नयाँ औद्योगिक क्षेत्रको कामले गति लिएन, विवादमा मकवानपुरको मयुरधाप

<p>काठमाडौं । सरकारले एक प्रदेश एक उद्योग ग्रामको अवधारणा ल्याएको भएपनि औद्योगिक क्षेत्रको कामले गति लिन सकेको छैन । एक प्रदेश एक उद्योगको अवधारणसँगै सरकारले आगामी बर्ष भित्र उद्योग ग्राम स्थापना गर्ने लक्ष्य लिएको छ । तर, औद्योगिक क्षेत्रहरुको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भएपनि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सम्पन्न हुन सकेको छैन । सातै [&hellip;]</p>

काठमाडौं । सरकारले एक प्रदेश एक उद्योग ग्रामको अवधारणा ल्याएको भएपनि औद्योगिक क्षेत्रको कामले गति लिन सकेको छैन ।

एक प्रदेश एक उद्योगको अवधारणसँगै सरकारले आगामी बर्ष भित्र उद्योग ग्राम स्थापना गर्ने लक्ष्य लिएको छ । तर, औद्योगिक क्षेत्रहरुको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भएपनि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम सम्पन्न हुन सकेको छैन ।

सातै प्रदेशमा स्थापना हुने औद्योगिक क्षेत्र मध्ये चितवनको शक्तिखोर, बाँकेको नैवस्ता र कञ्चनपुरको दैजिमा निर्माण हुन लागेको औद्योगिक क्षेत्रको अन्तिम चरणमा पुगेको छ भने मकवानपुरको मयुरधापमा बन्न लागेको औद्योगिक क्षेत्र भने सबै भन्दा विवादित बनेको छ । त्यस्तै सर्लाहीको मुर्तिया, रुपन्देहीको मोतिपुर र कैलालीको लम्कीमा बन्न लागेको औद्योगिक क्षेत्रको ईआईए वन मन्त्रालयमा पुगेर अड्किएको छ ।

उद्योग मन्त्रालयले वन मन्त्रालयलाई ईआईए स्वीकृतिको लागि पढाएको, तर काम नभएको उद्योग मन्त्रालयले जानकारी दिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले ७ वटा प्रदेशको औद्योगिक क्षेत्रको डीपीआरको काम सकिएर वन मन्त्रालयलाई ईआईए स्वकृतिका लागि पठाएको, तर वन मन्त्रालयले अझै काम नगरेका बताए ।

उनले भने-‘मकवानपुरको मयुरधापमा बन्न लागेको औद्योगिक क्षेत्रका लागि स्थानीय तह र मालपोतले नै हामीलाई लालपूर्जा दिएको छ । तर, वन मन्त्रालायले कुरा नबुझेर ईआईए रोकिरहेको छ ।’ अब वन मन्त्री, मन्त्रालयका सचिव, उद्योग मन्त्री र सचिव बीच छलफल गरेर यो बिषयलाई टुङ्ग्याउने दिशामा अघि बढिनेछ–उनले भने ।

आइतबार राष्ट्रिय योजना आयोगद्वारा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४६औँ बैठकमा समेत मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रको चार किल्ला भित्रको जग्गा औद्योगिक क्षेत्र व्यस्थापन लिमिटेडको स्वामित्वमा आएपनि उक्त जग्गा वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र परेको भनी इआईए स्वीकृति गर्न वन मन्त्रालय पुगेपनि सहमति प्रदान नगरेको उल्लेख छ ।

सबैभन्दा विवादित देखिएको मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा उत्पादनमूलक उद्योगहरु मात्रै स्थापना हुने पनि बस्नेतले बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उद्योग मन्त्रालयबाट वन मन्त्रालयमा ईआईएका लागि पठाएकोमा १३ महिनादेखि अड्किएको छ । वन मन्त्रलायको ईआईए शाखाका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले वनको जग्गा दर्ता गरेर प्रयोग गर्न पाउने हो । तर, लालपूर्जा नै लिएको कारण मकवानपुरको मयुरधापमा बन्न लागेको औद्योगिक क्षेत्रको ईआईए रोकिएको बताइएको छ ।

कहाँ कति क्षेत्रफलमा बन्दैछन् नयाँ औद्योगिक क्षेत्र ?
कञ्चनपुरको दैजीमा १९८.७१ हेक्टरमा, चितवनको शक्तिखोरमा ११७८.६७ हेक्टर र बाँकेका नौवस्तामा २२८.८६ हेक्टर औद्योगिक क्षेत्र बन्दैछ । त्यस्तै कैलालीको लम्कीमा ७४४.८२ हेक्टर, झापाको दमकमा ७४७.२४ हेक्टर ,रुपन्देहीको मोतिपुरमा ५५०.४९ हेक्टर र सुर्खेतको साटाखानीमा ६७७ हेक्टरको डीपीआर तयार भएर वन मन्त्रालय गएको छ ।मकवानपुरको मयुरधापमा १३७.८६ हेक्टरमा बन्ने औद्योगिक क्षेत्रको डिपिआर तयार भएर वातावरणीय प्रभाव मूल्यांकनका लागि बन मन्त्रालयमा अड्किएर बसेको छ ।

सबै औद्योगिक क्षेत्र बनेपछि १० लाखले रोजगारी पाउने
देशैभरि निर्माणको प्रक्रियामा रहेका औद्योगिक क्षेत्रमा उद्योगहरु सञ्चालनमा आएपछि १० लाखले रोजगारी पाउने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दाबी गरे ।

Share News