भारतमा आयो ‘केटिएम ७९० ड्यूक’, के छन् विशेषता ?

<p>काठमाडौँ । केटिएमले सोमवार भारतमा ‘७९० ड्यूक’ सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा यो मिडलवेट स्पोर्ट–नेकेड बाइकको मूल्य रु.८,६४,००० तोकेको छ । भारतमा आज मात्र सार्वजनिक भएतापनि ७९० ड्यूक अन्य अन्तर्राष्ट्रिय बजारमा भने पहिलेबाट नै बिक्री वितरण भइरहेको थियो । सार्प बडि वर्क, मस्कुलर फ्युल ट्याङ्क र त्यसैगरी माथि लगाइएको एक्जस्टको कारणले गर्दा केटिएम [&hellip;]</p>


काठमाडौँ । केटिएमले सोमवार भारतमा ‘७९० ड्यूक’ सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा यो मिडलवेट स्पोर्ट–नेकेड बाइकको मूल्य रु.८,६४,००० तोकेको छ । भारतमा आज मात्र सार्वजनिक भएतापनि ७९० ड्यूक अन्य अन्तर्राष्ट्रिय बजारमा भने पहिलेबाट नै बिक्री वितरण भइरहेको थियो ।

सार्प बडि वर्क, मस्कुलर फ्युल ट्याङ्क र त्यसैगरी माथि लगाइएको एक्जस्टको कारणले गर्दा केटिएम ७९० ड्यूकले एकदम एग्रेशिभ लुक्स पाएको छ । स्प्लिीट हेड ल्याम्प दिइएको यस बाइकमा ३९० ड्यूकको जस्तै पूmल कलर टिएफटि इन्स्ट्रुमेन्ट कन्सोल पनि समावेस छ ।

यस बाइकमा ७९९ सीसी प्यारालल्–ट्वीन इञ्जिन दिइएको छ जसले १०५ बीएचपीको पावर र ८६ एनएमको टर्क प्रोड्युस गर्दछ । यस बाइकमा स्लिपर क्लच र क्विक–सिफ्टर सहितको ६–स्पिड गियरबक्स पनि दिइएको छ । अन्य फिचरहरुको रुपमा यस बाइकमा ट्र्याक्सन कन्ट्रोल, कर्नरि¨ एबीएस, लञ्च कन्ट्रोल, व्हिली कन्ट्रोल र त्यसैगरी ४ ओटा राइडि¨ मोडहरु पनि दिइएका छन् ।

१६९ के.जी कर्बवेट रहेको यस बाइकमा अगाडि तर्फ ‘डब्लूपी’ ब्राण्डको ४३ मिलिमिटर अप्साइड–डाउन फर्क र पछाडि भने प्रिलोड एडजस्टेवल मोनोशक दिइएको छ । त्यसैगरी ब्रेकको कुरा गर्नुपर्दा अगाडिको चक्कामा ३०० मिलिमिटरको ट्वीन डिस्क दिइएको छ भने पछाडिको चक्कामा चाहिँ २४० मिलिमिटरको सि¨ल डिस्क दिइएको छ ।

केटिएमको यो ७९० ड्यूक मोडेलले भारतीय बजारमा ट्रायम्पको स्ट्रिट ट्रिपल एस र स्ट्रिट ट्रिपल आरएस, यामाहाको एमटि–०९, सुजुकीको जिएसएक्स–एस७५० र डुकाटीको मोन्स्टर ८२१ जस्ता बाइकहरुसँग प्रतिष्पर्धा गर्नेछ । भारतीय बजारमा ७९० ड्यूक अहिलेका लागि भने १०० युनिट मात्र भित्रिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Share News