विकासन्युज

बजेट स्वीकृत गराउन मन्त्रिपरिषद बैठक हिँडे अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बाट पारित गराउन मन्त्रिपरिषद बैठकमा हिँडेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  बजेट पारित भएपछि अर्थमन्त्री संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्न त्यसतर्फ प्रस्थान गर्नेछन् ।   

दुई कन्सल्टेन्सी सञ्चालकलाई १२ दिनको कैद सजाय

काठमाडौं । कन्सल्टेन्सी सञ्चालक दुई जनालाई १२ दिनको कैद सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतले दुई जनालाई सजाय तोकेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार गुल्मी, तम्घास घर भएका रेमलाल मरासिनी र रामेश्वर भारतीलाई १२/१२ दिनको कैद सजाय भएको हो । ‘उहाँहरू हिरासतमा १२ दिन बस्नु भएको थियो । त्यहीँ समयलाई लिएर आदेश भएर छुट्नु भएको छ,’ उनले भने। केही कन्सल्टेन्सीका सञ्चालक साधारण तारेख र धरौटीमा रिहा भएका उनले जानकारी दिए । केही समयअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  ३१ वटा कन्सल्टेन्सी सञ्चालकविरुद्ध मुद्दा चलाएको थियो । कार्यालयले लिखतसम्बन्धी कसुर, ठगी र शिक्षा ऐन, २०२८ अनुसार तीनवटा कसुरमा ३१ जनाविरुद्ध मुद्दा चलाएको थियो । गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ९५ वटा कन्सल्टेन्सीमा छापा मारी ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो । कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार कन्सल्टेन्सी दर्ता नभएका, ठगी र सरकारी छाप किर्ते गरेर चलाएकाहरू कारबाहीमा परेका हुन् । उपत्यकाका तीनवटा जिल्लामा करिब २ महिना लगाएर अनुसन्धान गरिएको उनले जानकारी दिएका थिए ।  विकासन्युले सुरुमा विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार र दोस्राे पटक कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? शीर्षकमा समाचार सम्प्रेषण गरेकाे थियाे । तिनै समाचारकाे आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । अनुसन्धान गर्दा प्रहरीले ६९ सञ्चालकलाई नियन्त्रणमा लिएको थियो। ३१ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? शैक्षिक परामर्श क्षेत्रमा ठगीको जालो धमाधम पक्राउ हुँदै कन्सल्टेन्सी सञ्चालक, विकासन्युजको समाचारपछि भएको थियो अनुसन्धान विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा १ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै विकासन्युजको समाचारका नेक्साको खण्डन

गणतन्त्र दिवसमा मौन प्रधानमन्त्री बालेन

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा यसपटक मुलुकले एउटा असामान्य दृश्य देख्यो । प्रधानमन्त्री बालेन्द्र शाह समारोहमा उपस्थित भए, तर देशवासीलाई सम्बोधन भने गरेनन् । विगतमा प्रधानमन्त्रीले गर्ने गरेको औपचारिक सम्बोधन यस वर्ष राष्ट्रपतिले गरेपछि राजनीतिक वृत्तमा यसको व्यापक चर्चा भएको छ । टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह पत्नी सविना काफ्लेसहित सहभागी भएका थिए । औपचारिक कार्यक्रममा प्रायः कालो पोशाकमा देखिने शाह यसपटक पनि सोही शैलीमा उपस्थित भए । समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए । प्रधानमन्त्री कार्यालयकै आग्रहपछि राष्ट्रपति गणतन्त्र दिवशलाई सम्बोधन गर्न तयार भएका हुन् । यससँगै गणतन्त्र दिवसमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने स्थापित अभ्यास यस वर्ष भंग भएको छ । प्रधानमन्त्री शाहले गणतन्त्र दिवसका अवसरमा कुनै औपचारिक शुभकामना सन्देश पनि जारी गरेका छैनन् । सामाजिक सञ्जालमार्फत सक्रिय रहने शाहले नयाँ वर्ष, बुद्ध जयन्ती र मातातीर्थ औंसीजस्ता अवसरमा फेसबुकमार्फत शुभकामना दिएका थिए । तर गणतन्त्र दिवसमा भने उनको फेसबुक पेजसमेत समाचार तयार पार्दासम्म मौन रहेको छ । प्रधानमन्त्रीसँगै सत्तारूढ दलका सभापतिसमेत गणतन्त्र दिवशको सवालमा देखाएको मौनताले पनि ध्यान खिचेको छ । दुवै जना समारोहमा सहभागी भए पनि उनीहरूले गणतन्त्र दिवसको शुभकामना सार्वजनिक गरेका छैनन् । दिनभर दुवै जनाका सामाजिक सञ्जालहरू पनि निष्क्रियजस्तै देखिए । यद्यपि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पोस्टर सार्वजनिक गर्दै गणतन्त्र दिवसको शुभकामना दिएको छ । पार्टीका केही नेताहरूले व्यक्तिगत रूपमा शुभकामना दिए पनि शीर्ष नेतृत्वको मौनतालाई लिएर विभिन्न राजनीतिक व्याख्या हुन थालेका छन् । प्रधानमन्त्री र प्रमुख राजनीतिक नेताको यस प्रकारको मौनतालाई कतिपयले प्रतीकात्मक  रूपमा हेरेका छन् । राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई यसलाई गणतान्त्रिक संस्कारप्रतिको उदासीनता मान्दछन् । उनि भन्छन्, ‘गणतान्त्रिक सरकारवाट गणतन्त्रप्रतिको यो उदासीनतालाई राम्रो मान्न सकिँदैन ।’ 

परेवाको दिशाबोधमा कलेजोको भूमिका

काठमाडौं । परेवाहरू घर फर्कने बाटो कसरी पहिचान गर्छन् भन्ने दीर्घकालीन वैज्ञानिक रहस्यमा नयाँ अनुसन्धानले अप्रत्याशित निष्कर्षतर्फ सङ्केत गरेको छ । अध्ययनअनुसार यी चराहरूले दिशानिर्देशनका लागि केवल आकाशीय सङ्केत वा स्थलचिह्न मात्र नभई, उनीहरूको कलेजोसँग सम्बन्धित जैविक प्रणालीलाई पनि उपयोग गर्ने सम्भावना देखिएको छ ।      जनावरहरूले सामान्यतया ताराहरू, भू–दृश्य र पृथ्वीको चुम्बकीय क्षेत्रजस्ता विभिन्न सङ्केतहरू प्रयोग गरेर दिशा पहिचान गर्छन् । चराहरू, माछा र कछुवाजस्ता प्रजातिहरूले पृथ्वीको चुम्बकीय क्षेत्रलाई प्राकृतिक कम्पासको रूपमा प्रयोग गर्ने विश्वास रहँदै आएको छ, तर यसको वास्तविक जैविक प्रक्रिया अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन ।      परेवाहरू लामो दूरी उडान गर्न सक्षम चराहरू हुन् । यी चराले एकै दिनमा सयौँ माइल दूरी पार गर्न सक्छन् । ऐतिहासिक रूपमा मानिसहरूले यी चराहरूलाई सन्देशवाहकका रूपमा समेत प्रयोग गर्दै आएका छन्, जसले उनीहरूको दिशा पहिचान क्षमताप्रति थप चासो बढाएको छ ।      जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युट अफ एनिमल बिहेभियरका मार्टिन विकेल्स्की नेतृत्वको अनुसन्धान टोलीले यस रहस्यको अध्ययन गर्दै चुम्बकीय सङ्केत पत्ता लगाउने प्रणाली खोज्ने क्रममा कलेजोमा अप्रत्याशित जैविक सङ्केत फेला पारेको जनाएको छ । अध्ययनअनुसार कलेजोमा रहेका विशेष प्रतिरक्षा कोशिकाहरूले रातो रक्त कोशिका तोड्ने र फलाम भण्डारण गर्ने प्रक्रियामा चुम्बकीय संवेदनसँग सम्बन्धित भूमिका खेल्न सक्ने देखिएको छ ।      बोन विश्वविद्यालयका क्रिश्चियन कुट्र्सका अनुसार ती प्रतिरक्षा कोशिकाहरूलाई अस्थायी रूपमा निष्क्रिय पारिँदा परेवाहरूले आफ्नो मार्ग पहिचान गर्ने क्षमता गुमाएको देखिएको थियो । यसले कलेजोमा रहेको फलाम–सम्बन्धित प्रणालीले दिशाबोधमा भूमिका खेल्न सक्ने बलियो सङ्केत दिएको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । अनुसन्धानकर्ताहरूले चराहरूको चुम्बकीय कम्पास विशेषगरी बादलयुक्त अवस्थामा मात्र प्रभावित हुने बताएका छन्, किनभने उनीहरूले सूर्यलाई पनि वैकल्पिक दिशा पहिचान सङ्केतका रूपमा प्रयोग गर्ने गर्छन् ।    वैज्ञानिकहरूले लामो समयदेखि प्रतिरक्षा कोशिकाहरू चुम्बकीय संवेदन प्रक्रियामा संलग्न हुन सक्ने अनुमान गर्दै आएका थिए, तर साइन्स जर्नलमा प्रकाशित यो अध्ययनले त्यसतर्फ पहिलो ठोस संरचनात्मक सङ्केत प्रस्तुत गरेको बताइएको छ ।      अमेरिकाको म्यासाचुसेट्स बोस्टन विश्वविद्यालयका व्यावहारिक पारिस्थितिकीविद् अल्बर्ट काओले अनुसन्धानलाई आश्चर्यजनक भए पनि अर्थपूर्ण रहेको प्रतिक्रिया दिए ।      बोन विश्वविद्यालयकी सह–लेखिका क्लिभिया लिसोभ्स्कीका अनुसार कलेजोका ती प्रतिरक्षा कोशिकाहरू स्नायु तन्तुको नजिक रहेकाले तिनले चुम्बकीय सङ्केतलाई मस्तिष्कसम्म पुर्‍याउने सम्भावना देखिन्छ, जसले परेवाको दिशा पहिचान प्रणालीमा योगदान दिन सक्छ ।      अनुसन्धानकर्ताहरूले मुसाजस्ता अन्य जनावरमा पनि यस्तै प्रकारको चुम्बकीय प्रणाली हुन सक्ने सम्भावना औँल्याएका छन् । तर बाह्य विज्ञहरूले अझै थप प्रमाण आवश्यक रहेको बताउँदै परेवाहरूले चुम्बकीय सङ्केत कसरी मस्तिष्कमा व्याख्या गर्छन् भन्ने विषयमा अनुसन्धान जारी रहनुपर्नेमा जोड दिएका छन् ।      अध्ययनले कलेजोमा सबैभन्दा बलियो सङ्केत भेटिए पनि यस्तै प्रतिरक्षा कोशिकाहरू चराको मुखको भाग (चुच्चो) र शरीरको रोग–प्रतिरोधी प्रणालीसँग सम्बन्धित अन्य अङ्गहरूमा पनि देखिएको उल्लेख गरिएको छ । विशेषज्ञहरूले चुम्बकीय दिशा पहिचानको एकल सिद्धान्त नहुन सक्ने बताउँदै चराहरूले परिस्थितिअनुसार विभिन्न संयन्त्र प्रयोग गर्न सक्ने सम्भावना पनि औँल्याएका छन् । रासस  

सेल्सबेरीको माउ कम्पनी सालवेजको आम्दानी ९ महिनामा पौने २ अर्ब, ऋण २.६२ अर्ब रुपैयाँ

काठमाडौं । सालवेज क्यास एन्ड क्यारी प्रालि (सेल्सबेरी) को आम्दानीमा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ७.०९ प्रतिशत अर्थात् २२ करोड ६० लाख रुपैयाँले कम हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ रहेको थियो ।  खुद्रा व्यापार क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, ठूला सुपरमार्केटहरूको विस्तार तथा साना डिपार्टमेन्ट स्टोरहरूको बढ्दो उपस्थितिका कारण कम्पनीको आम्दानीमा दबाब परेको कम्पनीले जनाएको छ । कम्पनीको विगत केही वर्षको आम्दानी विवरणअनुसार आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ८१ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब २४ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा २ अर्ब रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब ७३ करोड रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब ४८ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा १ अर्ब ३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१४ मा स्थापना भएको सालवेज क्यास एन्ड क्यारी प्रालिले ‘सेल्सबेरी डिपार्टमेन्ट स्टोर’ र ‘सेल्सबेरी एक्सप्रेस’ ब्रान्डमार्फत खुद्रा व्यापार सञ्चालन गर्दै आएको छ । कम्पनीले काठमाडौं, ललितपुर र पोखरामा आफ्नो व्यवसाय विस्तार गरेको छ । कम्पनीका अनुसार ‘सेल्सबेरी डिपार्टमेन्ट स्टोर’ ठूला आउटलेटका रूपमा सञ्चालनमा छन् भने ‘सेल्सबेरी एक्सप्रेस’ तुलनात्मक रूपमा साना स्टोर हुन् । यी स्टोरमार्फत दैनिक उपभोग्य सामग्रीदेखि विभिन्न उपभोक्ता वस्तुहरू बिक्री वितरण हुँदै आएको छ । सालवेज क्यास एन्ड क्यारीको सेयर संरचनाअनुसार सुषिलमान प्रधानाङ्गको ५१ प्रतिशत र सृजना श्रेष्ठको ४९ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका प्रवर्द्धकहरू आधुनिक खुद्रा व्यापार क्षेत्रमा तीन दशकदेखि सक्रिय छन् । उनीहरूले सन् १९९३ मा पोखरामा ‘सालवेज डिपार्टमेन्टल स्टोर’ स्थापना गर्दै आधुनिक खुद्रा व्यापार सुरु गरेका थिए । हाल कम्पनीले ‘सेल्सबेरी डिपार्टमेन्ट स्टोर’ र ‘सेल्सबेरी एक्सप्रेस’ ब्रान्ड अन्तर्गत काठमाडौं, ललितपुर र पोखरामा ३५ वटा स्टोर सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार साना स्टोर विस्तार रणनीतिले ठूलो पुँजीगत खर्च र अत्यधिक ऋणभारको जोखिम कम गर्दै व्यवसाय विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । शहरीकरणसँगै उपभोक्ताहरूको आधुनिक खुद्रा व्यापारतर्फ आकर्षण बढ्दै गएको कम्पनीको विश्वास छ । ठूला सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरप्रतिको माग बढ्दै जाँदा कम्पनीको बिक्रीमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । कम्पनीले व्यापारसँगै भाडा आम्दानीबाट पनि आम्दानी विविधीकरण गर्दै आएको जनाएको छ । काठमाडौंको महाराजगञ्जस्थित भवन पूर्ण रूपमा भाडामा दिइएको छ भने ललितपुरको सातदोबाटो र पोखराको चिप्लेढुंगास्थित सम्पत्तिबाट पनि भाडा आम्दानी भइरहेको छ । कम्पनीका अनुसार यसले नगद प्रवाह र ऋण भुक्तानी क्षमतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर, पछिल्ला वर्षहरूमा स्टोर विस्तारका लागि ठूलो मात्रामा ऋण प्रयोग गरिएकाले कम्पनीको ऋणभार बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६६ करोड ५० लाख रुपैयाँ दीर्घकालीन तथा ९६ करोड रुपैयाँ अल्पकालीन गरी कुल २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ । अघिल्लो वर्ष कम्पनीको कुल ऋण २ अर्ब ४५ करोड २४ लाख रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार ऋणमा आधारित विस्तार, नयाँ स्टोर तथा पूर्वाधारमा गरिएको ठूलो लगानीका कारण आम्दानी वृद्धिले अपेक्षित गति लिन सकेको छैन । आगामी दिनमा नयाँ लगानीअनुसार आम्दानी वृद्धि गर्न सक्ने क्षमता कम्पनीको वित्तीय स्वास्थ्यका लागि महत्वपूर्ण रहने कम्पनीले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० उम्मेदवारको आवेदन

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले आवेदन दिएका छन् । आयोगका अनुसार आवेदन दिनेमा  प्रा‍‍. डा. गेहनाथ बराल, प्रा. डा. दिलेश कुमार लस्साल, प्रा. डा. दीपेन्द्र श्रेष्ठ, प्रा. डा. देवेन्द्र बहादुर खत्री रहेका छन् ।  यस्तै, सह प्रा. प्रमोद कुमार यादव, डा. रोशन पोखरेल, प्रा. डा. श्रीकृष्ण गिरी, प्रा. डा. सञ्जय कुमार श्रेष्ठ, प्रा. डा. सुरज बज्राचार्य र प्रा. डा. बैलेन्द्र प्रधानले आवेदन दिएका छन्। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि सिफारिस गर्न गठित सिफारिस समितिले उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम सार्वजनिक गरेको छ । जसमा समितिले तोकिएको अवधिभित्र आवेदन दिएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनासहितको सोचपत्र प्रस्तुतीकरण तथा अन्तर्वार्ताको तालिका सार्वजनिक गरेको हो। सार्वजनिक सूचनाअनुसार १० जना उम्मेदवारलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ ।  सूचनाअनुसार प्रस्तुतीकरण कार्यक्रम २०८३ जेठ २६ गते लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा सञ्चालन हुनेछ । बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विभिन्न समयमा प्रस्तुतीकरण कार्यक्रम तय गरिएको छ । त्यसैगरी, अन्तर्वार्ता कार्यक्रम २०८३ जेठ २७ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जनाइएको छ । समितिले उम्मेदवारलाई आवेदनसँग पेश गरेका सम्पूर्ण कागजातको सक्कल प्रति साथमा ल्याउन तथा निर्धारित समयभन्दा कम्तीमा एक घण्टा अगाडि उपस्थित हुन आग्रह गरेको छ । साथै प्रस्तुतीकरण र अन्तर्वार्ताको दिन सार्वजनिक बिदा परेपनि कार्यक्रम यथावत सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।

बजेट पारित गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन्।  बैठक शुक्रबार दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्न लागेको हो । बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बजेटलाई अन्तिम स्वीकृति दिनेछ । आजै अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक (संघीय संसद्)मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेट प्रस्तुत गर्नुअघि बिहीबार अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवास पुगेर आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानबारे जानकारी गराएका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि करिब २० खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको उच्च स्रोतले जनाएको छ । सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रको मनोबल उकास्ने र पुँजीगत खर्च बढाउने उद्देश्यसहित बजेट निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । यस वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी पनि गरिएको छ । बढ्दो महँगी र कर्मचारीको दबाबलाई ध्यानमा राख्दै तलब समायोजन गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । त्यसैगरी, करका दरमा पनि केही परिवर्तन हुने संकेत देखिएको छ । उद्योगी(व्यवसायीहरूले उत्पादन, आयात, विद्युतीय सवारीसाधन, सूचना प्रविधि तथा साना(मझौला व्यवसायसँग सम्बन्धित कर संरचनामा सुधारको अपेक्षा गरेका छन् । उनीहरूले कमजोर माग र घट्दो लगानीका कारण अर्थतन्त्र दबाबमा परेको भन्दै राहतमुखी बजेटको माग गर्दै आएका छन् । निजी क्षेत्रले लगानीमैत्री वातावरण, कर प्रणालीमा स्थायित्व, अनावश्यक झन्झट हटाउने व्यवस्था र उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समेटिनुपर्ने सुझाव दिएका छन् । यसैबीच, नागरिक तहमा पनि रोजगारी सिर्जना, महँगी नियन्त्रण, सुशासन, विकास निर्माणको तीव्रता र सेवा प्रवाह सुधारलाई मुख्य अपेक्षाका रूपमा हेरिएको छ । आर्थिक सुस्तता, राजस्व संकलनमा दबाब र बढ्दो सार्वजनिक अपेक्षाबीच आउने यस वर्षको बजेटलाई देशको आर्थिक दिशानिर्देशका रूपमा चासोका साथ हेरिएको छ ।

धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने परियार टोखाबाट पक्राउ

काठमाडौं । 'मठ- मन्दिर आगो लगाइदिन्छौ’ भन्ने तथा धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका एक व्यक्ति पक्राउ परेका छन् ।  सामाजिक सञ्जालमा देखिएको भिडियोमा 'मठ मन्दिर आगो लाइदिन्छौ' जस्ता धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिने २७ वर्षीय जनक परियार पक्राउ परेका हुन् । रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ का काठमाडौं, टोखा नगरपालिका ८ बानियाँटार बस्ने २७ वर्षीय परियारलाई नियन्त्रणमा लिएर थप ४ दिनकाे म्याद थप गरेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।