
काठमाडौं । भीभो, विश्वव्यापी इनोभेटिभ स्मार्टफोन ब्राण्ड, भी सिरिजको पोर्टफोलियोमा नयाँ मोबाइल भी १७प्रो नेपाली बजारमा लन्च भएको छ । असोज ३० गतेदेखि बजारमा सार्वजनिक भएको उक्त मोबाइलको मूल्य ५२ हजार ४९० रुपैयाँ तोकिएको छ ।
यो डिभाइसमा क्वाड रियर क्यामरा सेटअपका साथमा विश्वको पहिलो ३२ मेगापिक्सेल ड्यूल पप-अप सेल्फी क्यामरा राखिएको छ । यो डिभाइस ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज अप्सनका साथमा क्रिस्टल ब्ल्याक, क्रिस्टल ह्वाइट कलर अप्सनमा उपलब्ध हुनेछ ।
भी १७प्रो लन्चको अवसरमा भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्दाले भने, “भी सिरिज पोर्टफोलियोमा भी १७प्रोमा ३२ मेगापिक्सेल ड्यूल पप अप फ्रन्ट क्यामरा रहेको छ । जसले गर्दा ग्राहकहरुले निकै कम उज्यालोमा पनि बिना कुनै समस्या उत्कृष्ट सेल्फी लिन सक्नेछन् ।”
यस्ता छन् विशेषताः
३२ मेगापिक्सेल ड्यूल पप अप सेल्फी क्यामराः शुट बियोण्ड लिमिट्स
ड्यूल ३२ मेगापिक्सेल र सूपर वाइड एंगल क्यामराहरुले सेल्फीका लागि नयाँ सोच कायम गरेको छ । सूपर वाइड एंगल क्यामराले १०५ डिग्रीसम्मको दृश्य हेर्न सकिन्छ । सूपर नाइट सेल्फीले विभिन्न फ्रेमहरुलाई संयुक्तरुपमा पिक्चर ब्राइटनेस कायम गर्दै स्पष्ट र अधिक सटिकरुपमा फोटो खिच्न सहयोग गर्दछ । यसैबिचमा फ्रन्ट मुनलाइट ग्लो लाइटले अंध्यारोलाई हटाउँछ र लो लाइट भएको अवस्थामा पनि सब्जेक्टलाई हाइलाइट गर्दछ ।
४८ मेगापिक्सेल एआई क्वाड मुख्य क्यामराः क्याप्चर इन डिटेल
४८ मेगापिक्सेल एआई चारवटा क्यामराले सबै वस्तु खिच्न सकिन्छ । शक्तिशाली क्यामरा सेटअपका साथमा ४८ मेगापिक्सेल एचडी मुख्य क्यामरा, १३ मेगापिक्सेलको टेलिफोटो, ८ मेगापिक्सेल एआई सुपर वाइड एंगल प्लस सुपर म्याक्रो (२.५ सिएम) तथा २ मेगापिक्सेलको बोकेह क्यामरा रहेको छ । ४८ मेगापिक्सेल र सुपर लाइट सेन्सिटिभिटीका साथमा, मुख्य रियर क्यामराले हरेक अवस्थामा उज्यालो र भिभिद पिक्चर खिच्ने सुनिश्चितता प्रदान गर्दछ ।
तपाईँको नाइट फोटोग्राफी सिपलाई उत्कृष्ट बनाउन यसमा एचडिआरका साथ अपग्रेड गरिएको छ । यसमा तीव्रगतिको प्रकृया, मल्टिफ्रेम नोइन रिडक्सन टेक्नोलोजीका साथ ग्राहकहरुले रातीको समयमा सजिलै तस्विरहरु खिच्न सक्दछन् ।
ब्रिङ्ग दि वल्र्ड क्लोजर
यसको सुपर म्याक्रो मोडले गर्दा तपाईँले अब्जेक्टमा सजिलोसँग २.५ सेन्टिमिटर नजिकसम्म फोकस गर्न सकिनेछ र साना साना वस्तुहरुको पनि तस्विर खिच्न सकिन्छ । भी १७प्रोका साथमा भिडियो मोडमा पनि म्याक्रो मोड प्रयोग गर्न सकिन्छ ।
यसको लागि २ एक्स अप्टिकल जुम र १० एक्स डिजिटल जुमलाई धन्यवाद छ । त्यसैगरि यसमा भएको १३ मेगापिक्सेलको टेलिफोटो क्यामराले गर्दा शानदार शट लिनको लागि अझ नजिक बनाएको छ ।
एआई सुपर वाइड एंगल क्यामरा
१२० डिग्रीका साथमा फोटोलाई फैलाउन सकिन्छ। श्रृजनाका लागि र प्रभाव पार्नका लागि अधिक अवसर आएको छ, जतिबेला क्यानभासलाई फैलाइन्छ, कल्पनापनि त्यसका साथै फैलिनेछ ।
२०ः९ अल्ट्रा फूलभ्यू डिस्प्लेः ट्रूली अनइन्टरप्टेड
भी १७प्रोमा सुपर एमोलेड डिस्प्ले १६.३६ सिएम(६.४४)इन्चको फूल भ्यू डिस्प्ले ९१.६५ प्रतिशतको स्क्रीन टू बडि रेसियोका साथमा राखिएको छ । यसको ई३ ओएलईडी ले १०० प्रतिशत डिसीआई पी ३ कलरहरु प्रदान गर्दछ, जसले जीवन्त र आधिकारीक रंगहरु जीवनमा प्रदान गर्दछ । यसको २०ः९ एस्पेक्ट रेसियोले, भी १७प्रोले सुपर स्लीम बेजेलका साथमा तपाईँको सिमितता भन्दा अगाडि लैजानेछ ।
एलसिडी डिस्प्लेको तुलनामा भी १७प्रोले ६१ प्रतिशत ब्लू लाइटलाई फिल्टर गर्दछ भने यसमा बोट्स टीयूभी रेइनल्याण्ड सर्टि्फिकेसन प्राप्त गरेको छ ।
भीभो इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंङ्ग टेक्नोलोजीमा नेतृत्वदायी कम्पनी हो, जसले भिजिबल फिंगरप्रिनट प्याडलाई हटाएको छ र सेक्यूरिटी अप्सनमा सम्झौता नगरिकन नै सिमलेस डिजाइन कायम गरेको छ । भी १७प्रो भविश्यको प्रविधिसहितको तेस्रो पुस्ताको भी सिरिजको स्मार्टफोन हो ।
भीभो भी १७प्रोमा सुधार गरिएको फिंगरप्रिन्ट टेक्नोलोजीसहित आउँछ र अनलकिंग एक्सपेरिएन्स दिनका लागि सुधारित अल्गोरिदमका साथमा आएको छ । भी १७प्रोलाई तपाईँले केबल ०.३९ सेकेण्डभित्रै अनलक गर्न सकिन्छ ।
सहज परफरमेन्स
भी १७प्रोलाई क्वालकमको स्न्यापड्रागन ६७५ एआईई प्रोसेसरद्धारा पावर प्रदान गरिएको छ जसमा ८ जीबी र्याम र १२८ जीबीको रोम रहेकोछ । यसमा फनटच ओएस ९.१(एन्ड्रोयड ९ मा आधारित) छ भने भीभोको जोभी एआई ईन्जिनले गर्दा भी १७प्रोले सीपीयू र मेमोरी रिसोर्सलाई दक्षरुपमा बहुउद्धेश्य र जटिल कार्यहरु गर्नको लागि उपलब्धता प्रदान गर्दछ ।
ड्यूल इन्जिन फास्ट चार्जिंङ्ग र ठूलो ब्याट्री
भीभो भी १७प्रो बृहत ४,१०० एमएएच ब्याट्री प्याकका साथमा पावरहाउन प्याक हो, जसमा टाइप सी, ड्यूल इन्जिन फास्ट चार्जिङ्ग टेक्नोलोजी(१८वाट) राखिएको छ ।
अल्टिमेट गेमिंग एक्सपेरिएन्सको लागि स्तरीकरण गरिएको गेम मोड
भीभोको मल्टि टर्बो एक्सिलरेसन टेक्नोलोजीले ओएसको बटम लेयर अप्टिमाइजेसनलाई लक्षित गर्दछ, जसले गर्दा ग्राहकले उत्कृष्ट गेम परफरमेन्सको आनन्द उठाउन सक्छन्।
एआई टको, सेन्टर टर्बो, गेम टर्बो, नेट टर्बो, र कुलिंग टर्बोका साथमा आधारभूत कार्यदक्षतामा सुधार गर्न सकिन्छ । कुल स्टार्ट स्पीडले २५ प्रतिशत र वार्म स्टार्ट स्पीडले ९ प्रतिशत सुधार गर्दछ ।