जथाभावी सूचना नचुहाउन संगठित संस्थालाई बोर्डको चेतावनी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले जथभावी सूचना नचुहाउन संगठित संस्थाहरुलाई सचेत गराएको छ । नेप्सेमा सूचिकृत संस्थाहरुले सेयर बजारलाई प्रभाव पार्नेे खालका सूचनाहरु जभाभावी सार्वजनिक गरेको भन्दै बोर्डले आपक्ति समेत जनाएको छ । बोर्डले बुधबार प्रेस विज्ञप्ति नै जारी गरेर संचालक समिति, साधारण सभा/विशेष साधारण सभाबाट आधिकारिक निर्णय हुनु अगाडी नै कम्पनीका अध्यक्ष÷संचालक तथा प्रमुख कार्यकारी अधिकृत सहितका उच्च स्तरका कर्मचारीले सूचना चुहाएर सेयर बजारलाई प्रभावित पारेको भन्दै त्यस्तो गतिबिधी रोक्न भनेको हो । जथाभावी सूचना प्रवाह हुँदा सेयर बजारका लगानीकर्ताहरु प्रभावित भई धितोपत्रको बजार मूल्यमा असर पर्नुका साथै लगानी कर्तालाई नोक्सानी भएको पनि बोर्डको निष्कर्ष छ । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम आधिकारिक रुपमा बोर्डमा जानकारी गराई आधिकारिक व्यक्तिबाट मात्र त्यस्त सूचना सार्वजनिक गर्न निर्देशन दिएको छ । सो निर्देशिका अनुसार नगरेमा बोर्डले सम्बन्धित कम्पनीको धितोपत्रको कारोवार रोक्का गर्ने लगायतका कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
हर्न नबज्दा सवारी दुर्घटनामा कमी, चालकको दिमाग, आँखा र कान सक्रिय
काठमाडौं । काठमाडौं उपत्यकाबासीलाई हर्न विना सवारी चलाउन सकिन्छ भन्ने सन्देश दिन काठमाडौं महानगरको नेतृत्वमा विहीबार मोटरसाइकल ¥याली सम्पन्न भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङ्मार लामाले रिवन काटेपछि महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले स्कुटर चलाएर शुरु गरेको र्यालीले महानगर समेट्ने गरी २ भागमा विभाजन गरिएको थियो । र्यालीको पहिलो रुट राष्ट्रिय सभा गृहबाट पद्मोदय स्कूल, अनामनगर, नयाँ बानेश्वर, तीनकुने, एअरपोर्ट, गौशाला, चावहिल, धुम्वाराही, दरबार मार्ग, घण्टा घर हुँदै राष्ट्रिय सभागृहसम्मको थियो भने दोश्रो रुट राष्ट्रिय सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कलङ्की, स्वयम्भू, बनस्थली, बालाजु चक्रपथ, नयाँ बजार, सोह्रखुट्टे, लैनचौर, केशरमहल, जमल घण्टाघर हुँदै राष्ट्रिय सभागृहसम्मको थियो । र्याली व्यवस्थापन गर्न ट्राफिक प्रहरी महाशाखा प्रमुख लामा आफैं सक्रिय थिए भने र्यालीको नेतृत्व महानगरका प्रमुख तथा कार्यकारी अधिकृत आफैंले गर्नु गरेका थिए । ‘हर्न नवजाए पनि सवारी साधन चलाउन सकिन्छ, सवारी चलाउन हर्न होइन दिमाग, आँखा र कानलाई सक्रिय बनाउनु पर्ने उनको भनाइ छ । महानगरपालिका कर्मचारीले प्रयोग गर्ने सरकारी वा निजी गरी ५ सय मोटरसाइकल र्यालीमा सहभागी हुने अपेक्षा गरिएको थियो । ¥यालीमा सहभागी हुन अनुमान गरेको भन्दा बढी संख्यामा मोटरसाइकल सहभागी थिए । त्यसमा ललितपुर महानगरपालिका, वातावरण सफाइ अभियानमा सक्रिय नेम्सेम्याक, स्थानीय सामाजिक अगुवा तथा नागरिकहरु पनि सहभागी थिए । नागरिकले हर्न बजाउन छाडेपछि काठमाडौं शान्त बन्दै गएको छ, हर्न विना सवारी चलाउन सम्भव छ, र्याली शुरु हुनु अघिको कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अभियानको सफलतामा हरेक सवारी चालकलाई सहभागी हुन आग्रह गरे । हर्न अभियान सफल बन्दै गएको छ, अब पैदलयात्रुको सुरक्षामा काम गर्छौ, कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङ्मार लामाले योजना सुनाए । ‘हामीले २५ जनालाई कारवाही गरिसक्यौ,’ उनले भने अब पैदल यात्रुको सुरक्षाका काम गर्छौ ।’ अभियानलाई सफल बनाउन स्वयम् सेवक विद्यार्थीहरुले काठमाडौंको तीनकुनेबाट पैदल र्याली निकालेको थियो । हर्न नबजाऔं भन्ने नारा लगाउँदै हातमा प्लेकार्ड बोकेका विद्यार्थीहरु नयाँ बानेश्वर हुँदै राष्ट्रिय सभागृहमा पुगेका थिए ।
यी हुन खानेपानीको पैसा नतिर्ने १८ मन्त्रालय
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानीको पैसा नतिर्ने १९ मन्त्रालय तथा सरकारी निकायलाई पत्राचार गरेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिम उपाध्यायले आफ्नो फेसबुक मार्फत खानेपानीको महशुल नतिर्ने मन्त्रालयहरुको नाम सार्वजनिक गरेका हुन् । सचिव उपाध्यायका अनुसार अर्थ मन्त्रालय, रक्षा मन्त्रालय लगायत १८ वटा मन्त्रालयले खानेपानीको पैसा तिरेका छैनन् । बुधबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कृषि मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, विज्ञान तथा प्रबिधी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र लोकसेवा आयोगलाई खानेपानीको महशुल तिर्न पत्र काटेको हो । केयुकेएलले यस अघि नै रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, वन मन्त्रालय, भूमि सुधार मन्त्रालय, परराष्ट्र मन्त्रालय, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा मन्त्रालय र आपुर्ति मन्त्रालयलाई पानीको महशुल तिर्न पत्र काटिसकेको थियो ।
सहयोगी विकास बैंकको ११ लाख कित्ता हकप्रद सेयर जेठ १ गतेदेखि
काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद सेयर जेठ १ गतेदेखि आउने भएको छ । बैंकल जेठ २ गतेदेखि असार ४ गतेसम्म ११ करोड एक लाख १३ हजार ५ सय रुपैंयाँ बराबरको ११ लाख १ हजार १ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले प्रति १० कित्ता बराबर ३.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सहयोगी विकास बैंकले एनसीएम मर्चेण्ट बैंकिङ लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । आफ्ना सम्पुर्ण शाखा र एनसीएमको कार्यालयबाट हकप्रद सेयरका लागि आवेदन दिन सकिने बताएको छ ।
गरिमा विकास बैंकको ९० करोडको हकप्रद सेयर आजबाट
काठमाडौं । गरिमा विकास बैंकको ९० करोड ७६ लाख रुपैंयाको हकप्रद सेयरको आवेदन खुलेको छ । बैंकले बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्मका लागि हकप्रद सेयरका आवेदन खुल्ला गरेको हो । चुक्ता पुँजी वृद्धिको योजना अनुसार गरिमाले १० कित्ता बराबर ७ कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्य अंकित ९० लाख ७६ हजार २ सय ९६ कित्ता सेयर निष्काशन गरेको हो । चैत २९ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर किन्न सक्नेछन् । एस क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको गरिमाले आफ्ना देशभरका शाखा, महालक्ष्मी विकास बैंकका केहि शाखा र एस डेभलपमेन्ट बैंक लगायतकाहरुबाट आवेदन दिन सकिने उल्लेख गरेको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका नाफा ४३ प्रतिशतले बढ्यो, ९ महिनाको कमाई करिव २७ करोड
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २६ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिव ४३ प्रतिशतले बढी हो । गत वर्षको प्रथम ९ महिनामा बैंकको खुद नाफा १८ करोड ७९ लाख रुपैयाँ थियो । बैंकले सञ्चालन नाफा ४१ करोड रुपैयाँ गरेको छ । बैंकले चैत मसान्तसम्ममा ९ अर्ब २६ करोड निक्षेप परिचालन गरेको छ । यो रकम एक वर्षअघिको तुलनामा २ अर्ब रुपैयाँ बढी हो । त्यस्तै बैंकले ८ अर्ब ३६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ भने र करिव ४ करोड लगानी गरेको छ । बैंकको क्यापिटल एडेक्वसी १२.१८ प्रतिशत छ । खराव कर्जा ०.२६ प्रतिशतमा झरेको छ । खराब कर्जा जति कम भयो त्यति बैंक त्यति धेरै राम्रो मानिन्छ । बैंकको सीडी रेसियो ७७ प्रतिशत छ भने कष्ट अफ फण्ड ५.४८ प्रतिशत छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ भने संचित कोषमा ४६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा छ । बैंकको सेयर प्रतिकित्ता ४२५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रभु बैंकको नाफा ९२ प्रतिशतले बढ्यो, ९ महिनाको कमाई १ अर्ब ४४ करोड
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब ४४ करोड खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिव ९२ प्रतिशतले बढी हो । गत वर्षको प्रथम ९ महिनामा बैंकको खुद नाफा ७५ करोड रुपैयाँ थियो । बैंकले सञ्चालन नाफा १ अर्ब १७ करोड गरेको छ भने राईट व्याकबाट १ अर्ब ४० करोड रुपैयाँ प्राप्त छ । कर र बोनसअघि बैंकको नाफा २ अर्ब ३० करोड रुपैयाँ छ । बैंकले स्टाफ बोनस २० करोड ९६ लाख र कर ६५ करोड छुट्टाएको छ । डिफरड ट्याक्समा ४४ करोड प्रोफिजन गरेकोले यस बैंकको ट्याक्स भार बढी देखिएको छ । बैंकले चैत मसान्तसम्ममा ७१ अर्ब निक्षेप परिचालन गरेको छ । यो रकम एक वर्षअघिको तुलनामा १७ अर्ब रुपैयाँ बढी हो । त्यस्तै बैंकले ५९ अर्ब रुपैयाँ कर्जा सापटी दिएको छ भने र करिव ६ अर्ब लगानी गरेको छ । एक वर्षमा बैंकको कर्जा विस्तार १५ अर्ब रुपैयाँले भएको छ । बैंकको क्यापिटल एडेक्वसी ११ प्रतिशत छ । खराव कर्जा ४.३२ प्रतिशतमा झरेको छ । गत वर्ष सोही अवधिमा बैंकको खराव कर्जा १० प्रतिशत थियो । बैंकको सीडी रेसियो ७१ प्रतिशत छ भने स्प्रेडदर ३.७३ प्रतिशत छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ छ भने संचित कोषमा १ अर्ब ८९ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ । बैंकको सेयर प्रतिकित्ता ४३० रुपैयाँमा कारोबार भईरहेको छ ।
माथिल्लो तामाकोशीको साधारणसभा जेठ ३ गते, सेयर निष्काशनको प्रस्ताव आएन, चन्दा वितरण अनुमोदन विशेष प्रस्ताव
काठमाडौं । माथिल्लो तापाकोशी हाइड्रोपावर लिमिटेडले जेठ ३ गतेको लागि नवौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा कम्पनीले दोलखा जिल्लाका विभिन्न संघ संस्थालाई दिएको चन्दा तथा आर्थिक सहयोग अनुमोदन सम्बन्धी विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले कति चन्दा तथा आर्थिक सहयोग वितरण गरेको हो भन्न विषय प्रस्तावमा उल्लेख गरेको छैन । कम्पनीले दोलखाबासी र सर्वसाधारणको लागि सेयर निष्काशन गर्न नसकिरहेको सन्दर्भमा हुन लागेको साधारणसभामा यस सम्बन्धी कुनै पनि प्रस्ताव प्रस्तुत नगरिने भएको छ । अध्यक्षको भाषण र वार्षिक प्रतिवेदन अनुमोदन गर्ने लगायत समान्य र नियमित प्रक्रियाअनुसारको प्रस्ताव साधारणसभामा प्रस्तुत गरिने कम्पनीका कार्यकारी प्रमुख विज्ञान श्रेष्ठले बताए ।