सदन अवरोध गरेर समस्या समाधान हुँदैन : अध्यक्ष दाहाल

<p>काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्र समस्याको समाधान नहुने बताएका छन् । उनले शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष दलसहितका अन्य दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएका बारे जवाफ माग गर्दै संसद अवरुद्ध गरेको भन्दै यसो नगर्न आग्रह गरे । अध्यक्ष दाहालले भने, &#8216;समस्या समाधान गर्नका लागि सदन अवरुद्ध गर्नु [&hellip;]</p>

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्र समस्याको समाधान नहुने बताएका छन् । उनले शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष दलसहितका अन्य दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएका बारे जवाफ माग गर्दै संसद अवरुद्ध गरेको भन्दै यसो नगर्न आग्रह गरे ।

अध्यक्ष दाहालले भने, ‘समस्या समाधान गर्नका लागि सदन अवरुद्ध गर्नु उपयुक्त उपाय होइन । हामी सबै गम्भीर भएर रचनात्मक प्रक्रियामा ध्यान दिनुपर्छ ।’ उनले राष्ट्रिय सभाको गरिमा र प्रभावकारितालाई कायम राख्दै राजनीतिक दलहरूले सक्रियतापूर्वक समस्याको समाधान गर्नुपर्ने बताए ।

त्यसैगरी, दाहालले आगामी १७औं अधिवेशनको अन्त्यतिर रहेको स्थितिमा सबैतिरको तयारीलाई ध्यानमा राख्दै समस्या समाधानका लागि सहयोग र सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

Share News