हर्न नबज्दा सवारी दुर्घटनामा कमी, चालकको दिमाग, आँखा र कान सक्रिय

<p>काठमाडौं । काठमाडौं उपत्यकाबासीलाई हर्न विना सवारी चलाउन सकिन्छ भन्ने सन्देश दिन काठमाडौं महानगरको नेतृत्वमा विहीबार मोटरसाइकल ¥याली सम्पन्न भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङ्मार लामाले रिवन काटेपछि महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले स्कुटर चलाएर शुरु गरेको र्यालीले महानगर समेट्ने गरी २ भागमा विभाजन गरिएको थियो । र्यालीको पहिलो रुट [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकाबासीलाई हर्न विना सवारी चलाउन सकिन्छ भन्ने सन्देश दिन काठमाडौं महानगरको नेतृत्वमा विहीबार मोटरसाइकल ¥याली सम्पन्न भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङ्मार लामाले रिवन काटेपछि महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले स्कुटर चलाएर शुरु गरेको र्यालीले महानगर समेट्ने गरी २ भागमा विभाजन गरिएको थियो ।

र्यालीको पहिलो रुट राष्ट्रिय सभा गृहबाट पद्मोदय स्कूल, अनामनगर, नयाँ बानेश्वर, तीनकुने, एअरपोर्ट, गौशाला, चावहिल, धुम्वाराही, दरबार मार्ग, घण्टा घर हुँदै राष्ट्रिय सभागृहसम्मको थियो भने दोश्रो रुट  राष्ट्रिय सभागृहबाट  भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कलङ्की, स्वयम्भू, बनस्थली, बालाजु चक्रपथ, नयाँ बजार, सोह्रखुट्टे, लैनचौर, केशरमहल, जमल घण्टाघर हुँदै राष्ट्रिय सभागृहसम्मको थियो ।

र्याली व्यवस्थापन गर्न ट्राफिक प्रहरी महाशाखा प्रमुख लामा आफैं सक्रिय थिए भने र्यालीको नेतृत्व महानगरका प्रमुख तथा कार्यकारी अधिकृत आफैंले गर्नु गरेका थिए । ‘हर्न नवजाए पनि सवारी साधन चलाउन सकिन्छ, सवारी चलाउन हर्न होइन दिमाग, आँखा र कानलाई सक्रिय बनाउनु पर्ने उनको भनाइ  छ ।

महानगरपालिका कर्मचारीले प्रयोग गर्ने सरकारी वा निजी गरी ५ सय मोटरसाइकल र्यालीमा सहभागी हुने अपेक्षा गरिएको थियो । ¥यालीमा सहभागी हुन अनुमान गरेको भन्दा बढी संख्यामा मोटरसाइकल सहभागी थिए । त्यसमा ललितपुर महानगरपालिका, वातावरण सफाइ अभियानमा सक्रिय नेम्सेम्याक, स्थानीय सामाजिक अगुवा तथा नागरिकहरु पनि सहभागी थिए ।

नागरिकले हर्न बजाउन छाडेपछि काठमाडौं शान्त बन्दै गएको छ, हर्न विना सवारी चलाउन सम्भव छ, र्याली शुरु हुनु अघिको कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अभियानको सफलतामा हरेक सवारी चालकलाई सहभागी हुन आग्रह गरे ।

हर्न अभियान सफल बन्दै गएको छ, अब पैदलयात्रुको सुरक्षामा काम गर्छौ, कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङ्मार लामाले योजना सुनाए । ‘हामीले २५ जनालाई कारवाही गरिसक्यौ,’ उनले भने अब पैदल यात्रुको सुरक्षाका काम गर्छौ ।’ अभियानलाई सफल बनाउन स्वयम् सेवक विद्यार्थीहरुले काठमाडौंको तीनकुनेबाट पैदल र्याली निकालेको थियो । हर्न नबजाऔं भन्ने नारा लगाउँदै हातमा प्लेकार्ड बोकेका विद्यार्थीहरु नयाँ बानेश्वर हुँदै राष्ट्रिय सभागृहमा पुगेका थिए ।

Share News