नागढुंगा-नौबिसे सुरुङ बनाउन सम्झौता, ४२ महिनामा बन्ने

<p>काठमाडौँ । नेपालकै पहिलो सुरुङमार्गका रुपमा नागढुंगादेखि धादिङको नौबिसेसम्म सुरुङ मार्ग बनाउन सम्झौता भएको छ । २.६ किलोमिटर लामो यो सुरुङमार्ग बनाउन जापानी कम्पनी हाज्मा–आन्द्रो जेभी र सरकारबीच सहमति भएको हो । हाज्मा–आन्द्रो जेभीका बिजनेस म्यानेजर र नेपालका तर्फबाट सडक विभाग अन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सोमबार हस्ताक्षर गरेका हुन् । निर्माण [&hellip;]</p>


काठमाडौँ । नेपालकै पहिलो सुरुङमार्गका रुपमा नागढुंगादेखि धादिङको नौबिसेसम्म सुरुङ मार्ग बनाउन सम्झौता भएको छ । २.६ किलोमिटर लामो यो सुरुङमार्ग बनाउन जापानी कम्पनी हाज्मा–आन्द्रो जेभी र सरकारबीच सहमति भएको हो ।

हाज्मा–आन्द्रो जेभीका बिजनेस म्यानेजर र नेपालका तर्फबाट सडक विभाग अन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सोमबार हस्ताक्षर गरेका हुन् ।

निर्माण सुरू भएको ४२ महिनामा सुरुङमार्गको सम्पूर्ण काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाइएको छ ।

उक्त आयोजना निमार्णको लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को आर्थिक सहयोग हुनेछ। उक्त सुरुङमार्ग निर्माणका लागि यसअघि नै जाइकासँग १६ अर्ब ऋण सम्झौता भइसकेको छ ।

Share News