विकासन्युज

तिहारको अवसरमा शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

काठमाडौं । गुणस्तरीय सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्सले हिन्दुहरुकोे महानपर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई चाँदी उपहार प्रदान गर्ने भएको छ । दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको हो । यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १ सय बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्ता मुखी स्कीम शुरु गरेको हो । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ । शिवम् सिमेन्टले चाँडपर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत थप उत्साह प्रदान गर्दै आइरहेको छ । सोहि अनुरुप, कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्कार चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । दिपावलीको शुभकामनासँगै यो तिहार सबैका लागि विशेष तिहार होस् भनी सम्पूर्ण ग्राहकवर्गमा खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ । शिवम् सिमेन्टस्ले गुणस्तरमा कहिल्यै सम्झौता नगरौं नारा सहितविभिन्न क्षेत्रहरु जस्तै स्वास्थ्य, शिक्षा, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्ता क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लाण्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, विक्री पछिको निःशुल्क प्राविधिक परामर्श, निरन्तर सेवा र विश्वसनियताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिइरहेको जनाएको छ ।

सिभिल बैंकको नयाँ शाखा मोरङको पुष्पलालचोकमा

काठमाडाैं । सिभिल बैंकले मोरङको जिल्लाको  पुष्पलालचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका हुन् । सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थिए । नेपालमै पहिलो पटक उक्त बैंकले बचतकर्ताहको समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । साथै, बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।

भारतको गोवामा चेम्बरको डेक्स स्थापना हुने, पहाड र समुन्द्रलाई व्यापारले जोड्ने घोषणा

काठमाडौं । भारतको गोवामा नेपाल चेम्बर अफ कमर्शको वपारिक डेक्स स्थापना हुने भएको छ । नेपाली व्यापारीहरुको समस्या समाधान गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनबीच व्यापार, लगानी, पर्यटन प्रवर्द्धन एवं आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले द्धिपक्षीय समझदारी भएको छ । भारतको गोवामा आयोजित भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो एण्ड समिट २०१९ कार्यक्रममा सहभागी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र भाइब्रेण्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतबीच उक्त समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको हो । दुई संस्थाबीच काठमाडौंमा भाइब्रेण्ट गोवा फाउण्डेशन र गोवामा एक आपसका नेपाल चेम्बर अफ कमर्शको डेक्स स्थापना गर्नेगरी समझदारी भएको हो । उक्त एक्सपोको उद्घाटन सत्रमा प्रमुख अतिथी गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तले यो समझदारीले काठमाडौं र गोवाबीचको द्धिपक्षीय व्यापार, लगानी, पर्यटन प्रवद्र्धन एवं आर्थिक सम्बन्ध विस्तार हुने अपेक्षा लिएको बताएका छन् । समझदारीपत्रमा दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ । सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गर्नुका साथै पहाडी मुलुक नेपाल र समुन्द्री सतहसँग जोडिएको गोवा “फ्रम ग्रीन टू ब्लू”बीच पर्यटन प्रवर्द्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्राउन सकिने संभावनामा जोड दिए । सो अवसरमा बोल्दै भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतले यो समझदारीपत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकोले आगामी वर्षहरुमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रवर्द्धनको लागि महत्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गरे । ३८ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरु, प्रदेश ५ का संसद सदस्य माननीय भोज प्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको थियाे ।

प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्त भए गौतम र पोखरेल

रुपन्देही । प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त भएका छन् । प्रदेश लोकसेवा ऐनअनुसार मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा बनेकोे सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख उमाकान्त झाले आज आयोगमा एक महिलासहित दुई जना सदस्य नियुक्त गरेका हुन् । गुल्मीको दरबार गाउँपालिका– २ निवासी गौतम र रुपन्देहीको साविक टिकुलीगढ– १ निवासी पोखरेललाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिएका छन् । रासस

एभरेष्ट बैंकका सीईओ नेगीले बिहीबारदेखि कार्यभार सम्हाले

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गजेन्दरकुमार नेगीले आफ्नो कार्यभार सम्हालेका छन् । नव नियुक्त सीईओ नेगीले बिहीबार(असोज ३०)देखि आफ्नो सीईओ पदको कार्यभार सम्हालेका हुन् । यस अघि कम्पनीको सीईओ सोमेश्वर सेठको ४ वर्षे कार्यकाल सकिएपछि उक्त रिक्त पदमा बैंक सञ्चालक समितिले नेगीलाई नियुक्त गराएको हो । नव नियुक्त सीईओ नेगी यसअघि पञ्जाव नेशनल बैंकमा नायव महाप्रबन्धकको रुपमा कार्यरत थिए ।

यस्तो छ मोटरहेडको ‘स्क्र्याम्ब्लर २५०’, मूल्य कति ?

काठमाडौं । नेपालका लागि मोटरहेड स्क्र्याम्ब्लरको आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले केहि महिना अघि स्क्र्याम्ब्लर २५० लाई नेपाली बजारमा भित्र्याएको थियो । चाइनिज कम्पनी फ्युगो पावर्सले निर्माण गरेको स्क्र्याम्ब्लर २५० एउटा स्क्र्याम्ब्लर मोटरसाइकल हो । नेपाली बजारमा यस बाइकको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले जनाए अनुसार रेट्रो लुक्स बोकेको स्क्र्याम्ब्लर २५० को बिल्ट क्वालिटी एकदमै राम्रो छ । भिन्टेज लुकिङ्ग एलइडि हेडलाइट, नव्बी टायर, बार एण्ड मिरर्स, अपराइट–राइडिङ्ग पोजिसन र रगेड अपेरियन्सले यस बाइकलाई एकदमै आकर्षक बनाएको छ । यस मोटरसाइकलमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ जसले सवै आवश्यक इन्फर्मेशनहरु पनि डिस्प्ले गर्दछ । ६–स्पिड गियरबक्स दिइएको यस बाइकमा प्रयोग भएको इञ्जिन एउटा २२३ सीसी ओयल कुल्ड इञ्जिन हो जसले १९ एचपिको पावर र २० एनएमको टर्क प्रोड्युस गर्दछ । यस बाइकको सिट हाइट ८२० मिलिमिटर छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ २६० मिलिमिटर छ । त्यसैगरी यसको ट्याङ्क क्यापासिटी १४ लिटर रहेको छ । कम्पनीका अनुसार यस बाइकले ३५ केएमपीएलको माइलेज दिन्छ भनेबाइकको टप स्पिड चाहिँ १२० केएमपीएच रहेको छ । १७ इञ्च स्पोक व्हिलमा जडान भएका चौडा नव्वि टायरहरुले गर्दा स्क्र्याम्ब्लर २५० जस्तोसुकै अफरोडमा पनि आरामका साथ कुद्न सक्छ । अहिलेको चाडपर्वलाई लक्षित अफरका रुपमा कम्पनीले यस बाइकको खरिदमा स्क्र्याच कार्ड मार्फत रु. पाँच हजार देखि २५ हजार रुपैयाँसम्मको नगद छुट, इन्स्योरेन्स र साथै १५ हजार रुपैयाँ बराबरको एक्सेसरिजहरु पनि उपलब्ध गराईरहेको छ ।

अन्तर्राष्ट्रिय सैन्य खेलकूदमा भाग लिन उपप्रधानमन्त्री पोखरेल आज चीन प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ अन्तर्राष्ट्रिय सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना रथी शरद गिरी लगायतले बिदाइ गरेका थिए । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ । शुक्रबार उद्घाटन हुने प्रतियोगितामा भाग लिन बुधबार राति नेपाली खेलाडी त्यहाँ पुगिसकेका छन् । प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ । स्याङ्ग्सन फोरम यही अक्टोबटर २० देखि २२ सम्म चल्नेछ । उपप्रधानमन्त्री पोखरेल आगामी कात्तिक ६ गते स्वदेश फर्कनेछन् । रासस

सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको सेयर निष्कासन गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोडको सेयर निष्कासन गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सेयरधनीलाई सो मात्राको सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, सभाबाट कम्पनीकोे सञ्चालक समितिको रिक्त पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका थिए । यसैगरी, सभाले सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल गरि विभिन्न प्रस्तावहरु पारित गरेको छ । पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ । उक्त सभामार्फत आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित भएकाे छ ।