पूर्णबहादुरको सारङ्गीले ताेड्याे धेरै कमाउने नेपाली फिल्मको रेकर्ड, १३ दिनमा कति कमायाे ?

<p>काठमाडाैं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । नेपालमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्डलाई कबड्डी ४ को नाममा थियो । पूर्णबहादुरको सारङ्गीले कबड्डी ४ को रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ । प्रदर्शनको १३ औं दिनसम्म फिल्मले २५ करोड ४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मले आज बुधबार मात्रै [&hellip;]</p>

काठमाडाैं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । नेपालमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्डलाई कबड्डी ४ को नाममा थियो ।

पूर्णबहादुरको सारङ्गीले कबड्डी ४ को रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गरेको छ ।

प्रदर्शनको १३ औं दिनसम्म फिल्मले २५ करोड ४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मले आज बुधबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

फिल्म निर्माताका अनुसार कबड्डी ४ को कलेक्सन २३ करोड ५० लाख र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा २१ करोड ३८ लाख छ ।

Share News