सोमर तामाङ्ग र विशाल नगरकोटीले आईएमईबाट पाए ‘डबलको डबल’

<p>काठमाडौं । सेवाग्राही विशाल तामाङ र विशाल नगरकोटीले आईएमईले सञ्चालन गरेको डबलको डबलको डबल अफर अन्तर्गत असोज महिनाको बिजेता घोषित भएका छन् । आईएमईले सञ्चालन गरेको उक्त अफरअन्तर्गत दशैंमा मलेसियाबाट पैसा पठाउने तामाङ र जापानबाट पैसा पठाउने नगरकोटीले डबलको डबल अर्थात् आफूले पठाएको पैसाको ४ गुणा बढी रकम प्राप्त गरेका हुन् । त्यस्तै आइएमईका राष्ट्रिय [&hellip;]</p>

काठमाडौं । सेवाग्राही विशाल तामाङ र विशाल नगरकोटीले आईएमईले सञ्चालन गरेको डबलको डबलको डबल अफर अन्तर्गत असोज महिनाको बिजेता घोषित भएका छन् । आईएमईले सञ्चालन गरेको उक्त अफरअन्तर्गत दशैंमा मलेसियाबाट पैसा पठाउने तामाङ र जापानबाट पैसा पठाउने नगरकोटीले डबलको डबल अर्थात् आफूले पठाएको पैसाको ४ गुणा बढी रकम प्राप्त गरेका हुन् ।

त्यस्तै आइएमईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संजाल मार्फत अफर अवधिमा नेपालमा पैसा पठाउने आइएमई सेवाग्राहीहरू कृष्ण मुखिया, महेश आले मगर, विजय नेपाली, लक्ष्मी गुरुङ, राम बहादुर काफ्ले, भुवन अधिकारी, जीत बहादुर सार्की, चुणामणी काफ्ले, कृष्ण थापा, आइतराम गुरुङ, डबल प्रसाद चापागाईं र राजेश शाह सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत् डबल अर्थात् विभिन्न हप्ताको साप्ताहिक पुरस्कार जित्दै आफुले पठाएको रकमको दुई गुणाबढी रकम प्राप्त गरेका छन् ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ ।

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार प्रदान गरिनेछ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

त्यस्तै, आईएमई ग्रुपअन्तर्गतकै डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी ‘आइएमई पे’ झन्डै २१ हजार एजेण्ट आउटलेट सञ्जाल भएको भुक्तानी सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई

डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । आइएमई डिजिटलले ‘ आइएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

Share News