विकासन्युज

प्रतिनिधिसभाको बैठक चैत १७ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले  शुक्रबार जारी गरेको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेका हुन् ।

तीनकुनेकाे घरभित्र छिर्न थाले राजावादी, व्यक्तिगत घरमा तोडफोड, नेताहरू फरार

काठमाडौं । राजावादी र प्रहरीबीचको झडपले उग्र रूप लिएको छ । तीनकुनेमा राजावादी घरभित्रै छिरेका छन् । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनले उग्र रूप लिँदा प्रहरीले अश्रुग्यास प्रहार र पानी फालिरहेको छ भने राजवादी प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गरिरहेका छन् । राजावादीले व्यक्तिका घरहरूमा प्रवेश गरेर तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ । राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुन् । वर्तमान व्यवस्थालाई चुनौती दिँदै राजावादीहरू प्रदर्शनमा उत्रिएका हुन् । आजै गणतन्त्रवादीहरूले पनि प्रदर्शन गरिरहेका छन् । समाजवादी मोर्चा नेपाल नाम दिइएको विशाल जनसभामा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहभागी छन् । जसको प्रमुख वक्ता पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । समाजवादी मोर्चाका अन्य नेताहरूले पनि आफ्नो धारणा जनसभामा राख्ने कार्यक्रम छ ।

सदन अवरोध गरेर समस्या समाधान हुँदैन : अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्र समस्याको समाधान नहुने बताएका छन् । उनले शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष दलसहितका अन्य दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएका बारे जवाफ माग गर्दै संसद अवरुद्ध गरेको भन्दै यसो नगर्न आग्रह गरे । अध्यक्ष दाहालले भने, ‘समस्या समाधान गर्नका लागि सदन अवरुद्ध गर्नु उपयुक्त उपाय होइन । हामी सबै गम्भीर भएर रचनात्मक प्रक्रियामा ध्यान दिनुपर्छ ।’ उनले राष्ट्रिय सभाको गरिमा र प्रभावकारितालाई कायम राख्दै राजनीतिक दलहरूले सक्रियतापूर्वक समस्याको समाधान गर्नुपर्ने बताए । त्यसैगरी, दाहालले आगामी १७औं अधिवेशनको अन्त्यतिर रहेको स्थितिमा सबैतिरको तयारीलाई ध्यानमा राख्दै समस्या समाधानका लागि सहयोग र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

कुलमानले सर्वोच्च अदालतबाट पाएनन् अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । घिसिङले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउनुपर्ने माग गरेका थिए । बिहीवार सर्वोच्च अदालतमा विद्युत प्राधिकरणवाट बर्खास्तीमा परेका कार्यकारी निर्देशक घिसिङ र नवनियुक्त शाक्य दुवैको रिट निवेदन दर्ता भएको थियो । आफूलाई अन्याय भएको भनी कुलमानले बुधवार अबेर पेश गरेको रिट सर्वोच्चले बिहीबारमात्र दर्ता गरेको थियो । कुलमान सर्वोच्च पुगेलगत्तै हितेन्द्रदेव शाक्य पनि सर्वोच्च पुगेका थिए । ४ वर्षअघि आफूलाई अन्यायपूर्वक पदबाट हटाएको र अदालत आउँदा समेत न्याय नपाएको तथा उक्त अवधिको सेवासुविधा पाउनुपर्ने दाबी शाक्यले गरेका छन् । सर्वोच्चमा कुलमान भर्सेस हितेन्द्र, कसरी अघि बढ्छ मुद्दा ?

तनावग्रस्त बन्यो तीनकुने : प्रहरीद्वारा अश्रुग्यास प्रहार, राजावादीको ढुङ्गामुढा

काठमाडौं । काठमाडौंको तीनकुने तनावग्रस्त बनेको छ । राजावादी र सुरक्षाकर्मीबीच अहिले तनाव उत्पन्न भएको हो । राजावादीले काठमाडौंको तीनकुनेबाट बानेश्वरतर्फ जान खोज्दा प्रहरीले बल प्रयोग गरेपछि तनाव सिर्जना भएको हो । अहिले राजावादीले प्रहरीलाई ढुङ्गामुढा प्रहार गरिरहेका छन् । राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुन् । वर्तमान व्यवस्थालाई चुनौती दिँदै राजावादीहरू प्रदर्शनमा उत्रिएका हुन् । आजै गणतन्त्रवादीहरूले पनि प्रदर्शन गरिरहेका छन् । समाजवादी मोर्चा नेपाल नाम दिइएको विशाल जनसभामा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहभागी छन् । जसको प्रमुख वक्ता पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । समाजवादी मोर्चाका अन्य नेताहरूले पनि आफ्नो धारणा जनसभामा राख्ने कार्यक्रम छ ।

राजावादी बानेश्वरतर्फ जान खोज्दा झडप, प्रहरीले बल प्रयोग गरेपछि फर्किए

काठमाडौं । राजावादी र सुरक्षाकर्मीबीच धकेलधाकल भएको छ । राजावादीले काठमाडौंको तीनकुनेबाट बानेश्वरतर्फ जान खोज्दा प्रहरी र राजावादीबीच धकेलधाकल भएको हो । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो । अहिले सो झडप रोकिएको छ । प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् ।

राजावादी र गणतन्त्रवादीको प्रदर्शन, उपत्यकाको सुरक्षा व्यवस्था चुस्त

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा शुक्रबार भइरहेको फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । काठमाडौंका विभिन्न स्थानमा भइरहेका जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले राससलाई जानकारी दिए । उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको उनले बताए । उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौं प्रदर्शनीमार्गमा खबरदारी सभा गरिरहेको छ । यता, राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गरिरहेका छन् । दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर ¥याली जुलुसहरू तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधरण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् । राजावादीको प्रदर्शनमा दुर्गा प्रसाईं हावी, ब्यानरमा जताततै आफ्नो तस्बिर गणतन्त्रवादी र राजवादीको प्रदर्शन : ड्रोनबाट निगरानी, टेलिफोनको टावर बन्ददेखि ठाउँठाउँमा वाटर क्यानन

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार र पार्ट्समा २५ प्रतिशत शुल्क लगाउने निर्णयलाई ‘बुझ्न कठिन’ रहेको बताएका छन् । उनले यो निर्णयलाई एक ठूलो झटका मान्दै, केही हप्ताअघि ट्रम्पसँग भएको मैत्रीपूर्ण वार्तापछि जापानका लागि यो कदम आश्चर्यजनक भएको बताए । ट्रम्पले आफ्नो निर्णयको समयमा भने, ‘मित्र र शत्रु दुवैबाट हामीले धेरै कुरा गुमाएका छौं, र वास्तवमा, मित्रहरूले अझ खराब काम गरेका छन्  ।’ यस टिप्पणीसँगै जापानी अटो उद्योगमा असन्तोष फैलिएको छ, र जापानका प्रमुख अटो कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ । प्रधानमन्त्री इशिबाले यस निर्णयको जापानी अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने बताएका छन् र भने, ‘यस निर्णयले संयुक्त राज्य अमेरिकालाई कुनै विशेष लाभ प्राप्त हुने छैन ।’ जापानका लागि यो निर्णय एक ठूलो चुनौतीको रूपमा प्रस्तुत भएको छ, र जापानले यसको उपयुक्त प्रतिक्रिया दिने तयारी गरेको छ । यस निर्णयसँगै जापान र अन्य मित्र राष्ट्रहरूकाबीचमा तनाव उत्पन्न भएको छ र विश्वव्यापी अर्थव्यवस्था र बहुपक्षीय व्यापार प्रणालीमा पनि यसको प्रभाव पर्ने आशंका व्यक्त गरिएको छ ।