ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ, सञ्चित नाफा २ अर्ब २६ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा भने ९ अर्ब ९९ करोड ७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले ६३ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ५४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १८.३० प्रतिशतले बढी हो । कम्पनीले पुनर्बीमा मार्फत ४४ करोड ६९ लाख रुपैयाँ खर्चिएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४५ करोड २६ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५८.७२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२२३.५२ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात भने ३०२.६३ गुणा रहेको छ ।
पृथ्वीराजमार्ग दैनिक साढे ४ घण्टा अवरुद्ध हुने
काठमाडौं । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे ४ घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उहाँका अनुसार उक्त अवधिमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ । बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनःदोस्रो चरणमा बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य गरिने पाण्डेले जानकारी दिए । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए । ‘मुग्लिन पोखरा सडक योजनाको पूर्वीखण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधनका लागि उक्त अवधिमा पूर्ण रूपमा बन्द रहनेछ,’ उनले भने । उक्त अवधिमा रोकिने सवारीसाधनले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ ‘लेन’ अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ‘ओभरटेक’ नगर्न आग्रह गरिएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । यस्तै, २ ठूला पुल र १०३ कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिए । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत २ सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उनको भनाइ छ । पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
तराईमा हुस्सु लाग्यो, कोशी र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । साथै तराईका केही भागमा हल्का हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
दुई ब्रोकर संघबीच मर्जर, व्यवसायी र लगानीकर्ताको हकहितका लागि एक भएर अघि बढ्ने
काठमाडाैं । दुई ब्रोकर एशोसिएशनबीच मर्जर सम्झौता भएको छ । हाल संचालमा रहेका स्टक ब्रोकर्श एशोसिएनका र धितोपत्र ब्रोकर्श एशोसिएनबीच मर्जर सझौता भएको हो । उक्त सम्झौता पत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् । दुइुृ संस्था मर्जरसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट संचालमा आउने छ । पछिल्लो समय सेयर बजार देखिएको विकृति र विसंगतिलाई हटाउँदै बजारको विकाश र विस्तार गर्नका लागि दुई संस्थाहरु एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले जानकारी दिए । ‘२०७९ सालमा नयाँ धितोपत्र व्यवसायीहरुलाई अनुमतिपत्र दिएसँगै जुन किसिमको धु्रविकरण नयाँ र पुरानाबीच देखिएको थियो त्यो धु्रविकरण आजको यस ऐतिहासिक समझदारीसँगै समाप्त भएको छ,’ उनले भने, ‘यसले पक्कै पनि हाम्रो पूँजीबजारलाई र हामी यस बजारका प्रमुख साझेदार धितोपत्र व्यवसायीहरुलाई नयाँ दिशा निर्देश गर्नेछ र यस अवसरले हामीलाई हाम्रो व्यवसायिकता अभिवृद्धि गर्दै हाम्रो हक हित संरक्षणमा एकिकृत भई काम गर्ने वातावरणको सिर्जना गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ साथै अबको दिनमा संयुक्त रुपमा एउटै संस्थाको रुपमा अगाडि बढ्दै पूँजी बजारको विकास, विस्तार र कारोबार सुरक्षा एवं लगानीकर्ता हित संरक्षणका लागि एक ढिंक्का भएर अघि बढन् प्रतिवद्धता व्यक्त गरे । करिब २३ वर्ष पछि पहिलोपटक धितोपत्र ऐन संशोधनका क्रममा रहेको र उक्त ऐनलाई व्यवसाय र व्यवसायी मैत्री बनाउन मर्जर पछि एक भएको संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । ‘अझै पनि धेरै कुराहरु जुन वर्तमान अवस्थामा हाम्रो पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक छन् त्यस किसिमका व्यवस्थाहरु समावेश भएको देखिँदैन,’ उनले भने, ‘यस्तो ऐनहरु क्रमिक रुपमा समयक्रममा निरन्तर संशोधन हुँदै जानुपर्ने हो । तर यति लामो अन्तराल पछि संशोधनमा आउँदै गर्दा पनि धेरै कुराहरु अझै समावेश गर्न छुटेको हुँदा सरोकारवाला सबैलाई यो विषयउपर आवश्यक छलफल गराई उक्त ऐनलाई अगाडि बढाउने हामीले आगामी दिनमा एकिकृत ढंगबाट पहल गर्नुपर्ने छ ।’ नेपालको पुँजी बजारमा अत्यावश्यक भइसकेको बजार पूर्वाधार, कारोबार औजार लगायतका विषयमा हामीले अगामी दिनमा ठोस रुपमा काम गर्नुपर्ने भन्दै अबका दिनमा इन्ट्रा डे कारोबार तथा सर्टसेलको व्यवस्था, इक्विटिको डेरिभेटिभ, इण्डेक्स फण्ड लगायतका लगानी औजारहरुको विकास गर्न ढिला भैसकेको बताए । साथै अक्सन मार्केट, मार्केट मेकर, सिसिपि लगायतका पूर्वाधारहरुको व्यवस्था गर्नुपर्ने हाम्रो बजारको टड्कारो आवश्यकता रहेको अध्यक्ष ढकालको भनाई छ । सो कार्यका लागि नीगित रुपमै ऐन तथा नियमावली एवं विनियमावलीमा व्यवस्था गर्नको लागि एकिृकत भई लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे । ‘हाम्रो बजारमा सेटलमेन्ट ग्यारेन्टी फण्डलाई कार्यविधि नभएकै आधारमा लामो समयदेखि सञ्चालनमा ल्याउन सकेका छैनौं भने धितोपत्र व्यवसायीहरुको मर्जर कार्यविधि बन्न सकेको छैन,’ उनले भने, ‘मार्जिन लेण्डिङ्ग लाइसेन्स पाइसकेका धितोपत्र व्यवसायी साथीहरुले अस्पष्ट नीतिका कारण र पूर्वाधार अभावका कारण अझै पनि मार्जिन लेण्डिङ्ग काम गर्न नसकिरहेको परिस्थिति छ । यी सबै विषयमा अब हामी एक भएपछि संयुक्त रुपमा काम गर्नेछौं ।’ उक्त संस्था मर्जरमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट मर्जर समितिका संयोजक पूर्वअध्यक्ष सन्तोषराज मैनाली हरका छन् भने सदस्यहरुमा मदन पौडेल र सुयोग अधिकारी छन् भने धितोपत्र ब्रोकर्श एशोसिएनका तर्फबाट मर्जर समितिका संयोजक महासचिव कृष्ण गिरी तथा सदस्यहरु सुमन कुमार मल्ल र सन्दिप विक्रम राणामा रहेका छन् ।
पूर्णबहादुरको सारङ्गीले ताेड्याे धेरै कमाउने नेपाली फिल्मको रेकर्ड, १३ दिनमा कति कमायाे ?
काठमाडाैं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । नेपालमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्डलाई कबड्डी ४ को नाममा थियो । पूर्णबहादुरको सारङ्गीले कबड्डी ४ को रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ । प्रदर्शनको १३ औं दिनसम्म फिल्मले २५ करोड ४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मले आज बुधबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्म निर्माताका अनुसार कबड्डी ४ को कलेक्सन २३ करोड ५० लाख र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा २१ करोड ३८ लाख छ ।