टिभिएसकाे फाइनान्स मेला कात्तिक १ गतेदेखि, अर्को योजनामा बाइक नकिनी १ लाख जित्न सकिने
काठमाडौं । नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले फाइनान्स मेला “टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर” को आयोजना गर्ने भएको छ । मेलामा ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप १० हजार रुपैयाँ मुल्याँकनजस्ता उत्कृष्ट अफरहरु पाउने उक्त मेलाको मुख्य आकर्षण हो । यही कार्तिक १ गतेदेखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा संचालन हुने यस मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् । कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएस को नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने छ । साथै, यो योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भनें पुराना टिभिएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन् । योजना संचालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने “हामीले यतिखेर ग्राहकहरुमाझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं । यो फेयरले ग्राहकहरुलाई टिभिएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ ।” त्यस्तै, ग्राहकले “टिभिएस दशैंको दौड” योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भनें किन्दा १०० प्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ । टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ ।
नेपाल भ्रमण वर्ष आउन दुई महिना बाँकी, एनआरएनएको भूमिका के ?
काठमाडाैं । नेपाल सरकारले आयोजना गर्ने नेपाल भ्रमण वर्ष २०२० आउन अब दुई महिना मात्र बाँकी छ । यतिखेर पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाहरु र नेपाल सरकार आफै पर्यटन गतिविधिहरु बढाउन तल्लिन छ । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकार विभिन्न देशमा बसोवास गरिरहेका नेपालीहरुसँग पनि समन्वय गरेर पर्यटनसँग सम्बन्धित गतिविधिहरु बढाइरहेकाे छ । विभिन्न देशका प्रतिनिधीहरुलाई निम्ताएर सरकारले यतिखेर भ्रमण वर्षको बारेमा जानकारी पनि गर्दै आएको छ । यतिखेर गैर आवसीय नेपाली संघ (एनआरएनए) पनि चुनावी माहाेलमा छ । संघमा उम्मेदवारी दिएकाहरूले पनि भ्रमण वर्ष सफल पार्न आफुहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै चुनावी मुद्धा बनाएका छन् । विदेशमा आर्जित पुँजी र सीप नेपालमा लगानी गर्ने भन्दै सन् २००३ मा सुरु भएको संघ हाल विश्वका ८३ वटा देशहरुमा छ । संघले नेपालबाट गएका नेपालीहरुलाई विदेशमा सहयोग गर्ने, नेपालका विभिन्न पूर्वाधार विकासमा टेवा पुग्ने खालका क्षेत्रमा लगानी गर्ने लगायतका काम पनि गर्दै आएको छ । सरकारले नेपाल भ्रमण वर्ष आयोजना गर्ने घोषणा गरेसँगै गैरआवासीय नेपालीहरु भ्रमण वर्षलाई सफल पार्न आफुहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउँछन् । नेपालको पर्यटन प्रवद्र्धनका लागि एनआरएनएले उल्लेख्य काम गर्न सक्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल भ्रमण वर्षमा धेरैभन्दा धेरै विदेशी नेपाल ल्याउन आफु सक्रिय रहने बताए । उनले १० अर्ब रुपैयाँको कोष नेपालमा ल्याएर त्यसको सहि परिचालन गर्ने बताए । कोष स्थापना भइसकेपछि यसलाई सेयर बजारमा लैजाने र घरैबट ५ डलर, १० डलर, १५ डलर जस्तो थोरै लगानी गर्न चाहनेले पनि लगानी गर्नसक्ने वातावरण बनाइने उनले बताए । यस्तै महिला उपाध्यक्षकी उम्मेदवार रविना थापाले ७० लाख नेपालीहरु विदेश रहेको बताउँदै तिनीहरुलाई भ्रमण वर्षको बारेमा जानकारी गराउन सकेपनि उल्लेख्य प्रगति हुने बताए । ‘नेपालीहरुले विदेशमा गएर रेस्टुरेन्टहरु खोल्नु भएको छ’ उनले भनिन्, रेस्टुरेन्टमा आएका विदेशीहरुलाई नेपाली परिकारको स्वादले पनि नेपाल आउन उत्प्रेरित गर्छ ।’ पर्यटकको आगमन बढाउनका लागि सरकारले सम्पूर्ण पक्षहरुको स्थिती सुधार्नु पर्ने उनले बताइन् । ‘प्राकृतिक विविधता भएको ठाउँमा अवश्य नै पर्यटकहरु आउँछन्’ उनले भनिन् सरकारले राम्रो सँग व्यवस्था गरेर पर्यटकलाई बोलाउँदा उनीहरुलाई फेरि पनि आउँ आउँ भन्ने खालको अवस्था बन्नु प¥यो ।’ यस्तै अमेरिका रिजनल कोडनेटरका उम्मेदवार राजन त्रिपाठीले संसारभरी रहेका नेपालीहरुको नेटवर्कलाई परिचालन गरेर नेपालमा पनि केहि गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्ने सक्ने बताए । उनले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफुहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए । नेपालमा एनआरएनएको लगानी कति ? गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा कति लगानी गरेको छ भन्ने एकिन तथ्याकं नभएपनि उनिहरुले नेपालमा अर्बौं लगानी गरेको दावी गर्छन् । संघले हाल सम्म के कति क्षेत्रमा लगानी गरेको छ, भन्ने खालका आधिकारि तथ्याकं छैन । पन्तले नेपालको स्वास्थ्य, शिक्षा, उद्योग, होटल, जलविद्युत, एयरलाइन्स, व्यापार लगायतका क्षेत्रमा संघले लगानी गरेको बताए । एनआरएनमा आवद्ध व्यवसायीहरुले पछिल्लो समय जलविद्युत र होटलमा लगानी भित्र्याएका छन् ।
रिजर्भ बैंकले २००० रुपैंयाको नोट छाप्न छाड्यो, आरटीआईको निर्देशनपछि यस्तो खुलासा
काठमाडौं । रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले २ हजार दरका नोट छाप्न छाडेको छ । नोटबन्दीपछि भारतले छाप्न सुरु गरेको २ हजार दरको नोट यो वर्षमा छपाई नगरेको आरबीआईले जनाएको छ । भारतीय पत्रिका द न्यू इण्डियन एक्सप्रेसले आरबीआईसँग २ हजार दरका भारतीय नोटहरुको छपाईबारे सुचना माग गरेको थियो तर आरबीआईले सो सूचना उपलब्ध गराउन नमानेपछि सो पत्रिका सूचनाको हकअन्तर्गत् आरटीआईमा गएको थियो । सोपछि आरबीआईले चालु वित्तीय वर्षका नयाँ नोट नछापेको जनाएको हो । नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएको २ वर्षपछि २०१६ मा भारतले नोटबन्दी गर्दै पुराना ५०० र १००० दरका नोटहरु नचल्ने घोषणा गरेको थियो । त्यसको सट्टामा नयाँ २००, ५०० र २००० दरको नोट प्रचलनमा ल्याएको थियो । २०१६ मा पहिलो वर्ष करिब ३५४ करोड थान नोट छापेको सरकारले भारत सरकारले दोस्रो वर्षमा ११ करोड र तेस्रो वर्ष ४ करोड थान नोट छापेको थियो । तर यो वर्षमा कुुनैपनि रकम नछापेको आरबीआईले जनाएको छ । उसले बजारमा ठूला नोटको प्रचलन कम हुँदै गएकोले छपाई कम गर्न थालेको समेत जनाएको छ । अहिले भारतमा करिब ८५ प्रतिशत भुक्तानी डिजिटल माध्यमबाट हुने गरेको छ ।
टेलिकमको नयाँ अफर : १० रुपैंयामा १०० मिनेट कल, ८० एमबी डाटा
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अटम अफर ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा बिहीबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको छ । यस अघि उपलब्ध समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको छ । डे डाटा प्याक अन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ । एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने भएको छ । साथै, पहिले देखि नै समर अफरका रुपमा उपलब्ध एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधालाई निरन्तरता दिइएको छ । त्यसैगरी फोरजी/एलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधाहरुलाई पनि निरन्तरता दिइएको छ ।
एनआईशी एशियाबाट वर्ल्डलिंकबीच सम्झौता: इन्टरनेटको बिल तिर्दा १० प्रतिशत छुट पाइने
काठमाडौं । एनआईशी एशियाबाट बैंकबाट वल्र्डलिंकको इन्टरनेट तिर्दा १० प्रतिशतसम्म सस्तो गर्ने भएको छ । एनआईशी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच भएको सहमति अनुसार एनआईशी एशिया बैंकको डेबिटकार्ड, क्रेडिटकार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी त्यस्तो भुक्तानी गर्दा त्यस्तो छुट प्राप्त गर्नेछन् । यो योजना असोन ३० गते सुरु भई कात्तिक १६ गते छठ पर्वसम्म कायम रहेने समेत जनाइएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र वल्र्ड लिङ्क लि.को तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत श्री संजय कुमार साहले हस्ताक्षर गरेका थिए ।
काठमाडौंको सानो गौचरनमा केटिएमले खोल्यो नयाँ सर्भिस सेन्टर
काठमाडौं । काठमाडौंको सानो गौचरनमा केटीएमले नयाँ सर्भिस सेन्टर खोलेको छ । हन्सराज हुलास चन्द एण्ड कम्पनी, केटीएमले काठमाडौंको सानो गौचरनमा नयाँ सर्भिस सेन्टर असोज ३० गते खोलेका हो । उक्त सर्भिस सेन्टरको उद्घाटन हन्सराज हुलास चन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले गरेका हुन् । यस सर्भिस सेन्टरमा एकै चोटि २० वटा बाइकहरु सर्भिसिङ्ग गर्ने क्षमता छ, जुन केटिएमको नेपालमा रहेको सर्भिस सेन्टरहरु मध्येकै अहिले सम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर रहेको दाबी गरेका छन् । नयाँ सर्भिस सेन्टरले केटिएमका ग्राहकहरुलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्ष प्राविधिकहरुद्वारा उत्कृष्ट सेवा प्रदान गर्नेछ । सर्भिस सेन्टरको मुख्य लक्ष्य भनेको नेपालमा बढिरहेका रेसिङ्ग उत्साहीहरुलाई अतुलनीय अनुभूति प्रदान गरेको जनाएका छन् । अफ–रोड बाइकिङ्ग सेग्मेन्टमा सबैभन्दा अग्रणी स्थानमा रहेको छ । हालको दशकमा कुनै अन्य ब्राण्ड अफ–रोड मोटरसाइकल रेसिङ्गमा यत्तिको सफल भएको छैन । अहिलेको दिन सम्ममा केटिएम बाइकले २ सय ९१ वटा विश्व च्याम्पियन सिप उपाधिहरु जितिसकेका छन् । जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर ¥याली पनि समावेश छन् ।
सोमर तामाङ्ग र विशाल नगरकोटीले आईएमईबाट पाए ‘डबलको डबल’
काठमाडौं । सेवाग्राही विशाल तामाङ र विशाल नगरकोटीले आईएमईले सञ्चालन गरेको डबलको डबलको डबल अफर अन्तर्गत असोज महिनाको बिजेता घोषित भएका छन् । आईएमईले सञ्चालन गरेको उक्त अफरअन्तर्गत दशैंमा मलेसियाबाट पैसा पठाउने तामाङ र जापानबाट पैसा पठाउने नगरकोटीले डबलको डबल अर्थात् आफूले पठाएको पैसाको ४ गुणा बढी रकम प्राप्त गरेका हुन् । त्यस्तै आइएमईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संजाल मार्फत अफर अवधिमा नेपालमा पैसा पठाउने आइएमई सेवाग्राहीहरू कृष्ण मुखिया, महेश आले मगर, विजय नेपाली, लक्ष्मी गुरुङ, राम बहादुर काफ्ले, भुवन अधिकारी, जीत बहादुर सार्की, चुणामणी काफ्ले, कृष्ण थापा, आइतराम गुरुङ, डबल प्रसाद चापागाईं र राजेश शाह सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत् डबल अर्थात् विभिन्न हप्ताको साप्ताहिक पुरस्कार जित्दै आफुले पठाएको रकमको दुई गुणाबढी रकम प्राप्त गरेका छन् । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ । अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार प्रदान गरिनेछ । आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । त्यस्तै, आईएमई ग्रुपअन्तर्गतकै डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी ‘आइएमई पे’ झन्डै २१ हजार एजेण्ट आउटलेट सञ्जाल भएको भुक्तानी सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । आइएमई डिजिटलले ‘ आइएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।
‘भीभो भी १७प्रो’ मोबाइल नेपाली बजारमा, मूल्य ५२ हजार रुपैयाँ
काठमाडौं । भीभो, विश्वव्यापी इनोभेटिभ स्मार्टफोन ब्राण्ड, भी सिरिजको पोर्टफोलियोमा नयाँ मोबाइल भी १७प्रो नेपाली बजारमा लन्च भएको छ । असोज ३० गतेदेखि बजारमा सार्वजनिक भएको उक्त मोबाइलको मूल्य ५२ हजार ४९० रुपैयाँ तोकिएको छ । यो डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा विश्वको पहिलो ३२ मेगापिक्सेल ड्यूल पप-अप सेल्फी क्यामरा राखिएको छ । यो डिभाइस ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज अप्सनका साथमा क्रिस्टल ब्ल्याक, क्रिस्टल ह्वाइट कलर अप्सनमा उपलब्ध हुनेछ । भी १७प्रो लन्चको अवसरमा भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्दाले भने, “भी सिरिज पोर्टफोलियोमा भी १७प्रोमा ३२ मेगापिक्सेल ड्यूल पप अप फ्रन्ट क्यामरा रहेको छ । जसले गर्दा ग्राहकहरुले निकै कम उज्यालोमा पनि बिना कुनै समस्या उत्कृष्ट सेल्फी लिन सक्नेछन् ।” यस्ता छन् विशेषताः ३२ मेगापिक्सेल ड्यूल पप अप सेल्फी क्यामराः शुट बियोण्ड लिमिट्स ड्यूल ३२ मेगापिक्सेल र सूपर वाइड एंगल क्यामराहरुले सेल्फीका लागि नयाँ सोच कायम गरेको छ । सूपर वाइड एंगल क्यामराले १०५ डिग्रीसम्मको दृश्य हेर्न सकिन्छ । सूपर नाइट सेल्फीले विभिन्न फ्रेमहरुलाई संयुक्तरुपमा पिक्चर ब्राइटनेस कायम गर्दै स्पष्ट र अधिक सटिकरुपमा फोटो खिच्न सहयोग गर्दछ । यसैबिचमा फ्रन्ट मुनलाइट ग्लो लाइटले अंध्यारोलाई हटाउँछ र लो लाइट भएको अवस्थामा पनि सब्जेक्टलाई हाइलाइट गर्दछ । ४८ मेगापिक्सेल एआई क्वाड मुख्य क्यामराः क्याप्चर इन डिटेल ४८ मेगापिक्सेल एआई चारवटा क्यामराले सबै वस्तु खिच्न सकिन्छ । शक्तिशाली क्यामरा सेटअपका साथमा ४८ मेगापिक्सेल एचडी मुख्य क्यामरा, १३ मेगापिक्सेलको टेलिफोटो, ८ मेगापिक्सेल एआई सुपर वाइड एंगल प्लस सुपर म्याक्रो (२.५ सिएम) तथा २ मेगापिक्सेलको बोकेह क्यामरा रहेको छ । ४८ मेगापिक्सेल र सुपर लाइट सेन्सिटिभिटीका साथमा, मुख्य रियर क्यामराले हरेक अवस्थामा उज्यालो र भिभिद पिक्चर खिच्ने सुनिश्चितता प्रदान गर्दछ । तपाईँको नाइट फोटोग्राफी सिपलाई उत्कृष्ट बनाउन यसमा एचडिआरका साथ अपग्रेड गरिएको छ । यसमा तीव्रगतिको प्रकृया, मल्टिफ्रेम नोइन रिडक्सन टेक्नोलोजीका साथ ग्राहकहरुले रातीको समयमा सजिलै तस्विरहरु खिच्न सक्दछन् । ब्रिङ्ग दि वल्र्ड क्लोजर यसको सुपर म्याक्रो मोडले गर्दा तपाईँले अब्जेक्टमा सजिलोसँग २.५ सेन्टिमिटर नजिकसम्म फोकस गर्न सकिनेछ र साना साना वस्तुहरुको पनि तस्विर खिच्न सकिन्छ । भी १७प्रोका साथमा भिडियो मोडमा पनि म्याक्रो मोड प्रयोग गर्न सकिन्छ । यसको लागि २ एक्स अप्टिकल जुम र १० एक्स डिजिटल जुमलाई धन्यवाद छ । त्यसैगरि यसमा भएको १३ मेगापिक्सेलको टेलिफोटो क्यामराले गर्दा शानदार शट लिनको लागि अझ नजिक बनाएको छ । एआई सुपर वाइड एंगल क्यामरा १२० डिग्रीका साथमा फोटोलाई फैलाउन सकिन्छ। श्रृजनाका लागि र प्रभाव पार्नका लागि अधिक अवसर आएको छ, जतिबेला क्यानभासलाई फैलाइन्छ, कल्पनापनि त्यसका साथै फैलिनेछ । २०ः९ अल्ट्रा फूलभ्यू डिस्प्लेः ट्रूली अनइन्टरप्टेड भी १७प्रोमा सुपर एमोलेड डिस्प्ले १६.३६ सिएम(६.४४)इन्चको फूल भ्यू डिस्प्ले ९१.६५ प्रतिशतको स्क्रीन टू बडि रेसियोका साथमा राखिएको छ । यसको ई३ ओएलईडी ले १०० प्रतिशत डिसीआई पी ३ कलरहरु प्रदान गर्दछ, जसले जीवन्त र आधिकारीक रंगहरु जीवनमा प्रदान गर्दछ । यसको २०ः९ एस्पेक्ट रेसियोले, भी १७प्रोले सुपर स्लीम बेजेलका साथमा तपाईँको सिमितता भन्दा अगाडि लैजानेछ । एलसिडी डिस्प्लेको तुलनामा भी १७प्रोले ६१ प्रतिशत ब्लू लाइटलाई फिल्टर गर्दछ भने यसमा बोट्स टीयूभी रेइनल्याण्ड सर्टि्फिकेसन प्राप्त गरेको छ । भीभो इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंङ्ग टेक्नोलोजीमा नेतृत्वदायी कम्पनी हो, जसले भिजिबल फिंगरप्रिनट प्याडलाई हटाएको छ र सेक्यूरिटी अप्सनमा सम्झौता नगरिकन नै सिमलेस डिजाइन कायम गरेको छ । भी १७प्रो भविश्यको प्रविधिसहितको तेस्रो पुस्ताको भी सिरिजको स्मार्टफोन हो । भीभो भी १७प्रोमा सुधार गरिएको फिंगरप्रिन्ट टेक्नोलोजीसहित आउँछ र अनलकिंग एक्सपेरिएन्स दिनका लागि सुधारित अल्गोरिदमका साथमा आएको छ । भी १७प्रोलाई तपाईँले केबल ०.३९ सेकेण्डभित्रै अनलक गर्न सकिन्छ । सहज परफरमेन्स भी १७प्रोलाई क्वालकमको स्न्यापड्रागन ६७५ एआईई प्रोसेसरद्धारा पावर प्रदान गरिएको छ जसमा ८ जीबी र्याम र १२८ जीबीको रोम रहेकोछ । यसमा फनटच ओएस ९.१(एन्ड्रोयड ९ मा आधारित) छ भने भीभोको जोभी एआई ईन्जिनले गर्दा भी १७प्रोले सीपीयू र मेमोरी रिसोर्सलाई दक्षरुपमा बहुउद्धेश्य र जटिल कार्यहरु गर्नको लागि उपलब्धता प्रदान गर्दछ । ड्यूल इन्जिन फास्ट चार्जिंङ्ग र ठूलो ब्याट्री भीभो भी १७प्रो बृहत ४,१०० एमएएच ब्याट्री प्याकका साथमा पावरहाउन प्याक हो, जसमा टाइप सी, ड्यूल इन्जिन फास्ट चार्जिङ्ग टेक्नोलोजी(१८वाट) राखिएको छ । अल्टिमेट गेमिंग एक्सपेरिएन्सको लागि स्तरीकरण गरिएको गेम मोड भीभोको मल्टि टर्बो एक्सिलरेसन टेक्नोलोजीले ओएसको बटम लेयर अप्टिमाइजेसनलाई लक्षित गर्दछ, जसले गर्दा ग्राहकले उत्कृष्ट गेम परफरमेन्सको आनन्द उठाउन सक्छन्। एआई टको, सेन्टर टर्बो, गेम टर्बो, नेट टर्बो, र कुलिंग टर्बोका साथमा आधारभूत कार्यदक्षतामा सुधार गर्न सकिन्छ । कुल स्टार्ट स्पीडले २५ प्रतिशत र वार्म स्टार्ट स्पीडले ९ प्रतिशत सुधार गर्दछ ।