राजावादी र गणतन्त्रवादीको प्रदर्शन, उपत्यकाको सुरक्षा व्यवस्था चुस्त

<p>काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा शुक्रबार भइरहेको फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । काठमाडौंका विभिन्न स्थानमा भइरहेका जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले राससलाई जानकारी दिए । उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने [&hellip;]</p>

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा शुक्रबार भइरहेको फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

काठमाडौंका विभिन्न स्थानमा भइरहेका जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले राससलाई जानकारी दिए ।

उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको उनले बताए ।

उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौं प्रदर्शनीमार्गमा खबरदारी सभा गरिरहेको छ ।

यता, राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गरिरहेका छन् । दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर ¥याली जुलुसहरू तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधरण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् ।

राजावादीको प्रदर्शनमा दुर्गा प्रसाईं हावी, ब्यानरमा जताततै आफ्नो तस्बिर

गणतन्त्रवादी र राजवादीको प्रदर्शन : ड्रोनबाट निगरानी, टेलिफोनको टावर बन्ददेखि ठाउँठाउँमा वाटर क्यानन

Share News