विकासन्युज

यो हो नेपालमा पाइने भक्सवागनको सबैभन्दा सस्तो कार, मूल्य कति ?

काठमाडौं । भक्सवागनको नेपालका लागि आधिकारीक विक्रेता पूजा इन्टर्नेशनल प्रा.लि.ले जर्मन अटोमेकर कम्पनीको विभिन्न मोडेलहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ । नेपालमा पाइने भक्सवागनका कारहरुमध्ये पोलो १.० ट्रेडलाइन प्लस सवैभन्दा सस्तो मोडेल रहेको छ जसको बजारमूल्य रु.२८ लाख ४५ हजार तोकिएको छ । यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्याग्स, एबीएस सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लकजस्ता कुराहरु रहेका छन् भने कम्फर्ट फिचरका रुपमा म्यानुअल एयर कण्डिसन, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्न मिल्ने ड्राइवर सिट, एडजस्ट गर्नमिल्ने हेड रेस्टजस्ता कुराहरु रहेका छन् । त्यसैगरी, अन्य फिचरहरुको रुपमा यो कारमा आउटसाइड रियर भ्यू मिरर्स, रुफ माउन्टेड एन्टेना, सवै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, १२ भोल्टको ब्याट्री जस्ता कुराहरु रहेका छन् । यसमा प्रयोग भएको ९९९ सीसी ३ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ७५ पिएसको पावर र ९५ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १८.७८ केएमपीएल माइलेज दिन्छ । यसरी, ५ सिटर यो कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३९७१ मिलिमिटर, चौडाई १६८२ मिलिमिटर र उचाई १४६९ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १६५ मिलिमिटर रहेको छ । त्यसैगरी ४५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् । कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यसकारको खरिदमा रु. १,५५,००० छुट दिइएको छ भने एडिस्नल एक्सेसरीजका रुपमा रियरभ्यू क्यामरा र पावर विन्डोजस्ता फिचरहरु पनि दिइएका छन् । भक्सवागनको नेपालमा विक्री भइरहेको सबैभन्दा महँगो मोडेल चाहिँ टिगुवान हाइलाइन एसयूभी हो जसको नेपाली बजार मूल्य भने रु.१ करोड ५८ लाख रहेको छ ।

नयाँ औद्योगिक क्षेत्रको कामले गति लिएन, विवादमा मकवानपुरको मयुरधाप

काठमाडौं । सरकारले एक प्रदेश एक उद्योग ग्रामको अवधारणा ल्याएको भएपनि औद्योगिक क्षेत्रको कामले गति लिन सकेको छैन । एक प्रदेश एक उद्योगको अवधारणसँगै सरकारले आगामी बर्ष भित्र उद्योग ग्राम स्थापना गर्ने लक्ष्य लिएको छ । तर, औद्योगिक क्षेत्रहरुको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भएपनि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सम्पन्न हुन सकेको छैन । सातै प्रदेशमा स्थापना हुने औद्योगिक क्षेत्र मध्ये चितवनको शक्तिखोर, बाँकेको नैवस्ता र कञ्चनपुरको दैजिमा निर्माण हुन लागेको औद्योगिक क्षेत्रको अन्तिम चरणमा पुगेको छ भने मकवानपुरको मयुरधापमा बन्न लागेको औद्योगिक क्षेत्र भने सबै भन्दा विवादित बनेको छ । त्यस्तै सर्लाहीको मुर्तिया, रुपन्देहीको मोतिपुर र कैलालीको लम्कीमा बन्न लागेको औद्योगिक क्षेत्रको ईआईए वन मन्त्रालयमा पुगेर अड्किएको छ । उद्योग मन्त्रालयले वन मन्त्रालयलाई ईआईए स्वीकृतिको लागि पढाएको, तर काम नभएको उद्योग मन्त्रालयले जानकारी दिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले ७ वटा प्रदेशको औद्योगिक क्षेत्रको डीपीआरको काम सकिएर वन मन्त्रालयलाई ईआईए स्वकृतिका लागि पठाएको, तर वन मन्त्रालयले अझै काम नगरेका बताए । उनले भने-‘मकवानपुरको मयुरधापमा बन्न लागेको औद्योगिक क्षेत्रका लागि स्थानीय तह र मालपोतले नै हामीलाई लालपूर्जा दिएको छ । तर, वन मन्त्रालायले कुरा नबुझेर ईआईए रोकिरहेको छ ।’ अब वन मन्त्री, मन्त्रालयका सचिव, उद्योग मन्त्री र सचिव बीच छलफल गरेर यो बिषयलाई टुङ्ग्याउने दिशामा अघि बढिनेछ–उनले भने । आइतबार राष्ट्रिय योजना आयोगद्वारा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४६औँ बैठकमा समेत मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रको चार किल्ला भित्रको जग्गा औद्योगिक क्षेत्र व्यस्थापन लिमिटेडको स्वामित्वमा आएपनि उक्त जग्गा वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र परेको भनी इआईए स्वीकृति गर्न वन मन्त्रालय पुगेपनि सहमति प्रदान नगरेको उल्लेख छ । सबैभन्दा विवादित देखिएको मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा उत्पादनमूलक उद्योगहरु मात्रै स्थापना हुने पनि बस्नेतले बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उद्योग मन्त्रालयबाट वन मन्त्रालयमा ईआईएका लागि पठाएकोमा १३ महिनादेखि अड्किएको छ । वन मन्त्रलायको ईआईए शाखाका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले वनको जग्गा दर्ता गरेर प्रयोग गर्न पाउने हो । तर, लालपूर्जा नै लिएको कारण मकवानपुरको मयुरधापमा बन्न लागेको औद्योगिक क्षेत्रको ईआईए रोकिएको बताइएको छ । कहाँ कति क्षेत्रफलमा बन्दैछन् नयाँ औद्योगिक क्षेत्र ? कञ्चनपुरको दैजीमा १९८.७१ हेक्टरमा, चितवनको शक्तिखोरमा ११७८.६७ हेक्टर र बाँकेका नौवस्तामा २२८.८६ हेक्टर औद्योगिक क्षेत्र बन्दैछ । त्यस्तै कैलालीको लम्कीमा ७४४.८२ हेक्टर, झापाको दमकमा ७४७.२४ हेक्टर ,रुपन्देहीको मोतिपुरमा ५५०.४९ हेक्टर र सुर्खेतको साटाखानीमा ६७७ हेक्टरको डीपीआर तयार भएर वन मन्त्रालय गएको छ ।मकवानपुरको मयुरधापमा १३७.८६ हेक्टरमा बन्ने औद्योगिक क्षेत्रको डिपिआर तयार भएर वातावरणीय प्रभाव मूल्यांकनका लागि बन मन्त्रालयमा अड्किएर बसेको छ । सबै औद्योगिक क्षेत्र बनेपछि १० लाखले रोजगारी पाउने देशैभरि निर्माणको प्रक्रियामा रहेका औद्योगिक क्षेत्रमा उद्योगहरु सञ्चालनमा आएपछि १० लाखले रोजगारी पाउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दाबी गरे ।

वैरो संघमा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, पोखरेल र गैरेबीच भिडन्त

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि मङ्गलबार निर्वाचन हुँदैछ । सङ्घको नेतृत्व हत्याउनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस निकट व्यवसायी ‘प्यानल’ नै बनाएर अगाडि बढेका छन् । सङ्घको २७ औँ साधारणसभापछि आजै निर्वाचनको कार्यतालिका तय गरिएको छ । सङ्घको नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् । नेकपा र संघीय समाजवादी पार्टीलगायत प्रगतिशील समूहको तर्फबाट अध्यक्षमा सरोजकुमार पोखरेलले उम्मेदवारी दिएका छन् । त्यस्तै संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु)ले उम्मेदवारी दिएका छन् । सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवको उम्मेदवारी परेको सङ्घले जनाएको छ । यसैगरी, काङ्ग्रेस निकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी परेको छ । त्यसैगरी सोही समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी परेको छ । यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी दिएका छन् ।

नवलपरासीमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु

कावासोती । पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार एकापसमा ठोक्किँदा कारमा सवार पाँचको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका पाँचलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले मृत्यु भएको घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । मृत्यु हुने पाँचै जनाकोे नाम ठेगाना खुल्न सकेको छैन । यस्तै, नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा दाङबाट काठमाडौँका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १५ घाइते भएका छन् । ना७ख ८६४२ नंको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस

नागढुंगा-नौबिसे सुरुङ बनाउन सम्झौता, ४२ महिनामा बन्ने

काठमाडौँ । नेपालकै पहिलो सुरुङमार्गका रुपमा नागढुंगादेखि धादिङको नौबिसेसम्म सुरुङ मार्ग बनाउन सम्झौता भएको छ । २.६ किलोमिटर लामो यो सुरुङमार्ग बनाउन जापानी कम्पनी हाज्मा–आन्द्रो जेभी र सरकारबीच सहमति भएको हो । हाज्मा–आन्द्रो जेभीका बिजनेस म्यानेजर र नेपालका तर्फबाट सडक विभाग अन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सोमबार हस्ताक्षर गरेका हुन् । निर्माण सुरू भएको ४२ महिनामा सुरुङमार्गको सम्पूर्ण काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाइएको छ । उक्त आयोजना निमार्णको लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को आर्थिक सहयोग हुनेछ। उक्त सुरुङमार्ग निर्माणका लागि यसअघि नै जाइकासँग १६ अर्ब ऋण सम्झौता भइसकेको छ ।

तातोपानी नाका दश दिन बन्द हुने, डेढसय मिटर सडक चर्कियो

चौतारा । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ । सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ-दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए । सो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए । यस नाकाबाट भूकम्पपछि यस पालाको बडादशैँका लागि करीब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सात-आठ टोली तिब्बत गइसकेकाले अबको तीन÷चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरुले बताएका छन् । रासस

भारतमा आयो ‘केटिएम ७९० ड्यूक’, के छन् विशेषता ?

काठमाडौँ । केटिएमले सोमवार भारतमा ‘७९० ड्यूक’ सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा यो मिडलवेट स्पोर्ट–नेकेड बाइकको मूल्य रु.८,६४,००० तोकेको छ । भारतमा आज मात्र सार्वजनिक भएतापनि ७९० ड्यूक अन्य अन्तर्राष्ट्रिय बजारमा भने पहिलेबाट नै बिक्री वितरण भइरहेको थियो । सार्प बडि वर्क, मस्कुलर फ्युल ट्याङ्क र त्यसैगरी माथि लगाइएको एक्जस्टको कारणले गर्दा केटिएम ७९० ड्यूकले एकदम एग्रेशिभ लुक्स पाएको छ । स्प्लिीट हेड ल्याम्प दिइएको यस बाइकमा ३९० ड्यूकको जस्तै पूmल कलर टिएफटि इन्स्ट्रुमेन्ट कन्सोल पनि समावेस छ । यस बाइकमा ७९९ सीसी प्यारालल्–ट्वीन इञ्जिन दिइएको छ जसले १०५ बीएचपीको पावर र ८६ एनएमको टर्क प्रोड्युस गर्दछ । यस बाइकमा स्लिपर क्लच र क्विक–सिफ्टर सहितको ६–स्पिड गियरबक्स पनि दिइएको छ । अन्य फिचरहरुको रुपमा यस बाइकमा ट्र्याक्सन कन्ट्रोल, कर्नरि¨ एबीएस, लञ्च कन्ट्रोल, व्हिली कन्ट्रोल र त्यसैगरी ४ ओटा राइडि¨ मोडहरु पनि दिइएका छन् । १६९ के.जी कर्बवेट रहेको यस बाइकमा अगाडि तर्फ ‘डब्लूपी’ ब्राण्डको ४३ मिलिमिटर अप्साइड–डाउन फर्क र पछाडि भने प्रिलोड एडजस्टेवल मोनोशक दिइएको छ । त्यसैगरी ब्रेकको कुरा गर्नुपर्दा अगाडिको चक्कामा ३०० मिलिमिटरको ट्वीन डिस्क दिइएको छ भने पछाडिको चक्कामा चाहिँ २४० मिलिमिटरको सि¨ल डिस्क दिइएको छ । केटिएमको यो ७९० ड्यूक मोडेलले भारतीय बजारमा ट्रायम्पको स्ट्रिट ट्रिपल एस र स्ट्रिट ट्रिपल आरएस, यामाहाको एमटि–०९, सुजुकीको जिएसएक्स–एस७५० र डुकाटीको मोन्स्टर ८२१ जस्ता बाइकहरुसँग प्रतिष्पर्धा गर्नेछ । भारतीय बजारमा ७९० ड्यूक अहिलेका लागि भने १०० युनिट मात्र भित्रिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ओपोद्वारा नेपालमा ए-सिरिज २०२० सार्वजनिक

काठमाडौँ । अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० सोमबधार आधिकारिक रुपमा सार्वजनिक गरेको छ । ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यम वर्गिय स्मार्टफोन बजारका लागि ब्राण्डको नयाँ भेट हो । उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजनका साथै उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज जेनरेशन यूवाका लागि अपरिहार्य उपकरणका रुपमा रहिरहने कम्पनीले बताएको छ । ८ जीबी ¥याम र १ सय २८ जीबी रोम सहितको ओपो एनाइन २०२०, मरिन ग्रिन र स्पेस पर्पल रंगमा अक्टोबर १ देखि नेपालभरका प्रमुख बिक्री केन्द्रमा उपलब्ध हुनेछ । यसको बजार मूल्य रु. ३५ हजार ९ सय ९० निर्धारण गरिएको छ । मूल्य रु. २७ हजार ९ सय ९० निर्धारण गरिएको ४ जीबी ¥याम र १ सय २८ जीबी रोम सहितको ओपो एफाइभ २०२०, मिरर ब्ल्याक र ड्याजलिङ ह्वाइट रंगमा सेप्टेम्बर २४ देखि नै नेपालभरका प्रमुखविक्रि केन्द्र मार्फत उपलब्ध हुने जनाइएको छ ।