एआई फिचरले भरिएका ‘अनर ६००’ र ‘६०० प्रो’ बजारमा सार्वजनिक

काठमाडौं । अनरले ‘अनर ६००’ सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीको आधिकारिक वितरक सेलट्रोन नेपालका अनुसार ‘अनर ६००’ र ‘अनर ६०० प्रो’ मोडेल एड्भान्स एआई फिचर र प्रिमियम डिजाइनसहित बजारमा ल्याइएको हो ।

कम्पनीका अनुसार ‘अनर ६००’ मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ । यसमा फोटोलाई ५ सेकेन्डको भिडियोमा परिणत गर्ने एआई फिचर, एआई फोटो इरेजर टुल, ७,००० एमएएच ब्याट्री, ८० वाट फास्ट चार्जिङ तथा २७ वाट रिभर्स चार्जिङ सुविधा दिइएको छ । २५६ जीबी स्टोरेज क्षमतासहित उपलब्ध यस फोनको ८ जीबी र्याम भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी र्याम भेरियन्टको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, ‘अनर ६०० प्रो’ मा स्न्यापड्रागन ८ इलिट (३ एनएम) प्रोसेसर प्रयोग गरिएको छ । यसमा पनि एआईमार्फत इमेजलाई भिडियोमा रूपान्तरण गर्ने सुविधा उपलब्ध छ । फोटोग्राफीका लागि २०० मेगापिक्सेल मुख्य क्यामेरा, ३.५x अप्टिकल जुमसहित ५० मेगापिक्सेल टेलिफोटो लेन्स र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा सेटअप दिइएको छ ।

‘अनर ६०० प्रो’ मा ७,००० एमएएच ब्याट्रीसँगै ८० वाट वायर्ड, ५० वाट वायरलेस र २७ वाट रिभर्स चार्जिङ सपोर्ट रहेको छ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको यस मोडेलको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीले ‘अनर ६००’ खरिद गर्ने ग्राहकलाई १५ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ‘अनर च्वाइस वाच २ प्रो’ स्मार्टवाच निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यस्तै, ‘अनर ६०० प्रो’ खरिद गर्ने ग्राहकले उक्त स्मार्टवाचसँगै १० हजार ९९९ रुपैयाँ मूल्य पर्ने ‘अनर च्वाइस क्लिप इयरबड्स’ पनि निःशुल्क पाउनेछन् । यो अफर सीमित अवधिका लागि लागू हुने सेलट्रोन नेपालले जनाएको छ ।

Share News